काठमाडौँ: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरणको कार्यतालिका तयार पारेको छ। मन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार प्रदेश नम्बर ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा प्रशिक्षण दिइनेछ। यस्तै, प्रदेश ४ मातहतका स्थानीय तहका जनप्रतिनिधिलाई जेठ ३० गतेदेखि असार १ गतेसम्म पोखरामा प्रशिक्षण दिइनेछ। असार ४ गतेदेखि ६ गतेसम्म प्रदेश ६…
कुवेत: कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतारसँग ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेपछि सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन्। कतारले आतङ्कवादलाई सघाएको आरोपमा साउदी अरब, बहराइनलगायतका ६ खाडी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सङ्कट समाधानमा पहल गर्न अमिर शेख त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन्। 'अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका…
काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज शपथ लिँदैछन्। उनीसँगै केही मन्त्रीहरुलाई पनि शपथ खुवाउने तयारी देउवाले गरेका छन्। तर, को-को मन्त्री बनाउने भन्ने टुङ्गो उनले लगाउन सकेका छैनन्। देउवा पार्टी सभापति तथा संसदीय दलका नेता समेत हुन्। धेरै सांसदहरुले सरकारमा जाने आकांक्षा देखाएका कारण देउवा दबाबमा छन्। मन्त्री टुङ्गो लगाउने विषयमा देउवा अहिले विमलेन्द्र निधिसहितका 'किचन क्याविनेट' सदस्यसँग छलफलमा…
काठमाडौः निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्री निवास बालुवाटार छाड्ने भएका छन्। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ ग्रहण गराएर दाहाल सिधै निजी निवास लाजिम्पाट जाने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। दाहाल पत्नी सीता दाहालले भने मंगलवार नै बालुवाटार छाडिसकेकी छन्। नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित भए लगतै सीताले बालुवाटार छोडेको बालुवाटार स्रोतले बताएको छ।
पोखराः स्थानीय तहको निर्वाचनमा कास्कीबाट प्रमुख पदमा उम्मेदवारी दिने नेकपा माओदवादी केन्द्रका सवैको उम्मेदवारको धरौटी नै जफत भएको छ। निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था भएकोले माओवादी केन्द्रका कुनैपनि उम्मेदवारले आवश्यक १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि धरौटी जफत भएको हो। माओवादी केन्द्रकातर्फबाट कास्कीका पाँच स्थानीय तह मध्ये पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरकी उम्मेदवार गोमा ढकालसहित…
उर्लाबारी: मोरङको विराटनगर–३ स्थित कोसी राजमार्गमा सोमबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएलओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने लहरीलाई नियन्त्रणमा लिएपनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको…
काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा चयन हुँदैछन्। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले प्रधानमन्त्रीका एकल दावेदार देउवालाई प्रधानमन्त्रीमा चयन गर्दैछ। देउवाका पक्षमा लिखित हस्ताक्षर गरेका ३११ सांसद् छन्। मनोनयन दर्तापछि पक्षमा मतदान गर्ने निर्णय गरेकासहित झण्डै दुई तिहाइको समर्थन देउवालाई प्राप्त छ। दिउँसो १ बजे संसद बस्दैछ। उक्त बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्। सोही बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपति…
भोजपुर: दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ। निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए। मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको कामसमेत तीव्ररुपमा भइरहेको उनले बताए। निर्वाचन अधिकारी रेग्मीका…
रत्ननगर: दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन्। पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन्। नेकपा माओवादी केन्द्र निकट महिला सञ्जालको नेतृत्वमा…
अरुण सापकोटा काठमाडौंः बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन्। सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टारलगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन्। बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन्। कम्पनीहरुले सञ्चालन अनुमति माग्नुअघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका…
काठमाडौः एक किलो सुन र ४० लाख रुपैयाँसहित प्रहरीले बौद्धबाट दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले सोमबार राति एक किलो सुन र ४० लाख रुपैयाँसहित मनोजकुमार अग्रवाल र राजन नेपालीलाई पक्राउ गरेको हो। बौद्धमा रहेको एक कपडा पसलमा सुनको कारोवार गरिरहेको अवस्था उनीहरुलाई महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। करिव ६ महिना अघि पनि…
पोखराः हृदयघात भई मृत्यु भएका नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको नाममा पार्टीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ। आचार्यको १३ औ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा कास्की कांग्रेसले आचार्यका छोराछोरीको अध्ययनका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो। त्यसैगरी, नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ इकाइ समितिले पनि छोराछोरीको…
काठमाडौं : इङ्लिस फुटलब क्लब चेल्सीका पूर्व स्टार खेलाडी ओरिअल रिमियो भिडाल नेपाल भ्रमणमा आएका छन्। हाल साउथ ह्याम्पटन क्लबसँग आवद्ध ओरिअल रिमियो स्पेनिस प्रोफेसनल फुटबल खेलाडी हुन्। साउथ ह्याम्पटनमा उनी मिडफिल्डमा खेल्छन्। उनले आफ्नो इन्स्टाग्राममा नेपाल भ्रमणका फोटो राखेका छन्। उनले पशुपति क्षेत्र र पाटनको भ्रमण गरेको फोटो राखेका छन्। त्यस्तै उनले नेपालीहरुले फुटबल खेलिरहेको मैदान छेउमा सेल्फी खिचेर…
काठमाडौं : प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाशअघि संवैधानिक परिषद्लाई प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम पठाएकी छिन्। उनी न्यायपरिषद्को समेत अध्यक्ष हुन्। न्यायपरिषद्ले पठाउने रोस्टरको आधारमा संवैधानिक परिषद्ले प्रधान न्यायाधीश नियुक्त गर्छ। कार्कीले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाएकी हुन्। संवैधानिक परिषद्ले बरिष्ठतम् न्यायाधीशलाई सर्वोच्चको…
चितवनः चितवनमा हार्ट टु हार्ट सोसियल वोलफेयर सोसाईटीले परोपकारी पानी अभियानबाट संकलित रकम सहारा घरलाई हस्तान्तरण गरेको छ । हार्ट टु हार्टले बैशाख ३१ गतेको निर्वाचनमा चितवनका विभिन्न मतदान केन्द्रमा पानी विक्रिबाट उठेको १४ हजार दश रुपैयाँ सहारा घरलाई हस्तान्तरण गरेको हो। सहारा घर पाँच बर्षदेखि अभिभावकबिहीन बालबालिकालाई संरक्षण गर्दै आएको छ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीशमाथि सरकारले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। अर्थ मन्त्रालयले पेन्सनपट्टा बनाउन रोकेर अपराध गरेको उनको दावी थियो। 'पेन्सनपट्टा बनाउन अर्थ मन्त्रालय जाँदा महाभियोग दर्ता भएकाले बनाउन अस्वीकार भएछ,' संसदलाई सम्बोधन गर्ने क्रममा केपी ओलीले भने, 'त्यो भन्दा बढी ह्युमिलिएसन केबाट होला?' ओलीको संसदमा सम्बोधन जारी छ। प्रधान न्यायाधीश कार्की…
काठमाडौंः केही दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्रीको फिचर गीत ‘नाचिदेउ नाचिदेउ’ सार्वजनिक भएको छ। संग्स नेपालको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको गीतमा निरुतासँगै मोडल कृष्ण पराजुलीलाई पनि फिचर गरिएको छ। निर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा संकल्प भुजेलले क्यामेरा चलाएका छन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। नेपाली मोडलिङ…
काठमाडौं : लामो समयदेखि संसद अवरुद्ध गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको कारण आज संसदमा प्रस्तुत गरेका छन्। लामो समयदेखि अवरुद्ध रहेको संसद खुल्दा सबैभन्दा पहिले समय लिएर बोलिरहेका ओलीले संसद अवरुद्ध हुनुका कारण सुरुमा नै पेश गरे। 'संवैधानिक र व्यवहारिक रुपमा लोकतान्त्रिक प्रणालीका बारेमा, लोकतान्त्रिक मूल्य मान्यता, शक्ति पृथकीकरण, न्यायपालिका विषयमा गरिमामय संसद हल्काफुल्का रुपमा प्रयोग…
काठमाडौं : लामो समय अवरुद्ध रहेको संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माले ओलीले सम्बोधन गर्ने र भरतपुर प्रकरण नउठ्ने भन्ने त अस्वभाविक नै हुन्थ्यो। ओलीले अस्वभाविक त बनाएनन् तर लामै समय खर्चे भरतपुर प्रकरणमा। 'स्थानीय तहको प्रथम चरणको निर्वाचनको क्रममा भरतपुर महानगरपालिकाकाको मत गणना अन्तिम अवस्थामा पुगेको बेला २९ वडा मध्ये वडा २० बाँकी थियो, १९ वडाको तीन चौथाई…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेका कारण प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता हुन नसकेको बताएका छन्। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पेन्सनपट्टासमेत पाउन नसकेको भन्दै सरकारको आलोचना गरेपछि देउवाले भने, 'यहाँ बहस गर्न चाहन्न म। हामीले महाभियोग दर्ता फिर्ता गरेका छौं। संसद चल्न दिएको भए उहिल्यै फिर्ता…