बैतडी : बैतडीमा एकसय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ। मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। 'साण्विकका वडा तथा गाविस नयाँ संरचनाअनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,' उनले भने– 'साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर…
काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन्। गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज काठमाडौँमा आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। डा कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए।…
काठमाडौँ : अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ। अनेरास्ववियुका कावा अध्यक्ष रश्मी आचार्यको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी गराए। लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउँदा दबाब दिनका लागि…
काठमाडौँ : व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले विशेष आर्थिक क्षेत्र ऐन (सेज) अन्तर्गत स्थापना भइसकेका भैरहवा विशेष आर्थिक क्षेत्र र स्थापनाका क्रममा रहेका अन्य क्षेत्रमा विद्युत् उपलब्ध गराउने कार्यमा ऊर्जा र उद्योग मन्त्रालयलाई…
काठमाडौं : नेपालले आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार नेपालले टिम इभेन्टको पुरुषमा स्वर्ण र महिलामा रजत जितेको हो। भारतको मेघालयस्थित सिलोङमा भएको पुरुष टिम इभेन्टमा नेपालले भुटान र भारतलाई समान ३–० को नतिजामा पराजित गर्यो। नेपाली पुरुष टिममा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणि लामा,…
म्याग्दी : आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ। जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन ती मतदानस्थल निर्धारण गरेको हो। जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल ७२ वटा रहेपनि मतदाता संख्याका आधारमा मतदान केन्द्र निर्धारण गरिने जानकारी दिए। नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र…
सोलुखुम्बु : आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसबासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन्। गत शुक्रबार नै ¥यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा तिंला स्वायक्त गाउँपालिका लेखिएको बोर्ड राखेका स्थानीयवासीले बिहीबार बिहान ७ बजे सोही भवनको परिसरमा भेला भएर त्यहाँबाट नाराबाजी गर्दै करिब ४ घन्टामा सदरमुकाम आइपुगेका थिए। …
बैतडी : शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले केन्द्रबाट उद्घाटनका लागि कोही नआएकाले प्रयोगविहीन भएको बताए। ‘माथिबाट उद्घाटनका लागि आउने तयारी भएको छ’, उनले भने ‘छिट्टै प्रहरी नवनिर्मित भवनमा सर्छ।’…
लन्डन : इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ। आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो। अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, ‘आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।’ …
काठमाडौं : ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ग्रुप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ । सार्वजनिक गरिएको एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको कम्पनीले जनायो। कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्गल सहितको ग्रुप सेल्फी क्यामेरा उपलब्ध गराएको हो । पहिलो चरण अन्तर्गत भारतलगायत ईन्डोनेशिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा कार्यक्रम आयोजना गरी कम्पनीले नयाँ फोन सार्वजनिक…
राजविराज : संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले सप्तरी घटनाको स्थलगत अध्ययन सुरु गरेको छ। नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीको मलेठमा प्रहरीसँगको झडप सम्बन्धमा उपसमितिले स्थलगत अनुसन्धान सुरु गरेको हो। घटनामा परी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु एवम् घाइते भएका घटनाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गर्न समितिका संयोजक सांसद् मोख्तार अहमदको नेतृत्वमा सांसदको टोलीले घटनास्थल मलेठस्थित…
नवलपरासी : नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत…
भोजपुर : आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ। राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए। स्थानीय तह पुनर्संरचना भएसँगै भोजपुर जिल्लाका दुई नगरपालिका – भोजपुर र षडानन्द नपा र सात गाउँपालिका क्रमशः साल्पा–सिलिचो, टेम्के–मैयूँ, पौवा–दुम्मा, अरुण, हतुवागढी,…
काठमाडौं : धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र…
मुस्ताङ : वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त संख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए। ‘धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणका लागि गैर आवासीय नेपाली संघलाई स्वीकृति प्रदान गरेको छ। प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबार बसेको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने शर्तमा संघलाई नमूना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो। प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिव…
मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ। सुरुङभित्र खन्न प्रयोग गरिने साधन ट्यारेक्सको पन्चर भएको टायरलाई मर्मत गरी पुनः हावा भर्ने क्रममा एक्कासी टायर पड्किन गई हावाको झोक्काले उछिटिृँदा मकवानपुर जिल्ला भीमफेदी घर भई सुरुङको ग्यारेजमा कार्यरत ४९ वर्षीय रमेश थापामगरको बिहीबार मृत्यु भएको र आवश्यक अनुसन्धान जारी…
बैतडी : बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन्। मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार बिहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिइन्। जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भनिन् 'आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ।' …
काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म रहेका छन्। फिल्म 'लप्पन छप्पन' र 'निर्भय' आजबाट देशभर प्रदर्शनमा आएका हुन्। मुकुन्द भट्ट निर्देशित सस्पेन्स ड्रामा हो लप्पन छप्पन। फिल्मले ग्याङ्स्टरको कथा बोल्छ। जहाँ पात्रहरु धैरै पैसा कमाउने होडमा हुन्छन्। ७५ प्रतिशत छायांकन युरोपमा गरिएको फिल्मले विदेशी जीवनशैलीमा ढलेका नेपाली युवाहरुलाई प्रस्तुत गरेको छ। यो एक्शन, सस्पेन्स फिल्ममा वर्षा शिवाकोटी,…
काठमाडौँ : सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो। सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। जिल्ला…