PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

  • इराकमा आत्मघाती हमला, कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

    इराकमा आत्मघाती हमला, कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

    एजेन्सी : इराकको राजधानी बग्दादमा भएको एक आत्मघाती हमलामा कम्तीमा १५ जनाको ज्यान गएको छ।  हमलामा परी करिव ४५ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा प्रहरी अधिकारी समेत रहेको अधिकारीहरुको भनाई छ। प्रहरी चेक पोष्ट नजिकै घटना भएको हो।  घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।   

    विस्तृतमा पढ्नुस्

  • भिआइपी एरियामा मात्रै कालोपत्रे गरेर उम्कियो मेलम्ची, हिलाम्मे सडक सर्वसाधारणलार्इ सास्ती

    भिआइपी एरियामा मात्रै कालोपत्रे गरेर उम्कियो मेलम्ची, हिलाम्मे सडक सर्वसाधारणलार्इ सास्ती

    दिनेश खड्का काठमाडौँ : विकासका काम धमाधम भइरहेको काठमाडौंका मानिसले धुलो खप्न थालेको धेरै भइसक्यो। पानी पर्न थालेपछि भने धुलोमात्र नभइ हिलोले पनि सताउन थालेको छ। अहिले काठमाडौंको सडक घाम लाग्दा धुलैधुलो र पानी पर्दा हिड्नै समस्या हुने गरी सडकहरु हिलाम्मे छन्। मेलम्चीको पानी पिउने आशामा हिलो धुलो खपिरहेका राजधानीबासीले हिलो र धुलोबाट मुक्ति पाउन अझै लामै समय कुर्नुपर्ने देखिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री दाहाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। भेटमा प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्बन्ध अझ प्रगाढ रहनेमा विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटका…

    विस्तृतमा पढ्नुस्

  • जिब्रो छेड्न तयार भए भक्तपुरका बुद्धकृष्ण

    जिब्रो छेड्न तयार भए भक्तपुरका बुद्धकृष्ण

    भक्तपुर : मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन्।  उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन्। २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए। त्यसपछि जुजुभाइ बासँ श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नजिकिँदै गर्दा हुम्लामा नागरिकता लिने बढे

    चुनाव नजिकिँदै गर्दा हुम्लामा नागरिकता लिने बढे

    हुम्ला : जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ। नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन्। सामान्य दिनमा दैनिक चार/पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ। प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • किन मनपर्दैन आमिर खानलाई कपिल शर्मा शो?

    किन मनपर्दैन आमिर खानलाई कपिल शर्मा शो?

    बलिउडका स्टारदेखि सामान्य कलाकार पनि कपिल शर्माको कमेडी शोमा सहभागी भएका छन्। केही कपिल शर्माको आग्रहमा त कोही आफ्नो फिल्म प्रचारको क्रममा कपिलको 'कमेडी नाइट्स विद कपिल' वा 'द कपिल शर्मा शो'मा देखिए। तर बलिउडका चर्चित एवं सफल अभिनेता आमिर खान कपिलको शोमा देखिएका छैनन्।  कपिल शर्माले कार्यक्रमका लागि आमिरसँग आग्रह गर्दा पनि उनले स्वीकार नगरेको वेब दुँनियाले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • छ दिनदेखि अवरुद्ध सोलु–ओखलढुङ्गा सडक खुल्यो

    सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिकामा समाहित हुने आफूहरुको माग विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै सोलुखुम्बुको साविकको तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि आज बिहानबाट सञ्चालन भएको छ। तिङ्लावासीले आफूहरुलाई सोलु दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने वा स्वायत्त तिङ्ला गाउँपालिका घोषणा गर्नुपर्ने माग राख्दै गएको शुक्रबारदेखि सोलु–ओखलढुङ्गा सडकअन्तर्गत तिङ्ला खण्डको सडक पूर्णरुपमा अवरुद्ध गरेका थिए। ठाउँठाउँमा रुख ढाल्नुका साथै…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा सडक निर्माण कार्य सुस्त गतिमा

    धनुषा : एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित जनकपुरको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिन लागिएको सडकमा ठेकेदारले नाला निर्माणका लागि बाटो खनेर जथाभावी छाडिदिएका कारण स्थानीयवासी समस्यामा परेका छन्। पेटी कन्ट्रैक्टर रमण कन्स्ट्रक्सनले उचित समयमा तोडिएका सडकहरु, जथाभावी रुपमा यत्रतत्र खाल्डो खनेर बेवास्ता गरेपछि ठेकेदार बलराम महतोको लापर्बाहीले सर्वसाधारण समस्यामा परेका आरोप लाग्ने गरेको छ। ठेकेदारले बाटोमा…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

    बाँके : लागुऔषध ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ परेका छन्।   दाङ घोराही उपमहानगरपालिका–१० बस्ने २० वर्षीय पोषण कुमार श्रेष्ठलाई प्रहरीले बुधबार ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय जमुनाह चेकप्वाईन्टमा प्रहरी टोलीले भारतको रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका श्रेष्ठलाई चेकजाँच गर्दा उक्त ब्राउन सुगर बरामद भएको जनाएको छ। श्रेष्ठलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय दत्तको बायोपिकका लागि रणबीर कपूर लुक्ने

    सञ्जय दत्तको बायोपिकका लागि रणबीर कपूर लुक्ने

    बलिउड अभिनेता सञ्जय दत्तको जीवन कथामाथि बन्न लागेको बायोपिक प्रोडक्शनकै क्रममा पनि चर्चामा छ। बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्तको रुपमा देखिने भएपछि फिल्म अझ चर्चामा आयो।  फिल्ममा रणबीर विभिन्न उमेर र अवस्था भोगेका सञ्जयको रुपमा प्रस्तुत हुँदै छन्। जसका लागि फिल्म अवधिभर रणबीरको लुक्स एउटै हुने छैन। फिल्मकै लागि रणबीरले १३ किलो तैल बढाउन पर्ने फस्टपोस्टले जनाएको छ। र…

    विस्तृतमा पढ्नुस्

  • आफैँले जन्माएको बच्चा मार्ने आमा पक्राउ

    आफैँले जन्माएको बच्चा मार्ने आमा पक्राउ

    भक्तपुर : आफैले जन्माएको बच्चा मारेको अभियोगमा प्रहरीले चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ वर्षीया साहिली तामाङलाई पक्राउ गरेको छ। बुधबार बिहानदेखि डेलीभरीसम्बन्धी व्यथा लागेकोले तामाङका श्रीमान् मेघबहादुर तामाङले गाउँमा गई पैसा खोजेर जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि उनले प्रहरीमा खबर गरेका थिए। प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • ठूला देशले नेपालको नमुना शान्ति प्रक्रियाको प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री

    ठूला देशले नेपालको नमुना शान्ति प्रक्रियाको प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना भएको बताएका छन्। म्यानमारको शान्ति टोली र नेपालस्थित इन्ट्रिस्च्यूड अफ क्राइसिस् म्यानेजमेन्ट स्टडिजद्वारा आज बिहान आयोजित कार्यक्रममा नेपालमा शान्ति प्रक्रियाका अनुभवहरु प्रस्तुत गर्दै प्रधानमन्त्रीले भने, 'विकसित देशमा यति ठूलो शान्ति प्रक्रिया भएको भए धनी देशहरुले त्यसको व्यापक प्रचार र नायकहरुलाई स्थापित गर्ने थिए, तर नेपालजस्तो सानो र गरिब देश भनेर…

    विस्तृतमा पढ्नुस्

  • भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौँ : भालुको पित्तको कारोबार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ।  प्रहरीले ललितपुर खोकनाका ४७ वर्षीय गनु डंगोल, नुवाकोट जिल्ला घर भएका २६ वर्षीय सोनाम तामाङ र नुवाकोट घर भएका ३५ वर्षीय दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको हो। भालुको पित्त बेच्न हिँडेको सूचनाका आधारमा महाशाखाले तीनै जनालाई स्वयम्भूबाट पक्राउ गरेको हो।  महाशाखाले आवश्यक कारबाहीका लागि पक्राउ परेकाहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • सामसुङको ग्यालेक्सी एस-८ सार्वजनिक, के-के छन् विशेषता?

    सामसुङको ग्यालेक्सी एस-८ सार्वजनिक, के-के छन् विशेषता?

    दक्षिण कोरिया : सामसुङले बहुप्रतिक्षित फ्लागसिप फोन ग्यालेक्सी एस-८ सार्वजनिक गरेको छ। बुधबार दक्षिण कोरियाको राजधानी सिओलमा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो।एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन ल्याएको दाबी गरेको छ। ५.८ इन्चको ग्यालेक्सी एस- ८ र ६.२ इन्चको ग्यालेक्सी एस- ८ प्लस मोडेलका दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो। दुवै स्मार्टफोनमा 'इन्ड टु इन्ड' डिस्प्ले रहेको छ ।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो अन्तर्राष्ट्रिय पुष्प मेला, १० फोटोमा हेर्नुस्

    यस्तो देखियो अन्तर्राष्ट्रिय पुष्प मेला, १० फोटोमा हेर्नुस्

    काठमाडौँ : राजधानीको भृकुटीमण्डपमा आजदेखि इन्टरनेसनल फ्लोरा एक्सपो (अन्तर्राष्ट्रिय पुष्प मेला) सुरु भएको छ।  फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको मेला आइतबारसम्म चल्ने बताइएको छ। मेलाको उद्घाटन आज उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले गरेका छन्।  मेलामा ४५० मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक…

    विस्तृतमा पढ्नुस्

  • इन्स्टाग्राममा नेपाली अभिनेत्रीको 'फूड पोस्ट' 

    इन्स्टाग्राममा नेपाली अभिनेत्रीको 'फूड पोस्ट' 

    काठमाडौं: केहि समय अघि कोकाकोला म:म महोत्सव भएको थियो। फेस्टिवलमा प्रियङ्का कार्कीले विभिन्न म:म स्टल गएर आफ्ना फ्यानसँग म:म खाइन्, फोटो खिचिन् र उनीसँगको सेल्फीहरु सामाजिक सञ्जालमा देखिए। उनी स्वयंमले पनि विभिन्न फोटोहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। प्रियङ्का अन्य समय पनि आफूले खान तयार गरेको वा खाँदै गरेको फोटो पोस्ट गर्छिन्।  प्रियङ्का मात्र होइन अरु नेपाली अभिनेत्रीहरु अहिले फेसबुक,…

    विस्तृतमा पढ्नुस्

  • अप्ठेरोमा परेको सरकारसँग गच्छदारको बार्गेनिङ : समर्थन जोगाउन एक हप्ताको अल्टिमेटम

    अप्ठेरोमा परेको सरकारसँग गच्छदारको बार्गेनिङ : समर्थन जोगाउन एक हप्ताको अल्टिमेटम

    काठमाडौः मधेसकेन्द्रित राजनीति गरिरहेको संसदको छैटौ शक्ति मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै एक हप्ताको अल्टिमेटम दिएको छ। फोरम लोकतान्त्रिकले गत मंगलबारदेखि सुरु केन्द्रीय कार्यसम्पादन समितिको बैठक समापनका क्रममा सरकारलाई दिएको समर्थनको औचित्य स्थापित नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अप्ठेरोमा रहेको सरकारलाई १७ दिनपछि संसद्को अर्को शक्ति…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक २५ गतेसम्मका लागि स्थगित

    संसद बैठक २५ गतेसम्मका लागि स्थगित

    काठमाडौँ : व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारित गरेर आउँदो चैत २५ गते सम्मका लागि स्थगित भएको छ। एमाले सांसद दुलारी देवीको दुर्घटनामा परी निधन भएको शोकमा बैठक स्थगित भएको हो। संसद बैठकमा देवी निधनमा मौन धारण गरिएको थियो। लगत्तै  शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरिएको हो। गत चैत ५ गते भारतको सीतामढीमा भएको दुर्घटनामा घाइते उनको चैत १०…

    विस्तृतमा पढ्नुस्

  • मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो

    मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो

    लहान : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो। बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • मान्छे मार्ने बाघ नियन्त्रणमा लिन टोली परिचालन

    रत्ननगर (चितवन) : नवलपरासीको वन क्षेत्रमा आतङ्क मच्चाउँदै आएको दुर्लभ पाटेबाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले एक टोली परिचालन गरेको छ। बाघ नियन्त्रणमा लिन चिकित्सक र प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। बाघलाई डाट गरी निकुञ्जमा ल्याएर छाड्न टोली पठाइएको हो। निकुञ्जबाट पशु चिकित्सक डा अमिर षडौला तथा पशु सहायक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell