PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

  • भारत विरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा

    भारत विरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा

    काठमाडौं : भारत विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गत यही मंगलबार नेपाल र भारतबीच मुम्बईमा मैत्रीपूर्ण खेल हुँदैछ। मुख्य प्रशिक्षक ग्योतोकु कोजीले एएफसी कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध खेलेको टोलीमा केही परिवर्तन गरेका छन् भने विमल बस्नेत र हेमन्त थापा मगरलाई भारत विरुद्ध खेल्ने टोलीमा समावेश गरिएको…

    विस्तृतमा पढ्नुस्

  • संसद खोल्न आग्रहसहित ओलीकहाँ पुगे कमल थापा

    संसद खोल्न आग्रहसहित ओलीकहाँ पुगे कमल थापा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी प्रधानमन्त्री चुनावलाई अवरोध नगर्न सुझाव दिएका छन्। अध्यक्ष थापा एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर भरतपुरको मत गणना रोकिनु र संसदमा हुने प्रधानमन्त्री चुनाव फरक-फरक प्रक्रिया भएको भन्दै एकले अर्कोलाई प्रभावित गर्न नहुने बताएका हुन्।  एमालेको आयोजनामा विपक्षी गठबन्धनको बैठक जारी रहेकै बेला त्यहाँ पुगेका…

    विस्तृतमा पढ्नुस्

  • पाँच किलो चरेससहित वीरगञ्जबाट एक भारतीय पक्राउ

    पाँच किलो चरेससहित वीरगञ्जबाट एक भारतीय पक्राउ

    वीरगञ्जः पाँच किलो चरेससहित एक भारतीय युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज भन्सार क्षेत्रबाट भारत बिहार मुज्जफरपुरका २५ वर्षीय कृष्ण बर्मालाई पक्राउ गरेको हो। झोलामा चरेस राखेर रक्सौलतर्फ जाने क्रममा उनी पक्राउ परेका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चयन रोक्न विपक्षी गठबन्धन एक

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले सूचना टाँसेर प्रधानमन्त्री चुनावको कार्यतालिका ल्याउन नपाउने बताएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन बैठकले सूचना टाँसेको भरमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका नल्याउन सभामुखलाई चेतावनी दिएको हो।  नेकपा एमाले संसदीय दलको कार्याल सिंहदरबारमा बसेको गठबन्धनको बैठकले सूचना टाँसेर प्रधानमन्त्री चुनावको कार्यतालिका ल्याए त्यसलाई प्रतिरोध गर्ने निर्णय गरेको छ। …

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : एपीएफ सेमिफाइनलमा

    काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ राजधानीमा जारी पिएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा मध्यपश्चिमलाई ५ विकेट पराजित गर्दै विभागीय टोली सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो। यसअघि नै समूह ए बाट पश्चिमाञ्चल दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। समूहमा जितविहिन रहेका मध्यपश्चिम र मध्यमाञ्चल भने बाहिरिसकेका छन्। अब समूह चरणमा एपीएफ र मध्यमाञ्चल बीच खेल…

    विस्तृतमा पढ्नुस्

  • अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

    अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

    काठमाडौं : अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्।  कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो। लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरेलगायतका उजुरीका…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ च्याम्पियनसिप : फ्रेण्ड्स र च्यासलको सजिलो जित

    ललित स्मृति यू-१८ च्याम्पियनसिप : फ्रेण्ड्स र च्यासलको सजिलो जित

    काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लबले सजिलो जित हासिल गरेका छन्। एन्फा कम्प्लेक्समा भएको समूह ए को खेलमा च्यासलले सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले हरायो।  च्यासलका लागि सुसन श्रेष्ठले १९औं तथा सन्नी ब्यनजनकारले ५२औं मिनेटमा गोल गरे। जितपछि समूह ए मा च्यासलले २ खेलबाट ४ अंक जोडेको छ। यस्तै समूह…

    विस्तृतमा पढ्नुस्

  • ५ लाख नगदसहित जुवा खाल संचालक प्रकाउ

    काठमाडौं : ललितपुरको सानेपामा संचालित एक जुवा खालमा प्रहरीले छापा मारेको छ। छापा मार्दा प्रहरीले खाल संचालक तारा शर्मा रिजाल र कपिलनाथ पाललाई पक्रेको केन्द्रीय अनुसन्धान व्युरोका एसपी मीरा चौधरीले जानकारी दिइन्।  प्रहरीले खालबाट करिब पाँच लाख नगद र हजारौ बराबरको 'क्यासिनो क्वाइन' बरामत गरेको हो। मुख्य खाल संचालक रमेश अग्रवाल भने फरार छन्।

    विस्तृतमा पढ्नुस्

  • पोखरा पुगेर प्रधानसेनापतिले भने–नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन

    पोखरा पुगेर प्रधानसेनापतिले भने–नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन

    पोखराः प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन्।   पोखराको फुलबारी ब्यारेकमा पश्चिमाञ्चल भूपु सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेना जस्तोसुकै जोखिम मोल्न तयार रहेको बताए। पछिल्लो समय राजनीतिको बहानामा मुलुकमा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको भन्दै क्षेत्रीले यसो गरिरहँदा नेपाली सेना चुप लागेर बस्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल फिफा वरीयतामा ४ स्थान माथि

    नेपाल फिफा वरीयतामा ४ स्थान माथि

    काठमाडौं : फिफा वरीयतामा नेपाल चार स्थान सुधार गर्दै १६९औं स्थानमा उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालले चार स्थान फड्को मारेको हो। दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत सयौँ स्थानमा यथावत छ। माल्दिभ्स चार स्थान तल झर्दै १५६औं तथा भुटान दुई स्थान तल झर्दै १६६औं स्थानमा छ। यस्तै दुई स्थान सुधार गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र-देवयानी ११ वर्ष लामो प्रेम, यसरी तयार भएको थियो दरबार हत्याकान्डको पृष्ठभूमी

    दीपेन्द्र-देवयानी ११ वर्ष लामो प्रेम, यसरी तयार भएको थियो दरबार हत्याकान्डको पृष्ठभूमी

    २०५७ साल। युवराज दीपेन्द्र वीरविक्रम शाह आर्मी ट्रेनिङ लिइरहेका थिए। प्याराजम्प ट्रेनिङका लागि उनको पहिलो दिन सुरु हुँदै गर्दा उनले फोनमा भने, 'जब मलाई तिमी आफ्ना हातले बनाएको ब्रेकफास्ट खुवाउँछौ, तब मात्रै प्याराजम्प गर्छु।' फोनको अर्को छेउमा थिए देवयानी राणा।  राजदरवारको सूचना ब्रेक गर्न माहिर जनआस्था साप्ताहिकको ६ असार २०५८ मा छापिएको रिपोर्टिङअनुसार देवयानीले ब्रेकफास्टसहित दीपेन्द्रलाई विमानस्थलमा भेटिन्। ब्रेकफास्ट लिएपछि…

    विस्तृतमा पढ्नुस्

  • काबुल आत्मघाती आक्रमण मृतकको संख्या ८० पुग्यो

    काबुल आत्मघाती आक्रमण मृतकको संख्या ८० पुग्यो

    काबुल: अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थान लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । स्थानीय समय अनुसार ८ः३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन्। भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको दूतावास अवस्थित…

    विस्तृतमा पढ्नुस्

  • नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

    नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

    खोटाङ: स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ। गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो। जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ। ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् झाडु बोकेर सडकमा ओर्लिए काठमाडौँका मेयर उपमेयर

    फोटोमा हेर्नुस् झाडु बोकेर सडकमा ओर्लिए काठमाडौँका मेयर उपमेयर

    काठमाडौँ: धुलो र धुँवामा रुमालिएको काठमाडौँ। सार्वजनिक सवारीदेखि पैदल यात्रुसम्मको दैनिकी निकै कष्ठकर छ। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरका नेतृत्वका प्रत्यासी सवैको साझा कामको सूचीमा धुलो धुँवामुक्त काठमाडौंले पनि प्राथमिकता पाए। २० वर्षपछिको निर्वाचनबाट महानगरले नयाँ नेतृत्व पायो। मेयर उपमेयरसहितका १६२ जनप्रतिनिधिले बुधबार शपथ ग्रहण गरे। र, बुधबारबाटै दैनिक कामकाज सञ्चालन गरे। जनप्रतिनिधिले शपथ ग्रहण गरसँगै काठमाडौँमा ‘क्लिन सिटी’ अभियान सञ्चालनको…

    विस्तृतमा पढ्नुस्

  • सहमतीय सरकार गठनको समय सकियो, आजदेखि बहुमतीय प्रक्रिया

    सहमतीय सरकार गठनको समय सकियो, आजदेखि बहुमतीय प्रक्रिया

    काठमाडौँ: सहमतीय सरकार गठनको समयसीमा सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई सहमतीय सरकार गठनका लागि जेठ ११ गतेदेखि ७ दिनको समय दिएकी थिइन। उक्त समयसीमा बुधबार मध्यरातबाट सकिएको हो। सात दिनको समयसीमा सकिनुअघि बुधबार राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी थिइन्। सर्वदलीय बैठकमा दलहरुबाट सहमतीय सरकार गठनमा थप पहल जारी राख्ने प्रतिबद्धता पाउन नसकेपछि बहुमतीय सरकार गठन आह्वानको…

    विस्तृतमा पढ्नुस्

  • नेविससंघका पूर्व महामन्त्री भुर्तेलको निधन

    नेविससंघका पूर्व महामन्त्री भुर्तेलको निधन

    काठमाडौँ: नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो। अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविससंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए। भुर्तेलको निधनले नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए। रासस…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा १८ मन्त्रालय रहने पुनःसंरचना समितिको प्रतिवेदन

    केन्द्रमा १८ मन्त्रालय रहने पुनःसंरचना समितिको प्रतिवेदन

    नारायण न्यौपाने काठमाडौँ: अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ। राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्यविस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तर्राष्ट्रिय अभ्यास र संविधानको अनुसूचीमा उल्लिखित अधिकार सूची तथा समान कार्य प्रकृतिका आधारमा सङ्घमा १८ मन्त्रालयको प्रस्ताव गरिएको उल्लेख गरिएको छ। हाल केन्द्रमा राष्ट्रपति,…

    विस्तृतमा पढ्नुस्

  • फिल्म लाल्टिनको गीत 'ह्विस्की' सार्वजनिक

    फिल्म लाल्टिनको गीत 'ह्विस्की' सार्वजनिक

    काठमाठौं : फिल्म लाल्टिनको नयाँ गीत ह्विस्की भिडियो सहित सार्वजनिक भएको छ। बुधबार युट्युवमार्फत फिल्म युनिटले उक्त गीत सार्वजनिक गरेको हो। गीतमा विनोद ढका, सोमिया बराइँली र किरण माइकलले स्वर दिएका छन् भने सगीत विनोद र किरणसँगै धिरज पौडेलले दिएका छन्। देव कुमार श्रेष्ठले निर्देशन गरेको यस फिल्ममा निर्जन थापा र राज कटुवालले डेब्यु गर्दैछन्। फिल्ममा दयाहाङ राई, प्रियका कार्की,…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी विवाद मुद्दा सात सदस्यीय इजलासमा, बेञ्चबाट देवेन्द्र गोपाल आउट पुरुषोत्तम इन

    आइजिपी विवाद मुद्दा सात सदस्यीय इजलासमा, बेञ्चबाट देवेन्द्र गोपाल आउट पुरुषोत्तम इन

    काठमाडौँ: सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्वन्धी मुद्दामा आज पुनः पेसी तोकेको छ। पछिल्लो एक महिनादेखि ५ पटक दैनिक तथा साप्ताहिक पेसी सूचीबाट स्थगित भएको मुद्दाको सुनुवाइका लागि सात सदस्यीय बृहद् पूर्ण इजलास गठन गरिएको छ। इजलासको नेतृत्व न्यायाधीश चोलेन्द्रशमशेर जवरालाई दिइएको छ। यसअघि न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठलाई नेतृत्व दिइए पनि सरकारी वकिलहरुले निवेदक डिआइजी नवराज सिलवाल र श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • विरामीको मृत्युपछि चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड

    विरामीको मृत्युपछि चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड

    चितवन: चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड गरिएको छ। आइसियुमा उपचाररत एक विरामीको मृत्यु भएपछि आफन्तले आइसियु कक्ष तोडफोड गरेका हुन्। तोडफोडका क्रममा एक जना घाइते भएका छन्। सिसा फुटाउने क्रममा उनी घाइते भएका हुन्।  दुर्घटनामा परी उपचारका लागि गत शुक्रवार अस्पताल पु¥याइएका १८ वर्षका रोहन लामाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीका कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell