PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

  • संसदमा आजदेखि बजेट छलफल

    संसदमा आजदेखि बजेट छलफल

    काठमाडौँ : आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेटमा आजदेखि संसदमा छलफल हुँदैछ। सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको वार्षिक बजेट र करको दर निर्धारण सम्वन्धी विधेयकमा आजदेखि छलफल हुँदैछ। संसद् सचिवालयले बजेट छलफलको प्रस्तावित कार्यसूची प्रकाशन गरिसकेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएको प्रकरणलाई लिएर सदनमा कडा रुपमा प्रस्तुत हुने बताउँदै आएको छ। एमालेले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन पुनः पाँच दिन सर्‍यो, असार १४ गते दोस्रो चरणको चुनाव

    निर्वाचन पुनः पाँच दिन सर्‍यो, असार १४ गते दोस्रो चरणको चुनाव

    काठमाडौँ: मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति पुनः पाँच दिन सारेको छ। असार १४ गते दोस्रो चरणको निर्वाचन गर्ने बुधबार बिहानको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो। जेठ ३१ गतेका लागि तय भएको निर्वाचन असार ९ गतेसम्म सारिएको दुई दिनपछि नै सरकारले पुनः निर्वाचनको मिति पाँच दिन सारेको हो। असार ९ गतेको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा असार १४ गतेका लागि सारिएको…

    विस्तृतमा पढ्नुस्

  • विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालको अर्को जित

    विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालको अर्को जित

    काठमाडौं : जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालले जित हात पारेको छ। महिला डबल्समा नेपालका नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङको जोडीले डोमिनिकन रिपब्लिकलाई ३–० ले पराजित गरेको नेपाली टोलीसंगै जर्मनीमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन्। यसअघि मिक्स डबल्समा नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० हराएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • सहमतीय सरकार गठनको समय सकिँदै, राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

    सहमतीय सरकार गठनको समय सकिँदै, राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ: सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज सकिँदैछ। सरकार गठनको समयसीमा सकिए पनि प्रमुख राजनीतिक दलहरु सरकार गठनका विषयमा छलफल गर्न एक ठाउँमा बस्न सकेका छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक आह्वान गरे पनि पत्रको भाषामा नै असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल एमाले बैठकमा सहभागी भएन। एक साताको समयमा प्रमुख दल सहमतीय सरकार गठनको…

    विस्तृतमा पढ्नुस्

  • झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार तय

    झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार तय

    काँकडभिट्टा : झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ। झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको हो। गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सुतेकै अवस्थामा दुईजना मृत फेला

    सुतेकै अवस्थामा दुईजना मृत फेला

    मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन्। शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वका चर्चित सय खेलाडी, रोनाल्डो एक नम्वरमा, क्रिकेटबाट ४ खेलाडी मात्र

    यी हुन् विश्वका चर्चित सय खेलाडी, रोनाल्डो एक नम्वरमा, क्रिकेटबाट ४ खेलाडी मात्र

    रियल मड्रिडबाट व्यावसायीक फुटबल खेल्ने पोर्चुगिज खेलाडी विश्वकै सबैभन्दा चर्चित खेलाडी चुनिएका छन्। ब्रोडकास्टर कम्पनी इएसपिएनले जारी गरेको 'हन्ड्रेड फ्यामस एथ्लेट'को सूचीमा रोनाल्डोले बास्केटबल स्टार लेब्रोन जेम्स र फुटबलकै लियोनल मेसीलाई पछि पारेका हुन्। जेम्स दोस्रो तथा बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार मेसी तेस्रो स्थान छन्। सय चर्चित खेलाडीको सूचीमा फुटबलका खेलाडीको वर्चस्व रहदा क्रिकेटबाट ४ खेलाडी मात्र अटाएका छन्। फुटलबाट ३८ खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र संसदीय दलको समीक्षा : प्रचण्ड सफल प्रधानमन्त्री

    माओवादी केन्द्र संसदीय दलको समीक्षा : प्रचण्ड सफल प्रधानमन्त्री

    काठमाडौं : माओवादी केन्द्रको संसदीय दल बैठकले वर्तमान सरकारको कार्यकालको समीक्षा गर्दै प्रचण्ड सफल प्रधानमन्त्री भएको निष्कर्ष निकालेको छ। पहिलो चरणको निर्वाचन गरी संविधानको सफल कार्यान्वयन, मधेश समस्याको समाधानका लागि गरेको प्रयासको सफलता स्वरुप राष्ट्रिय मधेश समाजवादी पार्टी समेत दोस्रो चरणको चुनावमा सहभागी भएको, लोडसेडिङको समस्या समाधानमा सफल भएको तथा गठबन्धनलाई कुशलतापूर्वक हाँक्न सफल भएको भन्दै संसदीय दल बैठकले प्रधानमन्त्री सफल…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा भएको बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

    मकवानपुरमा भएको  बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

    हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मतगणना सुरु नभए आफै विजयी भएको घोषणा गर्छौं : एमाले

    मतगणना सुरु नभए आफै विजयी भएको घोषणा गर्छौं : एमाले

    काठमाडौं : भरतपुर महानगरपालिकाको रोकिएको मत गणना सुरु गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ।  यसअघि प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावलाई इस्यु बनाउँदै सरकारको नीति तथा कार्यक्रमअघि र पछिसमेत अवरोध गरेको नेकपा एमालेले निर्वाचन आयोगसँगको असन्तुष्टि संसद अवरोध गरेर पोखेको हो।  भरतपुरमा मतपत्र च्यातिएका कारण स्थगित भएको मत गणना तत्काल सुरु गर्नुपर्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • महानगरका मेयर विद्यासुन्दरले लिए सपथ

    महानगरका मेयर विद्यासुन्दरले लिए सपथ

    काठमाडौं : काठमाडौं महानगरका नव निर्वाचित प्रमुख, उप प्रमुख, वडा अध्यक्ष तथा सदस्यले आज सपथ ग्रहण गरेका छन्। काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई सपथ ग्रहण गराएपछि बाँकी सबै निर्वाचित पदाधिकारीलाई मेयर शाक्यले सपथ ग्रहण गराएका हुन्।  प्रमुख निर्वाचन अधिकृत अधिकारीले बिजयी सबैलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए।  काठमाडौं महानगरपालिकाको मतगणना भएको स्थल राष्ट्रिय सभागृहमा सपथ ग्रहण कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सुरेन्द्र पाण्डेको झुटो बयान

    संसदमा सुरेन्द्र पाण्डेको झुटो बयान

    काठमाडौं : भरतपुर महानगरपालिकाको मत गणनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् सुरेन्द्र पाण्डेले संसदमा झुटो अभिव्यक्ति दिएका छन्।   'हाम्रो मत गणनाको कार्यविधि र नियमावलीले त्यस्ता मतपत्र तुरुन्त गन्न सकिने व्यवस्था गरेको छ। र, च्यातिएका मतपत्र जोडेर हेर्ने व्यवस्था गरेको छ,' अवरुद्ध गर्नुअघि संसदलाई सम्बोधन गर्दै पाण्डेले भने, 'निर्वाचन आयोगले त्यो कुरा निर्देशन गरेर पठाएको छ।' के…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणलाई बन्दै वातावरण, राजपाले फिर्ता लियो बन्द 

    दोस्रो चरणलाई बन्दै वातावरण, राजपाले फिर्ता लियो बन्द 

    काठमाडौं : दुई पटक मिति सारिएको स्थानीय तहको निर्वाचन होला या नहोला भन्ने संशयकै बीच राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्व घोषित बन्द फिर्ता लिएको छ। संविधान संशोधनलाई एकमात्र शर्त बनाइरहेको मधेश केन्द्रित दलले दोस्रो चरणको निर्वाचन विथोल्नेगरी आन्दोलन र बन्दसम्मको घोषणा गरेको थियो। मधेश मुद्दामा केन्द्रित रहेर राजनीतिमा उत्रिएको राजपालाई मनाउन सरकारले पूर्व निर्धारित चुनावको मितिसमेत सारेको थियो।  बिजुली बजार स्थित…

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : शौरभ र बलरले जितायो पश्चिमाञ्चललाई, मध्यमाञ्चल ९५ रनले पराजित

    पिएम कप क्रिकेट : शौरभ र बलरले जितायो पश्चिमाञ्चललाई, मध्यमाञ्चल ९५ रनले पराजित

    काठमाडौं : शौरभ खनालको आक्रामक ब्याटिङ तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पश्चिमाञ्चलले पिएम कप क्रिकेटमा बुधबार मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ। २०३ रनको लक्ष्य पछ्याएको शरद भेषावकरको टिम मध्यमाञ्चल ४०.३ ओभरमा १०७ रनमै अलआउट भयो। जितपछि समूह ए मा पश्चिमाञ्चलले २ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। पश्चिमाञ्चल पहिलो खेलमा एपीएफसँग पराजित भएको…

    विस्तृतमा पढ्नुस्

  • 'मैले देखेको दरबार' मा आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने

    'मैले देखेको दरबार' मा आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने

    काठमाठौं : पूर्व सैनिक रथी विवेक कुमार शाहद्वारा लिखित राजदरबारसँग सम्बन्धित चर्चित पुस्तक 'मैले देखेको दरबार' माथि आशुसेन फिल्मसले 'दीपेन्द्र सरकार' फिल्म निर्माण गर्ने भएको छ। निर्माण युनिटले बुधबार दरबारमार्गस्थित याक एण्ड यती होटेलमा पत्रकार सम्मेलन उक्त फिल्म निर्माण गर्ने घोषणा गरेको हो। यस्तै उक्त फिल्ममा महाराजधिराज दीपेन्द्र शाहको भुमिकामा अभिनेता प्रदीप खड्का देखिने भएका छन्। सोही कार्यक्रममा उनलाई दीपेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथामा अक्सिजन चोरको बिगबिगी

    सोलुखुम्बु : अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ।  उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ।       विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन…

    विस्तृतमा पढ्नुस्

  • ५ फोटोमा हेर्नुस् दीपेन्द्र सरकारको भूमिकामा देखिँदै नायक प्रदीप खड्का

    ५ फोटोमा हेर्नुस् दीपेन्द्र सरकारको भूमिकामा देखिँदै नायक प्रदीप खड्का

    काठमाडौं : बुधबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा राजाको भेषमा कोही भेटिए। राजतन्त्र हटेर गणतन्त्र आइसकेको अवस्था देखिएका यी राजा भेषधारी व्यक्ति वास्तविक राजा भने थिएनन्। 'दीपेन्द्र सरकार' नामक फिल्ममा अभिनय गर्नका लागि दीपेन्द्रकै भेषमा देखिएका थिए प्रदीप खड्का। यसअघि प्रेमगीत र प्रेमगीत-२ मा अभिनय गरिसकेका प्रदीपको यो तेस्रो फिल्म हो। अर्को संयोग यसअघिका दुवै फिल्म आशुसेन फिल्मसले निर्माण गरेको थियो। यो तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्डले हाले उखान :  अरुले पिठो बेचे, हामी चामल पनि बेच्न नसक्ने?

    प्रम प्रचण्डले हाले उखान :  अरुले पिठो बेचे, हामी चामल पनि बेच्न नसक्ने?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले चामल समेत बेच्न नसकेको बताएका छन्।   बुधवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसक्दा 'कामै नगर्नेहरुले चर्चा बटुलिरहेको' बताए।  ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्त्व राख्ने र इतिहासमा मानक सिद्ध…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो  कक्षा ११ को परीक्षा मिति, अब असार १ मै हुने

    फेरि सर्‍यो  कक्षा ११ को परीक्षा मिति, अब असार १ मै हुने

    काठमाडौं :  दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा असार ८ गतेदेखि संचालन गर्ने निर्णय गरेको थियो। दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेबाट असार १४ गते सारिएको कारण राष्ट्रिय परीक्षा बोर्डले पनि कक्षा ११ को परीक्षा फेरि असार १ नै गराउने निर्णय गरेको छ।   दोस्रो चरणको निर्वाचन मिति सरेका कारण राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • विश्व टेबलटेनिस च्याम्पियनसिपमा शिव सुन्दरको जित

    विश्व टेबलटेनिस च्याम्पियनसिपमा शिव सुन्दरको जित

    काठमाडौं : नेपालका शिवसुन्दर गोथेले जर्मनीको दसलदर्फ भइरहेको विश्व टेबलटेनिस च्याम्पियनसिपको पुरुष सिंगल्समा जित हात पारेका छन्। च्याम्पियनसिपअन्तर्गत लिग खेलमा शिवले आइभरी कोस्टका कौडजो यान इमान्युएललाई ४–० को सोझो सेटमा पराजित गरेको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन्। शिवले यसअघिका दुवै खेल सोझो सेटमा हारेका थिए। समूहमा उनी तेस्रो भए।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell