मार्चको सुरुवातमा बलिउड निर्देशक, निर्माता, लेखक एवं कलाकार रहेका करण जौहरले आफू बुवा बनेको खबर सार्वजनिक गरे। उनले सामाजिक सञ्जाल मार्फत आफू एक छोरी र एक छोराको बुवा बनेको बताएका थिए। अविवाहित करणले सरोगेसी (कोख भाडामा लिएर) सन्तान जन्माएका थिए। आफ्नो खुसी पोस्टमार्फत सार्वजनिक गर्दै छोराको नाम यश र छोरीको नाम रुही घोषणा समेत गरे। त्यस समय उनले सरोगेन्ट आमा,…
काठमाडौं : आगामी साउन १ गतेदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नगद कारोबारको सीमा निर्धारण गरेको हो। ब्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा वस्तु खरिदबिक्री तथा कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले…
काठमाडौं : निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ। चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० रुपैयाँदेखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो। अधिग्रहणमा परेको तर सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सहायक…
गीत र संगीतको प्रभावले फिल्मको सफलतामा केही हदको असर गर्नाले फिल्म निर्माण गर्नेहरुले गीतलाई पनि महत्वका साथ राख्न थालेका छन्। फिल्म सार्वजनिक हुनुअघि गीतलाई प्रचारको माध्यम पनि बनाउन थालिएको छ। त्यसैको नतिजा हुनसक्छ फिल्मका गीतहरुको पनि महङ्गो रकममा आधिकारिक बिक्री सुरु भएको। हालै सोनी म्युजिकले बलिउड स्टार सलमान खानको फिल्म 'ट्युबलाइट'को म्युजिक राइट्स किनेको खबर सार्वजनिक भएको छ। फिल्मको गीतहरुका…
काठमाडौं: दुई नेपाली युवा कलाकार हिन्दी गायिकाको नयाँ गीतको भिडियोमा देखिने भएका छन्। नायिका स्वस्तिमा खड्का र कर्माले बलिउड पप स्टार नीति मोहनको म्युजिक भिडियोमा फिचरिङ गरेका हुन्। वसन्त चौधरीको शब्द रहेको 'एक पल जिन्दगी' बोलको गीत टाइम्स म्युजिकमार्फत अफिसियल रिलिज हुने बताइएको छ। म्युजिक भिडियोमा देखिने बारे स्वस्तिमा खड्काले इन्सटाग्राममा पोस्ट सार्वजनिक गरेकी थिइन्। उनले एक साताअघि इन्स्टाग्राममा भिडियोको पोस्टर राखेकी…
शेरबहादुर सिंह पुनर्वास (कञ्चनपुर) : दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर १८ दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ। पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुखभन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा…
काठमाडौं : एसीसी इमर्जिङ टिम्स कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल लगातार दुई खेल हारेसँगै दोस्रो चरण प्रवेश गर्ने सम्भावना सकिएको छ। लगातार दुई खेल जितिसकेका बंगलादेश र पाकिस्तान भने सेमिफाइनलमा प्रवेश गरेका छन्। बंगलादेशले पहिलो खेलमा हङकङलाई हराएको थियो। यस्तै आजै भएको खेलमा पाकिस्तानले पनि…
काठमाडौं : तीन पटकसम्म रोकिँदै आएको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो। कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ६४ मत मात्र खसेको छ। मतदान सुरु भएको केही समयमा नै नेकपा माओवादी केन्द्र निकट…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधिमा रहेका अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ। कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानका कारण पहिलो किस्ता लिइसकेका लाभग्राही थप अनुदान लिन नआएपछि प्राधिकरणले प्राविधिक निरीक्षण पुस्तिकामा रहेको कडा मापदण्डलाई सच्याएर व्यावहारिक बनाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले प्राधिकरणका कार्यकारी सदस्य, सहरी…
काएरो : इजिप्टको एक अदालतले क्षमताभन्दा बढी यात्रु बोकी डुङ्गा दुर्घटना भएको ठह। गर्दै घटनामा संलग्नलाई जेल सजाय तोकेको छ। उक्त अदालतले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका सवैलाई जेल सजाय तोकेको हो। जेल सजाय सुनाइएकाहरुलाई आठ देखि दश वर्षसम्म कैद सजाय हुनेछ। अदालतले ५६ जनालाई जेल सजाय सुनाएको हो। सन् २०१६ को सेप्टेम्बर २१ मा भएको डुङ्गा दुर्घटनापछि…
काठमाडौँ : प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाच लगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कुतत्वले दुःख दिने गर्थे। यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो…
काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने संघ संस्थलाई अनुमतिका लागि दिन आह्वान गरेको छ। आयोगले सोमबारदेखि लागू हुनेगरी १५ दिनभित्र आयोगको केन्द्रीय, क्षेत्रीय र जिल्ला कार्यालयमा निवेदन दिन संघ-संस्थालाई आग्रह गरेको हो। विद्युतीय माध्यमबाट निवेदन दिन चाहने संघ-संस्था वा व्यक्तिले https://www.observer.election.gov.np मा लग अन गरी निवेदन दिन सक्ने व्यवस्था आयोगले गरेको छ। संघ-संस्थाले उपत्यकामा निर्वाचन…
काठमाडौं, कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीलाई स्थानीय तह निर्वाचन केन्द्रीत भएर अघि बढाउने निर्णय गरेको छ। करिव पाँच महिनापछि बसेको केन्द्रीय समिति बैठकले आगामी बैसाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गर्न पार्टीलाई त्यस अनुकूल परिचालन गर्ने निर्णय गरेको हो। कांग्रेस स्थानीय चुनाव सम्पन्न हुनुभन्दा करिव डेढ महिनाअघि मात्र तयारीमा होमिएको हो। सभापति शेरबहादुर देउवाले चुनाव हाक्ने…
रत्ननगर : पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन्। गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन…
राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन्। सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले संघीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताए। मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै…
रामपुर : कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ। जीवनमा उनले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गरेका थिएनन्। वृद्ध दर्लामीलाई मात्र होइन युवापुस्ताकी रेनुका दर्लामीलाई दुर्गम र विकट यस सत्यवती गाउँमा बिजुलीको सुविधा आउँछ भन्ने लागेको थिएन। सधैँ टुकी बालेर जीविका चलाउँदै आएकी दर्लामीले झिलिमिली बिजुलीको बत्ती गाउँभरि बलेको देख्दा…
विराटनगर : भारत र चीनलार्इ व्यापारिक रुपमा जोड्ने विराटनगर–किमाथांका सडकलार्इ बहुवर्षीय योजनामा राखेर फाष्ट ट्रयाकमा निर्माण गर्न पूर्वका व्यवसायीले माग गरेका छन्। विराटनगरमा भएको पूर्व बजेट छलफल कार्यक्रममा बहुवर्षीय योजनामा राखेर किमाथांका सडकको निर्माणलाई तीव्रता दिन माग गरिएको हो। कार्यक्रममा व्यापार संघका अध्यक्ष एंव सांसद पवनकुमार शारडाले किमाथांका सडकलार्इ बहुवर्षीय योजनामा राखेमा आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज नहुने र निर्माणमा…
काठमाडौँ : प्रहरीले आइतबार राति काठमाडौँका ६ वटा क्यासिनोमा छापा मारेको छ। प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी छविलाल जोशीले बताए। ‘क्यासिनोमा नेपाली उपस्थिति रहेको सूचना आधारमा प्रहरीले छापा मारेको हो’, जोशीले भने ‘अनुगमन नभएको लामो समय भएकाले छापा मारेका हौँ। तर सूचना आएजस्तो क्यासिनोमा…
काठमाडौं : राजधानीको कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानको हल आइतबार लमजुङे कलाकारको प्रस्तुतिले गुञ्जायमान बन्यो। लमजुङ सांस्कृतिक समारोहमा भेला भएका स्रष्टा, कलाकारहरु आआफ्नो प्रस्तुति दिनमै व्यस्त रहे। समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा ठाडोभाका शिरोमणि भेडीखर्के साँइलालाई मल्टिमिडिया इन्टरनेसनलका अध्यक्ष मोहन श्रेष्ठले अभिनन्दन गरे। गायकहरु कृष्ण गुरुङ र राजु परियार तथा गायिकाहरु बिमाकुमारी दुरा र माया गुरुङ पनि सम्मानित भए। सोही कार्यक्रममा राजु परियार,…
इकोनोमिक टाइम्स ग्याजेटको संसारमा इन्नोभेसनलार्इ सबैभन्दा बढी ध्यान दिइन्छ। बजार यति प्रतिस्पर्धात्मक भइसकेको छ कि केही समयको अन्तरालमै नयाँ केही आएन भने बजारबाट ब्राण्ड नै बाहिरिन सक्छ। त्यसैले कम्पनीहरले आफूलार्इ प्रतिश्पर्धामा अब्बल सावित गर्नका लागि केही न केही नयाँ ल्याई नै रहेका हुन्छन्। तर सधैभरि त्यसरी बजारमा ल्याइने नयाँ भर्सनहरुलार्इ उपभोक्ताले रुचाउँछन् भन्ने पनि हुँदैन। ग्याजेटको बजारमा यस्ता धेरै नयाँ…