राजेन्द्र आचार्य चितवनः चितवनमा स्थापना गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला अत्याधुनिक सेवासहित पूर्ण रुपमा सञ्चालनमा आएको छ। पानीमा रहेको धातु परीक्षण गर्ने अत्याधुनिक ‘एटोमिक एब्जबर्सन स्पेक्ट्रोमिटर’ मेसिन भित्रिएसँगै यो पूर्णरुपमा सञ्चालनमा आएको हो। सन् २०१४ मा स्थापना भएपनि दक्ष जनशक्ति, उपकरण र रसायनहरुको अभावमा पूर्णमा सञ्चालन आउन सकेको थिएन। प्रयोगशालामा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका खानेपानी आयोजनाका मात्र नभइ सर्वसाधारणले ल्याउने…
बीबीसीः बेलायतको लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। प्रहरीले बिहानको समयमा फिन्सबरी पार्क जिल्लामा घटना भएको बताएको छ। बेलायतको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ। घाइतेमध्ये धेरैजना रमजानको प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ। भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाकाबारेमा प्रतिआतंकवाद प्रहरीले…
अन्तिम ८ मिनेट भित्र दुई गोल गर्दै चिलीले कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। ओत्क्रिटिए स्टेडियममा भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले पराजित गर्दै समूह बी मा ३ अंक झोडेको हो। खेलको ८१ मिनेट सम्म दुई टोलीले कुनै गोल गर्न सकेका थिएनन्। तर अर्टुरो भिदालले हेडमार्फत गोल गर्दै चिलीलाई अग्रता दिलाए। एड्वार्डो भर्गासले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि चिलीले…
आमिर खान अभिनित फिल्म दंगलले चाइनामा गरेको व्यापारले बलिउड गसिपमा राम्रो ठाउँ पायो। चीनमा बलिउड दर्शक फ्लोलाई ध्यानमा राख्दै 'बाहुबली २' पनि प्रदर्शन हुने निश्चित भएको छ। आउँदो सेप्टेम्बर २७ देखि 'बाहुबली २' चीनमा प्रदर्शन हुने तय भएको छ। बलिउड फिल्म विज्ञ तरण आदर्शले ट्विटरमार्फत 'बाहुबली २' प्रदर्शन हुने जानकारी दिएका हुन्। दंगलले चीनका सात हजार बढी हलमा शो पाउँदा…
नरहरि पौड्याल पोखराः पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सुत्केरी आमा र शिशुकोको ज्यान गएपछि उत्पन्न विवाद समाधानका लागि स्थानीय प्रशासनको समन्वयमा ४ बुँदे सहमति गरिएको छ। सहमति अनुसार अस्पतालले मृतक शान्ता भण्डारीका श्रीमान रामबहादुर भण्डारी र छोराको आजीवन निःशुल्क उपचार गर्ने, छोराको शिक्षाका लागि व्यवस्था गरिदिने, सामाजिक सुरक्षा अन्तरगत तत्काल एक लाख रुपैयाँ प्रदान गर्ने र हालसम्म उपचारका क्रममा…
'पैसाले पैसा तान्छ' भन्ने भनाइ त हाम्रा लागि नौलो होइन। स्कुलको पाठ्यक्रममै 'ध्रुव भन्ने एक पात्रले पैसाले पैसा कसरी तान्छ' भनेर हामीले पढेका पनि छौं। परापूर्वकालदेखि चलिआएको यो भनार्इलार्इ चरितार्थ गर्ने किसिमका वास्तविकता हामी सामु छन्। धनी झन् झन् धनी भैरहेकाछन् र यही भनाइलाई पुष्टि गरिरहेका छन्। पछिल्लो समयमा धनी र गरिब बीचको खाडल बढ्दै गैरहेको छ तर किन यस्तो…
च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलार्इ जीतका लागि ३ सय ३९ को लक्ष्य थियो। रोहित शर्मा र शिखर धवनको जोडिलार्इ देखेर भारतीय पक्षले जीतको आशा गरेको थियो। तर, पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरको सोचार्इ अर्कै थियो। चोटका कारण आमिरले सेमीफाइनलको प्रतिस्प्रर्धामा खेल्न पाएका थिएनन्। उनी यो प्रतिस्पर्धामा ठिक भएर मात्र आएनन् आफ्नो क्षमताले भारतिय टिमलार्इ घुँडा पनि टेकाएरै छोडे। २४ वर्षिय आमिरले…
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन। प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीशका दाबेदार गोपाल पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको बताएपछि सोमबार प्रधानन्यायाधीश सिफारिस हुन नसकेको हो। गत शुक्रबार पनि प्रतिपक्षी दलका नेताको व्यस्तता भन्दै परिषद बैठक स्थगित गरिएको थियो। स्थगित बैठक आज बिहान १० बजे…
काठमाडौं : 'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली युवा टोलीको छनोट गरिएको छ। गत सोमबार देखि शनिबारसम्म कीर्तिपुरस्थति टीयू मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख लगायत खेलाडी खेलाडीहरु…
काठमाडौं: हिट फिल्म 'प्रेमगीत' सिक्वेल 'प्रेमगीत २'मा पहिलो संस्करणकै कथाले निरन्तरता पाउने संज्ञा फिल्म निर्देशकले दिएका छन्। उनले फिल्मको प्रेम र गीत पात्र भिरबाट खस्दाको अन्तिम अवस्थाबाटै नयाँ संस्करणको कथा सुरु हुने बताएका हुन्। सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्मको कथाले निरन्तरता दिनु नै फिल्मको विशेषता रहेको बताए। भने,'पहिले पात्रहरु मनोद्वन्द्वमा थिए। अब शारीरिक द्वन्द्वमा उत्रन्छन्। प्रेमको लागि हुने…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले झविन्द्रप्रसाद अर्याल र विश्वम्भर प्याकुरेललाई इथियोपिया र माल्दिभ्सको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। अर्याल र भण्डारीलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अर्याल इजिप्ट र प्याकुरेल श्रीलंकाका राजदूत हुन्।
नयाँ दिल्ली : भारतीय जनता पार्टीले वरिष्ठ नेता तथा बिहारका गभर्नर रामनाथ कोविदलाई आगामी राष्ट्रपतिका रुपमा प्रस्ताव गरेको छ। राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा भाजपाले कोविदको नाम अघि सारेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भाजपा संसदीय बोर्डको बैठकले उनको नाम अघि सारेको हो। कोविद को हुन् त? धेरैलाई चासोको विषय हुनु स्वभाविक हो। पढ्नुस् कोविदका दश तथ्य : १. ७० वर्षीय…
काठमाडौंः निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसारमा संयमता अपनाउन आग्रह गरेको छ। दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनका क्रममा बाजुरामा भएको झडपमा एक जनाको मृत्यु हुनु दुःखद घटना भन्दै आयोगले दल र उम्मेदवारलाई संयमित हुन आग्रह गरेको हो। आयोगले भनेको छ–‘दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाई सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि…
काठमाडौं: 'प्रेमगीत २' र 'म यस्तो गीत गाउँछु'लाई प्रतिस्पर्धी फिल्म भन्दै आइएको छ। २०७२ मा एउटा टिम बनेर फिल्म ‘प्रेमगीत’ बनाए सुदर्शन थापा र सन्तोष सेनले। सेनको निर्माणमा थापाले निर्देशन गरेको फिल्म प्रदर्शन लगत्तै टिम फुटेको हल्ला चल्यो। गसिपको विषय बनेको प्रेमगीत युनिटको खबर निर्देशक र निर्माताले छुट्टा छुट्टै फिल्म घोषणापछि पुस्टि भयो। निर्माता सन्तोष सेनले प्रेमगीत अभिनेता प्रदिप…
काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपाका नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन्। अध्यक्ष यादवले विज्ञप्तीमार्फत आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई चुनौती दिएका हुन्। उनले भनेका छन्,‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेसी जनतासँग…
अनन्तराज न्यौपाने- विराटनगर : विराटनगर महानगरपालिकाको निर्वाचनमा सबै मुख्य राजनीतिक दलले एउटै प्रकारका चुनावी मुद्दा र आश्वासन अघि सारेका छन्। स्थानीय तहको निर्वाचनका लागि पार्टीले केन्द्रीय स्तरमा जारी गरेको घोषणापत्रबाहेक दुई राजनीतिक दलले मात्र स्थानीय आधारमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। हालसम्म यस्तो प्रतिवद्धतापत्र सार्वजनिक गर्नेमा दुई मुख्य बामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र देखा परेका छन्। नेपाली काङ्ग्रेसले…
काठमाडौं : ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघले समान ३–३ पुरुष महिला खेलाडी छनोट गरेको छ। पुरुषमा प्रफुल्ल महर्जन, जीवन आचार्य र प्रवीण लिम्बू तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखिया छनोट भएको ब्याडमिन्टन संघका सचिव एवं छनोट संयोजक नवीनविक्रम शाहले जनाएका छन्। छनोट भएका खेलाडीले यु–१९ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं : प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको नेपाल टिम च्याम्पियन बनेकोछ। आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले २४ स्वर्णसहित उपाधि जितेको हो। ४ स्वर्ण जितेको भारत दोस्रो तथा १ स्वर्णका साथ भुटान तेस्रो बन्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए। यस्तै पुरुषमा पुष्पराज नेगी तथा महिलामा रोइसा…
काठमाडौं: ठमेल बजार बोलको गीतमा प्रस्तुत भएपछि चर्चामा रहेकी एलिशा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। महेन्द्र भण्डारी र रेश्मा पुनको गायन रहेको गीतको भिडियोमा उनको फिचरिङ रहेको हो। भिडियोमा उनीसँगै जेम्स बिसीलाई पनि देख्न सकिन्छ। 'मायामा रियाक्शन' बोलको गीत भिडियो सहित आइतबार युट्युबबाट सार्वजनिक भएको हो। गीतमा भिम बिसीको शब्द र संगीत रहेको छ। क्रान्ति केसीको निर्देशन रहेको…
काठमाडौं : जेठ २३ गते अवकाशको अन्तिम समयमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले भावी प्रधान न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरिन्। न्याय परिषदको औपचारिक बैठकबिना सिफारिस भएको भन्दै कार्कीको आलोचना भयो। कतिले निर्णयलाई कानुनको प्रस्ट अभावमा प्रधान न्यायाधीशको स्वविवेक माने। कतिपयले क्षेत्राधिकार उल्लङ्घनको आरोप लगाए। आरोप र प्रत्यारोपपछि एउटा कारण थियो – भावी प्रधानन्यायाधीश गोपाल पराजुली उमेर विवाद। न्याय…