PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • निर्वाचन आयोगले गृह मन्त्रीलाई सोध्यो : चुनावमा सुरक्षाको तयारी के छ?

    निर्वाचन आयोगले गृह मन्त्रीलाई सोध्यो : चुनावमा सुरक्षाको तयारी के छ?

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कारको घोषणा गर्दै दुई नम्बर प्रदेशमा बन्द थालेकै दिन निर्वाचन आयोगले चुनावमा सुरक्षाको अवस्थाबारे गृह मन्त्रीसँग जानकारी लिएको छ। दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारको सुरक्षा तयारीबारे निर्वाचन आयोगले गृह मन्त्रीसँग ब्रिफिङ लिएको हो। आयोगले आज गृह मन्त्री जनार्दन शर्मालाई आयोग परिसरमा डाकेर आगामी असार १४ गते चार प्रदेशमा हुने दोस्रो चरणको स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • राजपाको आमहड्ताल पछि प्रधानमन्त्रीले राखे प्रमुख दलको बैठक

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले निर्वाचन बिथोल्न आमहड्ताल सुरु गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलको बैठक डाकेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको बैठक संसद् सचिवालयस्थित सभामुख कार्यकक्षमा राखेका हुन्।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपा जस्तो राजनीतिक शक्ति नै विपक्षमा जाँदा त्यसको प्रभाव र दलीय रणनीति कस्तो हुने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री देउवाले बैठक डाकेका हुन्।  बैठकमा प्रधानमन्त्रीसहित…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् नेपाल भर्सेस यमनको खेल

    फोटोमा हेर्नुस् नेपाल भर्सेस यमनको खेल

    काठमाडौं : नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेल्दै एएफसी एसियन कप छनोटमा अंक जोडेको छ। मंगलबार हलचोकको एपीएप मैदानमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित बनेको नेपालको लागि यमनसँगको बराबरीपछि अंकको खाता खोलेको हो। हलचोकमा भएको नेपाल र यमनबीचको खेलका दौरान पहिलोपोष्टका दीपेन श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका फोटोहरु :  

    विस्तृतमा पढ्नुस्

  • इरान रसियामा हुने विश्वकपमा छनोट

    इरान रसियामा हुने विश्वकपमा छनोट

    एसियाली मुलुक इरान सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको लागि छनोट हुने दोस्रो टिम बनेको छ। एसियाली अन्तिम चरणको छनोटअन्तर्गत खेलमा उज्वेकिस्तानलाई २-० ले पराजित गर्दै इरान ब्राजिलपछि विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको हो। इरानलाई जित दिलाउन सार्दर अजमोउन र मेहदी तारेमीले गोल गरे। कार्लोस क्विरेजको प्रशिक्षणमा रहेको इरान पहिलो पटक लगातार विश्वकपका लागि छनोट भएको हो। उज्वेकिस्तान…

    विस्तृतमा पढ्नुस्

  • भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड प्रस्थान, नयाँ प्रशिक्षकसँग सम्झौता हुने

    भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्ड प्रस्थान, नयाँ प्रशिक्षकसँग सम्झौता हुने

    काठमाडौं : नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द मंगलबार नेदरल्यान्ड प्रस्थान गरेका छन्। नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ प्रस्थान गरेका हुन्। बुधबारदेखि नेदरल्यान्डमा सुरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकन तथा नेपालका लागि नयाँ भलिबल प्रशिक्षकसँग सम्झौता गर्न शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन्। विश्व लिग…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलको बैठक जारी : कांग्रेसका रामचन्द्र र एमालेका माधव नेपाल बाहिरिए

    काठमाडौं : सिंहदरबारमा प्रमुख तीन दलको बैठक जारी रहँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन्। सिंहदरबारस्थित सभामुखको बैठक कक्षमा भएको बैठकबाट बाहिरिने क्रममा एमाले नेता नेपालले भने प्रतिक्रिया दिएनन्।  नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलले बैठक नसकिएको भन्दै तोकिएकै मितिमा राजपालाई पनि चुनावमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए। …

    विस्तृतमा पढ्नुस्

  • दुई सय म्यादी प्रहरीले दिए राजीनामा

    दुई सय म्यादी प्रहरीले दिए राजीनामा

    नुवाकोट: स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन्। सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन्। स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्त यादवविरुद्दको अभद्र व्यवहारप्रति आयोगको खेद

    प्रमुख निर्वाचन आयुक्त यादवविरुद्दको अभद्र व्यवहारप्रति आयोगको खेद

    काठमाडौँ: निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोमा खेद व्यक्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला अधिकारीको बङ्गलातर्फ जाँदै गर्दा केही राजनीतिक दलका उच्छृङ्खल कार्यकर्ताले प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • मतदान अधिकृतलाई अभिमुखीकरण सुरु

    मतदान अधिकृतलाई अभिमुखीकरण सुरु

    इलाम: स्थानीय निकायको निर्वाचनमा खटिएका मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम आइतबारदेखि इलाममा सुरू भएको छ। जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको तालिममा २८० जना मतदान र सहायक मतदान अधिकृतको सहभागिता रहेको छ। पहिलो चरणमा जेठ २८ र २९ गते र दोस्रो चरणमा जेठ ३० र ३१ गते अभिमुखीकरण आयोजना गरिएको छ । दोस्रो चरणमा २४३ जनालाई तालिम दिइने…

    विस्तृतमा पढ्नुस्

  • नाडल कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपन च्याम्पियन

    नाडल कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपन च्याम्पियन

    क्ले कोर्टका बादशाह स्पानिस राफेल नाडलले कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। माटोको कोर्टमा खेलिने एक मात्र ग्राण्ड्सलाम फ्रेन्च ओपनको फाइनलमा नाडलले स्वीस खेलाडी स्टान वावरिन्कालाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। फ्रान्सको पेरिसमा भएको फाइनलमा नाडलले वावरिन्कालाई ६-२, ६-३, ६-१ को सेटमा हराए। च्याम्पियन बनेपछि नाडल टेनिस इतिहासको ओपन एरामा एकै ग्राण्ड्सलाम १० पटक जित्ने…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन: गृहले परिमार्जन गर्‍यो सुरक्षा रणनीति

    दोस्रो चरणको निर्वाचन: गृहले परिमार्जन गर्‍यो सुरक्षा रणनीति

    काठमाडौँ: गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। पहिलोभन्दा दोस्रो चरणमा सुरक्षा चुनौती बढी भए पनि आवश्यकता अनुसार सुरक्षा रणनीति परिमार्जन गरि सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका सह-सचिव एवं प्रवक्ता दिपक काफ्लेले बताए। पहिलोपोष्टसँगको कुराकानीमा उनले भने 'परिस्थितिलाई मध्यनगर गर्दै सुरक्षा प्रवन्ध मिलाएका छौं।' राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचमा भाग…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधानन्यायाधीशको ११ महिने कार्यकालको रोडम्याप, बस्न्यातको नजीर पराजुलीलाई

    भावी प्रधानन्यायाधीशको ११ महिने कार्यकालको रोडम्याप, बस्न्यातको नजीर पराजुलीलाई

    काठमाडौँ: २०७३ फागुन १८ गतेदेखि उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशबाट अवकाश पाएका सुरेन्द्रवीरसिंह बस्न्यातले फेसबुकका लेखेका थिए –विशेष धन्यवाद तिनीहरूलाई जसले प्रमाण र तथ्यको मूल्याङ्कन गरी मलाई न्याय प्रदान गरेनन्। तिनीहरु हरेकलाई धोखा दिन सक्छन्, तर, आफूलाई धोखा दिन सक्दैनन्। यो सर्तमा म भगवानसँग तिनीहरुलाई सजायका लागि प्रार्थना गर्दिन कि भविष्यमा न्यायको अनुभूति तिनीहरुले प्रदान गरुन। अवकाशको तीन महिनापछि सर्वोच्चले फेरि…

    विस्तृतमा पढ्नुस्

  • चन्द नेतृत्वको पार्टीका कार्यकर्ताले झामाथि आक्रमण गरेको प्रहरीको आशंका

    चन्द नेतृत्वको पार्टीका कार्यकर्ताले झामाथि आक्रमण गरेको प्रहरीको आशंका

    काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतवार साँझ अनामनगरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमणको प्रयास गरेको प्रहरीले आशंका गरेको छ। कार्यालयबाट घर फर्कने क्रममा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले झा चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए। आक्रमणपछि मोटरसाइकलमा आएका युवाले भ्रष्टाचारी मुर्दावाद भन्दै नारा लगाएर भागेको प्रहरी स्रोतले…

    विस्तृतमा पढ्नुस्

  • रामेछाप जिल्लाका निर्वाचित प्रतिनिधिको एकै स्वरः जनताले अनुभुति गर्ने गरी काम गर्छौं

    रामेछाप जिल्लाका निर्वाचित प्रतिनिधिको एकै स्वरः जनताले अनुभुति गर्ने गरी काम गर्छौं

    काठमाडौंः रामेछाप जिल्लाका ८ स्थानीय तहबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाएका छन्।  रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले जिल्लाको हितका लागि पार्टीभन्दा माथि उठेर काम गर्ने बताएका छन्।  कार्यक्रममा जनप्रतिनिधिले जिल्लाको विकासका लागि मुख्य रुपमा सडक, विद्युत, खानी उत्खनन, खानेपानी र कृषि तथा पर्यटन पदमार्ग निर्माणलगायत…

    विस्तृतमा पढ्नुस्

  • 'मिस सि स्टार' चितवनको उपाधि अनुष्कालाई

    'मिस सि स्टार' चितवनको उपाधि अनुष्कालाई

    काठमाडौं: चितवनमा भएको ‘मिस सि स्टार चितवन २०७४' को उपाधि अनुस्का रानाभाटले जितेकी छिन्। २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले उपाधी हात पारेकी हुन्। उनले नगद बिस हजार जितिन्। शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन्। यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको हो। मिस एसईईको उपाधिका साथमा अनुस्कालाई…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल डाइरेक्टर सेमिनारमा नेपालबाट केदार श्रेष्ठ

    इन्टरनेशनल डाइरेक्टर सेमिनारमा नेपालबाट केदार श्रेष्ठ

    बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनल (एशोसियसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपल)ले आयोजना गर्ने ‘इन्टरनेशनल डाइरेक्टर सेमिनार’मा यसपटक नेपालीको सहभागिता रहने भएको छ। आसितेजको जर्मनी सेन्टर आसितेज जर्मनीले आयोजना गर्ने यस सेमिनारमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ सहभागी हुने भएका हुन्। सेमिनार जर्मनीको ओल्डनवर्गमा यही जुन १२ देखि १८ सम्म हुँदैछ। नेपाली रंगमञ्चमा सक्रिय श्रेष्ठ, आसितेज इन्टरनेशनलको…

    विस्तृतमा पढ्नुस्

  • साझाले उठायो इटहरीमा उम्मेदवार, मेयरमा काफ्ले र उपमेयरमा परियार

    साझाले उठायो इटहरीमा उम्मेदवार, मेयरमा काफ्ले र उपमेयरमा परियार

    काठमाडौंः साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिने निर्णय गरेको छ। साझा पार्टीले इटहरीको मेयरमा प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरमा पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको साझा पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका…

    विस्तृतमा पढ्नुस्

  • बलिउड सुपरहिट फिल्म 'देवदास' अब थ्रिडीमा

    बलिउड सुपरहिट फिल्म 'देवदास' अब थ्रिडीमा

    आउँदो जुलाई १२ मा संजयलिला भंशाली निर्देशित फिल्म 'देवदास' निर्माण भएको १२ वर्ष पुग्छ। सोही अवसरमा फिल्म युनिटले देवदासको थ्रिडी भर्सन सार्वजनिक गर्ने भएको छ। फिल्म थ्रिडीमा सार्वजनिक हुने खबर पुस्टि गर्दै वंशालीले भने,'देवदास थ्रिडीमा प्रस्तुत गर्न आइडियल फिल्म हो। फिल्मको हरेक सट र फिल्म थ्रिडीमा देखाउन उपयुक्त छन्।' संजयलिला लाो अध्ययनपछि मात्र फिल्मको नयाँ भर्सन बनाउन तयार भएको बलिउड…

    विस्तृतमा पढ्नुस्

  • कतारमा रहेका नेपालीको कथा 'द डिजर्ट इट्स अस'मा

    कतारमा रहेका नेपालीको कथा 'द डिजर्ट इट्स अस'मा

    काठमाडौं: कतारमा रहेका नेपाली कामदारको कथामा आधारित फिल्म 'द डिजर्ट इट्स अस' (मरुभूमिले हामीलाई खान्छ)को विशेष प्रदर्शनी भयो। फिल्म प्रदर्शनसँगै समिक्षक एवं निर्देशक लगायतले फिल्ममाथी छलफल समेत गरे। समिक्षक समाज नेपालले आयोजना गर्ने सन्डे सिनेमा श्रृंखलामा केसाङ छेतेनको उक्त फिल्म देखाइएको हो। समिक्षक यज्ञशसँग निर्देशक छेतेन, पात्र समेत भएका पत्रकार देवेन्द्र भट्टराई र होम कार्कीले फिल्मको विषय र प्रस्तुतीमाथी अन्तरक्रिया…

    विस्तृतमा पढ्नुस्

  • एक किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

    एक किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

    काठमाडौः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी अवैध सुन भित्राउने दुई जनालाई एक किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले भोजपुर जयायोटार २ घरभई हाल ललितपुर बस्ने २४ वर्षीया रोजिना राई र सुनसरी इटहरीका  ३३ वर्षीय दीपक प्रधानलाई पक्राउ गरेको हो।  गाडीमा प्रयोग हुने मास्टर सिलिण्डर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा एक किलो चार सय ग्राम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell