PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • पिएम कप : वर्षाले फाइनल रद्ध भएपछि आर्मी र पुलिस संयुक्त च्याम्पियन

    पिएम कप : वर्षाले फाइनल रद्ध भएपछि आर्मी र पुलिस संयुक्त च्याम्पियन

    काठमाठौं : वर्षाले फाइनल खेल रद्ध भएपछि प्रथम प्रधानमन्त्री (पिएम)कप क्रिकेटको उपाधि दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिसले बाँडेका छन्। बिहिबार कीर्तिपुरस्थित टियू मैदानमा आर्मीले जवाफी ब्याटिङ सुरु गरेको तेस्रो ओभरमै पानी पर्न सुरु भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल पुर्ण रुपमा प्रभावित बन्यो र फेरी सुरु सकेन। त्यसैले नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक नगद पुरस्कार राशी रहेको पिएम…

    विस्तृतमा पढ्नुस्

  • पूर्वयुवराज्ञी हिमानी पोखरामा

    पूर्वयुवराज्ञी हिमानी पोखरामा

    पोखराः पूर्वयुवराज्ञी हिमानी शाह धार्मिक भ्रमणका शिलशिलामा पोखरा आइपुगेकी छन्।   छोरा हृदयन्द्रको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना गर्न उनी गोरखा हुँदै पोखरा आएकी हुन्। हिमानीको कुल देवताको दर्शन गोरखाबाट सुरु भएको थियो। हिमानी बिहीबार तनहुँको ब्यास ऋषिपञ्चमी मन्दिरमा पूजाआजा तथा अवलोकन गरेर पोखरा आएकी प्रहरीले जनाएको छ। निजी सवारीका साथ आएकी पूर्वयुवराज्ञी हिमानीलाई पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्वागत…

    विस्तृतमा पढ्नुस्

  • लक्षको ‘बीएफ जीएफ’मा सुप्रिया शुक्लाको मोडलिङ

     लक्षको ‘बीएफ जीएफ’मा  सुप्रिया शुक्लाको मोडलिङ

    काठमाडौंः केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।   मुम्बइमै रेकर्डिङ गरिएको गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ।   बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका राज सागरले यो भिडियोको निर्देशन गरेका हुन्। कृष्ण रावले छायांकन गरेको…

    विस्तृतमा पढ्नुस्

  • इरानको संसद भवनभित्र गोली चल्यो

    इरानको संसद भवनभित्र गोली चल्यो

    कम्तिमा ३ बन्दुकधारीले इरानको संसदभित्र गोली प्रहार गरेका छन्। जथाभावी चलाइएको गोली लागेर २ जना घाइते भएको सार्वजनिक भए पनि त्यहाँको पूरा अवस्था सार्वजनिक भएको छैन। इरानका स्थानीय मिडियाले जनाएअनुसार तीन जना आक्रमणकारी अझै इस्लामिक कन्सल्टेटिभ एसेम्ब्ली (संसद) भवनभित्रै छन्। गोली किन प्रहार भए अज्ञात नै छ भने थप विवरण आउन बाँकी छ।    #BreakingNews: Three attackers inside #Iran 's…

    विस्तृतमा पढ्नुस्

  • महरा, शर्मा र साह माओवादीबाट देउवा क्याविनेटमा जाँदै

    महरा, शर्मा र साह माओवादीबाट देउवा क्याविनेटमा जाँदै

    काठमाडौं : सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि तीन मन्त्रीको टुङ्गो लगाएको छ। माओवादी केन्द्रले आज प्रधानमन्त्रीमा सपथ लिँदै गरेका शेरबहादुर देउवासँगै आफ्नातर्फबाट कृष्णबहादुर महरा, जनर्दन शर्मा र प्रभु साहलाई मन्त्रिपरिषदमा पठाउन लागेको हो। माओवादी केन्द्रबाट कृष्णबहादुर महराले सरकारमा निरन्तरता पाउन लागेका हुन्। प्रचण्ड सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका महरा देउवा क्याविनेटमा भने उपप्रधान सहित परराष्ट्र मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • मणिपालमा सुत्केरी र शिशुको मृत्यु, आफन्त आन्दोलित

    मणिपालमा सुत्केरी र शिशुको मृत्यु, आफन्त आन्दोलित

    पोखराः पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिएका छन्। चिकित्सकको लापर्वाहीले पोखरा नयाँ बजारकी शान्ता भण्डारी र नवजात शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिएका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन्। मंगलबार हिँडेर अस्पताल आएकी भण्डारीले सामान्य रुपमा शिशु जन्माएकोमा राति दुवैको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • कतारको पक्षमा सोसल मिडियामा लेख्नेलाई १५ वर्ष जेल र १ लाख ३६ हजार डलर जरिवाना

    कतारको पक्षमा सोसल मिडियामा लेख्नेलाई १५ वर्ष जेल र १ लाख ३६ हजार डलर जरिवाना

    संयुक्त अरब इमिरेट्स (युएइ)को महान्यायाधीवक्ता कार्यालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा कतारलाई साहनुभूति देखाए १५ वर्षसम्म जेल सजायँ र १ लाख ३६ हजार डलर जरिवाना हुने जनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार कतारमाथि सहानुभूति जाहेर गरेमा साइबरक्राइम अन्तर्गत कारवाही हुने बताइएको छ। युएइले सामाजिक सञ्जालमा कतारको पक्षमा खुला रुपमा अभिव्यक्ति दिन रोक लगाएको गल्फन्युज र अल अरेविया च्यानलले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • कतार क्राइसिसको यस्तो छ काठमाडौं कनेक्सन

    कतार क्राइसिसको यस्तो छ काठमाडौं कनेक्सन

    काठमाडौं : विगत ३६ वर्षदेखि कायम खाडी मुलुकहरुको एकता भंग गर्दै कतारलाई एक्ल्याइएपछि त्यसको असर नेपालको बैंकिङ क्षेत्रमा समेत देखिएको छ।  कतारी रियादको मूल्य घट्ने अनुमान गर्दै बाणिज्य बैंक तथा वित्तीय संस्था, मनी चेञ्चर तथा होटलहरुले धमाधम राष्ट्र बैंकमा पैसा जम्मा गर्न थालेका छन्। 'कतारमा आएको संकटले त्यहाँको सेयर बजार नै झरिसकेको छ। मुद्राको भाउ पनि घट्ने संभावना छ,' एक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भवनमा देउवाको सपथ हुँदै

    काठमाडौं : राष्ट्रपति भवन शितल निवासमा नयाँ प्रधानमन्त्रीको सपथ कार्यक्रम सुरु भएको छ। हिजोमात्र संसदबाट निर्वाचित शेरबहादुर देउवा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दैछन्। देउवाको सपथ समारोहका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेबाट प्रधानमन्त्री बनिसकेका केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल कार्यक्रममा सहभागी छन्। सुवासचन्द्र नेम्वाङ भने कार्यक्रममा सहभागी छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखिएका छैनन्।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँगै तीन उप-प्रधानमन्त्री र ४ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्रीसँगै तीन उप-प्रधानमन्त्री र ४ मन्त्रीले लिए सपथ

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोह लगत्तै देउवा मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे। देउवाको क्याबिनेटमा तीन उप प्रधानमन्त्रीले सपथ लिएका छन्। विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र र उपप्रधानसहित शिक्षा मन्त्रीका रुपमा गोपालमान श्रेष्ठले सपथ लिए। ज्ञानेन्द्र कार्कीले अर्थमन्त्री, फरमुल्ला…

    विस्तृतमा पढ्नुस्

  • सपथ समारोहपछि शहीद पार्क, पार्टी अफिस हुँदै प्रधानमन्त्रीको कार्यालय जाँदै देउवा

    सपथ समारोहपछि शहीद पार्क, पार्टी अफिस हुँदै प्रधानमन्त्रीको कार्यालय जाँदै देउवा

    काठमाडौं : सपथ लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरमा रहेको शहीद पार्कमा जाँदैछन्। त्यहाँ शहीदका शालिकमा माल्यार्पण गरेपछि उनी पार्टी कार्यालय सानेपा जाने कार्यक्रम छ। सानेपामा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेपछिमात्रै उनी सिंहदरबार जाने छन्। सिंहदरबारमा पुगेर आजै उनले प्रधानमन्त्री कार्यालय सम्हाल्ने छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री देउवाले राजनीतिक दलका…

    विस्तृतमा पढ्नुस्

  • हतारोमा देउवा! प्रधानमन्त्री देउवाको सपथका दश दृश्य

    हतारोमा देउवा! प्रधानमन्त्री देउवाको सपथका दश दृश्य

    काठमाडौं : चौथो पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधवार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनी सँगै अन्य ७ जना मन्त्रीले पनि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे। राष्ट्रपति भवनमा भएको सपथ समारोहका दृश्य यस्ता थिए –  हतारिएका देउवा   सपथ समारोहमा नवनिर्वाचित प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सञ्चिता र प्रशान्तको 'लभ अफेर' हत्यामा कसरी टुङ्गियो?

    सञ्चिता र प्रशान्तको 'लभ अफेर' हत्यामा कसरी टुङ्गियो?

    काठमाडौं : रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले दोलखा बैतेश्वरका प्रशान्त तामाङलाई पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दोलखा प्रहरीको सहयोगमा तामाङलाई समातेको हो। कसरी र किन भयो हत्या ?  सञ्चिता र प्रशान्तको चिनजान भएको केही समय नहुँदै उनीहरु प्रेम सम्बन्धमा परे। काठमाडौंको गंगाहिटीमा बस्दै आएकी सञ्चिताको कोठा खर्चदेखि अन्य खर्चसमेत प्रशान्तले नै बेहोर्ने गरेका थिए। नजिकिँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको पहिलो क्याबिनेट मिटिङले तोक्यो सरकारका ५ प्राथमिकता

    प्रधानमन्त्री देउवाको पहिलो क्याबिनेट मिटिङले तोक्यो सरकारका ५ प्राथमिकता

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ। सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसामु पहिलो बैठकका निर्णय सुनाएका थिए। सञ्चार मन्त्री नतोकिएसम्म सरकारका प्रवक्ताका रुपमा रहने कार्कीले जनाएअनुसार संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। बैठकले स्थानीय तहको बाँकी निर्वाचन तथा आगामी…

    विस्तृतमा पढ्नुस्

  • मा‌ओवादीले छानेका मन्त्रीमाथि बाबुरामको तारिफ

    मा‌ओवादीले छानेका मन्त्रीमाथि बाबुरामको तारिफ

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा माओवादी केन्द्रले छानेका मन्त्रीहरुको प्रशंसा गरेका छन्। केही समययता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका भट्टराईले यस पटक माओवादी केन्द्रले मन्त्रीहरु राम्रोसँग चयन गरेको भन्दै प्रशंसा गरेका हुन्।  उनले ट्विट गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु जनार्दन शर्मा र प्रभु साहलाई बधाई तथा शुभकामना दिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालको सेवा विस्तार गुरुयोजना स्वीकृत

    राजेन्द्र आचार्य चितवनः सरकारले चितवनको भरतपुर अस्पतालको सेवा विस्तार गुरु योजना स्वीकृत गरेको छ। जेठ  २२ गतेको मन्त्रीस्तरीय बैठकले अस्पताल निर्माणको गुरु योजना स्वीकृत गरेको हो।  साँढे ६ अर्बको अनुमानित लागत रहने गरी गुरु योजना निर्माण गरिएको छ। गुरु योजनामा अस्पतालको सेवा क्षेत्र, शैक्षिक र आवासीय क्षेत्र गरी तीन चरणमा विकास गरिने अस्पतालले जनाएको छ । गुरुयोजना अनुसार विकास गर्दा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय बाँडफाँटबारे देउवा र प्रचण्डबीच छलफल

    मन्त्रालय बाँडफाँटबारे देउवा र प्रचण्डबीच छलफल

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेर देउवाले मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन्। देउवाको सपथसँगै आज सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। तर मन्त्रालय कुन कसले लिने भन्ने टुङ्गो लागेको छैन।  आज गठन गरिएको मन्त्रिपरिषद्मा प्रभु साह विना विभागीय मन्त्री छन् भने मन्त्रिपरिषद्का अन्य…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको शपथग्रहण आज, मन्त्रीको टुंगो लागेन

    प्रधानमन्त्री देउवाको शपथग्रहण आज, मन्त्रीको टुंगो लागेन

    काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। संवैधानिक प्रावधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले शपथ लिनेछन्। राष्ट्रपति भवन शितलनिवासमा दिउँसो १ः४५ बजेका लाथि शपथग्रहणको समय तोकिएको छ। देउवासँगै सत्तारुढ गठबन्धनबाट आजै केही मन्त्रीले शपथ लिने तयारी भए पनि टुंगो लागिसकेको छैन। कांग्रेसमा आन्तरिक रुपमा परामर्श भए पनि मन्त्रीको नाम टुंगो लागेको छैन। प्रमुख सत्ता साझेदार माओवादी…

    विस्तृतमा पढ्नुस्

  • झापाको कन्काई नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार तय

    झापाको कन्काई नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार तय

    सुरुङ्गा: नेकपा माओवादी केन्द्र कन्काई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’को प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ ‘विजय’ले मंगलबार नगरपालिकाका प्रमुख तथा उपप्रमुख र नौवटै वडाका उम्मेदवारको नाम घोषणा गरे। नगरपालिकाको प्रमुख पदमा गोपाल चुडाल तथा उपप्रमुखमा शान्ता अधिकारीको नाम सार्वजनिक गरिएको…

    विस्तृतमा पढ्नुस्

  • झाडापखालाका कारण चितवनमा एक बालिकाको मृत्यु

    चितवन: झाडापखालाका कारण काउलेमा एक बालिकाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका १ काउले छाम्पुका कृष्णमती चेपाङ र चन्द्रबहादुर चेपाङकी एक वर्षीय छोरी सपना चेपाङको मंगलबार दिउँसो मृत्यु भएको हो। ‘आइतबार साँझबाट झाडापखाला लागेको थियो सोमबार बिहान कुरिनघाट मेडिकलमा लगेँ तर भरतपुर वा काठमाडौँ लैजान भनिएको थियो। उपचार गर्ने पैसा नभएका कारण अस्पताल पु¥याउन नसकेर छोरीको ज्यान गयो।’ सपनाकी आमा कृष्णमतीले गुनासो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell