PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

  • वीरगञ्ज र विराटनगर फेरि महानगर

    वीरगञ्ज र विराटनगर फेरि महानगर

    काठमाडौं : सरकारले प्रदेश नम्बर एकको ठूलो शहर विराटनगर र दुईको वीरगञ्जलाई महानगर घोषणा गरेको छ। 'दुई उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नती गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको हो,' संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेश थपलियाले पहिलोपोस्टसँग भने, 'केही वेरमै सार्वजनिक गर्दैछौं।' सरकारले यसअघि वीरगञ्ज र विराटनगरलाई महानगर घोषणा गर्ने निर्णय भए पनि निर्वाचन आचार संहितालाई उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका सबै सहरलाई सेटलाइट सहरमा विकास गरिने

    उपत्यकाका सबै सहरलाई सेटलाइट सहरमा विकास गरिने

    काठमाडौँ: काठमाडौँ उपत्यकाका सबै सहरलाई समन्वयात्मक रुपमा सेटलाइट सहरमा विकास गरिने कार्यक्रम आर्थिक वर्षको बजेटमा ल्याइएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आव २०७४/२०७५ को बजेटमा हिमाली क्षेत्रमा व्यवस्थित सहर विकास गर्न अध्ययन गरिने व्यवस्था गरिएको छ। सात प्रदेशमा एक-एक मेगा सिटी निर्माण कार्यक्रम पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ। पर्याप्त सहरी पूर्वाधार एवम् आवास सुविधासहित स्मार्ट र…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई योगदानमा आधारित पेन्सन, साउन १ गतेदेखि नियुक्त हुने कर्मचारीमा लागू हुने

    कर्मचारीलाई योगदानमा आधारित पेन्सन, साउन १ गतेदेखि नियुक्त हुने कर्मचारीमा लागू हुने

    काठमाडौं : आउँदो आर्थिक बर्षको सुरुदेखि भर्ना हुने हरेक कर्मचारीका लागि सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने भएको छ। आगामी आर्थिक बर्षका लागि बजेट पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले उक्त घोषणा गरेका हुन्। जस अनुरुप भविश्यको पेन्सनका लागि कर्मचारीको तलवको केही हिस्सा काटेर सोही अनुरुप थप गरि पेन्सन कोषमा पठाइनेछ। यो प्रणाली अहिले कर्मचारी सञ्चय कोष काटे जस्तै हुनेछ। योगदानमा आधारित पेन्सन प्रणालीका लागि…

    विस्तृतमा पढ्नुस्

  • सहमतीय सरकार गठनमा देउवाको पहल, सर्वदलीय बैठक आह्वान

    सहमतीय सरकार गठनमा देउवाको पहल, सर्वदलीय बैठक आह्वान

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सहमतीय सरकार गठनको आह्वान भएको पाँच दिनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनको परामर्श सुरु गरेका छन्। देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई लिखित पत्राचार गरी आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफलमा आह्वान गरेका हुन्।  बैठक संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा अहिले जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको चाँगुनारायण नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी

    भक्तपुरको चाँगुनारायण नगरको मेयर उपमेयर दुवैमा एमाले विजयी

    काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेद्वार विजयी भएका छन्। सम्पन्न गतगणना अनुसार मेयरमा एमालेका सोम मिश्र ८ हजार ५१२ र उपमेयरमा एमालेकै बिना बास्तोला ८ हजार ७३९ मतसहित विजयी भएका हुन्। निर्वाचन अधिकृत रिन्जु डंगोलका अनुसार ९ वडामध्ये चारमा एमाले विजयी भएको छ। यस्तै, चारमै कांग्रेस र एक वडामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ। वैशाख ३१…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    उर्लाबारी : मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनको नयाँ प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त

    बार्सिलोनको नयाँ प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त

    स्पानिस जायन्ट फुटबल क्लब बार्सिलोनाको प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त भएका छन्। बार्सिलोनाका अध्यक्ष जोसेफ मारिअ बार्टोमेउले सोमबार एर्नेस्टो भलभर्डलाई दुई वर्षको लागि क्लबको प्रशिक्षक नियुक्त गरेका छन्। भलभर्डलाई एक वर्ष सम्झौता थप गर्ने 'अप्सन' समेत छ। बार्टोमेउले भलभर्डको प्रशंसा गर्दै उनी दक्ष, सिपयुक्त, अनुभवी र निर्णय गर्न सक्ने रहेको बताए। यस्तै उनले बार्साको युवा खेलाडीलाई प्रोमोट गर्ने र बार्साको शैली…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको गोडारीमा माइक्रोबस दुर्घटना, १३ जना घाइते

    तनहुँको गोडारीमा माइक्रोबस दुर्घटना, १३ जना घाइते

    पोखराः पोखराबाट काठमाडौं गइरहेको माइक्रोबस आज विहान तनहुँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ग १ ख ४९५२ नम्बरको माइक्रोबस बिहान साँढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो। दुर्घटना घाइते भएका मध्ये चार जनाको अवस्था गम्भिर छ । घाइतेमध्ये केहीको दमौलीस्थित रत्नहरि अस्पताल र केहीको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। माइक्रोबस अनियन्त्रित भई पल्टेको…

    विस्तृतमा पढ्नुस्

  • सहमतीय सरकार गठनको पहल: देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित 

    सहमतीय सरकार गठनको पहल: देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित 

    काठमाडौँ : सहमतीय सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ। सरकार गठनको विषयमा छलफलका लागि आह्वान बैठकको पत्रको भाषामा नै असहमति जनाउँदै एमाले बैठकमा अनुपस्थित भएको हो।  सभापतिले देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग अहिले संसद् भवनमा आफ्नो नेतृत्वमा सरकार गठनका विषयमा परामर्श गरिरहेका छन्।  राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनको…

    विस्तृतमा पढ्नुस्

  • होसियार! जथाभाबी बाटो नकाट्नुस्, जरिवानामा पर्नुहोला 

    होसियार! जथाभाबी बाटो नकाट्नुस्, जरिवानामा पर्नुहोला 

    काठमाडौँ : आजदेखि उपत्यकाका सडकमा पैदल यात्रीले जथाभाबी बाटो काटे दुई सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।  यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेठ १ गतेदेखि यस्तो व्यवस्था लागु गर्ने भने पनि पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण लागु हुन सकेको थिएन। निर्वाचन लगत्तै व्यवस्था कार्यान्वयनमा आएको हो। दुर्घटनामा प्रत्येक वर्ष पैदल यात्रुको मृत्युदर बढेकाले यसलाई न्युनीकरण गर्न…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन क्षेत्रका पायोनियर बिके श्रेष्ठको निधन

    पर्यटन क्षेत्रका पायोनियर बिके श्रेष्ठको निधन

    काठमाडौं : पर्यटन क्षेत्रका 'पायोनियर' बिके श्रेष्ठको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे निधन भएको हो। होटल र्‍याडिसनका प्रबन्ध निर्देशक रहेका बिके श्रेष्ठले पोखराको ग्राण्ड र चितवन प्याराडाइज होटलसमेत चलाइरहेका थिए। श्रेष्ठ होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्षसमेत थिए। सोल्टी र अन्नपूर्णजस्ता पाँच तारे होटलहरु सञ्चालनमा रहेका बेला उनले र्‍याडिसन होटल सञ्चालनमा ल्याएक थिए।…

    विस्तृतमा पढ्नुस्

  • बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको जहाज दुर्घटना

    बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको जहाज दुर्घटना

    काठमाडौः नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको छ।  काठमाडौंबाट सामान लिएर गएको कल साइन एन ए ०४८ को जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको बाजुराका प्रहरी प्रमुख जगदीश भट्टले जानकारी दिए। भट्टले सिमीकोटमा अवतरण गर्ने भनिएपनि मौसम खराबी भएका कारण कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको बताए।  विमानमा चालक दलका सदस्य मात्र भएको हुन सक्ने प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठकः देउवालाई एमालेसँग सल्लाह गर्न सुझाव

    सर्वदलीय बैठकः देउवालाई एमालेसँग सल्लाह गर्न सुझाव

    काठमाडौँः सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएपछि अन्य दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग छुट्टै छलफल गर्न सुझाएका छन्।  संसद भवन नयाँबानेश्वरमा भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न सुझाएका हुन्।  बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सन्ध्यालाई भगाउन कसरत गर्दै अनुपविक्रम, ट्रेलरमा यस्तो आयो ‘कमलेको बिहे’

    सन्ध्यालाई भगाउन कसरत गर्दै अनुपविक्रम, ट्रेलरमा यस्तो आयो ‘कमलेको बिहे’

    काठमाडौं : विशुद्ध नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ। फिल्ममा अभिनेता अनुपविक्रम शाही फरक भूमिकामा देखिएका छन्। ट्रेलरमा अनुपविक्रम शाहिले निभाएको भुमिकालाई धेरैले वाहि वाहि’ दिएका छन्। खलपात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन्। उनले शास्त्री (पण्डित)को रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको…

    विस्तृतमा पढ्नुस्

  • झरीमा छाता ओढेरै काठमाडौँ महानगरका 'मेयर'को उत्सव

    झरीमा छाता ओढेरै काठमाडौँ महानगरका 'मेयर'को उत्सव

    काठमाडौँ : नेकपा एमालेले झरीका बीच काठमाडौँ महानगरमा विजय र्‍याली गर्दै उत्सव मनाएको छ। गत बैशाख ३१ गते भएको निर्वाचनमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका थिए। एमालेले महानगरको विजयलाई विभिन्न स्थानमा र्‍याली र कोणसभा गर्दै विजय उत्सवको रुपमा मनाउने गरेको छ।  मंगलबार एमालेले काठमाडौँ महानगरको बसन्तपुर क्षेत्रमा विजय उत्सव गर्‍यो। यद्यपी झरीका कारण उत्सव प्रभावित बन्यो। तर छाता…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरबाट छानविन टोली काठमाडौं फर्कियो, आयोगलाई भोलि प्रतिवेदन बुझाउने

    भरतपुरबाट छानविन टोली काठमाडौं फर्कियो, आयोगलाई भोलि प्रतिवेदन बुझाउने

    चितवनः चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न गठित टोलीले आज सरोकारवालासँग छलफल गरेको छ। निर्वाचन आयोगले गठन गरेको छानविन टोलीले राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारीलगायतसँग छलफल गरेको हो ।  काम सकेर टोली आजै काठमाडौं फर्किएको छ। टोलीका संयोजक गीताप्रसाद तिमल्सिनाले भोलि आयोगमा प्रतिवेदन बुझाउने जानकारी दिए।  टोलीले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले मतपत्र च्यातिएकोबारेमा निर्णय लिनेछ। भरतपुर महानगरको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले सोधे : कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ प्रधानमन्त्रीज्यू?

     ओलीले सोधे : कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ प्रधानमन्त्रीज्यू?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई 'प्रबल जनसेवा श्री' पदक दिने निर्णयको कडा आलोचना गरेका छन्।  काठमाडौं महानगरमा जित हात पारेपछिको विजय सभामा ओलीले सोधे – 'प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?' ओलीले 'डाडु पन्यू आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको बताए।  'यो…

    विस्तृतमा पढ्नुस्

  • फेरि निर्वाचनको मिति सार्ने कसरत, असार ८ वा १४ गतेमा छलफल

    फेरि निर्वाचनको मिति सार्ने कसरत, असार ८ वा १४ गतेमा छलफल

    काठमाडौँः सरकारले जेठ ३१ बाट सारेर असार ९ गतेका लागि पुर्‍याएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति पुनः सार्ने तयारी गरेको छ।  मुस्लिमहरुको पर्व रमजान परेको कारण पुनः मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको हो। एक महिनासम्म व्रत बसेर मनाईने रमजान अन्तर्गत ९ गते चौथो शुक्रबार पर्दछ। मुस्लिमहरुले शुक्रबार प्रार्थना गर्ने गर्दछन्। रमजान १२ गते सकिंदैछ भने १३ गते…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिम समुदायद्वारा निर्वाचनको मिति पुनर्विचार गर्न सरकारसँग माग

    मुस्लिम समुदायद्वारा निर्वाचनको मिति पुनर्विचार गर्न सरकारसँग माग

    काठमाडौंः मुस्लिम समुदायले असार ९ गतेको निर्वाचन सार्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै मुस्लिम प्रतिनिधिले असार ९ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनर्विचार गर्न माग गरेका हुन्। मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले निर्वाचन आयोग र अन्य दलसँग छलफल गरी माग सम्वोधन गर्ने आश्वासन दिएका छन्। प्रधानमन्त्रीले भने, ‘आज तपाईहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः ज्योतिषीलाई हेराएर निर्वाचनको मिति!

    प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः ज्योतिषीलाई हेराएर निर्वाचनको मिति!

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको निर्वाचको मिति १० दिन पर सार्दा सरकारले आफूहरुसँग कुनै सहमति नलिएको बताएका छन्। मंगलबार काठमाडौंमा एमालेको विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मौन बस्यो भन्दैमा सहमति दिएको भनेर नबुझ्न आग्रह गरे। उनले 'म कराएर भन्छु' भन्दै थपे, ‘एमालेले ९ गतेको निर्वाचन मितिमा कुनै सहमति गरेको छैन।’ अध्यक्ष ‌ओलीले  प्रधानमन्त्री पुष्पकमल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell