अमेरिकको प्युर्टेरिको राज्यमा एक व्यक्तिलाई आफ्नी गर्लफ्रेन्डको कुकुरको टाउको चपाएको आरोपमा जेल सजाय सुनाइको छ। लुइस अर्रोयो नामक ती व्यक्तिलाई जनावरसँग दुर्व्यवहार गरेको र घरेलु हिंसाको दोषी पाइएकोले सात वर्षको जेल सजाय सुनाइएको हो। लेर्स सहरमा बस्ने ४० वर्षीय अर्रोयोले ४ फेब्रुअरीमा दुई महिनाको कुकुरमाथि यस्तो व्यवहार गरेका थिए। उनले आफ्नी गर्लफ्रेन्डलाई पनि पिटेका थिए। जज कार्लोस लोपेज जिमेनेजले अर्रोयमाथि ३००० डलर अथवा करिब तीन…
मार्च २८ मा यो वर्षका लागि 'हेल्लो हल अफ फेम अवार्ड २०१७' सम्पन्न भएको छ। बलिउड, भारतिय फेशन र व्यवसायका स्टारहरु बीच अवार्ड सम्पन्न भयो। सोफी चौधरीले उद्घोष गरेको कार्यक्रममा अमिताभ बच्चन, वरुण धवन, अनुष्का शर्मा, आलिया भट्ट, करण जौहर, कट्रिना कैफ, ऋतिक रोशन लगायतको उपस्थिती रहेको थियो। समारोहमा पूर्व अभिनेत्री एवं लेखक ट्विङ्कल खन्नाले मन्तव्य व्यक्त समेत गरेकी थिइन्।…
भद्रपुर : हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको झापाका प्रजिअ उत्तरकुमार खत्रीले औषधि सेवन गरी आज यहाँ उद्घाटन गरेका छन्। यही चैत १७, १८ र १९ गते खुवाइने सो औषधिसँगै जुकाका औषधि पनि खुवाइने छ। सो कार्यक्रम यस वर्ष छैटौँ वर्षमा प्रवेश गरेसँगै झापामा सात लाख ३३ हजार जनालाई खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। दुई वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) निर्वाचन आयोगमा दर्ता भएको छ। लोहनीको अध्यक्षतामा गठन भएको पार्टीको बरिष्ठ नेतामा केशरबहादुर बिष्ट छन्। लोहनीकी छोरी जयन्ती लोहनी खनाल समेत पार्टी केन्द्रीय सदस्य छिन्। राप्रापाको एकीकरणपछि चुनाव चिह्नका विषयमा लोहनीले फरक मत राख्दै आएका थिए। लोहानी नेतृत्वको एकीकृत राप्रपा मंगलबार औपचारिक रुपमा घोषणा…
सिन्धुली : सुनकोसी गाउँपालिका–७ अर्थात् साविकको मझुवा गाविसमा सामाजिक सुरक्षा भत्तामा अनियमिता भएको भएको छ। तत्कालीन गाविसका प्राविधिक सहायक जनक दाहालले विगत लामो समयदेखि मृत्यु भइसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता कीर्ते हस्ताक्षर तथा औँठाछाप गरेर बुझ्ने गरेको स्थानीयले गुनासो गरेका छन्। साविकको मझुवा–८ का फुलदरीमाया थिङको ०७२/४/२३ मा, मानकुमारी थिङको २०७१/७ मा कुलबहादुर गोले २०७२/१/१३ मा,…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको विश्वास र समझदारी थप सुदृढ भएको बताएका छन्। चीनबाट फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणको उद्देश्य नै सम्बन्ध सुदृढ बनाउनु रहेको स्पष्ट गरे। बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले बेइजिङ पुगेर उच्चस्तरीय भेटवार्ता गरेका थिए। चिनियाँ राष्ट्रपतिसँग भएको भेटबाट आपसी सम्बन्ध दरिलो भएको…
जाजरकोट : अज्ञात समूहको कुटिपटबाट जाजरकोटमा एक जनाको मृत्यु भएको छ। अज्ञात समूहले थाक्रे बस्ने ३६ वर्षीय रविन्द्र शाहलाई कुटपिट गरी गम्भीर घाइते बनाएपछि जाजरकोट अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको हो। प्रहरीले कुटपिट गर्ने शंकास्पद ९ जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
चितवन : पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर– काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन्। भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार ९४० जना तथा सन् २०१५ मा २८…
बनेपा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिएका छन्। निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उनले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक रहेको बताए। डा. यादवले…
काठमाडौं: फिल्म 'पलाँस'लाई १६ वर्ष मुनिकाले हेर्न नपाउने भएका छन्। रेखा थापा अभिनित फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको हो। जसका कारण फिल्म १६ वर्ष उमेर माथीकाले मात्र हेर्न मिल्ने भएको छ। फिल्मका केहि संवादका कारण फिल्मले पिजी सर्टिफिकेट समेत नपाएको हो। पहिलोपोस्टसँग कुरा गर्दै फिल्म निर्माता कृषा चौंलागाईंले भनिन्,'दुईवटा डायलगका कारण फिल्मले एडल्ट सर्टिफिकेट पाएको सेन्सर बोर्डले बतायो।' उनका…
भद्रपुर : आत्महत्याजस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ। मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर, झापाद्वारा आज आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने सुझाव पनि दिइएको छ। मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न उद्देश्य रहेको सो कार्यक्रममा…
काठमाडौंँ : स्वास्थ्य मन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने बताएका छन्। दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरस्थित स्टाफ कलेजमा आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो सक्रिय राजनीति गर्ने उमेर छोटो रहेको उल्लेख गरे। ‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हा“क्न सक्दैन,’ उनले भने, ‘नया“ पुस्ताले पक्कै पनि नेतृत्व…
पोखरिया (पर्सा) : वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि दिनभरि अनुपस्थित हुने गरेको भन्दै आज स्थानीयले उनलाई नियन्त्रणमा लिई जिप्रका, पर्सामा बुझाएका हुन्। जनताको काम नगरी सर्वसाधारणलाई दुःख दिने गरेको र जनताको समस्या नसुनी…
वीरगन्ज : स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ। आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो। त्यस क्षेत्रमा आपराधिक क्रियाकलाप…
काठमाडौँ : संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यससम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन्। आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका महत्वपूर्ण माध्यम नै मानव संसाधन भएकाले सरकारले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराउने विषयलाई सो नीतिमा समेट्नुपर्नेमा उनीहरुले जोड दिए। ग्रोथ सेलर नामक संस्थाद्वारा आज यहाँ आयोजित मानव संसाधन सम्मेलनका सहभागी वक्ताले मानव संसाधनको विकास तथा…
काठमाडौँ : भेरीमालिका–३, जाजरकोटका काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ। घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि आज नेविसंघ नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। बुधबार बिहान बसेको नेविसंघको आकस्मिक बैठकले शाहको हत्याको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको हो। मंगलबार राति शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच/छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको थियो। कसले किन हत्या गर्यो…
कमेडियन कपिल शर्माको सोनी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम 'द कपिल शर्मा शो' को आज सुटिङ हुदैँछ। सुनिल ग्रोभर र कपिल शर्माबीच भएको झगडापछि ग्रोभर शो मा देखिएका छैनन्। तर शो मा नदेखिएका अर्का कलाकार अलि अस्गर भने शो मा फर्कने सम्भावना बढेको छ। अस्गरले कपिलको शो मा आमाको भूमीका निभाउँदै आएका थिए। अष्ट्रेलियाको मेलबर्न जाने क्रममा कपिल र सुनिलबीच फ्लाइटमा…
काठमाडौँ : उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो। न्याय परिषद्लाई विपक्षी बनाई मङ्गलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सो…
इलाम : इलाम नगरपालिका–१० गोदकस्थित मेची राजमार्गमा अनियन्त्रित भई ट्रक पल्टिँदा एक युवाको ज्यान गएको छ। रौतहटबाट इलामका लागि माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम- एसइई) को उत्तरपुस्तिका लिई आउँदै गरेको ना १ क ४००९ नम्बरको ट्रक बुधबार दुर्घटना हुँदा रौतहट चस्पुर–५ बस्ने २० वर्षीय रन्जित मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं : नेपाल र हङकङमा दुवै टोली बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ कपको समूह चरणबाटै बाहिरिसकेका छन्। समूह बी रहेको नेपाल र हङकङ बंगलादेश र पाकिस्तानसँग पराजित हुँदै एक खेल अगावै बाहिरिएका हुन्। तर यी दुवै टोलीले समूह चरणको अन्तिम खेल खेल्न भने बाँकी छ। बिहीबार नेपाल र हङकङ आमनेसामने हुँदैछन्। कक्स बजारस्थित शेख कमल इन्टरनेशनल स्टेडियममा हुने खेल दुवैका लागि…