PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

  • मिर्गौला रोगी आमाको निधन भएपछि नाबालिकालाई दुई लाख सहयोग

    मिर्गौला रोगी आमाको निधन भएपछि नाबालिकालाई दुई लाख सहयोग

    काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका ताप्लेजुङ थेचम्बुका युवाहरूले एक मिर्गौलारोगीको उपचारार्थ संकलन गरेको रकम पीडितको मृत्यु भएपछि छोरीलाई हस्तान्तरण गरिएको छ।   ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले पठाएको दुई लाख रुपैयाँ राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मृतक २९ वर्षीया सुमिरा लिम्बूकी छोरी अढाई वर्षीया मुमिन लिम्बूलाई हस्तान्तरण गरे। थेचम्बु माइती भई झापामा बिहे…

    विस्तृतमा पढ्नुस्

  • स्मार्टफोन ह्याङ्ग हुन्छ? यी पाँच उपाय अपनाउनुस्

    स्मार्टफोन ह्याङ्ग हुन्छ? यी पाँच उपाय अपनाउनुस्

    के तपाईँ स्मार्टफोन ह्याङग हुने तथा तात्ने समस्याबाट पीडित हुनुहुन्छ? यदि यस्तो समस्या झेल्दै हुनुहुन्छ भने यसबाट मुक्ति पाउन यी पाँच उपाय अपनाउनुस्:  १. र्‍यामलाई सफा गर्नुस्  स्मार्टफोनको समयमा र्‍यामको भूमिका निकै बढेको छ। प्रायले फोन किन्ने बेला र्‍याम कति क्यापासिटीको छ भनेर सोध्ने गर्छन्। तर र्‍यामको भूमिकाबारे कमै व्यक्तिलाई हुन्छ। कम्प्युटरको जस्तै स्मार्टफोनको स्पीड पनि र्‍यामको क्षमतामा निर्भर हुन्छ। र्‍यामको काम रन टाइममा…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशमा आतङ्ककारी हमला : छ जनाको मृत्यु, झडप जारी

    बङ्गलादेशमा आतङ्ककारी हमला : छ जनाको मृत्यु, झडप जारी

    बङ्गलादेशमा एउटा भवन नजिकै भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। बिबिसीले जनाएअनुसार आक्रमणमा परी दुई पुलिस अफिसरको पनि मृत्यु भएको छ।  आक्रमणकारी भवनमै लुकेका छन् भने सुरक्षाकर्मीले चारैतिरबाट भवनलाई घेरेको छ। बङ्गलादेशको उत्तर-पूर्वी सहर सिलहटमा रहेको यस भवनको वरिपरि भीड जम्मा भएको छ। बिस्फोटको जिम्मेवारी भने इस्लामिक स्टेटले लिएको छ। प्रहरीले भने यो हमला बङ्गलादेशको नयाँ समूह जमाएतुल मुजाहिदीनले गरेको आशङ्का गरेको छ। योभन्दा अघि…

    विस्तृतमा पढ्नुस्

  • कार्यसम्पादन समितिमा नपरेपछि शेखरले देउवालाई सोधे- 'वरिष्ठता तोक्ने तपाईं को?'

    कार्यसम्पादन समितिमा नपरेपछि शेखरले देउवालाई सोधे- 'वरिष्ठता तोक्ने तपाईं को?'

    काठमाडौं : आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा फरक मत राख्दै डा. शेखर कोइरालाले चित्तबुझ्दो जवाफ दिन सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्। आजको बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव पेस गर्दा त्यहाँ कोइराला अटेनन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसहित निर्वाचनको रोलक्रममा २५ सदस्यलाई कार्यसम्पादन समितिमा समावेश गरिएको छ। सुरुमै…

    विस्तृतमा पढ्नुस्

  • कपिल शर्माको शोका लागि यिनै होलान् त नयाँ कलाकार?

    कपिल शर्माको शोका लागि यिनै होलान् त नयाँ कलाकार?

    आपसी झगडा र लामो वादविवाद पछि सुनिल ग्रोवरले द कपिल शर्मा शो छोड्ने निश्चित भएको छ। डाकटर मसुर गुलाटीको भूमिका निर्वाह गर्दै आएका सुनिलले कार्यक्रम छोड्ने खबर सार्वजनिक भएसँगै अब कपिल शर्मा शो को के हुन्छ? भन्ने प्रश्न सामाजिक संजालदेखि मिडियासम्ममा उठ्यो। कसले उठाउला अब कपिलको कार्यक्रममार्फत दर्शक हँसाउने जिम्मेवारी? धेरैले हास्यकलाकार राजु श्रीवास्तवाले अब सुनिलको ठाउँ लिने अड्कल गरेका…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्कोमा पुरिएर तीन महिला घाइते

    बझाङ : नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्। तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन्। घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ। सोही गाउँपालिका–३ बस्ने राधा रोकाया र सीता…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा १११ मतदान केन्द्र तोक्न सिफारिस

    सल्यानमा १११ मतदान केन्द्र तोक्न सिफारिस

    सल्यान : स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएको छ। संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो। प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • नेपालीसँग रहेको ४५ सय 'प्रतिबन्धित भारु' साट्न भारतीय पक्ष सहमत

    नेपालीसँग रहेको ४५ सय 'प्रतिबन्धित भारु' साट्न भारतीय पक्ष सहमत

    काठमाडौं : भारतले नेपालीसँग रहेको ४५ सय भारुसम्म मात्र साट्ने भएको छ। नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग आइतबार बिहान छलफल गर्दै भारतीय पक्षले ४५ सय भारुभन्दा माथि साट्न नसकिने जवाफ दिएको हो। भारत सरकारले आफ्नो ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको नोट कागजको खोस्टो बराबर भएको छ। नेपालमा ५०० र १००० दरका नोट जनही २५ हजार रुपैयाँसम्म बोक्ने…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित एक जना पक्राउ

    लागूऔषधसहित एक जना पक्राउ

    रौतहट : प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिगांडिया–२ घर भई चन्द्रपुर नगरपालिका–४ बस्ने २७ वर्षीय मोहम्द फरमान रहेका छन्। प्रहरीले उनको साथबाट नाइट्राभेट ९ पतामा रहेको १ सय ३५ ट्याबलेट, नाइट्रोसन ७ ट्याबलेट, कोरेक्स १ सय एमएलको २ बोतल बरामद गरेको छ। चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर चोकमा प्रहरीले शनिबार फरमान सवार ना. ११ प ४७०० नम्बरको मोटरसाइकललाई…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    डडेल्धुरा : आलिताल गाँउपालिका–७ बस्ने ४० वर्षीय करनबहादुर बोहोराले आफ्नै श्रीमतीको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेका छन्। मानसिक सन्तुलन ठीक नभएका बोहराले शनिबार ३६ वर्षीया श्रीमती बेलामती बोहोरालाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या गरी फरार भएका उनको खोजतलास गर्दा घरदेखि डेढ कि.मि.टाढा घाँटीमा डोरीको पासो लगाई रुखमा झुण्डिई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले टुंगो लगायो केन्द्रीय कार्यसम्पादन समिति, २९ जनामा कोको?

    कांग्रेसले टुंगो लगायो केन्द्रीय कार्यसम्पादन समिति, २९ जनामा कोको?

    काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको टुंगो लगाएको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। समितिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको पकड भएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलमा सुविधाजनक बहुमतमा रहेका सभापति देउवाको पकड केन्द्रीय कार्यसम्पादनमा पनि देखिएको हो। पार्टी सञ्चालनमा ‘पावरफुल’ मानिने कार्यसम्पादन समितिमा सभापति देउवा बाहेक १५ केन्द्रीय सदस्य परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एकको मृत्यु

    कैलाली : करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्नपुर–९ बस्ने २५ वर्षीय रामबहादुर चौधरी रहेका छन्। धनगढी उपमहानगरपालिका–४ बस्ने दिपेन्द्र तिवारीको घरमा काम गरी रहेको अवस्थामा शनिबार करेन्ट लागेका उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • राजधानीको सञ्चयकोष गल्लीमा फेला पर्‍यो १९ राउन्ड गोली

    राजधानीको सञ्चयकोष गल्लीमा फेला पर्‍यो १९ राउन्ड गोली

    काठमाडौं : अमृत साइन्स कलेज (अस्कल) क्याम्पसबाट सञ्चयकोष छिर्ने गल्लीमा १९ राउन्ड गोली फेला परेको छ। गल्लीमा रहेको फोहरको थुप्रोमा सडक बालबालिकाले खेलाइरहेको अवस्थामा प्रहरीले ती गोली बरामद गरको हो। प्लास्टिकको पोकाभित्र ६.५ एमएमको १९ राउन्ड गोली बालबालिकाले खेलाउँदै गरेको देखेपछि फोहर उठाउने सवारी चालकले प्रहरीलाई खबर गरेका थिए। गोली कसरी फोहरको थुप्रोमा फ्याँकियो भन्नेबारे महानरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा भोलि निर्वाचन केन्द्रित क्षेत्रीय सुरक्षा गोष्ठी

    काठमाडौं : आगामी स्थानीय निकायको निर्वाचन सुरक्षा योजना र त्यसको कार्यान्वय सम्बन्धमा भोलि विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने कार्यक्रम रहेको छ। बैठकमा पूर्वाञ्चल क्षेत्रको सुरक्षा अवस्थाका बारेमा छलफल हुनेछ।  यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जाने तयारी मिलाउन गृहसचिब लोकदर्शन…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा १५४ मतदानस्थल

    बर्दियामा १५४ मतदानस्थल

    गुलरिया (बर्दिया) : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ। निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। यसअघि २०७० सालको संविधानसभा चुनावमा ३१३ मतदान केन्द्र र १४७ मतदानस्थल रहेको थियो। निर्वाचनमा दुई लाख ५९ हजार दुई जना…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरबाट खसेर एकको मृत्यु

    चितवन : पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नंको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा मजदुरी गर्ने चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • थ्रेसहोल्डको विरोध गर्ने साना १० दलबीच एकीकरण, चुनाव चिह्नबारे महाधिवेशनमा निर्णय हुने

    थ्रेसहोल्डको विरोध गर्ने साना १० दलबीच एकीकरण, चुनाव चिह्नबारे महाधिवेशनमा निर्णय हुने

    काठमाडौं : तीन प्रतिशत थ्रेसहोल्डको विरोधमा रहेका १० वटा साना राजीनीतिक दल एकै ठाउँ उभिएका छन्। आइतबार रिपोर्टर्स क्बल नेपालमा संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको हो। एकीकरणमा राष्ट्रिय चुरेभावर पार्टी, ग्रेटर नेपाल, राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल बहुजातीय समावेशी पार्टी, जनप्रजातान्त्रिक पार्टी, नेपाल गणतान्त्रिक जनता पार्टी, नेपाल वादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन,…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारलाई फोहर शून्य बनाइने

    सिंहदरबारलाई फोहर शून्य बनाइने

    काठमाडौँ : सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ। देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सीधै बाग्मतीमा गई प्रदूषण बढेकाले नमुनाका रुपमा सिंहदरबारलाई फोहरमुक्तस्थल बनाउन सोसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारबाट निस्कने ढललगायत फोहरभित्रै प्रशोधन गर्ने गरी विसं २०७४ को…

    विस्तृतमा पढ्नुस्

  • 'अनावरण' लिएर आए कथाकार विजय सापकोटा

    'अनावरण' लिएर आए कथाकार विजय सापकोटा

    काठमाडौं : विजय सापकोटाको नवीनतम कथा संग्रह 'अनावरण' प्रकाशित भएको छ। समकालीन समाज र व्यक्तिका यथार्थ कथा लेख्न रुचाउने कथाकार विजयको यो पहिलो कथा संग्रह हो। जसमा आरेमको ट्याङ्का, अन्तरण, अन्तिम वाक्य, बाहिर अन्धकार थियो, गिर्खो, जङ्गली फूल, निमित्त, पटाक्षेप, सन्तान, विजेता जस्ता कथाहरु समावेश छन्। मानवीय अनुभूतिलाई सरल ढंगले गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने क्षमताका कथाकारको कथा संग्रह…

    विस्तृतमा पढ्नुस्

  • करण जौहर अब गायक पनि

    करण जौहर अब गायक पनि

    निर्देशक, निर्माता, लेखक एवं केहि कार्यक्रममा निर्णायक समेत रहेका बलिउड सेलिब्रेटी करण जौहरले अभिनय पनि कोसिस गरे। फिल्म बम्बई भेलबेटमा उनलाई दर्शकले कलाकारको रुपमा पनि देखे तर अभिनयलाई त्यस यता निरन्तरता दिएका छैनन्। अब भने उनले पुन: नयाँ कामको प्रयास गरेका छन्। करणले एक रियालिटी शोका लागि गीत गाएका हुन्। उनले पहिलोपटक आधिकारिक गीतमा आफ्नो स्वर दिए। 'दिला हे हिन्दूस्तानी'…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell