दक्षिण अफ्रिकामा पनि अब आइपीएल जस्तै टी २० क्रिकेट हुने भएको छ। यसअघि नै प्रतियोगिता गर्ने घोषणा भएपनि लिगको नाम र लोगो भने क्रिकेट साउथ अफ्रिकाले बुधबार घोषणा गरेको छ। जसअनुसार प्रतियोगिताको नाम टी २० ग्लोबल लिग हुनेछ। साथै लोगो पनि सार्वजनिक भएको छ। लिगमा ८ वटा शहरको फ्रान्चाइज टिमले भाग लिनेछन्। यसअघि दक्षिण अफ्रिकामा क्षेत्रिय टिम समावेश प्रतियोगिता हुँदै…
चितवन: भरतपुर महानगरको स्थगित मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले तेस्रो दिन पनि मतगणनास्थल नजिकैको अस्पताल चोकमा धर्ना तथा सभा गरेको छ। आजको धर्नामा एमालेका सचिव प्रदीप ज्ञवाली र युवा संघका अध्यक्ष राजीव पहारी समेत सहभागी छन्। धर्नालाई सम्वोधन गर्दै सचिव ज्ञवालीले रोकिएको मतगणना तत्काल सुरु नगरी मतदान गर्ने दिशातिर गए निर्वाचन आयोगले यसपछिका कुनै पनि निर्वाचन सम्पन्न…
क्रिकेटको मिनी वर्ल्ड कप मानिने च्याम्पियन्स ट्रफी आजबाट इंगल्याण्डमा सुरु हुँदैछ। आइसीसीको वरीयतामा शीर्ष ८ स्थानमा रहेका टोलीले यस प्रतियोगितामा सहभागिता जनाउँदैछन्। जसमध्ये ६ पूर्व विजेता छन् भने आयोजक इंगल्याण्ड, पाकिस्तान र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेको छैन। इंगल्याण्ड दुई पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन। पाकिस्तानले भने ३ पटक सेमिफाइनल याता तय गरेपद्दि अहिलेसम्म फाइनल पुग्न सकेको छैन।…
चितवन : निर्वाचन आयोगको निर्देशन अनुसार भारतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको टीमले च्यातिएका मतपत्र फुकाएका छन्। च्यातिएका मतपत्र के कति संख्यामा छन् पत्ता लगाउन आयोगले निर्देशन दिएको थियो। भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्ने कि मतपत्र च्यातिएको वडा नं १९ मा पुन: मतदान गर्ने भन्ने विवादमा निर्णयमा पुग्न नसकेपछि आयोगले च्यातिएका मतपत्र कति छन् पहिचा गर्न हिजो निर्देशन दिएको थियो।…
काठमाडौं : बलरहरुले शानदार प्रदर्शन गरेपछि मध्य पश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल पिएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। ६३ रनको सामान्य लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। पश्चिमाञ्चलको जितमा शौरभ खनालले ८ बलमा २ चौका र ई छक्काको मद्दतमा २० रनको योगदान गरे। यस्तै अनिल गुरुङ २३ र नुरध्वज सेन १९ रनमा नटआउट रहे। त्यसअघि…
काठमाडौं : सहमतीय सरकार गठनको लागि दिएको समय नाघेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनको प्रकृया अघि बढाउन आह्वान गरेकी छिन्। राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्न आह्वान गरेकी हुन्। यसअघि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने…
राजेन्द्र आचार्य - भरतपुर : निर्वाचन आयोगको निर्देशनअनुसार आज भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्रको गणना गरिँदैछ। पुन: मतदानको माग राख्ने नेकपा माओवादी केन्द्र र मतगणना जहा रोकिएको छ त्यहीबाट थाल्ने मागसहित धर्नामा बसेको एमाले कसैको पनि पक्ष नलिइ आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गर्न निर्देशन दिएको हो। मध्यमार्गी बाटो अपनाएको आयोगको निर्देशनअनुसार प्रमुख निर्वाचन अधिकृत सहितको टोली मत गणनास्थल पुगिसकेको छ।…
काठमाडौं : संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि २१ गते निर्वाचन हुने भएको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बुधबार सकिएपछि संसदले बहुमतीय प्रक्रिया सुरु गर्न लागेको हो। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नयाँ प्रधानमन्त्री चयनका लागि कार्यतालिका प्रकाशित गर्न लागेका हुन्। प्रधानमन्त्री चयनका लागि शनिबार मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र दाबी, विरोधका लागि समय छुट्याउने तयारी…
भरतपुरः निर्वाचन आयोगको निर्देशनअनुसार भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र गणना गर्न निर्वाचन आयोग र दलका प्रतिनिधिको टोली मतगणनास्थलमा प्रवेश गरेको छ। च्यातिएका मतपत्रको गणना गर्न निर्वाचन आयोग र दलका प्रतिनिधिको ४६ जनाको टोली मतगणनास्थलमा प्रवेश गरेको हो। टोलीले च्यातिका मतपत्र गन्न बाँकी हुन् कि गणना भइसकेका हुन् भन्नेबारेमासमेत खोज्नेछ। आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गर्न निर्देशन दिएपछि आज आयोग र…
भरतपुर : भरतपुर महानगरपालिकको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु आज एक/एक लाख रुपैयाँ धरौटमा रिहा भएका छन्। चितवन जिल्ला अदालतले मतपत्र च्यातेको आरोपमा पक्राउ परेका मधुकर न्यौपाने र द्रोण शिवाकोटी जनही एक/एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो। न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। मुद्दामा सरकारतर्फबाट उदयचन्द्र अधिकारी…
पोखराः नेकपा एमाले पोखरा लेखनाथ महानगर कमिटीले आफ्ना निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति बिवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ। एमालेले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार जनप्रतिनिधिलाई सम्पत्ति बिवरण बुझाउन निर्देशन दिएको हो। घोषित प्रतिबद्धता अनुसार जनताको भावना र आवश्यकताको पहिचागरी कार्य गर्न महानगर कमिटीले उनीहरुलाई निर्देशन दिएको छ।
भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। मत गणनाको क्रममा मतपत्र च्यातिएपछि सुरु भएको विवाद सुल्ट्याउन च्यातिएको मतपत्रको संख्या पहिचान गरिएको हो। निर्वाचन आयोगले हिजोमात्रै भरतपुरका प्रमुख निर्वाचन अधिकृतलाई च्यातिएको मतपत्रको संख्या पत्ता लगाउन निर्देशन दिएको थियो। जेठ १४ गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मत पत्र च्यातिए पछि मतगणना कार्य अहिलेसम्म सुरु…
काठमाडौंः अभिनेत्री ऋचा शर्माद्वारा र रंगमञ्चका कलाकार टिकाभक्त जिरेलको मुख्य अभिनयमा गलैचा बुन्ने मजदुरको कथामा निर्माण गरिएको म्युजिक भिडियो ‘आकाशैको नौलाखे तारा’ सर्वजनिक गरिएको छ। गीतको भिडियो चलचित्र निर्देशक छिरिङ रिक्तार शेर्पाले निर्देशन गरेका छन्। गीतको शब्द तथा लय अंकित जीले गरेका छन् भने संगीत रिकेश गुरुङले गरेका छन्। म्युजिक भिडियोमा विदेशिएका कामदारको दुखान्तको कथा मात्र नभइ नेपाली गलैंचा उद्योगमा…
काठमाडौं : अष्ट्रेलियामा सक्रिय रहेको सुरेन्स फोटोग्राफी एण्ड टिम अर्थात स्टाट प्रो इन्टरटेन्मेन्टले तयार पारेको सर्ट फिलम ‘माया’ले प्रमियर भएको थोरै समयमै दर्शकको मन जित्न सफल भएको छ। युट्युबमार्फत प्रिमियर गरिएको उक्त फिल्मले मायाको परिभाषालाई चित्रण गरेको छ। दुई अक्षरले बनेको शब्द मायाका विभिन्न परिभाषाहरु मध्येको एक अर्थात 'मायामा प्रतिक्षा पनि अनिवार्य हुन्छ' भन्ने सन्देश बोकेको यो फिल्मको निर्देशन सुरेन…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फा र एपी वान एचडी टेलिभिजनबीच ३ वर्षका लागि ५ करोड २५ लाखको प्रायोजन सम्झौता भएको छ। बिहिबार राजधानीमा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र एपी वानका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलबीच सम्झौता पत्रमा हसताक्षर भएको छ। सम्झौता पछि आगामी तीन वर्ष सम्मको लागि एपी वान एन्फाको मुख्य प्रायोजन हुनेछ। साथै एन्फाले गर्नै फुटबल…
काठमाडौं : चर्चित गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि कलेजोको रोगबाट पिडित कुसुमको बिहिबार भारतको मुम्बईमा निधन भएको हो। उनले देवता, सम्झना, चिनो, लाहुरे, कुसुमे रुमाल, बेहुली, अन्याय, बासुरी, दर्पण छँयाँ, दुई थोपा आँसु लगायत फिल्मका लागि गीत लेखेक थिइन्। के सोचें मैले, रेली खोला बगर, माया के होला, चिया बारीमा मोहनी लाग्ला है विरताको…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले आर्थिक समृद्धि खोजेको बताएका छन्। लगानी बोर्डको २६ औं बैठकमा प्रधानमन्त्रीले निर्वाचनपछि राजनीतिक संक्रमणको अन्त्य हुने भएकाले आर्थिक समृद्धिमा लाग्ने बेला आएको बताए। प्रधानमन्त्रीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपनि विकास र समृद्धिमा सधैं साथमा रहेको बताए। उनले भने,‘प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु, लगानी बोर्डको बैठकमा अन्तिमपटक अध्यक्षता गर्दैछु । तर, विकास र समृद्धिका सवालमा…
गौशाला: महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ। स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताए। जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको ठाकुरले बताए। यसअघि जलेश्वर कारागारमा…
म्याड्रिड: स्पेनी प्रधानमन्त्री म्यारियानो रजोइमाथि भ्रष्टाचार प्रकरणमा परेको मुद्दामाथि साक्षीका रुपमा बयान दिन अदालतसामु आगामी जुलाई २६ मा उपस्थित हुने भएका छन्। मङ्गलबार स्पेनी एक अदालतले रजोइलाई अदालतमा उपस्थित भई साक्षीका रुपमा मुद्दाबारे सोधिएका प्रश्नमा साक्षीका रुपमा जवाफ दिन आदेश गरेको हो। स्पेनी कानुनअनुसार प्रधानमन्त्रीलाई अदालतले बोलाएका बेला उपस्थित भई एक सर्वसाधारण नागरिक वा प्रत्यक्षदर्शीका रुपमा बयान दिनुपर्ने व्यवस्था छ। स्पेनको…
काठमाडौं: सरकारले स्थानीय तहमा विनियोजन गरेको अनुदानबाट वृद्धभत्ता लगायतका सामाजिक सुरक्षामा रकम खर्चिन नपाउने व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा निर्वाचित भएका प्रतिनिधिले वृद्धभत्ता बढाउने घोषणा गरेपछि सरकारले यो व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा निर्वाचित भएका विभिन्न महानगर, नगर र गाउँपालिकाका प्रमुखले वृद्धभत्ता बढाउने निर्णय गरेपछि सरकारले यो व्यवस्था गर्न लागेको हो। अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले बजेटबाट…