काठमाडौँ : एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा हुने यमन विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। खेल हुनु एक दिन अघि घोषित टोलीमा पूर्व कप्तान अनिल गुरुङले कमब्याक गरेका छन्। यस्तै गोलरक्षक एलान न्यौपाने, डिफण्डरहरु दीनेश राजवंशी र मान बहादुर तामाङ तथा मिडफिल्डरहरु राजेन्द्र रावल र सुनिल बलले पनि टोलीमा स्थान बनाएका…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको ‘राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञीप्तीमा उल्लेख छ। आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा ल्याउने उद्देश्यले सरकारले पेश गरेको सो विधेयक आइतबार व्यवस्थापिका संसदबाट…
काठमाडौं : हिमालयन क्रिकेट एकेडेमी (एचसीए)ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एचसीएले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई १ विकेटले पराजित गर्यो। प्रतियोगितामा केसीटीसीका प्रणय शाह ‘म्यान अफ द सिरिज’ घोषित भए। त्यस्तै एचसीएका प्रतीश जिसी उत्कृष्ट बलर तथा केसीटीसीका विराट भण्डारी…
अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्। सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जितेका हुन्। उनले अस्ट्रेलियाकै एडमन्ड युनसंग मिलेर स्वर्ण जिते। पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अंक ल्याएका थिए। मोहन र एडमान्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार…
काठमाडौं : दोलखालाई केन्द्र बनाएर आज चार दशमलव एक रेक्टर स्केलको पराकम्प गएको छ। बेलुकी पाँच बजेर ३९ मिनेटमा दोलखालाई केन्द्र बनाएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले यो २०७२ वैशाख १२ कै भूकम्पको पराकम्प भएको बताएको छ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार संचालनका विषयमा छलफल भएको छ। प्रचण्ड निवास लाजिम्पाट भएको भेटमा उनीहरुबीच सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको…
काठमाडौँ : नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको एसियन प्रिमियर लिग (एपीएल) टी २० क्रिकेटको सोमबार अक्सन भएको छ। जसमा नेपालका ४ खेलाडी नेपाल स्ट्रोम्स टीमका लागि बिक्री भएका छन्। नेपालबाट भुपेन्द्र थापा सर्वाधिक १ लाख भारतीय रुपैयाँमा बिक्री भए भने सिद्धान्त राज शाही ७० हजार तथा अमरसिंह राउटेला र राजविर सिंह समान ६० हजार भारतीय रुपैयाँमा बिक्री भएका आयोजक अल्टिमेट स्फोर्ट्स…
काठमाठौँ : नेपाल आर्मीले दोस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको फाइनलमा संकटा क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो। आर्मीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन अरिक विष्टले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। च्याम्पियन आर्मीले उपाधिसँगै नगद ३ लाख पुरस्कार हात पार्यो। उपविजेता बनेको सकटाले १ लाख ५० हजार प्राप्त…
काठमाडौँ : नेपालमा हुन लागको क्रिकेट प्रतियोगिता एसियन प्रिमियर लिग नभएर एसियन क्लब प्रिमियर लिग नाम हुनुपर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बताए। 'हामीले पहिले अनुमती दिदा नै एसियन क्लब प्रिमियर लिग भनेर दिएका थियौँ। अहिले एसियन प्रिमियर लिग भनेका छन्। अब नाम सच्चयाएर एसियन क्लब लगि भनेर गराउनुपर्छ। त्यसैका लागि हामीले मान्यता दिएका हौँ।' सदस्य सचिव…
काठमाडौँ: २०७३ फागुन १८ गतेदेखि उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशबाट अवकाश पाएका सुरेन्द्रवीरसिंह बस्न्यातले फेसबुकका लेखेका थिए –विशेष धन्यवाद तिनीहरूलाई जसले प्रमाण र तथ्यको मूल्याङ्कन गरी मलाई न्याय प्रदान गरेनन्। तिनीहरु हरेकलाई धोखा दिन सक्छन्, तर, आफूलाई धोखा दिन सक्दैनन्। यो सर्तमा म भगवानसँग तिनीहरुलाई सजायका लागि प्रार्थना गर्दिन कि भविष्यमा न्यायको अनुभूति तिनीहरुले प्रदान गरुन। अवकाशको तीन महिनापछि सर्वोच्चले फेरि…
२९ जेठ २०६५। नारायणहिटी दरवारको मुख्य हलको भर्याङ अघिल्तिर एउटा टेवुल स्वदेशीदेखि विदेशी टेलिभिजनका बुम र रेकर्डरले भरिएको थियो। टेवल पछिको रातो छिर्केमिर्के कुर्चीमा ज्ञानेन्द्र शाह आएर बसे। रातो फ्रेम भएको चश्मा, ढाकाको टोपी, सेतो दौरासुरुवालमा कालो कोट लगाएका ज्ञानेन्द्र शाह नारायणहिटी राजदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थिए। भेटे जति र भ्याए जति स्वदेशका मात्रै होइन विदेशी पत्रकार पनि ज्ञानेन्द्रको…
काठमाडौंः जहाज खरिदका लागि नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन्। सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ। यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो। निगमले…
बैतडी: स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ। दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी (लख्खा भाइ), उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष…
जलालावाद: अफगानिस्तानको एक सैनिकद्वारा गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ। इस्लामिक स्टेट (आइएस) समूहको प्रभाव क्षेत्र नान्गाहार प्रान्तमा कार्यरत संयुक्त सैन्य कारबाहीका लागि तैनाथ गरिएको सो सैनिक समूहका एक सहयोद्धाबाट अचिन जिल्लामा आक्रमण हुँदा दुईजना अमेरिकी सेनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्, नान्गाहार प्रानतका प्रवक्ता प्रवक्ता अतोल्लाह…
काएरो: इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ। सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजले जनाएको…
काठमाडौँ: मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर आजदेखि सर्वोच्चमा बहस हुँदैछ। जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो। न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकल इजलासले आज दुबै पक्षलाई छलफलमा बोलाएको थियो। जवराको इजलासले जारी गरेको अन्तरकालीन आदेश निरन्तर भएमा भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय…
म्याड्रिड: स्पेनको राजधानी म्याड्रिडको यातायात विभागले यात्राको बेला खुट्टा फैलाएर बस्ने पुरुषबिरुद्ध विशेष अभियान चलाएको छ। महिला हितका लागि संचालित एक संगठनले दिएको अनलाइन आवेदनपछि विशेष अभियान सुरु भएको थियो। जसमा पुरुषहरुलार्इ यात्राका बेला सिटमा खुट्टा फैलाएर नबस्न माग गरिएको थियो। म्याड्रिडको बस संचालक संस्थामध्ये एक इएमटीले बिबिसीलार्इ दिएको जानकारी अनुसार अभियानको उद्देश्य पुरुष यात्रीले यात्रा गर्दा सबै यात्रीलार्इ ध्यान दिउन र…
इलाम: 'सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक। यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ', देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भनिन् 'यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ। यसपटक धेरै मत खेर जालाजस्तो छ।' शुक्रबार देउमाई नगरपालिकाको मंगलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमुना मतदान कार्यक्रममा नमुना मतदानमा भाग लिएपछि रमाले…
नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ। काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन्।…
दिनेश खड्का काठमाडौँ: काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधासहितको चार नयाँ शहर (स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ। प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौँ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा रोक लगाएको छ। करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढेको प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले बताए। काठमाडौं लगायतका…