PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • कास्कीका जनप्रतिनिधिलाई व्यवसायीहरुद्वारा सम्मान

    कास्कीका जनप्रतिनिधिलाई व्यवसायीहरुद्वारा सम्मान

    पोखराः पोखरा उद्योग वाणिज्य संघले कास्कीका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ। संघले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष तथा कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरेको हो। कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार स्थानीय निकायहरुसँग हातेमालो गर्दै अगाडि बढ्न आफूहरु तयार रहेको बताए। उनले जनप्रतिनिधिसँग  एकीकृत सम्पत्ति कर,  फुटपाथको अनधिकृत…

    विस्तृतमा पढ्नुस्

  • ‘लेट मी डान्स’को उपाधि विष्णुलाई 

    ‘लेट मी डान्स’को उपाधि विष्णुलाई 

    काठमाडौंः ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी विष्णु मगरले हात पारेकी छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाइनलमा आठ प्रतिस्पर्धीलाई पछि पार्दै विष्णुले उपाधि हात पारेकी हुन्। उपाधि जितेसँगै उनले तीन लाख रुपैयाँ र प्रमाणपत्र पाएकी छन्। त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वाइन्टको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल…

    विस्तृतमा पढ्नुस्

  • चुडामणिको बिरामी बहाना : पक्राउपछि चार पटक अस्पताल पुर्‍याइयो, निजीमा भर्ना गर्न दबाब

    चुडामणिको बिरामी बहाना : पक्राउपछि चार पटक अस्पताल पुर्‍याइयो, निजीमा भर्ना गर्न दबाब

    काठमाडौं : कर फर्छयौटमा मनपरी कर छुट दिएको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका  आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई चौथो पटक अस्पताल पुर्‍याइएको छ।   विभाग परिसरबाट शुक्रबार बयानका लागि आयोग पुर्‍याइएका शर्मालार्इ थुनेर बयान लिने जानकारी पाएपछि उनले पेट दुखेको भन्दै उपचारका लागि आग्रह गरेका थिए। अख्तियार स्रोतका अनुसार उनलार्इ शुक्रबार नै दुर्इ पटक अस्पताल पुर्‍याइएको…

    विस्तृतमा पढ्नुस्

  • बौद्धनाथ स्तूपामा राखिएको डिजिटल डिस्प्ले हटाउन माग

    बौद्धनाथ स्तूपामा राखिएको डिजिटल डिस्प्ले हटाउन माग

    काठमाडौंः बौद्ध विकास समिति र सम्पदा संरक्षण समितिले  बौद्धस्थित बौद्धनाथ स्तूपामा एक दिनका लागि राखिएको व्यवसायिक डिजिटल डिस्प्ले हटाउन दबाब दिने भएका छन्। बुद्ध जयन्तीका अवसरमा एक दिनका लागि मात्र राखिएको डिस्प्ले अहिलेसम्म नहटाएको भन्दै उनीहरुले त्यसलाई हटाउन दबाब दिने भएका हुन् । विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ स्तूपामा यसरी व्यवसायिक डिस्प्ले राख्दा पर्यटकीय क्षेत्रमा नेपालको बेइज्जत हुने भएकाले आफूहरुले…

    विस्तृतमा पढ्नुस्

  • ‘चपली हाइट २’ अभिनेत्री परमिता बनिन् गायिका

    ‘चपली हाइट २’ अभिनेत्री परमिता बनिन् गायिका

    काठमाडौं: अभिनेत्री परमिता राणा गायिका बनेकी छिन्। अभिनेत्री र व्यवसायिक मोडलको रुपमा परिचित उनले बक्सअफिसमा हिट चपली हाइट २ फिल्मबाट डेब्यु गरेकी हुन्। तर परमिताले आफ्नो परिचय थप विस्तृत बनाउन लागेकी हुन्। उनको दुई व्यक्तिगत एल्बम रिलिज हुँदैछन्। आगामी अगस्टमा उनको रोयल र योङ किङ एल्बम एकसाथ रिलिज हुन लागेको हो। नौ गीत समावेश रहने एल्बममा चार गीत रेकर्ड भैसकेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चयन प्रक्रिया आज, एमालेको अवरोध कायमै

    प्रधानमन्त्री चयन प्रक्रिया आज, एमालेको अवरोध कायमै

    काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा निर्वाचनको कार्यसूची छ। सभामुख ओनसरी घर्तीले यसअघि घोषणा गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने तयारी छ। तर, प्रतिपक्ष दलको अवरोधको स्थिति यथावत रहेका कारण प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने सम्भावना छैन। भरतपुर प्रकरणलाई लिएर एमालेले निरन्तर रुपमा सदन अवरुद्ध गर्दै आएको छ। एमालेको शनिबारको स्थायी समिति बैठकले जारी निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    रत्ननगर: चितवनको माडीमा पिकनिक गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार साथीहरुसँग पिकनिक गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर झापामा महिलाको मृत्यु

    सुरुङ्गा: झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो। शव आज मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • काबुल विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते

    काबुल विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते

    काबुल: अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्योष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएको र १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिए। हमलाकारीले अन्त्योष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ। अफगानिस्तानको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ को पुन: मतदानका विषयमा कांग्रेस-माओवादीको संयुक्त बैठक, प्यानलमा कांग्रेस मेयरमा रेणु जिताउने निर्णय

    भरतपुर १९ को पुन: मतदानका विषयमा कांग्रेस-माओवादीको संयुक्त बैठक, प्यानलमा कांग्रेस मेयरमा रेणु जिताउने निर्णय

    राजेन्द्र आचार्य- भरतपुर : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एक अर्काका उम्मेदवारलाई विजयी गराउन पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेका छन्। दुई पार्टीको आज बसेको संयुक्त बैठकले पुनः मतदानमा माओवादीले कांग्रेसका उम्मेदवारको प्यानललाई विजयी गराउन र कांग्रेसले मेयरमा रेणु दाहाललाई विजयी गराउन सहयोग गराउने निर्णय गरेका हुन्। बैठकले निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै आजैदेखि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस माओवादी एक, एमाले उत्रियो विरोधमा, भरतपुर १० निषेधित क्षेत्रको घोषणा

    कांग्रेस माओवादी एक, एमाले उत्रियो विरोधमा, भरतपुर १० निषेधित क्षेत्रको घोषणा

    भरतपुर : जिल्ला सुरक्षा समितिको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर दशको चार किल्लाभित्र अर्को सूचना जारी नभएसम्मका लागि सभा, जुलुस, धर्नालगायतका कार्यक्रममा रोक लगाएको छ। पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने क्षेत्र, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालय जाने सडक, उत्तरतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडिको सडक र दक्षिणतर्फ हाकिम चोकदेखि जिल्ला कारागार आउने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। मतगणनाका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप छैन : कानुन मन्त्री

    निर्वाचन आयोगको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप छैन : कानुन मन्त्री

    भक्तपुरः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नरहेको बताएका छन्। भक्तपुरमा आयोजित साक्षात्कारमा मन्त्री नायकले निर्वाचन आयोगले कानुन बमोजिम गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नभएको बताएका हुन्। उनले भरतपुरमा माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित गर्दै आएको आरोप लगाए। भरतपुरको विषयलाई लिएर प्रतिपक्ष दल…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।  तुलसीराम पाण्डेले हालेको रिटको सुनुवाई भोलिका लागि तोकिएको छ।  मत गणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो।  आयोगले मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि भएको जनाउँदै पुन: मतदानका लागि मिति स्थान र समय तोक्न…

    विस्तृतमा पढ्नुस्

  • व्यापारमेलामा सहभागी हुने पोखरेली व्यवसायीको टोलीलाई विदाइ

    व्यापारमेलामा सहभागी हुने पोखरेली व्यवसायीको टोलीलाई विदाइ

    पोखराः चीनको कुन्मिन सहरमा आयोजना हुने दक्षिण एसियाली बस्तु प्रदर्शनी तथा लगानी मेलामा सहभागी हुने पोखरेली उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डललाई आज विदाइ गरिएको छ। मेलामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा ४७ सदस्यीय टोली सहभागी हुँदैछ। अध्यक्ष पालिखेका अनुसार चीन सरकारको विशेष सदासयतामा हुने प्रदर्शनीमा पोखराकातर्फबाट सहभागिता जनाउने उद्योगी र व्यवसायीहरुले ६ वटा स्टल राखेका छन। बुकिङ्गगरिएका स्टलहरुमा ह्याडीक्राफ्टका…

    विस्तृतमा पढ्नुस्

  • ‘लाल्टिन’ को टिम प्रचारप्रसारमा 

    ‘लाल्टिन’ को टिम प्रचारप्रसारमा 

    काठमाडौंः प्रदर्शनको संघारमा रहेको चलचित्र ‘लालटिन’को टिमले यतिबेला आफ्नो चलचित्रको प्रचारप्रसारलाई  तिब्रता दिएको छ।  प्रचारसँगै समाजसेवाको उद्देश्यले ‘लाल्टिन’ टिमले शनिबार पशुपति, संकटालगायतका क्षेत्रका बृद्धबृद्धा र असहायलाई कपडा वितरण गरेको छ। प्रचारप्रसारमा चलचित्र निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाललगायतको टिम सहभागी थियो।  कार्यक्रममा ‘लाल्टिन’ टिमले यस खालका समाजसेवालाई अन्य दिनमा पनि…

    विस्तृतमा पढ्नुस्

  • संघीय समाजवादी फोरमले देउवाको पक्षमा मतदान गर्ने

    संघीय समाजवादी फोरमले देउवाको पक्षमा मतदान गर्ने

    काठमाडौंः संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ। फोरमको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।  कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निर्वाचनपछि संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारुलगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरम नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।   पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भारतसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारत गएको नेपाली राष्ट्रिय फुटबल टिम

    फोटोमा हेर्नुस् भारतसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारत गएको नेपाली राष्ट्रिय फुटबल टिम

    काठमाडौः भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।  सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई बिदाई गरे।  नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।  एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत जेठ ३०…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई भोट हाल्न गएका सांसद ४ घण्टा बिताएर फर्किए रित्तै

    प्रधानमन्त्रीलाई भोट हाल्न गएका सांसद ४ घण्टा बिताएर फर्किए रित्तै

    काठमाडौं : प्रधानमन्त्री निर्वाचनको शुक्रवार प्रकाशित कार्यतालिका अनुसार आज बिहान ११ बजेको संसदको बैठकबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनुपर्ने हो। तर, संसदको बैठक प्रधानमन्त्री चयन गर्न असफल भयो।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको 'चातुर्यपूर्ण' व्यवहारका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि सर्‍यो।   ११ बजेको बैठकअघि सभामुखले प्रमुख दलका शीर्ष नेतासँग बानेश्वरमा छलफलको प्रयास गरिन्। तर, एमाले अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • अक्षयलाई ‘मिस्टर नेपाल २०१७’को उपाधि

    अक्षयलाई ‘मिस्टर नेपाल २०१७’को उपाधि

    काठमाडौंः वानेस्वरका २२ वर्षीय अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन्। अनामनगरस्थित लिवर्टी कलेजमा बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन्। उपाधि जितेसँगै उनले अभिनयका लागि विभिन्न अवसरका साथमा थुप्रै गिफ्टसमेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा धुर्व बुढाथोकी, आशिष ताम्राकार क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेद्वारा काठमाडौंमा प्रदर्शन

    निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेद्वारा काठमाडौंमा प्रदर्शन

    काठमाडौंः चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोधमा नेकपा एमालेले आज  काठमाडौंमा प्रदर्शन गरेको छ। आयोगको पुनः मतदानको निर्णयको विरोधमा युवा संघ र अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।   प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्वोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले  भरतपुरमा जनताले एमालेलार्इ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell