PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • युट्युब जुकबक्समा फिल्म 'ए मेरो हजुर २'को तीन गीत

    युट्युब जुकबक्समा फिल्म 'ए मेरो हजुर २'को तीन गीत

    काठमाडौं: फिल्म 'ए मेरो हजुर २'को अडियो जुकबक्स सार्वजनिक भएको छ। युट्युबमा मार्फत फिल्मका तीन गीत समावेश जुकबक्स सार्वजनिक गरिएको हो। कल्याण सिंहको संगीतमा कृष्णहरि बरालको शब्द रहेको ‘कसम हो कसम’ बोलको गीत केहि समय अघि भिडियो सहित सार्वजनिक भएको थियो। गीतमा सुगम पोखरेलको स्वर रहेको छ। त्यस्तै दोस्रो गीत ‘किनीदेउन साइला दाई’ पनि जुकबक्समा रहेको छ। लोक भाकामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • ‘भुईंमान्छे’मा खेलाडी र निर्देशकको जोडी

    ‘भुईंमान्छे’मा खेलाडी र निर्देशकको जोडी

    काठमाडौं: नेपाली युट्युब सिरियल ‘रङ टाईम’का निर्देशक सहिन प्रजापती फिल्म ‘भुईंमान्छे’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। वेब सिरिजको कथा लेखक एवं निर्देशक रहेका उनी रङ्गकर्मी हुन्। यसअघिनै छायाँकन सकिएको फिल्म 'हिरोज’मा पनि उनको अभिनय रहेको छ। तर फिल्म सार्वजनिक भने भएको छैन। भुईंमान्छे साउन २० गतबाट प्रदर्शनमा आउँदैछ। अभिनेता रमेश बुढाथोकी र सिपोरा गुरुङको पनि फिल्ममा मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • इलामका २७ मतदानस्थल अतिसंवेदनशील

    इलामका २७ मतदानस्थल अतिसंवेदनशील

    इलाम: इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ। जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ। सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा बढी सुरक्षाकर्मी र विशेष किसिमको सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

    जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

    बर्दिया: जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ। यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार थिए। रासस

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सम्मानजनक स्थान दिन राप्रपाको माग

    सरकारमा सम्मानजनक स्थान दिन राप्रपाको माग

    काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ। नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ। राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकको अनुदान कटौती हुँदा पठनपाठन प्रभावित

    शिक्षकको अनुदान कटौती हुँदा पठनपाठन प्रभावित

    जाजरकोट: प्रतिविद्यार्थी अनुदान रकम (पिसिएफ) कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो। शैक्षिक सत्र ०७३/७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन। शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, १४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ। स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन युनियनद्वारा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध सूची थप

    युरोपियन युनियनद्वारा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध सूची थप

    ब्रसेल्स: युरोपियन युनियन (ईयू)ले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहविरुद्ध एकतर्फी रुपमा क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणलाई लिएर केही व्यक्ति र संघ-संस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको निर्णयलाई पछ्याउँदै थप १४ उच्च अधिकारी र चार संघ-संस्थालाई प्रतिबन्ध लगाउने जनाएको हो। यससँगै ईयूले जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ संघ-संस्था प्रतिबन्धित सूचीमा परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सच्चियो गोपाल पराजुलीको जन्ममिति, ११ महिना सर्वोच्चको नेतृत्व गर्ने

    सच्चियो गोपाल पराजुलीको जन्ममिति, ११ महिना सर्वोच्चको नेतृत्व गर्ने

    काठमाडौँ : कायममुकायम प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले सर्वोच्च अदालतमा ११ महिना नेतृत्व गर्ने भएका छन्। उमेर विवादका कारण ५८ दिनमा अवकाश पाउने कि ११ महिना नेतृत्व गर्ने भन्ने विवादका बीच उनको सच्चिएको उमेर सर्वोच्चको वेबसाइटमा राखिएको हो।  सर्वोच्च अदालतले आफ्नो वेवसाइटमा पराजुलीको जन्ममिति २८ अप्रिल १९५३ रहेको उल्लेख गरेको हो। अर्थात् उनको जन्ममिति १६ बैशाख २०१० कायम गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • राराको सौन्दर्य देखाउने ‘प्रेमगीत २’ को ‘विस्तारै विस्तारै’ रिलिज 

    राराको सौन्दर्य देखाउने ‘प्रेमगीत २’ को ‘विस्तारै विस्तारै’ रिलिज 

    काठमाडौंः रारा तालको सौन्दर्य कैद गरिएको फिल्म ‘प्रेमगीत २’ को  ‘बिस्तारै बिस्तारै’ बोलको गीत रिलिज गरिएको छ। रक गायक रोहित जोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी फिचरिङ छन्। यो रोमान्टिक गीतसँगै रारा तालको सौन्दर्य, ल्यान्डस्केप र हिमाली पठार महसुस गर्न सकिन्छ।  उक्त भिडियोलाई  पुरुषोत्तम प्रधानले खिचेका हुन्। साउन १३ गते रिलिज हुने फिल्मलाई रामशरण पाठकले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पार्टीकामबाट बाहिर निस्कन उम्मेदवार टुंग्याउने हतारमा

    प्रधानमन्त्री पार्टीकामबाट बाहिर निस्कन उम्मेदवार टुंग्याउने हतारमा

    काठमाडौंः नेपाली कांग्रेस दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटमा व्यस्त भएको छ। उम्मेदवार टुंग्याउन बुधबार मात्र सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार र शुक्रबार पार्टी कार्यालयमै व्यस्त भए। देशको जिम्मेवारी सम्हाल्नका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएका प्रधानमन्त्री पार्टीका काममा धेरै अल्झनु नहुने भन्दै हतार गरेपछि आजसम्ममा दुईनम्बर प्रदेशबाहेकका जिल्लाको उम्मेदवार छनौट गरिसक्ने कांग्रेसले जनाएको छ। ‘आज साँझसम्म दुई…

    विस्तृतमा पढ्नुस्

  • छ महिनापछि सातौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई नगद पुरस्कार, बाँकीलाई कहिले?

    छ महिनापछि सातौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई नगद पुरस्कार, बाँकीलाई कहिले?

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने र कीर्तिमान बनाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ। तर त्यही खेलकुदमा रजत र कास्य जितेका खेलाडीलाई भने नगद दिइएन। सातौँ खेलकुद सकिएको करिब छ महिनापछि राखेपले बिहिबार विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो। बाँकीलाई पछि छिट्टै नगर पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी : श्रीलंकाले भारतलाई हरायो, समूह बी को समिकरण रोमाञ्चक

    च्याम्पियन्स ट्रफी : श्रीलंकाले भारतलाई हरायो, समूह बी को समिकरण रोमाञ्चक

    शिखर धवनको शतकलाई छायाँमा पार्दै श्रीलंकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ। श्रीलंकाले कीर्तिमानी लक्ष्य पछ्याउँदै जित हात पार्ने क्रममा भारतले दिएको ३२१ रनको लक्ष्य ८ बल बाँकी छदै पूरा गरेको हो। श्रीलंकाको जितपछि समूह बी बाट सेमिफाइनल पुग्नको लागि समिकरण रोमाञ्चक बनेको छ। चार वटै टिमले २ खेल खेल्दा १ मा जित र १ मा हार बेहोरेको…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खान किन हुनेछैनन् आइफामा?

    शाहरुख खान किन हुनेछैनन् आइफामा?

    आफ्ना अन्य समकक्षीभन्दा फरक व्यवहारका शाहरुख खान अवार्ड समारोहहरुमा सधैं देखिन्छन्। एउटा त्यस्तै चर्चित र महत्वपूर्ण समारोह आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड)मा भने शाहरुख नदेखिने भएका छन्।   भारतभन्दा बाहिर हुने सबैभन्दा ठूलो बलिउडको समारोहमा उनी नहुनुलाई धेरैले चासो दिने विषय बन्यो। आखिर किन उनी यस्तो समारोह मिस गर्दैछन् त? कसैसँगको तनाव वा विवाद उनको अनुपस्थितिसँग जोडिएको भने छैन।…

    विस्तृतमा पढ्नुस्

  • प्रम देउवासँग एमालेको के आशा? नेम्बाङले भने : सहमति

    प्रम देउवासँग एमालेको के आशा? नेम्बाङले भने : सहमति

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा संसदीय प्रक्रियासमेत तन्काएर असहयोग गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा सहभागि हुने चाहना व्यक्त गरेको छ। देउवा प्रधानमन्त्री भएको तीन दिनपछि उनलाई बधाइ दिने क्रममा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङले 'सहमतिको राजनीति फर्काउन' प्रधानमन्त्री देउवाको भूमिका रहोस् भन्ने अपेक्षा गरे। आज संसदमा देउवालाई बधाई दिने सम्बोधनमा उपनेता नेम्बाङले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक प्रमाणिकरण

    राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक प्रमाणिकरण

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन(पहिलो संशोधन) विधेयक, २०७४ प्रमाणिकरण गरेकी छन्। व्यवस्थापिका संसद बैठकबाट पारित भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले संशोधन विधेयक पारित गरेको थियो ।   

    विस्तृतमा पढ्नुस्

  • कारवाहीको माग गर्दै वीरगञ्जका पत्रकार आन्दोलित

    कारवाहीको माग गर्दै वीरगञ्जका पत्रकार आन्दोलित

    वीरगञ्जः नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारीलाई  दुव्र्यवहार गर्नेमाथि कार्वाहीको माग गर्दै आज वीरगञ्जका पत्रकारले विरोध प्रदर्शन गरेका छन्। दोषीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिंदासमेत प्रहरीले चासो नदेखाएको भन्दै पत्रकारहरु प्रदर्शनमा उत्रिएका हुन्। वीरगञ्जको घण्टाघरबाट निकालिएको विरोध र्याली माईस्थान, महावीरस्थान, आदर्शनगर, दुई नम्बर रोड हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ पर्सा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भाषासँग जोडिएको दार्जिलिङको आन्दोलन, पुलिसले नसकेपछि सेना परिचालन

    नेपाली भाषासँग जोडिएको दार्जिलिङको आन्दोलन, पुलिसले नसकेपछि सेना परिचालन

    दार्जिलिङको राज भवनमा ४५ वर्षपछि पश्चिम बंगालको सरकारको क्याबिनेट बस्यो। मुख्य मन्त्री ममता बेनर्जीको अध्यक्षतामा बसेको क्याबिनेटको मिटिङ सक्किनुअघि नै राज भवन बाहिर गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरु उत्रिसकेका थिए। उनीहरु बेनर्जीविरुद्ध चर्को नारावाजी गरिरहेका थिए। दार्जिलिङमा ऐतिहासिक क्याबिनेट बसेकै दिन मुख्यमन्त्री बेनर्जीको पुत्ला पनि दहन भयो। क्याबिनेट सकेर बेनर्जी बाहिर निस्किइन् र प्रेससँग भेटिन्। 'यो इस्यु विहीन इस्यु मात्र हो,'…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस यमनको खेलका लागि ७ सय टिकट मात्र बिक्री गरिने

    नेपाल भर्सेस यमनको खेलका लागि ७ सय टिकट मात्र बिक्री गरिने

    काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत यही मंगलबार हुने नेपाल र यमन बीचको खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ७ सय टिकट मात्र बिक्री गर्ने भएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले बस्ने ठाउँ कम भएका कारण ७ सय टिकट मात्र दर्शकका लागि उपलब्ध हुने जानकारी गराएको हो। भूकम्पका कारण एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्मा थप एक साता अख्तियारकै हिरासतमा

    चुडामणि शर्मा थप एक साता अख्तियारकै हिरासतमा

    काठमाडौं : विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि ६  दिनको म्याद थपेको छ। शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो। आयोगले अदालतमा ३० दिनको म्याद थप गर्न माग गरेको थियो। आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई विशेष अदालत पुर्याएर ७ दिन म्याद थप गरिसकेको छ।   स्रोतका अनुसार कर फर्छ्यौट आयोग…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले फेरि माग्यो दलका प्रतिनिधिको हस्ताक्षर

    निर्वाचन आयोगले फेरि माग्यो दलका प्रतिनिधिको हस्ताक्षर

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐनको संशोधनपछि दलीय प्रतिनिधिको हस्ताक्षरको नमुना माग्दै पुन: सूचना जारी गरेको छ। स्थानीय तहमा भाग लिने दलको आधिकारिक उम्मेदवार पहिचानका लागि आयोगले दलका प्रतिनिधिको हस्ताक्षरको नमुना मागेको हो।  यसअघि पहिलो चरणमा वैसाख १६ गते नै दलका प्रतिनिधिको हस्ताक्षर मागे पनि पहिलो चरणको निर्वाचनमा भाग नै नलिएका दलका लागि यो सूचना मार्फत् पुनः हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell