काठमाडौं : युएईमा बगामी जुलाईमा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोटको लागि नेपाली यू-२३ टोलीले आजबाट प्रशिक्षण सुरु गरेको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा सुरु भएको प्रशिक्षणमा ४० खेलाडी बोलाइएकोमा १३ खेलाडी मात्र उपस्थित थिए। यस्तै त्यसमध्ये ११ खेलाडी राष्ट्रिय टोलीका लागि क्याम्पमा बोलाइएका खेलाडी रहेको एन्फाले जनाएको छ। नेपाली यू-२३ टोलीलाई राष्ट्रिय टोलीका प्रशिक्षक राजु काजी शाक्यले प्रशिक्षण दिएका छन्।…
काठमाडौं : गृह मन्त्री जनार्दन शर्माले सरकारी निकायका प्रमुखहरुलाई तीन दिनभित्र ट्राफिक व्यवस्थापनको योजना पेश गर्न कडा निर्देशन दिएका छन्। शुक्रवार ट्राफिक ब्यवस्थापनसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरुलाई बोलाएर गृह मन्त्री शर्माले निर्देशन दिएका हुन्। ‘छोटो बिधिबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ती जडान गरौं, त्यसका लागि कति खर्च लाग्छ? उनले प्रश्न गरे। ट्राफिक संकेत बत्ती तथा सडक बत्ती बाल्न एडिबीको…
काठमाडौः नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले काठमाडौंको अव्यवस्थित पार्किङ हटाउनुपर्ने बताएका छन्। शुक्रवार गृहमन्त्रालयमा आयोजित ट्राफिक व्यवस्थापनकाबारेमा आयोजित छलफलमा महानिरीक्षक अर्यालले सवारीसाधन पार्किङलाई टेण्डरमा दिनु नहुने बताए। उनले पार्किङलाई टेण्डरमा दिंदा खुलेयाम गुण्डाराज सुरु हुने बताए। उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज सुरु हुन्छ।’
काठमाडौं : श्रम मन्त्री फर्मुल्लाह मन्सुरले राजपाका नेताहरु नै बसेर दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको बताएका छन्। दुई नम्बर प्रदेशको चुनाव सारेर बाँकी प्रदेशमा चुनाव गराउने सरकारको निर्णयविरुद्ध राजपाले आन्दोलन घोषणा गरेको खबरले आफू आश्चर्यमा परेका मन्त्री मन्सुरले बताए। 'राजपाका नेताहरुसँगै बसेर सहमति भएको हैन?' पहिलोपोस्टसँगको कुराकानीमा उनले प्रतिप्रश्न गर्दै भने, 'उहाँहरुले किन यस्तो निर्णय गर्नुभयो, धरातल बुझेर…
श्रीनगर : कास्मिरमा छ जना प्रहरीसहित १० जनाको शुक्रबार ज्यान गएको छ। अशान्त कास्मिरमा फरक फरक घटनामा परी दुई सर्वसाधारण, दुई सशस्त्र आतंकवादी र ६ प्रहरीको मृत्यु भएको हो। शुक्रवार साँझ दक्षिणी कास्मिकरको अचावलमा आतंकवादीले थापेको एम्बुसमा परी ६ जना प्रहरीले ज्यान गुमाए। प्रहरीका स्टेसन हाउस अफिसर फिरोज अहमद दरसमेत दुर्घटनाको सिकार हुनेमा परेका छन्। घटनाको जिम्मेबारी लस्कर ए…
काठमाडौँ: स्थानीय तह चुनावका कारण सरेको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय परक्षा बोर्डले जनाएको छ। सरकारले निर्वाचनको मिति पुनः सारेपछि असार ८ गतेदेखि तय भएको परीक्षा आजदेखि सुरु गर्ने बोर्डले निर्णय गरेको थियो। परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी हुँदैछन्। यसमध्ये दुई लाख ११ हजार ६८१ छात्र छन्। दुई…
काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउने अन्तिम गृहकार्यमा रहेका प्रमुख दलहरु आज पनि छलफल जुट्दैछन्। राजपालाई चुनावमा सहभागी गराउने विषयमा छलफलका लागि प्रमुख दलका शीर्ष नेताको बैठक बिहान १० बजे बस्दैछ। प्रमुख दलको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दैछन्। प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग परामर्श गरेपछि प्रमुख दलका शीर्ष नेताको बैठक बस्नेछ। दोस्रो चरणको स्थानीय तह निर्वाचन…
काठमाडौँ: दोस्रो चरणको निर्वाचन अन्तर्गत भोलि उम्मेदवारको मनोनयन हुँदैछ। दोस्रो चरणमा ४१ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन हुनेछ। मनोनयन भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिृतको कार्यालय तथा गाउँपालिका र नगरपालिकाको केन्द्रमा मनोनयन दर्ता हुनेछ। उम्मेदवारी दिएका उम्मेदवारको सूची भोलि साँझ साढे ५…
काठमाडौँ: नेपाल प्रहरीको आइजिपी बढुवा विवादसम्वन्धी मुद्दा आज पनि स्थगित भएको छ। सर्वोच्चको साप्ताहिक पेसी सूचीमा प्रकाशित मुद्दा दैनिक पेसीमा स्थगित गरिएको हो। जेठ १७ गते बृहद् पूर्ण इजलासमा हेर्दाहर्दैमा रहेको मुद्दा बिहीबार दैनिक पेसीबाट स्थगित गरिएको हो। हेर्दाहेर्दैको मुद्दा सामान्यतयाः स्थगित गर्ने प्रचलन नभए पनि स्थगित गरिएको छ। सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले मुद्दा स्थगितको कारण थाहा नभएको बताए। …
काठमाडौँ: राष्ट्रिय जनता पार्टीको मागअनुसार दुई नम्बर प्रदेशको चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोग पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन स्थगित गर्न सकिने वा नसकिनेबारे परामर्श गरेका थिए। प्रधानमन्त्रीलाई आयोग प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव सार्न नसकिने जवाफ दिएका थिए। ‘निर्वाचन आयोग निर्वाचनका लागि तयार भएको छ। सुरक्षा संयन्त्र तयार भएर बसेको अवस्था…
काठमाडौंः दोलखास्थित कालिका उच्च माविको पुस्तकालय निर्माण र अक्षयकोष स्थापनार्थ गायक राज सिग्देलको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। ‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैँतिर पारेर गई’ गजलबाट चर्चामा आएका गायक सिग्देलले राजधानीको राष्ट्रिय नाचघरमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिए। आफ्नो गजलका साथै उनले हिन्दी गजल र फिल्मी गीत सुनाएका थिए। उनले हेमन सुवेदीको शब्द र चण्डीप्रसाद काफ्लेको…
काठमाडौं: डेनमार्कको कोपनहेगनमा आयोजना हुने नेपाल एक्स्पो–२०१७मा दीपक बज्राचार्य तथा उनको ब्याण्डले सहभागिता जनाउने भएका छन्। असार २ गते शुक्रवारदेखि आईतबारसम्म नेपाल एक्स्पो सञ्चालन हुँदैछ। सांगीतिक प्रस्तुतीका लागि गर्न दीपकसहित ९ कलाकार बुधबार डेनमार्क प्रस्थान गरेको बताइएको हो। कोपनहेगनमै हुने एसियन एक्सपोमा समेत नेपाली कलाकारले आफ्नो प्रस्तुती दिनेछन्। नेपाल हाउससँगको सहकार्यमा गायक बज्राचार्य तथा उनको ब्याण्ड डेनमार्क गएको हो। गायक…
काठमाडौँ: सिद्दि मिडियाले आयोजना गरेको 'नेपाल्स चबी मोडल २०१७'को उपाधी समिरा श्रेष्ठले हात पारेकी छिन्। बुधबार सम्पन्न प्रतियोगीताको फिनालेमा करीब १५ जना प्रतियोगीहरु मध्य उनी उत्कृष्ट घोषित भएकी हुन्। एक महीना लामो प्रशिक्षणपछिको फिनालेमा फर्स्ट रनर्सअप मिनु तामाङ र सेकेण्ड रनर्सअप कृति बर्तौला भए। बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट…
पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक इंगल्याण्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले आठौं संस्करणको फाइनलमा स्थान बनाएको हो। पाकिस्तान यसअघि सन् २०००, २००४ र २००९ गरी तीन पटक सेमिफाइनलबाटै बाहिरिएको थियो। पाकिस्तानले अब उपाधिका लागि भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। इंगल्याण्डले दिएको २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले…
काठमाडौं: युवा लोक तथा दोहारी गायक केहरसिंह प्यासीको नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘शिरमा रिबन' बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। मगर समुदायको सांगीतिक कौडा भाकामा गीत ‘शिरमा रिबन, नाचौं, गाऔं के छ र जीवन’बोलको गीत बजारमा ल्याएका हुन्। गीतमा प्यासी र जुना श्रीष मगरको स्वर रहेको छ। खेम सेञ्चुरीले लय तथा शब्द दिएको गीतको भिडियो समेत सार्वजनिक भएको…
काठमाडौंः लोकसेवा आयोगले विद्यार्थीलार्इ लक्षित गरी मोवाइल एप्लिकेसन ल्याएको छ। आयोगले ६७औं वर्ष पार गरेको अवसरमा मोवाइल एप्लिकेसन सार्वजनिक गरेको हो। उपराष्ट्रपति नन्दकिशोर पुनले मोवाइल एप्लिकेसन सार्वजिक गर्दै लोक सेवा आयोगले नयाँ प्रविधिको प्रयोग गरी विद्यार्थीलार्इ जानकारी दिने उल्लेखनीय कामको थालनी गरेको बताए। मोबाइल एप्लिकेसनबाट विद्यार्थी तथा लोक सेवा सम्बन्धी सरोकार राख्नेले आयोगका गतिविधिबारे जानकरी लिन सक्नेछन्। कार्यक्रममा आयोगका अध्यक्ष…
काठमाडौंः गृह मन्त्री जनार्दन शर्माले असार १४ गते दुई नम्बर बाहेकका प्रदेशमा मात्र निर्वाचन हुने बताएका छन्। स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिता व्यापक बनाउने भन्दै राजपासँग सरकारले गरेको वार्तापछि गृहमन्त्री शर्माले १४ गते एक, पाँच र सात नम्बर प्रदेशमा मात्र निर्वाचन हुने बताएका हुन्। ‘दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आगामी १४ गते दुई नम्बर बाहेकका प्रदेशमा निर्वाचन हुन्छ,' गृहमन्त्री…
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेका छन्। सत्तारुद्ध दल कांग्रेस–माओवादी र आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयममा बसेको बैठकबाट दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गराउने निर्णय गरेका हुन्। 'दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने प्रस्ताव सरकारले दिउँसो तीन बजे निर्वाचन आयोगमा लैजाँदैछ,' बैठकपछि…
काठमाडौं : निर्वाचन आयोगले पौने चार बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। सरकारले दुई नम्बर प्रदेशको निर्वाचन पछि सार्न गरेको प्रस्ताव अस्वीकार गर्दै तोकिएकै मितिमा हुनुपर्ने अडान लिएर फर्किएको आयोगले आकस्मिक पत्रकार सम्मेलन डाकेको हो। आयोगले तेस्रो चरणको निर्वाचनका लागि सहमति नदिए पनि सरकारले भने दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने तय गरिसकेको छ। सरकार नयाँ प्रस्ताव…
काठमाडौं : राष्ट्रिय जनता पार्टीले मधेशी जनताको माग सम्बोधनका लागि सरकार सकारात्मक भएको बताएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको बैठकपछि राजपाले सरकार सकारात्मक भएको भन्दै आफ्ना मागमा लचकता अपनाउने बताएको हो। 'सरकारले हाम्रो माग पूरा गर्न सकारात्मक प्रयास गरेको छ, हामी सरकारको औपचारिक निर्णयको प्रतीक्षामा छौं,' राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने, 'सरकारले हामीलाई आजै औपचारिक…