काठमाडौं : रोमाञ्चक फाइनलमा न्यूडायमण्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ। शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा न्यूडायमण्डले २ सेट हारेर उत्कृष्ट पुनरागमन गरेपनि निर्णायक सेट जित्दै एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएपनि न्युडायमण्डले…
लियोनल मेसीको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिलाई पराजित गरेको छ। शुक्रबार अष्ट्रेलियाको मेलवर्नमा भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको हो। अर्जेन्टिनालाई जिताउन गाब्रिएल मर्साडोले पहिलो हाफको अन्तिम गोल गरे। मेसीले अर्जेन्टिनाको नेतृत्व गरेपनि बार्सिलोनाका सहकर्मी नेमार भने ब्राजिलियन टिममा थिएनन्। ब्राजिलका गाब्रिएल जेससले गोल गर्ने मौका गुमाएका थिए। मेलवर्नमा अर्जेन्टिना र ब्राजिलको खेल हेर्न ९५ हजार भन्दा…
काठमाडौं : राजधानीको रोजबड स्कुलमा कक्षा ८ मा अध्ययनरत बिदित मान तुलाधर सिंगापुरमा हुने विश्व प्रसिद्ध युरोपियन क्लब रियल मड्रिड क्लब अन्तर्गतको रियल म्याड्रिड क्लब फाउण्डेशन प्रशिक्षण क्याम्पमा सहभागिताका लागि छनोट भएका छन्। १४ बर्षिय तुलाधर राजधानीको मोडर्न इण्डियन स्कुलमा शुक्रबार सम्पन्न रियल मड्रिड क्लब फाउण्डेशन अण्डर–१८ फुटबल प्रशिक्षण शिविरबाट छनोट भएका हुन्। ५ दिने शिविरमा राजधानी तथा उपत्यका बाहिरका…
कतारमा छिमेकी देशहरुले गरेको नाकाबन्दीबाट उब्जिएको असहज परिस्थति र कतारसँग विभिन्न देशको कुटनीतिक तिक्तताले कतार एयरवेजमा संकटको बादल मडारिएको छ। गल्फका तीनवटा ‘सुपर-कनेक्टर’ इमिरेट्स, इत्तिहाद र कतार एयरवेजले यसै पनि खराब समय भोगिरहेका थिए। तेलको मूल्यमा कमी आउनु एयरलाइन्सहरुका लागि सुखद् पक्ष हुनुपर्ने हो तर ठीक उल्टो, तेलका धनी मुलुकहरुको खर्च गर्ने क्षमता घट्दा अरब देशहरुबाट फ्लाइटको मागसमेत घटिरहेको थियो। …
काठमाडौं : हरेक पूर्णिमाको दिन बौद्धनाथ परिसर झकिझकाउ हुने गर्छ। प्यालामा बत्ती बाल्न आउनेहरु पनि उत्तिकै भिड लाग्छ। उज्यालो रातमा झलमलाएको बौद्धनाथलाई इलिट जोशीले आफ्ना लेन्सबाट यसरी नियाले:
कृष्ण अधिकारी, (खोज पत्रकारिता केन्द्र) बाबु देवकोटा, अछामी बाहुन (अछामबाट बसाइँ सरेर टीकापुर आएका) र रेश्मा महतो थारू, टीकापुरकै रैथाने परिवारकी छोरी। चार वर्षदेखिको प्रेम सम्बन्ध उत्कर्षमा चलिरहेका बेला ७ भदौ २०७२ मा टीकापुर घटना भयो। अखण्ड सुदूरपश्चिम भन्ने टीकापुरका अछामी समुदाय तथा कैलाली र कञ्चनपुर थारू बहुल क्षेत्र भएकोले यसलाई थरूहट प्रदेशमा राख्नुपर्छ भन्ने थारू समुदाय। यी दुई बीचको…
दार्जिलिङको राज भवनमा ४५ वर्षपछि पश्चिम बंगालको सरकारको क्याबिनेट बस्यो। मुख्य मन्त्री ममता बेनर्जीको अध्यक्षतामा बसेको क्याबिनेटको मिटिङ सक्किनुअघि नै राज भवन बाहिर गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरु उत्रिसकेका थिए। उनीहरु बेनर्जीविरुद्ध चर्को नारावाजी गरिरहेका थिए। दार्जिलिङमा ऐतिहासिक क्याबिनेट बसेकै दिन मुख्यमन्त्री बेनर्जीको पुत्ला पनि दहन भयो। क्याबिनेट सकेर बेनर्जी बाहिर निस्किइन् र प्रेससँग भेटिन्। 'यो इस्यु विहीन इस्यु मात्र हो,'…
नयाँदिल्ली: भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने भएको छ। भारतको निर्वाचन आयोगले जुलाई १७ का दिन निर्वाचन गर्ने बुधबार घोषणा गरेको हो। वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २४ तारिखका दिन सकिने भएकाले निर्वाचन घोषणा गरिएको आयोगले जनाएको छ। भारतमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ। निर्वाचन आयोगका प्रमुख आयुक्त नसिम…
रामपुर: आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ। वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ। असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन्। जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा…
भक्तपुर: मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका…
बुटवल: नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ। नेपालबाट भारतीय बजारमा पुर्याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो। सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो। पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी…
काठमाडौँ: सर्वोच्च अदालतले न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत अन्य जनशक्तिलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको छ। अदालतले दश बुँदे परिपत्र गर्दै न्यायपालिका र न्यायिक काम कारबाहीप्रति असर पर्नेगरी कुनै पनि टिका–टिप्पणी नगर्न पनि निर्देशन दिएको छ। निर्देशन विपरीत काम गरे कारबाहीको अधिकार सम्वन्धित कार्यालयको प्रमुखलाई दिइएको छ। निर्देशन सबै तहका अदालत र न्यायाधीकरणमा लागू हुनेछ। अदालतको जेठ १९…
काठमाडौँ : बुधबारदेखि मुलुकको सर्वोच्च न्यायलयको नेतृत्व कायम मुकायम प्रधानन्यायाधीशको हातमा पुगेको छ। विशिष्ठ घटनाक्रममा कायम मुकायमको नेतृत्वबाट न्याय प्रशासन पटक–पटक सञ्चालित भएपनि नियमित समयमा यो शोभनीय शैली हैन। तर, विडम्वना अझै केही समय देशको न्यायिक नेतृत्व कामय मुकायमकै भरमा चल्नेछ। प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायालयको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले पाएका छन्। तर, पराजुली प्रधानन्यायाधीश हुने नहुने…
काठमाडौंः बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोखराकी काली’को अहिले चितवनमा छायांकन भैरहेको छ । मायोज बारमा सँगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात वर्षपछि फेरि चलचित्र ‘पोखराकी काली’ मार्फत एक साथ अभिनय गर्दैछन् । फुल कमेडी बेसमा निर्माण गरिएको चलचित्रमा निशा र गजितको अलावा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, वीरेन डिसी,…
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन्। फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डोको कूल कमाई ९३ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ। गत वर्ष भन्दा उनको कमाई ५ मिलियनले बढेको हो। यस्तै बास्केटबलका लेब्रोन जेम्स फुटबलका लियोनल मेसीलाई पछि पार्दै दोस्रोमा छन्। जेम्सको कूल कमाई ८६.२ मिलियन छ भने मेसीको ८० मिलियन रहेको छ।…
अमेरिकाः लामो समयदेखि अमेरिकामा साहित्यिक गतिविधिमा ब्यस्त रहँदै आएका कवि शिखर दुलाल “लेखुले” ले तेस्रो कविता कृति “यात्रा अविरल” सार्वजनिक गरेका छन्। नर्थक्यारोलाइना साहित्य समाजको आयोजनामा भएको कविताकृति लोकार्पण कार्यक्रममा कवि तुलसी दिवस विशेष अतिथि बने। कविताकृतिको लोकार्पणपछि कवि तुलसी दिवसले स्रष्टा जहिले पनि इमान्दार रहनुपर्ने धारणा राखे। उनले साहित्यकारले सधैं सत्यको पक्षमा वकालत गर्नुपर्ने बताए। प्रवासमा रहेर पनि नेपाली…
काठमाडौं : एक्सन अगेन्स्ट हंगर (एसिएफ)ले यही बिहिबार र शुक्रबार काठमाडौंमा बालस्वास्थ्य र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलनलको आयोजना गर्दै छ। बच्चाको जीवन र क्षमतामा सूधार ल्याउन तथा बालबालिकाको स्वास्थ्य र पोषण विकासको लागि उक्त सम्मेलन आयोजना हुन लागेको हो। कार्यक्रममा विभिन्न देशबाट आएको विज्ञहरुले बालबच्चाको स्वास्थ्य र प्रारम्भिक बालबालिकाको विकास सम्मबन्धी विज्ञहरुले खोज गरेका विभिन्न नयाँ कार्यक्रमले कसरी सम्बोधन गर्ने…
काठमाडौं : केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युडायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै एपीएफ र न्युडायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन्। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ। साबिक विजेता एपीएफ समूह ‘ए’ र न्युडायमण्ड समूह ‘बी’बाट अपराजित…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ। स्थानीय तह निर्वाचन ऐन संशोधनसँगै राजपालाई निर्वाचनमा सहभागी हुन सहज भएको हो। स्थानीय तह निर्वाचन ऐनले मनोनय पत्र दर्ताको १५ दिन अघि आयोगमा दलको तर्फबाट औपचारिक पत्र दिने व्यक्तिको हस्ताक्षरको नमुना आयोगमा बुझाउनुपर्ने व्यवस्था गरेको थियो। जसका कारण राजपालाई मनोनय दर्तामा समस्या…
काठमाडौं : नेपाल आर्मी र फ्रेण्ड्स क्लब दोस्रो ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहिबार एन्फा कम्प्लेक्समा भएको क्वाटरफाइनलमा आर्मीले सरस्वती युथ क्लबलाई ५-० ले हरायो। यस्तै फ्रेण्ड्सले दुई गोलले पछि परेको स्थिती उल्टाँउदै सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ ले पराजित गर्यो। एपीएफका कप्तान अजित वाइवा र प्रदीप रानाले गोल गर्दै एपीएफलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। तर…