आनन्द रायले केही समय अघि 'ड्राफ फिल्म' घोषणा गरे। फिल्मले होचो कदका मान्छेहरुको कथा बोल्ने भनिएको थियो जसमा बलिउड स्टार शाहरुख खानको अभिनय रहनेछ। २५ वर्ष लामो फिल्म करियरमा शाहरुख पहिलोपटक पुड्को भूमिकामा देखिन लागेका हुन्। अब अर्का बलिउड स्टार पनि होचो कदमा देखिन लागेका छन्। रजनिकान्तले पुड्को पात्रको भूमिका निभाउने बलिउड हंगामामा जनाइएको छ। फिल्म '२.०'मा उनी पहिलोपटक होचो अवतारमा…
काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यलयमा भएको भेट परिचयात्मक मात्र रहेको सहभागी एमाले सचेतक भानुभक्त ढकालले बताए। ओलीलाई भेट्न पुरी १२ बजेर १० मिनेटमा एमाले संसदीय दलको कार्यालय पुगेका थिए। ढकालले एक घण्टाको छलफल सामान्य परिचय, शिष्टाचार भेटमा सीमित रहेको बताए। भेटमा…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। बेइजिङ स्थित ग्रेट हल अफ पिपुलमा प्रचण्डले राष्ट्रपति सिसँग भेट गरेका हुन्। भेटमा भएको कुराकानीबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया उनको व्यक्तिगत वेवसाइटमा राखिएको छ। प्रचण्डले भेटपछि - धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएका छन्। प्रचण्डले भेट 'महत्वपूर्ण र उपलब्धिमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले…
काठमाडौं : नयाँ शक्ति पार्टीले चार जना केन्द्रीय परिषद् सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ। आज बसेको पार्टीको विशेष राजनीतिक समितिले निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई निष्काशन गरेको हो। पार्टी हीत र स्वीकृत मूल्य–मान्यता विपरीत गतिविधिमा निरन्तर संलग्न भई गम्भीर गल्ती गरेको ठहर गर्दै निष्काशन गरिएको जारी विज्ञप्तिमा जनाइएको छ। 'पार्टीले सोधेको…
किरण भट्टराई काठमाडौँ : वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बढीमा रु ५० हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि…
काठमाडौँ : वैदेशिक रोजगार र रेमिट्यान्सको प्रभावलाई आधार बनाई लेखिएको उपन्यास 'रेमिटल्याण्ड'को लोकार्पण गरिएको छ। श्याम सिंघकद्वारा लिखित उपन्यासलाई लेखक राजन मुकारुङ र पत्रकार देवेन्द्र भट्टराईले सोमबार मण्डला थिएटरमा सार्वजनिक गरे। पुस्तकमाथि टिप्पणी गर्दै मुकारुङले वर्तमान समाज सापेक्ष विषयको प्रस्तुतिले उपन्यासको गहनता बढेको बताए। 'लेखक समाजसँगै रहने भएकाले त्यहीँका कथा लेख्नुपर्छ,' उनले भने, 'आर्थिक अवस्थाले विदेश जानुपर्ने बाध्यता र त्योभन्दा…
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक नियुक्ति र राजदूत नियुक्ति प्रकरणमा पार्टीको भूमिकाको आलोचना गरेका छन्। केन्द्रीय समिति बैठकमा लिखित दस्तावेज पेश गर्दै शर्माले पार्टी कतिपय राजनीतिक र प्रशासनिक सन्दर्भमा 'डिफेन्सिभ' हुन पुगेको भन्दै गुनासो गरेका हुन्। उनले केन्द्रीय समितिमा राखेको लिखित दस्तावेजमा भनेका छन् - कतिपय राजनीतिक, प्रशासनिक र अरु सन्दर्भमा हामी ‘डिफेन्सिभ’ किन हुन…
काठमाडौँ : चीनले स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युआन सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले निर्वाचनका लागि सहयोगको घोषणा गरेका हुन्। नौ मिलयन चिनियाँ युआन भनेको नेपाली रुपैँयामा झण्डै १३ करोड ६३ लाख बराबर हुन आउँछ। सरकारले आउँदो बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको…
अरुण सापकोटा- काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको आरआर क्यापसमा मंगलबार निर्वाचन हुने भएको छ। गत फागुन २३ गतेका लागि तय भएको निर्वाचन प्रहरीले क्याम्पस प्रमुखसहित अन्यलाई प्रवेश रोक लगाएपछि हुन सकेको थिएन। नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आरआरमा निर्वाचनमा सहभागिताका लागि उम्मेद्वारी समेत दर्ता गरेको थिएन। तर मंगलबारको मतदान प्रक्रियामा भने नेविसंघ सहभागी हुने…
काठमाडौँ : चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालसँग सुरक्षा सम्बन्ध बढाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राष्ट्रपति सिले तल्लो तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गर्दै 'कानुनी राजका लागि सुरक्षा सम्बन्ध' बढाउनुपर्ने बताएका हुन्। चीनले नेपालसँग प्रतिआतकंवादसँग सम्बन्धित रहेर संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरिरहेका बेला चिनियाँ राष्ट्रपतिले सुरक्षाको विषय उल्लेख गरेका हुन्। प्रचण्डको चीन भ्रमणका दौरान नेपालमा रहेका चिनियाँ…
काठमाडौँ : फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्ग्स्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही मंगलबार हुने भएको छ। क्याम्पस प्रमुख डा. निर्मलकुमार सुवालले आज सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मंगलबार हुने जानकारी गराएका छन्। सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेपछि…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति सराहना गर्ने बताए। बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि…
बैतडी : सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन्। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएका छन्। ‘स्वास्थ्य बिमा गराउन जिल्लाभर दर्ता सहयोगी…
काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनको एक वर्षपछि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनको एक वर्ष १० दिनपछि आज बस्ने लागेको चौथो केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव लैजान लागेका हुन्। कांग्रेसको विधानमा केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी मनोनयन सभापतिको अधिकार भए पनि त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने प्रावधान छ। त्यसबाहेक कांग्रेसको विधानले दुई…
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उनको आम आदमी पार्टीका पाँच नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा दर्ता गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा उपस्थित हुन शनिबार आदेश दिएको छ। दिल्ली महानगरपालिकाका प्रमुख दण्डाधिकारी (म्याजिस्ट्रेट) सुमित दासले आम आदमी पार्टीका प्रमुख नेता केजरीवालसहित आरोपित सबैले उक्त मुद्दामा उपस्थित हुन आग्रह गरिएको बताए। मुद्दामाथि कारबाही भने मे…
मोसुल : उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन्। सेनाको हवाई आक्रमणमा मोसुल सहरमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताए। उनले सहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृत शरीर फसेको…
गौशाला : पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी संकलन गर्न उच्चस्तरीय जाँचबुझ आयोग टोली महोत्तरी आइपुगेको छ। तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोग शनिबार यहाँ पुगेर काम थालेको हो। आइतबार पनि महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी संकलनका काम…
काठमाडौं : संविधान जारी गर्ने पूर्वसन्ध्यामा हिन्दु राज्यका लागि जागरण अभियान सञ्चालन गरेका नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दु राज्य पुनस्र्थापनामा छलफल माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गरेका छन्। पार्टी केन्द्रीय समितिमा छलफलको एजेण्डा बनाउन माग गर्दै खड्काले आइबार ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावको दर्ता नम्वर ४६३ रहेको छ। पार्टी केन्द्रीय समिति बैठक सुरु हुनुअघि खड्काले…
काठमाडौं : मुलुकभित्र ५४ वटा ग्यास बोटलिङ प्लान्ट छन्। तीमध्ये कमै बोटलिङ प्लान्टले मात्रै मापदण्ड पूरा गरेर खाना पकाउने ग्यास उपभोक्तासम्म पुर्याएका छन्। फितलो नियमनले मापदण्ड समेत पूरा नगरी उपभोक्ताको भान्छामा रहने खाना पकाउने ग्यास सबैभन्दा जोखिममा छ। सिलिण्डरको सामान्य सुरक्षामा समेत ध्यान नदिने उद्योगीले अहिले भने उद्योगलार्इ स्वचालित बनाउनेदेखि सिलिण्डर उपभोक्तासम्म पुग्नुअगाडि सबै जाँच गर्न थालेका छन्। पछिल्लो समयमा…
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ८ स्थित सुडालमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक मजदुर घाइते भएका छन्। राति साढे ९ बजे बा ७६ प ५०९५ नम्बरको मोटरसाइकलको ठक्करबाट सुडालमा रहेको इँटाभट्टामा काम गर्ने दाङका खिमबहादुर बुढा घाइते भएका हुन्। घाइतेको ठिमी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् फरार रहेको सवारी साधन सहित चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।