PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा जाम्बियामा ४८ सांसद निलम्बनमा

    राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा जाम्बियामा ४८ सांसद निलम्बनमा

    लुसाका: राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ। राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षी दल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए। 'मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानुनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

    ताप्लेजुङ र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौंः ताप्लेजुङ र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर आज विहान भूकम्प गएको छ। आज विहान नौ बजेर २७ मिनेटमा ताप्लेजुङ  र तिव्वतको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।   

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेल : १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई हरायो

    मैत्रीपूर्ण खेल : १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई हरायो

    ओसमान डेम्बेलेले खेल सकिन १२ मनेट अगाडी निर्णायक गोल गरेपछि १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ। ह्यारी केनको २ गोललाई छायाँमा पार्दै फ्रान्सले इंगल्याण्डलाई ३-२ ले हराएको हो। फ्रान्सको घरेलु मैदान स्टेड डे फ्रान्समा ह्यारी केनले नवौँ मिनेटमा गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाएका थिए। तर सामुएल उम्टिटीले २२औं मिनेटमा फ्रान्सका लागि बराबरी गोल गरे। ४३औं मिनेटमा डिजिब्रिलले…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल नीकिता भन्छिन्,  म 'चन्दक' होइन 'चाण्डक' हुँ

    मिस नेपाल नीकिता भन्छिन्,  म 'चन्दक' होइन 'चाण्डक' हुँ

    काठमाडौं: २०१७ का लागि घोषित मिस नेपाल नीकिता चाण्डकले आफ्नो थर गलत प्रकाशित भएकोमा गुनासो व्यक्त गरिन्। सामाजिक सञ्जालमा उनी कुन जातकी हुन्रु भन्ने प्रश्न उठ्नु र मिडियाले पनि थर गलत लेखिदिएकोले आफूलाई खिन्न बनाएको उनले बताइन्। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'धेरैले सुन्नु भएको रहेनछ। म नेपाली नै हुँ। तर, गलत बुझियो र गलत लेखियो।' टेलिभिजनमा कार्यक्रमको लाइभ भइराख्दा आफ्नो थरको…

    विस्तृतमा पढ्नुस्

  • लण्डनको टावर ब्लकमा भीषण आगलागी

    लण्डनको टावर ब्लकमा भीषण आगलागी

    बीबीसीः वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भइरहेको छ। ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति सवा एक बजेदेखि आगलागी सुरु भएको थियो। झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसीका अनुसार पूरै भवन जलिरहेको छ। आगलागीमा परी ३५ जना घाइते भएका छन् ।   

    विस्तृतमा पढ्नुस्

  • लन्डनको भिषण आगलागीका ५ दृश्य

    लन्डनको भिषण आगलागीका ५ दृश्य

    पश्चिम लन्डनको ठूलो अपार्टमेन्टमा भिषण आगलागी भयो। सुरक्षाकर्मीले अपार्टमेन्टबाट मानिसलाई निकाल्ने काम जटिल बनिरहेको थियो। तीन घन्टाभन्दा धेरै समय आगो दन्किरह्यो। दोस्रोदेखि २७ औं तल्ला आगोबाट प्रभावित भए। हेर्नुस फोटा

    विस्तृतमा पढ्नुस्

  • श्री राईको 'समर्पण'को पहिलो भिडियो सार्वजनिक

    श्री राईको 'समर्पण'को पहिलो भिडियो सार्वजनिक

    काठमाडौं: गायक श्री राईको नयाँ गीत ‘बैंसालु जावानी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। भिडियोमा अभिनेता तथा मोडल पुष्पल खड्का र मोडल सृष्टिना राईको फिचरिङ रहेको छ। भिडियोलाई रङ्ग पत्रकार विशाल राईले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशन हो। ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोलाई चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत २'को क्लाइमेक्स सिन लिक, निर्माताको सस्पेन्स प्लान फ्लप

    'प्रेमगीत २'को क्लाइमेक्स सिन लिक, निर्माताको सस्पेन्स प्लान फ्लप

    काठमाडौं: फिल्म ‘प्रेमगीत २’ को क्लाईमेक्स सीनका फोटोहरु सार्वजनिक भएका छ। फिल्म युनिटले ति फोटोहरु टिमबाट अफिसियल रिलिज नभई कसैले लिक गरेको बताएको छ। क्रु मेम्बर चन्द्र भुजेलले फेसबुकमार्फत फिल्मको क्लाईमेक्स सीनको फोटोहरु लिक गरेको जानकारी दिइयो। फोटोहरु लिक भएकै कारण फाईनल भएको ट्रेलरमा पनि केहि थपघट गर्ने निर्माता सन्तोष सेनले बताए। भने, ‘पहिला हामीले पुरै लभ र रोमान्सको मात्र…

    विस्तृतमा पढ्नुस्

  • दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु, १८ घाइते

    दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु, १८ घाइते

    दैलेखः दैलेखको राकम कर्णालीमा बस दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। कालिकोटबाट महेन्द्रनगर गइरहेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठबीस नगरपालिका ४ मा दुर्घटना भएको हो।    मृत्यु हुनेमा ७ पुरुष, २ महिला र १ नावालक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक यगेन्द्र खत्रीले पहिलोपोष्टलाई जानकारी दिए। कालिकोट काउन्टरमा २१…

    विस्तृतमा पढ्नुस्

  • राजपा नआए पनि चुनावको सुरक्षा तयार : गृह मन्त्री जनार्दन शर्मा

    राजपा नआए पनि चुनावको सुरक्षा तयार  : गृह मन्त्री जनार्दन शर्मा

    काठमाडौं : गृह मन्त्री जनार्दन शर्माले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिएका छन्।  सोमवार गृह मन्त्रालयमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री शर्माले राष्ट्रिय जनता पार्टी चुनावमा सामेल नभए पनि सुरक्षा व्यवस्थामा प्रभावित नहुने दावी गरे। त्यस्तै मन्त्री शर्माले राजपालाई पनि निर्वाचनमा सहभागी हुने वातावारण तयारी गर्न सरकार लागि परेको बताए। उनले भने, 'सबैभन्दा राम्रो उपाय…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षा भोलिदेखि,  साढे ४ लाख परीक्षार्थी सहभागी हुँदै

    कक्षा ११ को परीक्षा भोलिदेखि,  साढे ४ लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौंः तीन पटकसम्म समय परिर्वतन गरिएको कक्षा ११ को परीक्षा भोलिदेखि सुरु हुँदैछ।  परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि कुल ९९३ केन्द्र तोकिएका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले जानकारी दिए। परीक्षा तालिका अनुसार विद्यार्थीले पहिलो दिन अग्रेजी विषयको परीक्षा दिनेछन्।   

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध नराख्न अमेरिकाको चेतावनी

    उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध नराख्न अमेरिकाको चेतावनी

    बीबीसीः अमेरिकाले उत्तर कोरियासँग ब्यापार सम्बन्ध राख्ने देशहरुमाथि प्रतिबन्ध लगाउने भएको छ।    अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मंगलबार अमेरिकी सिनेटको विदेशी मामिलासम्बन्धी समितिको बैठकमा चेतावनीसहित यस्तो बताएका हुन्। ह्वाइट हाउसले केही दिनमै यस बारेमा निर्णय सार्वजनिक गर्ने पनि उनले बताए। प्योङयाङलै हालै गरेका मिसाइल परीक्षणहरुले अन्तराष्ट्रियस्तरमा नै खतरनाक संकेत दिएको भन्दै ट्रम्प प्रशासन उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रम रोक्नका…

    विस्तृतमा पढ्नुस्

  •  एसर्इर्इको नतिजा शुक्रवार सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

     एसर्इर्इको नतिजा शुक्रवार सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    काठमाडौंः एसर्इर्इको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको सम्पूर्ण तयारी भर्इसकेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यसवर्ष एसईईमा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३, आंशिकतर्फ ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९ सय ९ विद्यार्थी सहभागी भएका छन्। त्यसैगरी, प्राविधिकतर्फ ३ हजार ६ सय ५७ परीक्षार्थी सहभागी भएका छन्। परीक्षामा दुई लाख ५९…

    विस्तृतमा पढ्नुस्

  • आइटिएफ तेक्वान्दो खेलाडी सम्मानित

    आइटिएफ तेक्वान्दो खेलाडी सम्मानित

    काठमाडौं : भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेण्डरी बोर्डिङ स्कूल भक्तपुरले संयुक्त तेक्वान्दो आइटिएफ नेपालका खेलाडीद्वय(बाबुछोरा)लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरेको छ। बस्नेत बाबुछोरालाई ओलम्पियन जीतबहादुर केसीले सम्मान पत्र प्रदान गरे। बस्नेतले जुलाई २०१६ मा बेलायतको ब्राइटन शहरमा सम्पन्न भएको १८औं एडल्ट, सिनियर तथा १३औ जुनियर आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसीपमा सिनियर व्यक्तिगत स्पाइरिङतर्फ ६४ केजी तौल…

    विस्तृतमा पढ्नुस्

  • 'स्थानीय चुनावलाई संविधान संशोधनको जनमत संग्रह मानौँ'

    'स्थानीय चुनावलाई संविधान संशोधनको जनमत संग्रह मानौँ'

    नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा कांग्रेसभित्र पनि मधेशलाई फरक ढंगले हेर्ने नेता हुन्। संविधान जारी भएपछि सुरु भएको मधेश केन्द्रित राजनीतिले कांग्रेसलाई मधेशमा सबैभन्दा कमजोर बनायो। शर्माले पार्टीको नगन्य उपस्थितिबीच मधेशका जिल्ला–जिल्ला घुमेर पार्टी सभापतिलाई रिपोर्ट समेत बुझाएका थिए। संविधान संशोधनको प्रस्तावलाई स्थानीय तहको निर्वाचन मार्फत् जनमत संग्रह मान्न सुझाव शर्माले दिएका छन्। उनले मधेशको जनमत हेर्न राजपालाई सुझाव दिएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा प्रस्थान गर्दै

    राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा प्रस्थान गर्दै

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी स्वीजरल्याण्डको जेनेभामा आयोजित १०६औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछिन्। आज साँझ ५ बजे राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। सम्मेलनमा आउँदो असार १ गते राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ। भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीमा पुहँच तथा सहभागिताका विषयमा मन्तव्य राख्ने कार्यक्रम छ। राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित सचिवालयका…

    विस्तृतमा पढ्नुस्

  • एएफसी एसियन कप छनोट: यमनसँग नेपालको वास्तविक परीक्षा

    एएफसी एसियन कप छनोट: यमनसँग नेपालको वास्तविक परीक्षा

    काठमाडौं:  एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ। समहूको पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा पराजित भएको नेपालको लागि यमनविरुद्धको खेलमा गल्ली नदोहोर्‍याउन चुनौती रहेको छ। नेपाल र यमनबीको खेल मंगलबार दिउँसो एपीएफ मैदान हलचोकमा हुँदैछ। यमनसँगको खेलअघि तयारी स्वरुप एक साताअघि भारतमा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी: सर्फ्राजले जिताए पाकिस्तानलाई, सेमिफाइनल समीकरण पूरा

    च्याम्पियन्स ट्रफी: सर्फ्राजले जिताए पाकिस्तानलाई, सेमिफाइनल समीकरण पूरा

    इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण बनेको हो। जितपछि पाकिस्तान समूह बी'को उपविजेता बन्यो। यसअघि नै भारत समूह बी'को विजेता बनिसकेको छ। अब सेमिफाइनलमा भारतले समूह ए'को उपविजेता बंगलादेश तथा पाकिस्तानले समूह ए'को विजेता इंगल्याण्डसँग खेल्नेछ। सर्फ्राजले कप्तानी इनिङ्स खेल्दै नटआउट…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

    कलैया: कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झेर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।   ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु यसैबीच, पूर्व–पश्चिम महेन्द्र राजमार्गको १२…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा ११ महिनाको शिशुको मृत्यु, चारजना गम्भीर घाइते

    बस दुर्घटनामा ११ महिनाको शिशुको मृत्यु, चारजना गम्भीर घाइते

    खोटाङ: दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्। बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell