काठमाडौंः जिउ मास्ने बेच्ने मुद्दामा अदालतले १५ बर्ष कैद सजाय सुनाएका नुवाकोट साल्मे ५ स्थायी घर भई हाल चितवनको खैरेनी बस्ने रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले तामाङलाई ३३ वर्षपछि शनिवार चितवनको खैरनीबाट पक्राउ गरेको हो। तामाङले २०४८ पुस २१ मा धादिङकी सीतादेवी (नाम परिर्वतन) लार्इ विवाहको बहाना गरी भारतको मुम्बइस्थित बेश्यालयमा १७…
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकालले भेट गरेका छन्। सोमबार दिउसो प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासंघका पदाधिकारीले प्रचण्डको प्रधानमन्त्रीकालमा निजी क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताए। भेटमा अध्यक्ष राणाले प्रचण्डको प्रधानमन्त्रीकाल नेपालको समृद्धि र विकासका लागि नमूनायोग्य रहेको उल्लेख गर्दै निजी…
आफ्नो सम्बन्धलाई चर्चाको विषय बनाउन नचाहने अभिनेत्री निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको हरेक गतिविधिमा फ्यानको चासो छ। त्यसैले उनीहरुको अफेयर वा ब्रेक अप दुवै खाले खबरका लागि फ्यानहरु तयार भएर बसेका हुन्छन्। केही अघि ब्रेक अपको हल्लाको सिकार भएका निशा र शरदको प्रेम बिहेको गसिपतिर केन्द्रित भइरहेको छ अहिले। नहोस् पनि किन फेरि यो जोडी सार्वजनिक ठाउँमा देखिन थालेका…
काठमाडौं : 'सिआइवी प्रहरी हुँ' भन्दै उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो। पक्राउ पर्नेमा रामेछाप गौस्वार ४ घर भइ हाल काठमाडौं पूरानो बानेश्वर बस्ने कुविन भन्ने कुलबहादुर थापा मगर, दाङ सैपा ६ का ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, भोजपुर छिनामखु २ स्थायी ठेगाना…
काठमाडौं : निर्वाचन आयोगले ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनय दर्ता सम्पन्न भएको जनाएको छ। आयोगले मनोनयन पत्र दर्ताका लागि तोकेको समय बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्मकको अवधिमा राजनीतिक दलहरुले मर्यादित रुपमा उम्मेद्वारी दर्ता गर्दा मनोनयन शान्तिपूर्ण भएको आयोगले विज्ञप्तिमार्फत् बताएको हो। 'यही असार १४ गते बुधवार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं.…
काठमाडौं : नेपाली खेलाडीको निशुल्क उपचार गर्ने लक्ष्यसहित अब नेपालमै स्पोर्ट्स हस्पिटल बन्ने भएको छ। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले स्पोर्ट्स हस्पिटलको शिलन्यास गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अब नेपाली खेलाडीहरुको सम्पूर्ण खर्च निशुल्क हुने र विदेश गइराख्नु नपर्ने बताए। 'अब उपचार गर्न नपाएर कोही खेलाडीको मृत्यु…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी देश फिर्ता भएकी छिन्। जेनेमा आइएलओको कार्यक्रममा किनोट स्पिकरका रुपमा गएकी भण्डारीलाई आज विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ अधिकारीहरुले स्वागत गरे। औपचारिक भ्रमण पूरा गरेर नेपाल फर्किएका राष्ट्रपतिको फिर्तीका दृश्य हेर्नुस्
काठमाडौं : बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडपमा परी मृत्यु हुनेमा हंश राउत रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पहिलोपोस्टलाई जानकारी दिए। दिउँसो करिब २ बजेर ४५ मिनेटमा उम्मेद्वारी दिन जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताको जम्का भेट हुँदा झडप भएको थियो। घाइते राउतलाई उपचारको क्रममा सदरमुकाम हस्पिटल ल्याउँदै गर्दा बाटोमा…
काठमाडौं : राष्ट्रिय जनता पार्टीले आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रभावित पार्न त्यही दिन मधेश थरुहट बन्द आह्वान गरेको छ। आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया रोक्न बन्द आह्वान गरेर असफल भएको राजपाले १४ गते पनि त्यही बन्द दोहोर्यारउन लागेको हो। राजपाले आगामी दिनमा निर्वाचन सम्बन्धी सबै कार्यक्रममा अवरोध गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। राजपाले त्यसका लागि…
काठमाडौं : शाही थाइ राजदूतावासमा ठगी गर्ने दुई महिलालाई प्रहरीले पक्रेको छ। काठमाडौं बानेश्वरमा घर भएकी ४० वर्षीय सुचित्रा शर्मा गौतम र ४४ वर्षीया सोभना श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो। शाही थाइ राजदूतावास काठमाडौंको भिसा शाखामा काम गरी भिसा फारम बापतको संकलन गरेको रकम ८२ लाख ५५ हजार ५ सय रुपैयाँ राजदूतावासमा नबुझाई फरार भएको…
चिरपरिचित प्रतिद्वन्दी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो। यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ। इंगल्याण्डको ओभलमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले फखर जमनको शतक मद्दतमा ५० ओभर खेल्दै ३…
हेक्टर मोरेनोले खेलको अन्नत्यतिर गोल गरेपछि कन्पेडेरेसन कपमा मेक्सिकोले पोर्चुगलसँग बराबरी खेल्दै १/१ अंक बाँडेको छ। पोर्चगुलले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो। ३५औं मिनेटमा रिकार्डो क्वरेस्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेटपछि ज्याभिएर हर्नान्डेजले मेक्सिकोका लागि पहिलो हाफमै बराबरी गोल फर्काए। ८६औं मिनेटमा सेड्रिक सोअरेसले गोल गरेपछि…
काठमाडौं : थिएटर भिलेज आगामी मगलबारदेखि २१ दिने युरोप भ्रमणमा निसकने भएको छ। युरोपको सबैभन्दा ठुलो अमेच्योर नाट्य संस्थाहरुको छाता संस्थाको निमन्त्रणामा थिएटर भिलेज ‘मालिनी:द प्रिन्सेस अभ गार्डेन’ नाटकका साथ युरोपको विभिन्न सहरमा जान लागेको हो। रविन्द्रनाथ टेगोरको नाटक ‘मालिनी’ को एक नयाँ व्याख्याको रुपमा तयार भएको यो नाटक बर्लिन लगायत जर्मनीका विभिन्न शहर र बेल्जियममा मन्चन हुनेछI थिएटर भिलेजको…
गुल्मीः भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी धुरकोट गाउँपालिका–६ का पुष्कर केसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको प्रहरी टोलीले सदरमुकाम तम्घास बजारबाट शुक्रबार पक्राउ गरेको हो। २०६८ चैत २६ गते फैसला भई फरार रहेका उनलाई पक्राउ गरी गुल्मी जिल्ला अदालत दाखिला गरेकोमा फैसला कार्यान्वयनको लागि कारागार पठाइएको छ। यसैगरी, एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि फरार…
काठमाडौंः नवलपरासीमा राष्ट्रिय जनता पार्टीले आयोजना गरेको सभास्थलमा आज साँझ केहीबेर तनाव भएको छ। कार्यक्रमस्थलमा ढुंगा प्रहार भएपछि स्थिति तनावपूर्ण बनेको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। त्यसक्रममा एक प्रहरी र अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनापछि…
काठमाडौंः नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा चरम विवाद भएको छ। अध्यक्ष नैनसिंह महरले आफुखुसी केन्द्रीय समितिमा मनोनयन गरेको भन्दै अन्य पदाधिकारीहरुले चर्को विरोध जनाएका छन्। यसअघि आफ्नो समुहसँग निकट रहेका तीन केन्द्रीय सदस्य पनि एकलौटी मनोनित गरेको आरोप खेप्दै आएका महरले शनिबार आफ्नै प्यानलबाट सहमहामन्त्री उठेर पराजित महेश्वरी कुँवरलाई सोही पदमा मनोनयन गरेपछि नेविसंघको विवाद छताछुल्ल भएको हो।…
काठमाडौं : 'हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान' भन्ने मूल नारासहित आयोजना भएको 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार-२०७३' मा छक्कापञ्जा उत्कृष्ट चलचित्र घोषित भएको छ। वर्ष २०७३ मा सर्वाधिक ग्रस कलेक्शन (१७ करोड)गरेर नेपाली फिल्म इतिहासमा रेकर्ड बनाएको छक्कापञ्जाले उत्कृष्ट चलचित्रसहित ५ विधाको अवार्ड हात पार्यो। छक्कापञ्जाबाटै दीपाश्री निरौलाले उत्कृष्ट निर्देशक, प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्री, केदार घिमिरे उत्कृष्ट हास्यकलाकार घोषित भए।…
बीबीसीः जापानको पूर्वी तट पारी एक अमेरिकी युद्धपोत फिलिपिनी मालवाहक जहाजसँग ठक्कर खाँदा अमेरिकी युद्धपोतमा सवार सात सदस्य बेपत्ता भएका छन्। अमेरिकी जलसेनाले बीबीसीलाई बताएअनुसार जहाजहरु ठोक्किएपछि अमेरिकी जहाजका कमाण्ड सम्हालिरहेका एक अधिकृत र अन्य दुईजना घाइते भएका छन्। उनीहरुलाई एक जापानी हेलिकोप्टरले उद्धार गरेको छ। ठक्कर खाएपछि‘यूएसएस फिज्जेराल्ड’ नाम गरेको आक्रमणमा प्रयोग गरिने युद्धपोतमा ठूलो क्षति पुगेको र जहाजभित्र पानी…
नरहरि पौड्याल कास्कीः स्याङ्जा फेदीखोला गाउँपालिकाका ७० वर्षीय दुर्गे विक माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तीर्ण भएका छन्। बृद्ध उमेरमा नियमित विद्यालय गएर माध्यमिक तहको शिक्षा अध्ययन गर्दै आएका विकलाई एसइइमा सफल भएपछि उच्च शिक्षाको बाटो खुलेको छ। उनी एक दशमलव २ जिपिए अर्थात् डि ग्रेड ल्याएर सफल भएका हुन्। फेदीखोलास्थित खड्केटारीको कालाभैरव माविबाट दुर्गेसहित २३ जनाले परीक्षा दिएका थिए।…
काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रमुख तीन दलले देश विखण्डन गर्न खोजेकाले आफूहरुले देश जोगाउनका लागि बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा महतोले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर देश विखण्डन गर्न लागेको आरोप लगाए। उनले भने,‘तीन दलले देश भाँड्न र विखण्डन गर्न लागेकाले बाध्य भएर हामीले…