बर्दिया : नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन्। मधुवन नगरपालिका–३ दशगजा पिलर नं. ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।…
सिन्धुली : कमलामाई नगरपालिका–८ तिन तले बस्ने ३० वर्षीय विमली मोक्तानको भिरबाट लडेर मृत्यु भएको छ। बिहीबार घरदेखि अन्दाजी ३ कि.मि.पश्चिम रामझोरा जंगलमा घाँस काट्न गएको अवस्थामा भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ : रेडियो नेपालले हरेक प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रशारण आरम्भ गर्ने भएको छ। रेडियो नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालको क्षमता विस्तार गरेर आगामी भदौ १ गतेसम्ममा एफएम प्रविधिमार्फत सबै जनतासम्म प्रसारण पुर्याउने योजनासहित रेडियो नेपाल अघि बढिरहेको जानकारी दिए। रेडियो नेपालले प्रादेशिक प्रशारण क्षमता बढाउने, नेपाल दूरसञ्चार कम्पनीलगायतका अन्य निकायसँग…
करणका छोरा यश र छोरी रुहीलाई जन्मेको तीन साता हुँदासम्म आइसियुमा राखिएको थियो। दिइएको डेलिभरी डेट भन्दा दुई साता अघि जन्मिएको र कम तौल भएको कारण यी जुम्ल्याहाको स्वास्थ्यस्थिति ठीक थिएन। बुधवार भने सम्पूर्ण उपचार सकी उनीहरुलाई घर लगिएको टाइम्स अफ इन्डियाले जनाएको छ। करणको घरमा उनीहरुको लागि सुन्दर नर्सरी तयार रहेको उल्लेख गरिएको छ। जुन कोठाको तयारी करणकी बेस्ट…
जाजरकोट : मंगलबार राति ढुंगा प्रहार गरी हत्या गरिएका जाजरकोटका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या आशंकमा प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको छ। पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकता, स्थानीय ठेकेदार र शाहका साथीहरु समेत रहेका छन्। केही दिनदेखि शाहलाई विप्लव कार्यकर्ता र ठेकेदारहरुले धम्की दिँदै आएकाले उनीहरुलाई अनुसन्धानको क्रममा पक्राउ गरेको जाजरकोट जिल्ला प्रहरी…
काठमाडौं : संविधान संशोधन प्रस्ताव अघि बढाउन र निर्वाचनको वातावरण निर्माण गर्न सत्तारुढ कांग्रेस-माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बैठकमा डाकेका छन्। अहिले तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेका हुन्। संविधान संशोधन नगरेसम्म चुनावमा नजाने र चुनाव प्रभावित गर्ने घोषणा गरेर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको मोर्चालाई सरकारले संशोधन प्रस्तावमा रहेको प्रदेश सीमाङ्कनबाहेकका विषय पारित…
विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उनले भने, 'नेपाली कांग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चाहँदैन।' मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने,'पार्टीभन्दा…
काठमाडौँ : हिमालय क्षेत्रमा भूकम्प कसरी जान्छ र यस्तो अवस्थामा भौगोलिक बनावट कसरी सक्रिय रहन्छ तथा यस्तै जानकारीमूलक विषयवस्तुमा आधारित भएर तयार गरिएको तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक भएको छ। भिएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा सेन्टर फर डिजास्टर एन्ड क्लाइमेट चेन्ज स्टडिज नामक संस्थाले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा भूकम्प जाने प्रक्रिया, भूकम्पका विभिन्न अवस्थालगायत गत वर्ष…
काठमाडौँ : सत्तारुढ दलहरु र मधेसी मोर्चाको बैठक बालुवाटारमा सुरु भएको छ। संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अघि दलहरु सीमाङ्कन थाती राखेर संविधान संशोधन गर्ने विषयमा सहमति नजिक पुगेका थिए। एमालेले संविधान संशोधनको प्रक्रियामा सहयोग गर्ने बताएको थियो। …
काठमाडौँ : नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष विपीन रावत आज स्वदेश फर्किएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्। नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक तथा मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप नेपाली सेनाका प्रधान…
कालीकोट : जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन्। प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन्। बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए। रासस
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो। कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए। केही समयदेखि श्रेष्ठले…
बेइजिङ : उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको शव प्योङयाङ लगिएको चिनियाँ अधिकारीले शुक्रबार जनाएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित पत्रकार सम्मेलनमा मलेसियामा हत्या गरिएका नामको शव स्वदेश पुर्याइएको जानकारी दिए। 'अन्तर्राष्ट्रिय अभ्यास र मानवतावादी भावनाअनुसार विदेशमा मारिएका व्यक्तिको शव स्वदेशमा पुर्याउन सहयोग गर्नु हाम्रो दायित्व पनि हो,' उनले भने। ४५ वर्षीय…
फिल्म्‘रइस’ को प्रमोशनको क्रममा बलिउड अभिनेता शाहरुख खान विभिन्न रेल्वे स्टेशनमा पुगेर प्रचारमा जुटेका थिए। तर राजधानी एक्सप्रेसमार्फत मुम्बईबाट दिल्ली जाँदा वडोदरा रेलवे स्टेसनमा शाहरुख खान पुगेपछि फ्यानहरुबीच भागदौडको अवस्था बनेको थियो। जसका कारण एक व्यक्तीको मृत्यु भयो। १० मिनेट रेल रोकिँदा भएको घटनामा दुई प्रहरी समेत घाइते भएका थिए। जनवरी २३ भएको घटनामा मारिने मृतक फरहिद खान पठान थिए। मृत्युका…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा विषयक २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले यस्तो धारणा राखेका हुन्। उनले उम्मेदवार र आम मतदातालाई हुन सक्ने सुरक्षा…
काठमाडौं: फिल्म 'ब्रेकअप' बन्ने घोषणा भएको छ। रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मसको ब्यानरमा फिल्म बन्ने भएको हो। फिल्म युनिटले प्रिप्रोडक्शनको काम सकेर रिलिज डेट समेत टार्गेट गरेको बताएको छ। फिल्मलाई २०७४ फागुन २ गर्ने सार्वजनिक गर्ने जनाइएको छ। फिल्मका लागि निर्देशक रहने हेमराज बिसीले फिल्म घोषणा पुष्टी गरे। पहिलोपोस्टसँग कुरा गर्दै भने,'फिल्म बन्छ। आवश्यक तयारी हुँदैछ।' लभस्टोरी जानराको…
काठमाडौं: गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘लाईदेउ न मायाले’ बोलको डान्सिङ नम्बर शुक्रबारबाट युट्युबमार्फत सार्वजनिक गरिएको हो। संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा तयार भएको गीतमा डिपी खनालको शब्द रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन छ भने गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन्। भिडियोमा गायक खरेल र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको छ। सुव्रत आचार्यले…
मोरङ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले मुलुकमा मधेसी र पहाडी समुदायका बीचमा भेदभाव पैदा गरेर मुलुकलाई अविश्वास, जातीय द्वन्द्व र विखण्डनको बीउ रोपेको भन्दै आक्रोश व्यक्त गरेका छन्। मधेसको विरोध राष्ट्रवाद होइन भन्ने धारणा प्रकट गर्दै सभापति देउवाले आफूलाई राष्ट्रवादी भन्नेहरूले मधेसका भावनालाई अविश्वास र अपमान गरेको आरोप लगाए। ‘अनादि कालदेखि नै नेपालको सिमानाको रक्षा गरेर, सीमा कुरेर र…
कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन्। महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नंको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर…
लन्डन : बेलायतले युरोपेली संघबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबार सुरु गरेको छ। पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले संघबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ। संघको ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत संघबाट बाहिरिने पहिलो देश बनेको हा । ‘यो एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्नौँ’, प्रधानमन्त्री थेरेसा मेले संसदमा भनिन्। बेलायतका जनताले…