PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् 'ज्वेलरी सप'

    टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् 'ज्वेलरी सप'

    काठमाडौं : टेबलटेनिसका राष्ट्रिय खेलाडी स्वेच्छा नेम्वाङले  गहना व्यावसाय सुरु गरेकी छिन्। नवौ र दशौँ दक्षिण एसियाली खेलकुद सागमा टिम इभेन्ट्समा कास्य पदक जितेकी स्वेच्छाले मुना गुरुङसँग मिलेर ज्वेलरी विजनेस सुरु गरेकी हुन्। सोमबार काठमाडौं महानगरपालिका पुरानो बानेश्वरमा शौभाग्य ज्वेलर्स नामक गहना पसलको औपचारिक उद्घाटन भएसँगै उनी खेलाडीसँगै गहना व्यासायी समेत बनेकी हुन्। नेपाली टेबल टेनिस जगतका चर्चित  खेलाडी स्वेच्छाले खेलसँगै…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : जर्मनीको विजयी सुरुवात

    कन्फेडेरेसन कप : जर्मनीको विजयी सुरुवात

    विश्व विजेता जर्मनीले रसियामा भइरहेको कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। आइतबार भएको समूह बी को प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ ले पराजित गरेको हो। फिस्ट ओलम्पिक स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै लार्स स्टिनडलले पाँचौ मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ४१औं मिनेटमा टम रोजिकले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काए। तर पहिलो हाफको अन्त्यतिर युलियन ड्राक्सलरले पेनाल्टीमार्फत गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनः ३३४ स्थानीय तहमा आज मनोनयन

    दोस्रो चरणको निर्वाचनः ३३४ स्थानीय तहमा आज मनोनयन

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन भइरहेको छ। ३५ (टुक्र्याइएका एकै जिल्ला दुई कायम रहेका समेत) जिल्लाका ३३४ स्थानीय तहमा आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन हुनेछ। मनोनयन मुख्य निर्वाचन अधिकृतको कार्यालय, तथा सम्वन्धित नगर तथा गाउँपालिका केन्द्रमा दर्ता हुनेछ। आइतबार साँझ नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। सोमबारदेखि दाबी–विरोध तथा उम्मेदवारको अन्तिम नामावली…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो। राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो। सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उनले बताए। पहिरो…

    विस्तृतमा पढ्नुस्

  • घाँटी रेटी हत्या गरेको अवस्थामा युवकको शव फेला

    घाँटी रेटी हत्या गरेको अवस्थामा युवकको शव फेला

    गौशाल: महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो। नाम, थर, वतन नखुलेको अन्दाजी २५/३० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • नौ घन्टाको प्रयासमा यति कार्पेटको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

    नौ घन्टाको प्रयासमा यति कार्पेटको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

    काठमाडौँ: लगातार नौ घन्टाको प्रयासपछि भक्ततपुरको इटापाखास्थित यति कार्पेट उद्योगको गोदामको आगलागी नियन्त्रणमा आएको छ। आठवटा दमकल, सेना, प्रहरी तथा स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो। आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आइसकेको छैन।  जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले ठूलो रुपमा लागेको आगो नियन्त्रणमा आएको बताए। तर, केमिकल फ्याक्ट्री भएका कारणले उद्योगको भित्री स्थानमा केही आगो हुनसक्ने भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभामा वार्ता हुने

    सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभामा वार्ता हुने

    जेनेभा: संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने सिरियाका लागि राष्ट्रसङ्घका प्रतिनिधि स्टेफन डे मिस्टुँराले बताएका छन्। सिरियामा सन् २०११ देखि सुरु भएको छ वर्ष लामो द्वन्द्व अन्त्य प्रयासमा निराशा देखिएका बेला राष्ट्रसङ्घको यो निर्णय आएको हो। राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले सिरिया द्वन्द्वबारे थप वार्ता अगस्ट र सेप्टेम्बरमा सुरु गर्नेसमेत योजना भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा महानगरसहित चार स्थानीय तहमा माओवादी केन्द्र र संघीय समाजवादीबीच तालमेल

    विराटनगरमा महानगरसहित चार स्थानीय तहमा माओवादी केन्द्र र संघीय समाजवादीबीच तालमेल

    विराटनगर: नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ। दुई पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ। सहमति अनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • झापामा ८० वर्षीय काजीलालद्वारा वडा अध्यक्षमा मनोनयन दर्ता

    झापामा ८० वर्षीय काजीलालद्वारा वडा अध्यक्षमा मनोनयन दर्ता

    झापाः  झापा भद्रपुरका ८० वर्षीय काजीलाल डंगोलले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।  भद्रपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षका लागि डंगोलले उम्मेदारी दर्ता गरेका छन्। उनले स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवारी दिएका हुन्। नेपाल बैकबाट अवकाशप्राप्त कर्मचारी डंगोलले अाफू २०३६ सालदेखि राजनीतिमा पनि सक्रिय रहेको बताएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : आयोजक रसियाको विजयी सुरुवात

    कन्फेडेरेसन कप : आयोजक रसियाको विजयी सुरुवात

    घरेलु टोली रसियाले कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। शनिबार भएको समूह ए को उद्घाटन खेलमा रसियाले न्यूजिल्याण्डलाई २-० ले पराजित गर्‍यो। सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको ३१औं मिनेटमा न्यूजिल्याण्डमा माइकल बक्सलले आत्मघाती गोल गरेपछि रसियाले पहिलो हाफमा १-० को अग्रता बनायो। रसियाका लागि फेडर स्मोलोभले ६९औं मिनेटमा दोस्रो गोल गरे। गोलकर्ता स्मोलोभ म्यान अफ दी म्याच घोषित भए। कन्फेडेरेसन…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी फाइनल आज : कसले जित्ला उपाधि?

    च्याम्पियन्स ट्रफी फाइनल आज : कसले जित्ला उपाधि?

    भारत र पाकिस्तान क्रिकेटका दुई चिरपरिचित प्रदिद्वन्दी हुन्, यसमा कुनै शंकै छैन। र, यी दुई बीचको क्रिकेटको कुरा गर्दा सन् २००७ मा भएको पहिलो संस्करणको टी-२० विश्वकपको फाइनल कमैले बिर्सेलान्। दक्षिण अफ्रिकामा भएको उक्त फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै पहिलो संस्करणको टी-२० उपाधि जितेको थियो। फाइनलमा पाकिस्तानलाई जितका लागि १३ रन अवश्यक थियो भने भारतलाई १ विकेट। बलिङ गर्दै थिए…

    विस्तृतमा पढ्नुस्

  • के कुराकानी भयो प्रचण्ड र चिनियाँ राजदूतबीच लाजिम्पाटमा?

    के कुराकानी भयो प्रचण्ड र चिनियाँ राजदूतबीच लाजिम्पाटमा?

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा उनीहरुबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा राजदूत होङले प्रचण्डको १० महिने प्रधानमन्त्रीकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको छोटो अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा मनोनयनमा अवरोध गर्ने राजपा कार्यकर्ता पक्राउ

    कपिलवस्तुमा मनोनयनमा अवरोध गर्ने राजपा कार्यकर्ता पक्राउ

    कपिलवस्तुः कपिलवस्तुमा उम्मेदवार मनोनयनमा अवरोध पुर्याउने राष्ट्रिय जनता पार्टीका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मनोनय दर्ता प्रकृयामा अवरोध पुर्याएको भन्दै प्रहरीले राजपा कार्यकर्तालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपाका जिल्ला संयोजक कैलाश अग्रहरी, राहुल सिंह, रविन्द्रनाथ मिश्र, कालीपद शर्मा, सन्तराम अग्रहरी, बलाराम तिवारी, राजु मुसलमान, इरफान मुसलमान, हरिप्रसाद पाण्डे, इन्तियाज अहमद र हरिशप्रसाद पाण्डे छन्…

    विस्तृतमा पढ्नुस्

  • यसरी व्यक्त गरे प्रियंका र आयुष्मानले एकअर्काको सफलताको खुसी, हेर्नुस् फोटो

    यसरी व्यक्त गरे प्रियंका र आयुष्मानले एकअर्काको सफलताको खुसी, हेर्नुस् फोटो

    काठमाडौं: शनिबार काठमाडौंको हयात होटलमा आयोजित पाँचौ एनएफडिसी फिल्म अवार्डमा २०७३ को ब्लकबस्टर फिल्म छक्कापजा उत्कृष्ट घोषित भयो। फिल्मकै तर्फबाट प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारिन् भने चपली हाइट दुईबाट आयुष्मान देशराज जोशीले उत्कृष्ट नव अभिनेताको उपाधी हात पारे। मनोनयनमा परेका प्रियंका र आयुष्मान दुबै अवार्ड घोषणाको अवसरमा आ-आफ्नो परिवारसँग उपस्थित थिए। केहि समययता प्रेम सम्बन्धमा रहेको यो जोडीले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता बलबहादुर केसी कुटिए, वडाअध्यक्षका प्रत्यासी अपहरणमा

    कांग्रेस नेता बलबहादुर केसी कुटिए, वडाअध्यक्षका प्रत्यासी अपहरणमा

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन्।  'मसहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,' केसी टेलिफोनबाट भने, 'माओवादीको गाउँपालिका अध्यक्ष नेतृत्वमा एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै कार्कीलाई लगे। मलाई पनि हातपात गरे।'  कांग्रेस उम्मेदवार अपहरणमा सोलुखुम्बुको…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउने कफिनको कथा फिल्म 'सामान'मा

    काठमाडौं: नाट्यकर्मी विजय बिस्फोटको निर्देशन रहेको लघु फिल्म 'सामान'को विशेष प्रदर्शन सहित भएको छ। पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट ,सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्ल, वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद कोइराला, नाट्यकर्मी महासंघका सचिब जेबि डिसी र दोलखा गौरी शंकर गाउँ पालिकाको उपप्रमुख उर्मिला थामीको उपस्थितिमा प्रदर्शन भएको हो। खाडी मुलुकहरुबाट नेपाल ल्याइने कफिनहरु र विदेशी भुमिबाट लासलाई नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ब्रेकअपको हल्लाबीच निशा अधिकारी र शरद भेषावकरको प्रेममा नयाँ ट्विस्ट

    ब्रेकअपको हल्लाबीच निशा अधिकारी र शरद भेषावकरको प्रेममा नयाँ ट्विस्ट

    काठमाडौं : अभिनेत्री निशा अधिकारीले २०७१को भदौ २३ गते फेसबुक पोस्ट मार्फत् आफ्नो र क्रिकेटर शरद भेषावकरको सम्बन्ध सार्वजनिक गरेकी थिइन्। दुईजनाको फोटो सहित लेखेकी थिइन,'सर्वव्यापक प्रेम र हेर्नुस् मेरो भागमा परेको (माया)।' निशाले पोस्ट सार्वजनिक गरे लगत्तै शरद र उनी सार्वजनिक कार्यक्रममा सँगै देखिन थाले। तर, केही समयपछि निशाले सो पोस्ट डिलिट गरिन्। र उनीहरुको ब्रेकअप गसिपको विषय बन्यो…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् आगलागीपछिको यती कार्पेटको हाल

    हेर्नुस् आगलागीपछिको यती कार्पेटको हाल

    भक्तपुरको इँट्टापाकेमा रहेको यती कार्पेटमा हिजो आगलागी भयो। ट्रान्समिटर पड्किँदा स्टोर गरेर राखेको इन्धनले आगलागीलाई चरम अवस्थामा पुर्याएको थियो। आगलागी पछिको अवस्था यस्तो देखियो :   

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुको बाणगंगामा बम विष्फोट, १० जना घाइते

    कपिलवस्तुको बाणगंगामा बम विष्फोट, १० जना घाइते

    कपिलवस्तुः कपिलवस्तुको बाणगंगा नगरपालिका ४ गजेहडामा आज दिउसो बम विष्फोट भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि मनोनयन दर्तालाई प्रभावित पार्ने गरी बम विष्फोट गराइएको हो।  दिउसो साढे एक बजेतिर भएको बम विष्फोटमा परी दश जना घाइते भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पहिलो पोस्टलाई जानकारी दिए। नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न गइरहेको बेला…

    विस्तृतमा पढ्नुस्

  • बन्द सफल भएको राजपाको दावी, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग

    बन्द सफल भएको राजपाको दावी, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग

    काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालले आज मधेश थरुहट क्षेत्रमा आह्वान गरेको बन्दको कार्यक्रम पुर्णरुपमा सफल भएको दाबी गरेको छ। राजपाले विज्ञप्तीमार्फत बन्दको कार्यक्रम शान्तिपुर्ण रुपमा सफल भएको दाबी गरेको हो। शनिबार राजपाले नवलपरासीमा आयोजना गरेको आमसभामा प्रहरीले अन्धाधुन्द गोली र अश्रुग्याँस प्रहार गरी दमन गरेको भन्दै त्यसको विरोधमा आज तराई मधेसका जिल्ला बन्द आह्वान गरेको थियो। राजपाले कैलालीको धनगढीमा सरिता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell