दक्षिण अफ्रिका अहिले वान डे क्रिकेटमा नम्वर वान टोली हो। उसका कप्तान ए बी डे भिलियर्स वान डे का नम्वर वान ब्याट्सम्यान। अब नम्वर वान बलर पनि दक्षिण अफ्रिकाकै बनेका छन्। दक्षिण अफ्रिकाका खागिसो रबाडा आइसीसीले जारी गरेको नयाँ वरीयतामा बलरको शीर्ष स्थानमा उक्लेका हुन्। सोमबार इंगल्याण्ड विरुद्धको थर्ड वान डे मा ४ विकेट लिएसँगै रबाडा ४ स्थान माथि उक्लदै…
काठमाडौः काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले जनताको शिर नझुकाउने गरि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलवार राजधानीमा भएको विजयी सभालाई सम्वोधन गर्दै शाक्यले आफूले चुनाव अघि प्रतिवद्धता गरेका कामहरु समयमा नै पुरा गर्ने बताए। उनले भने ‘चुनावमा भोट माग्न जादा जनतासामु जे जे प्रतिवद्धता र अपिल गरेको थिएँ ति पुरा गर्छु।’ मेयरमा निर्वाचित भएरसँगै आफूमा जिम्मेवारी थपिएको बताए। शाक्यले…
काठमाडौं : वर्षाले दोस्रो इनिङ्सको खेल अबरुद्ध पारेपछि पिएम कप क्रिकेटअन्तर्गत मंगलबार मध्यमाञ्चल र मध्यपश्चिमले १-१ अंक बाँडेका छन्। मध्यपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै मध्यमाञ्चलले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले अंब बाँडे। पानी पर्नुअघि जवाफी ब्याटिङ गरेको मध्यमाञ्चलले ४.२ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो। उसका…
काठमाडौं : नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगरिए संसदमा अवरोध गर्ने चेतावनी दिएको छ। एमाले संसदीय दलको बैठकले भरतपुरमा षड्यन्त्रपूर्ण ढंगले मतपत्र च्यातिएको जनाउँदै मतगणना सुचारु नगरिए सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको हो। संसदीय दलको बानेश्वरमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना गराउन एमालेले सडक र सदनमा डटेर सामना गर्ने बताए। ओलीले सांसदहरुलाई भने –…
काठमाडौं : यस वर्षकै प्रतिक्षित फिल्म 'ए मेरो हजुर-२' को दोस्रो गीत सार्वजनिक भएको छ। 'किनीदेउ न साँइला दाई' बोलको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहले नेपाली मौलिक पहिरनमा प्रस्तुत भएकी छन्। मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको देख्न सकिन्छ। यसअघी सार्वजनिक भएको गीतबाट साम्राज्ञीले राम्रै तारिफ पाइन्। यस गीतबाट पनि उनले प्रशंसा पाउन थालिसकेकी छिन्।…
राजेन्द्र आचार्य - चितवन : नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगराएपछि मुख्य निर्वाचन अधिकृतलाई तारो बनाएको छ। भरतपुर पुगेका एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचन अधिकृत विरुद्ध धम्कीपूर्ण भाषण गरेका हुन्। भरतपुरको रोकिएको मतगणनालाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ। एमाले महासचिव ईश्वर पोखरेलले भरतपुरको मतगणना स्थल बाहिर भने – ‘निर्वाचन अधिकृत चिनिराख्नुहोला। कसको दाना पानी खाएर चलिराख्नु भएको छ।…
काठमाडौं : हिमालयन शेर्पा र नेपाल पुलिसले ललित स्मृती यू-१८ च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। मंगलबार भएको समूह सी को खेलमा हिमालयन शेर्पाले जावालाखेल युथ क्लबलाई ४-३ ले पराजित गर्यो। यस्तै समूह डी मा पुलिसले ब्रिगेड ब्वाइजलाई १-० ले हरायो। अभिनास तामाङले ह्याट्रिक गरेपछि हिमालयन शेर्पाले जावालाखेलमाथि रोमाञ्चक जित हिसल गरेको हो। इन्जुरी टाइममको दोस्रो मिनेटमा अभिनासले निर्याणक गोल गर्दै…
राजेन्द्र आचार्य चितवनः गतवर्ष जेठ २२ गते नेपाल महिला संघ चितवनको अध्यक्ष बनेकी पार्वती शाह झण्डै एक वर्ष पुग्नै लाग्दा उनी भरतपुर महानगरको उपमेयर बन्ने निश्चित भएको छ। मेयरमा देवी ज्ञवाली र रेणु दाहालकाबीच तीव्र प्रतिस्पर्धा भइरहँदा शाहको भने लगभग जित निश्चित भएको छ। शाह यतिवेला ६ हजार ३ सय ९९ मतले अगाडि छिन् । अब दुई वडामा ६…
काठमाडौं : बजेट निर्माणमा जुटेका अर्थमन्त्री कृष्णबहादुर महरा सुक्खा रोटी र फलफूलका भरमा राति ११ बजेसम्म अर्थ मन्त्रालयमा बस्नेगरेका छन्। विहान ६ बजेदेखि नै बजेट निर्माणमा सक्रिय भएका महरालाई सरकार परिवर्तनपछि पनि दोहोर्याउने मुडमा बजेट निर्माणमा जुटेका हुन्। उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत अर्थमन्त्रीका रुपमा निरन्तरता दिन प्रचण्डले ग्रिनसिग्नल दिइसकेका छन्। 'उहाँ विरामी हुनुभएकोले सुक्खा रोटी, तरकारी र फलफूल…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनले नै लोकतन्त्र सुदृढ र बलियो बनाउन सक्ने विश्वास गरेकी छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको जगलाई निर्वाचनले मात्र बलियो बनाउन सक्ने बताएकी हुन्। हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुत र संस्थागत गर्न मद्धत पु¥याएको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले विश्वास…
भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो। नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन। धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन्। पानीमा डुबेर घाइते अवस्थामा रहेकी…
काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपतिका सन्तति नै राज्यले दिने मान पदवीबाट सुशोभित भएको आलोचना सेलाउन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई राज्यले सुप्रवल जनसेवाश्रीबाट सुशोभित गर्ने भएको छ। दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रधानमन्त्री पुत्र प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचीमा छ। पदक घोषण भए पनि प्राप्त गर्न केही समय लाग्नेछ। प्रधानमन्त्री पुत्र…
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ को लागि बजेट पेश गर्दैछ। अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष बजेट पेश गर्न लागेका हुन्। कामचलाउ सरकारले ल्याउने बजेट भएकाले यस वर्षको बजेटमा खासै नयाँ कार्यक्रमको अपेक्षा भने गरिएको छैन। बजेटको आकार १२ खर्बको हाराहारीमा हुनेछ। राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ ११ खर्ब ५६ अर्बको सीमा तोकेको थियो। संसद र प्रदेशको निर्वाचनका लागि करिब…
चितवन : नेकपा एमालेले भरतपुर महानगरपालिकाको स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरेको छ। एमालेको चितवन जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरेर मतगणना सुचारुको माग गरेको हो। एमाले जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोखरेलले पुन: मतदान गराउने षड्यन्त्र भैरहेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताए। 'निर्वाचन आयोगलाई तत्काल मतगणनाका लागि आग्रह गर्दछौँ', पोखरेलले पत्रकार सम्मेलनमा भने, 'मतदानबाट भएको अभिमत अस्वीकार गर्ने र…
उत्तर कोरियाले फेरी अर्को व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। परीक्षण गरेको उक्त मिसाइल जापान सागरमा झरेको थियो। उत्तर कोरियाले लगातार मिसाइन परिक्षण गरिरहेको छ। पछिल्ला तीन हप्तामा उसले लगातार प्रत्येक हप्ता मिसाइल परिक्षण गर्ने क्रममा यो तेस्रो मिसाइल परिक्षण हो। अन्तर्राष्ट्रिय दबावबीच पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेका छ। यो बर्ष परीक्षण भएको यो नवौं मिसाइल परीक्षण हो।
काठमाडौँ: आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालले आफुले पाएको पदक नलिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा पदकका विषयलाई लिएर आलोचना भएपछि दाहालले पदक नलिने घोषणा गरेका छन्। फेसबुकमा लेख्दै उनले भनेका छन् ‘गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु। पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन ।…
काठमाडौँ : मध्यरातमा भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनालाई लिएर निर्वाचन आयोगको बैठक बसेको छ। आयोग कार्यालयमा बैठक जारी छ। करिव अन्तिम अवस्थामा मतगणना भइरहेको बेला आइतबार मध्यरातमा भरतपुर महानगरको मतगणनाका क्रममा बुथ प्रतिनिधिले नै मतपत्र च्यातेको आरोप एमाले र माओवादी केन्द्रले एक अर्कालाई लगाएका छन्। मतपत्र च्यातिएपछि मतपेटका सिल गरी राखिएको छ। दुई वडा बाँकी रहेको अवस्थामा मतपत्र च्यातिएको हो।…
काठमाडौँ : राजनीतिक विश्लेषक झलक सुवेदीले सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदान गरेको पदकले सार्वजनिक अपमान भएको टिप्पणी गरेको छन्। गणतन्त्र दिवसमा सुवेदीलाई सरकारले 'सुप्रबल जनसेवाश्री' पदक प्रदान गर्ने निर्णय गरेको थियो। सुवेदीको नाम सुप्रबल जनसेवाश्री पाउने ११४ नंम्बरको सूचीमा रहेको छ। सुवेदीले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् – कोही मेरो नाम गरेकोले मानपदवि पायो रे मलाई दिइएको हो भने…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थिरताको ढोका खुलेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले अब हुने दोस्रो चरणको निर्वाचनपछि नेपालले राजनीतिक स्थिरता र विकासको क्षेत्रमा छलाङ मार्ने बताए। उनले पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवको रुपमा सम्पन्न गर्न सवै क्षेत्रबाट साथ र सहयोग…
चितवनः नेपाली कांग्रेसले भरतपुर वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ । कांग्रेस चितवन अध्यक्ष जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गरी कांग्रेस माओवादी गठवन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले वडा नम्बर १९ को मतपरिणामलाई असर पार्ने गरी च्यातिएको हुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम…