PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • नुवाकोटको झिल्टुङमा शनिबार क्रस कन्ट्री रेस हुने

    नुवाकोटको झिल्टुङमा शनिबार क्रस कन्ट्री रेस हुने

    काठमाडौं : युवा पुस्तामा खेल भावना विकास गराउने उद्देश्यले नुवाकोटको झिल्टुङमा १३.४ किलोमिटरको क्रस कन्ट्री रेस आयोजना हुने भएको छ। नुवाकोटको कोल्पुटारस्थित महादेव माविको आयोजनामा आगामी शनिबार उक्त रेस हुन लागेको आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। महिला र पुरुष दुवैतर्फ खुला तथा विद्यालय स्तरको रेस सञ्चालन गरिने भएको छ। स्थानीय विद्यार्थीहरुलाई खेलप्रति आकर्षण गराउनुका साथै देशभरका खेलाडीको…

    विस्तृतमा पढ्नुस्

  • 'नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा वैशाख ३१ मा

    'नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा वैशाख ३१ मा

    काठमाडौं: ‘नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा बैशाख ३१ गते हुने भएको छ। आयोजक  नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताको ग्राण्ड फिनाले निश्चित भएको जानकारी दिएको हो। दुई हजार प्रतियोगीबाट विभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगी अहिले शिर्ष उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। कार्यक्रममा अभिनेता दयाहाङ, अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक रहेका छन्। प्रतियोगिताको विजेताले दुई लाख पचास…

    विस्तृतमा पढ्नुस्

  • गौरी खानलाई रणबिर कपूरको पत्र

    गौरी खानलाई रणबिर कपूरको पत्र

    बलिउड स्टार शाहरुख खानकी पत्नी गौरी हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित छिन्। फिल्मी क्षेत्रमा फिल्म निर्माताको परिचय बनाएकी उनले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन्। एक फिल्म निर्माता हुनुको प्रभाव उनको व्यवसायमा पर्नु स्वभाविक हो। हालै उनले अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन्। घरको तयारी सक्किएको छ। रणबिर त्यो घरमा आउँदो अक्टोबरमा सर्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • भारत र दक्षिण अफ्रिकाका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाण

    भारत र दक्षिण अफ्रिकाका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाण

    काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरी र दक्षिण अफ्रिकाकी गैरआवासीय राजदूत रोबिना प्याट्रिसिया मार्क्सले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको विशेष समारोहमा राजदूतद्वले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन्। समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता थियो। भारतीय राजदूत सिंह शनिबार काठमाडौं आइपुगेका थिए। ओहदाको प्रमाणपत्र बुझाएसँगै उनको कार्यभार सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • वृद्धाश्रममा गीत र भिडियो सार्वजनिक

    वृद्धाश्रममा गीत र भिडियो सार्वजनिक

    काठमाडौं: गीतकार तथा साहित्यकार अम्बिका गुरुङले स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसरमा दुई गीत तथा भिडियो सार्वजनिक गरेकी छिन्। काठमाडौंस्थित वृद्धाश्रममा कार्यक्रम आयोजना गरी आफ्ना दुई म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। शान्तिनगरस्थित निःसहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित कार्यक्रममा गीतकार गुरुङले करिव ५० जना वृद्ध वृद्धालाई खाना खुवाइन्। साथै उनीहरुको स्वास्थ्य उपचारका लागि नगद ५०…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेरो हजुर २'को गीतमा २४ घण्टा नहुँदै दुई लाख हिट्स

    'ए मेरो हजुर २'को गीतमा २४ घण्टा नहुँदै दुई लाख हिट्स

    काठमाडौं: फिल्म 'ए मेरो हजुर २'को टाइटल गीतले २४ घण्टा नबित्दै युट्युबमा दुई लाख साठ्ठी हजार बढी हिट्स बटुलेको छ। आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको 'कसम हो' बोलको गीत ट्रेन्डिङको ४७ नम्बरमा रहेको छ। कृष्णहरी बरालको शब्द रहेको गीत गायक सुगम पोखरेलले गाएका हुन्। गीतमा कल्याण सिंहको संगीत रहेको छ। फिल्मको निर्देशक रहेकी नायिका झरना थापाको जन्मदिनको उपलक्ष्यमा गीत सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कपिल शर्माको 'दशा'लाई डाक्टर गुलाटीले भने 'तमाशा' 

    कपिल शर्माको 'दशा'लाई डाक्टर गुलाटीले भने 'तमाशा' 

    अष्ट्रेलियाबाट भारत फर्कदा प्लेनमा भएको झगडाका कारण कपिल शर्मा र सुनिल ग्रोभरबिच ठूलै वादविवाद भयो। जसका कारण सुनिल ग्रोभरले द कपिल शर्मा शो नै छोड्ने निर्णय गरे। डाक्टर मसहुर गुलाटीका रुपमा लोकप्रिय सुनिलले शो छाड्नु कपिलका लागि पहिलो दशा थियो। तर कपिलको खराब समयको अन्त्य भएन।  सामाजिक सञ्जाल मार्फत माफी मागेका कपिललाई यस्तो जवाफ फर्काए ग्रोभरले: जनावरलाई मात्र होइन मान्छेलाई…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा दर्जनौँ द्वन्द्वकालीन हातहतियार भेटिए

    भोजपुरमा दर्जनौँ द्वन्द्वकालीन हातहतियार भेटिए

    भोजपुर : उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला परेका छन्। टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। फेला पारिएका हातहतियार प्रहरी चौकी…

    विस्तृतमा पढ्नुस्

  • पशुबलि निषेध गर्न माग गर्दै मन्दिरमा धर्ना

    काठमाडौँ : अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ।  सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा विरोध गरिएको हो। प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटको आशंकामा कोलकातामा रोकिएका कन्टेनर नेपाल भित्रिए

    नक्कली नोटको आशंकामा कोलकातामा रोकिएका कन्टेनर नेपाल भित्रिए

    काठमाडौं : नक्कली नोट भित्रिएको आशंकामा चार दिनदेखि ठप्प रहेको कोलकाता बन्दरगाहबाट नेपाली सामान बोकेका कन्टेनरको जाँचपास हुन थालेको छ। शुक्रबार एक सय कन्टेनर जाँचपास भएर नेपालतर्फ आएका कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ। विदेशबाट ठूलो मात्रामा नक्कली नोट र हतियार आएको आशंकामा भारतले विभिन्न बन्दरगाह सील गरेर छानबिन थालेपछि नेपाल आउने सामान समेत रोकिएका थिए। कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले चार दिनदेखि…

    विस्तृतमा पढ्नुस्

  • क्षयरोग र जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान

    भक्तपुर : हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए। माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ। स्वास्थ्य सचिव डा…

    विस्तृतमा पढ्नुस्

  • गोंगबु वर्कशपभित्रको घटना, कारले ठक्कर दिँदा कामदारको मृत्यु

    काठमाडौं : काठमामडौंको गोंगबुस्थित रानीबारी वर्कशप भित्र बा ३ च ४१२४ नम्बरको कारको ठक्करबाट एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ वर्षिय सपन अधिकारी रहेका छन्। गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो। कारसहित चालकलाई नियन्त्रणमा लिइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा २५१ मतदान केन्द्र निर्धारण

    नुवाकोटमा २५१ मतदान केन्द्र निर्धारण

    त्रिशूली : स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ। जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए। यसअघिको दोश्रो संविधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको…

    विस्तृतमा पढ्नुस्

  • कथा : डिमान्डको तीर

    कथा : डिमान्डको तीर

    मनिषा गौचन एउटा मध्यम र सानो परिवारमा जन्मेकी अल्पिना। उनलाई हुर्काउने प्रक्रिया उत्ताउलो भइदियो। कहिल्यै टुटेन बार्बी डल। सिन्ड्रेला। उनले आफैंलाई कहिले बार्बी बनाइन् र कहिले सिन्ड्रेला। अनि विभिन्नथरी सपनाको संसारमा घुमाइन् आफैंलाई। यसमा सहयोगी बनिरहे उनका ड्याडीममी। कुनै आइएनजीओमा जागिरे उनका ड्याडी र घरमै व्यस्त उनकी ममीको रहर थियो— अर्को पनि सन्तान जन्माउने। तर, त्यो रहर पूरा भएन। दुवै…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुर दरबार क्षेत्रमा चिनियाँ रक्षामन्त्री, ५ फोटोमा

    वसन्तपुर दरबार क्षेत्रमा चिनियाँ रक्षामन्त्री, ५ फोटोमा

    काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानछुवानले विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरवारक्षेत्रको अवलोकन गरेका छन्।  रक्षामन्त्री चाङले हनुमानढोका क्षेत्रमा रहेका नौतले दरबार, नासलचौक, लोहचोक र त्यस क्षेत्रका काष्ठकला, जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, कालभैरवको मूर्ति तथा कुमारी मन्दिरहरुको अवलोकन गर्दै विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे पनि जानकारी लिए।

    विस्तृतमा पढ्नुस्

  • बारामा २९७ मतदान केन्द्र तोकिए

    बारामा २९७ मतदान केन्द्र तोकिए

    कलैया : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ। २०६८ सालको जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन्। जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • एमबिएमा 'गोल्ड मेडलिस्ट' सुधा किन यौवनमै साध्वी बन्दैछिन्?

    एमबिएमा 'गोल्ड मेडलिस्ट' सुधा किन यौवनमै साध्वी बन्दैछिन्?

    अनन्तराज न्यौपाने विराटनगर : लाऊँलाऊँ र खाऊँखाऊँको समय अर्थात् २५ वर्षको यौवन। तर, यो बेला सुधालाई कुनै सुन्दर, शिक्षित र सभ्य युवकसित प्रणयसूत्रमा बाँधिन मन लागेन। बरु मन लाग्यो– आजन्म सेतो पट्टीले मुख छोप्ने अनि सांसारिक माया, मोह, राग, द्वेष र आसक्तिबाट टाढा रहने। अर्थात् जैन साध्वी बनेर आध्यात्मिक चेतना बाँड्दै पैदलमात्र विचरण गर्ने। पूर्वाञ्चल विश्वविद्यालयबाट एमबिए परीक्षामा सर्वोत्कृष्ट भएर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘अपरिचित’ चैत २५ बाट

    फिल्म ‘अपरिचित’ चैत २५ बाट

    काठमाडौं: फिल्म ‘अपरिचित’ चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म ‘पर्व’ सो मितिमा प्रदर्शनमा आउने हल्लाका कारण अपरिचितले फिल्म रिलिज मिति सार्वजनिक गरेको थिएन।   जुना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रज्वल गिरी, ध्रुव कोइराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवालगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई रुपेश थिङले निर्देशन गरेका हुन्। रुपेश थिङले यसै फिल्मबाट नेपाली भाषाको फिल्म निर्देशनमा…

    विस्तृतमा पढ्नुस्

  • थानेश्वर गौतमको 'रोएरै मेटिने भए' सार्वजनिक

    थानेश्वर गौतमको 'रोएरै मेटिने भए' सार्वजनिक

    काठमाडौं: गायक थानेश्वर गौतमको नयाँ गीत सार्वजनिक भएको छ। ‘रोएरै मेटिने भए’ बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो।  गीतमा थानेश्वर गौतमको स्वर, कमल प्रसाद खरेलको शब्द र कृष्ण पुनको एरेञ्ज रहेको छ। सार्वजनिक भिडियोमा नारायण, कृस्टिना र सुमितको अभिनय रहेको छ।  ‘छमछमती पाउजुहरु’, ‘स्याङ्गजा गएँ पाल्पा गएँ’, ‘गाजल लगाइन छौ, ‘सिन्दुर लाउने हौली माया’  लगायतका गीत चर्चामा छन्।…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा पढ्न चाहनेका लागि मोबाइल एप सार्वजनिक

    विदेशमा पढ्न चाहनेका लागि मोबाइल एप सार्वजनिक

    काठमाडौं: नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी दिने मोबाइल एप सार्वजनिक भएको छ। सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामक सो मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो।  शुक्रबार ललितपूरमा एक कार्यक्रम आयोजना गरी एप बारे जानकारी दिइयो। अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा,  खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell