वर्षाले खेल रद्ध भएपछि च्याम्पियन्स ट्रफीअन्तर्गत अष्ट्रेलिया र न्यूजिल्याण्डले १/१ अंक बाँडेका छन्। २९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ ओभरमा ५३/३ रन बनाउँदा पानी परेपछि खेल हुन नसकेको हो। त्यसअघि वर्षाले अबरुद्ध पारेपनि ४६ ओभरमा घटाइएको पहिलो इनिङ्समा न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर २९१ रन बनाएको थियो। न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले शतक प्रहार गरे। रनआउट हुनुअघि विलियमसनले…
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेद्वारी नदिने र शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने भएको छ। एमाले नेता शंकर पोखरेलले शुक्रबार उपाध्यक्ष बामदेव गौतमको नाम सम्भावित उम्मेद्वारको रुपमा चर्चामा ल्याएका थिए। तर, शनिबार भने एमालेले विपक्षमा मतदान गर्ने तर उम्मेद्वार नउठाउने तयारी गरेको हो। पोखरेलले पहिलोपोस्टसित भने 'गठबन्धन कस्तो बन्छ हेर्नुपर्छ, गठबन्धन कमजोर हुने अवस्थामा उम्मेद्वार उठाउने कुरा भएन। सम्भावना…
काठमाडौं : बहुप्रतीक्षित भरतपुर महानगरपालिकाको मतगणनाको विषय अन्तत: पुन मतदानमा गएर टुङ्गिने भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत च्यातिएको बुथमा फेरि मतदान गराउने निर्णय आज बसेको निर्वाचन आयोगको बैठकले गरेको हो। 'भरतपुर १९ को मतगणना गर्दैगर्दा मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि हुन आयो। त्यसकारण मतपत्र च्यातिएको मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुन: मतदानका…
काठमाडौं : प्रथम प्राइममिनिस्टर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चललाई ६ विकेटले हराएर सशस्त्र प्रहरी बलको एपीएफ समूह ए को विजेता बनेसँगै सेमिफाइनलमा समिकरण तय भएको हो। हसिम अन्सारीले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपनि मध्यमाञ्चलको लागि त्यो पर्याप्त भएन। समूह ए मा लगातार तीन खेल जित्दै एपीएफ समूह विजेता बन्दा पश्चिमाञ्चल…
काठमाडौं : नवगायक विशाल निरौलाको डान्सिङ गीती भिडियो सार्वजनिक भएको छ। निरौलाकै शब्द, संगीत र स्वर समावेश गीतको म्युजिक भिडियो शनिबार युट्युवमार्फत सार्वजनिक गरिएको हो। बिशाल नेपालीले निर्देशन गरेको उक्त भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी, विशाल नेपाली, अनिल पौडेल लगायत कलाकारको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।
काठमाडौंः पोस्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र 'भूईँमान्छे’को टिजर सार्वजनिक भएको छ। साउन २० गतदेखि प्रदर्शनमा आउने भूईँमान्छेको टिजरमा भलिवल खेलाडी सिपोरा गुरुङको एक्सन देखाइएको छ। जिवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी चलचित्रमा पोष्टमार्टम गर्ने व्यक्तिको रुपमा देखिएका छन् । भूईंमान्छे को टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन् । टिजरमा उनी कहिले शवको आन्द्रा काट्छन् त…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेणु दाहाललाई विजयी घोषणा गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन्। एमाले स्थायी समिति बैठकपछि ओलीले भरतपुरमा पुन: मतदान गर्ने निर्णयको विरोध गरे। 'निर्वाचन आयोगले सरक्क रेणु दाहालले जित्नुभयो भनेर घोषणा गर्दिएको भए सजिलो हुन्थ्यो,' उनले भने, 'निर्वाचनको यो पुन: मतदान जस्तो तमासा नगरेर रेणु दाहालले जित्नुभयो भनेर घोषणा गरिदिएको भए हुन्थ्यो।' …
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले विमानस्थलको आन्तरिक उडानको आगमन कार पार्किङ्ग क्षेत्रबाट रौतहटका शेख सन्नी आलमलाई बाहिरी मुलुकबाट आएका यात्रुहरुबाट संकलन गरेको करिव ५८ ग्राम सुनसहित पक्राउ गरेको हो। उनलाई विमानस्थलस्थित भन्सार कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सल्यान: नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ। एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र…
नाएमी: उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो। सो क्षेत्र मानव तस्करहरुले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि…
काठमाडौँ: प्रधानमन्त्री चयनको कार्यतालिका अघि बढाउने विषयमा अन्योल बढेपछि सभामुख ओनसरी घर्तीले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। सभामुख घर्तीले बिहान १० बजे कार्यव्यवस्था बैठक बोलाएकी छन्। बिहीबार नै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशन गर्ने तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो। राष्ट्रपतिबाट बहुमतीय सरकार गठनको आह्वान गरेको पत्राचार संसदलाई जानकारी गराएर कार्यतालिका प्रकाशन गर्ने प्रचलन भए पनि बिहीबार अवरोधका कारण…
फलेवास: पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। बिहीबार भएको निर्वाचन प्रक्रियामा एमालेको प्यानलै विजयी भएको हो। तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहेका छन्। त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी…
रोल्पा: लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ। अकांक्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो। पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ। यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएकी छन्। सुवर्णावती गाउँपालिकाको अध्यक्षमा…
प्रेम रौले बाजुरा: बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ। चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन। विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन्। सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए। परीक्षा सकिएपछि…
काठमाडौं : कृजोना मिडियाले आयोजना गरेको ‘मोडल अफ इरा सिजन–२’ प्रतिस्पर्धाको उपाधि किरण खनाल तथा रजनी प्रजापतिले जितेका छन्। विजेता किरणले भ्युअर्स च्वाइस एवार्ड पनि जिते भने रजनीले मोस्ट ब्युटिफूलको शीर्षक उपाधि समेत जितिन्। यो प्रतियोगिता हो। प्रज्ञा भवनमा आयोजित प्रतियोगितामा दिपेश ठोकर तथा आकृति थापाले फस्ट रनर्स अप तथा अनुष खड्का तथा प्रीति थापाले सेकेण्ड रनर्स अपको उपाधि जित्न…
तमिम इकवालको शतकलाई छायाँमा पार्दै जोए रुटले शतक बनाएपछि च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंगल्याण्डले बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको छ। बिहिबार भएको उद्घाटन खेलमा इंगल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै समूह ए मा २ अंक जोडेको हो। लण्डनस्थित ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकवालको शतक मद्दतमा ६ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो। इकवालले १४२ बल…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनमा सुरक्षा सतर्कता बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौंमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमासमेत यस्तै भूमिकाको अपेक्षा गरेको बताए। लोकतन्त्रसँगै…
काठमाडौं : फिल्म 'ब्ल्याक समर'को अफिसियल ट्रेलर रिलिज भएको छ। एलबी सुब्बा निर्देशित फिल्म बदला, प्रेम र थ्रीलरको कथामा आधारित रहेको छ। वर्ल्ड प्रिमियरको तयारीमा रहेको फिल्म युनिटले त्यसअघि ट्रेलर रिलिज गरेको जनाएको छ। फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ। फिल्लम कथा, पटकथा र स्कृप्ट पनि निर्देशक सुब्बाकै रहेको छ।…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशनमा अवरोध गरेको छ। भरतपुरमा मतगणना स्थगित भएदेखि नै संसद अवरोध गर्दै आएको एमालेले प्रधानमन्त्री चुनावका लागि कार्यतालिकाको प्रकृया नै विथोल्न खोजेको हो। संसद्ले आगामी २१ गते प्रधानमन्त्री निर्वाचन गराउन कार्यतालिका प्रकाशनको तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलले कार्यतालिका नल्याउन सभामुखलाई चेतावनीसहित आग्रह गरेको छ। सभामुख ओनसरी घर्तीले…
काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकेकी छिन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशन नै नगर्न माग गरेपछि सभामुख घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सकारका गठनका लागि दिएको अवधि सकिएपछि संसद्ले आगामी २१ गते प्रधानमन्त्री चुनाव हुने गरी कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको थियो। तर आजको कार्यव्यवस्था परामर्श…