PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • चलचित्रको प्रचारका लागि ऐश्वर्याको 'हट' फोटोसुट

    चलचित्रको प्रचारका लागि ऐश्वर्याको 'हट' फोटोसुट

    काठमाडौँ : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले हट फोटोसुट गरेकी छिन्। आउँदो चलचित्र ए दिल हे मुस्किलको प्रचारमा रहेकी उनले फिल्मफेयर म्यागेजिनका लागि फोटोसुट गरेकी हुन्। उनले विवाहपछि पहिलो पटक चलचित्र प्रचारका लागि हट फोटो खिचाएकी हुन्।  तस्बिर उनी नायक रणवीर कपुरसँग देखिएकी छिन्। चलचित्रमा पनि उनी रणविरको अपोजिटमा खेलेकी छिन्। फिल्मका केही हट दृश्य भने उनको परिवारको असहमतीका कारण…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन माग

    काठमाडौँ : व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई/मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्।   उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।   नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव सदनमा छिटो प्रस्तुत गर्न माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट गएको बस त्रिशुलीमा खस्यो, छत देखियो मानिस के भए खुलेन

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ। सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८:४५ बजे त्रिशूलीमा खसेको हो। बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए। बसमा…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छः सभापति देउवा

    काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा स्थानीय, प्रादेशिक र केन्द्रको चुनाव गर्नुपर्ने बताएका छन्। सहिद सरोज कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा सहिद सरोज कोइराला मेमोरियल ट्रस्टले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र काँग्रेसको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा उनले भने– संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छ, यसमा कसैले शङ्का लिनुपर्दैन। सभापति देउवाले संविधान कार्यान्वयनमा विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशका ८ मेडिकल कलेजलाई नेपाल सरकारले गर्‍यो ब्ल्याक लिस्टेड

    प्रकाश सिलवाल - काठमाडौँ : शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ। दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले गैरकानुनी काम गरी विद्यार्थी अलपत्र पारेको पाइएपछि ‘नो अब्जेक्सन लेटर’ (सहमतिपत्र)मा रोक लगाएको हो। बङ्गलादेशको शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले केही मेडिकल कलेजलाई निलम्बित…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : त्रिशूलीमा खसेको बसबाट नौ जनाको उद्दार, वेपत्ता हुनेको खोजी जारी

    चितवन : काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ। बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपालको राहदानी कति शक्तिशाली? कुन हुन् सबैभन्दा पावरफूल पासपोर्ट?

    नेपालको राहदानी कति शक्तिशाली? कुन हुन् सबैभन्दा पावरफूल पासपोर्ट?

    पासपोर्ट इन्डेक्सले कुन देशका नागरिकको राहदानी कति शक्तिशाली भन्ने तथ्य बाहिर ल्याएको छ। विशेषगरी ट्राभल डकुमेन्टका लागि सहजताका आधारमा यस्तो इन्डेक्स तयार पारिएको हो। मूलत: भिसा अप्लाइ नै नगरी जान सकिने मुलुकहरुको सूचीका आधारमा राहदानीको वर्गीकरण गरिएको हो। सन् २०१६ को सूचीअनुसार जर्मनी र स्वीडेन सबैभन्दा शक्तिशाली पार्सपोर्ट रहेकोछ। स्वीडिस र जर्मनी राहदानी भएकाहरुले भिसा अप्लाइ नै नगरी १ सय…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डका नयाँ राजाको रङ्गिन दुनियाँ

    भुमिबोल अदुल्यादेजको निधन भएसँगै महा बजरालोङ्कोन थाइल्याण्डको नयाँ राजा बन्ने निश्चित छ। उनले राज्यरोहणका लागि साइत निकाल्न समेत आग्रह गरिसकेका छन्। गत बिहिबार आफ्ना पिताको ८८ वर्षको उमेरमा निधन भइपछि बजरालोङ्कोन बाबुको उत्तराधिकारी बन्न लागेका हुन्। ६४ वर्षे राजकुमार बजरालोङ्कोन निकै स्टाइलिस व्यक्तित्वका रुपमा चिनिन्छन्। उनले पुराना दिनहरु निकै रंगिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ। यती मात्र होइन उनले ३…

    विस्तृतमा पढ्नुस्

  • देवघाटमा कुकुरको बलि!

    सरिता पौडेल- चितवन : पवित्र तिर्थस्थल देवघाटधाममा कुकुरको बलि दिइएको छ। देवघाटको तनँहुपट्टि वेणी संगम स्थल नजिकै रहेको अघोरी बाबाको आश्रममा दशैको अष्टमीका दिन बलि दिइएको हो।     देवघाटमै बस्दै आएका अखण्ड बाबा ले पञ्चबलीको नाममा डुलुवा कुकुरलाई समातेर स्थानीय माइला भन्ने शंकर बोटेलाई काट्न लगाएको स्थानीय सोम बोटेले जानकारी दिए। उनी देवघाटमा १० बर्ष भन्दा लामो समयदेखि बस्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • रामकृष्ण यादव : डेरा चोरिएका सांसद!

    काठमाडौं : दशैंका बेला राजधानीमा हुने चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौले विशेष सुरक्षा योजना ल्यायो। प्रहरीले करिब ४ हजार प्रहरी परिचाल पनि गर्‍यो। विशेष ठाउँमा सीसी क्यामरदेखि तालिम प्राप्त कुकुर समेत परिचाल गर्‍यो। तर, राजधानीमा हुने चोरीका घटनामा थोरै कमी आए पनि रोकिएन। यस्तै चोरको सिकारमा परे नेपाली काग्रेसका सांसद रामकृष्ण यादव। काठमाडौंको मीनभवनमा डेरा लिएर…

    विस्तृतमा पढ्नुस्

  • बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक : प्रचण्ड

    बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक : प्रचण्ड

    गोवा (भारत) : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक रहेको बताएका छन्। भारतको गोवामा ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको उल्लेख गरे। उनले बिमेस्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने धारणा राखे। सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, जिप पल्टिँदा ११ घाइते

    चितवन : चितवनको भरतपुरस्थित आँपटारीमा गएराति ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।   राति १०:३० बजेको समयमा बा ३ ख ११०१ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री गोर्खा पृथ्वीनारायण नगरपालिका १ घर भई हाल भरतपुर बस्दै आएका ३१ वर्षीय राजकुमार नेपालीको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा ४ रिक्टर स्केलको भूकम्पको धक्का

    बैतडी : दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।  भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको हो।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले  भूकम्पले कति क्षति पुर्‍यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी…

    विस्तृतमा पढ्नुस्

  • पोखरालाई धमाधम सफा बनाइँदै

    पोखरालाई धमाधम सफा बनाइँदै

    पोखरा : पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ।   अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो।   सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • बस तोडफोड भएपछि यातायात समितिका पदाधिकारी नै प्रक्राउ परे

    भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।     यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्री पौडेल भन्छन्- 'विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ'

    शिक्षामन्त्री पौडेल भन्छन्- 'विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ'

    चितवन : शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन्।   प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताए।   विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उनले दुवै विश्वविद्यालयलाई एकै…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका पाँच ठाउँमा फ्रि भाइबर सेवा : कल गर्न, सन्देश पठाउन र भिडियो कलको सुविधा

    उपत्यकाका पाँच ठाउँमा फ्रि भाइबर सेवा : कल गर्न, सन्देश पठाउन र भिडियो कलको सुविधा

    काठमाडौं : विश्वकै अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौंका पाँच स्थानमा फ्रि भाइबर सेवा सुरु गरेको छ। ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट शान्तिनगर, निमन्त्रणा रेस्टुरेन्ट काठमाडौं मल र डिजी टेक पाको न्युरोडमा फ्रि भाइबर सेवा पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।   सुबिसु केवल नेटको सहकार्यमा भाइबर प्रयोगकर्ताले असीमित नि:शुल्क इन्टरनेटमार्फत सित्तैमा कल गर्न, सन्देश पठाउन र भिडियो…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : साउदह्याम्पटनको जितमा चार्ली अस्टिनको २ गोल

    प्रिमियर लिग : साउदह्याम्पटनको जितमा चार्ली अस्टिनको २ गोल

    चार्ली अस्टिनले दुई गोल गरेपछि प्रिमियर लिगको गएराति सम्पन्त खेलमा साउदह्याम्पटनले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा अस्टिनले साउदह्याम्पटनका लागि ५२ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा नाथन रेडमोडले अग्रता दोब्बर पारे। त्यसको ५ मिनेटपछि नै अस्टिनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को अग्रता दिलाए। बर्नलेको लागि साम भोक्सले…

    विस्तृतमा पढ्नुस्

  • बन्दीपुरमा ओइरिए पर्यटक, सन् २०१६ भरका लागि सबै कोठा बुक

    बन्दीपुरमा ओइरिए पर्यटक, सन् २०१६ भरका लागि सबै कोठा बुक

    सरिता पौडेल बन्दीपुर : पर्यटकीय गन्तव्यको रुपमा परिचय बढाउँदै लगेको तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरु ओइरिन थालेका छन्। सन् २०१६ भरका लागि बन्दीपुरका होटलका कुनै पनि कोठा खाली छैनन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले दिएको यो जानकारीले नै जनाउँछ- बन्दीपुर एउटा आकर्षक गन्तव्य बनिसक्यो।   'बन्दीपुरमा यो वर्ष नसोचेको पर्यटक आएका छन्। सन् २०१६ सम्मका लागि अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सेल्टाको पोस्टमा भियारियालको ५ गोल, भ्यालेन्सिया र विल्वाओ पनि विजयी

    ला लिगा : सेल्टाको पोस्टमा भियारियालको ५ गोल, भ्यालेन्सिया र विल्वाओ पनि विजयी

    स्पानिस ला लिगा अन्तर्गत गएरातिका खेलमा भियारियाल, भ्यालेन्सिया र एथ्लेटिको विलवाओ विजयी भएका छन्।  घरेलु मैदानमा भएको खेलमा भियारियालले सेल्टाभिगोलाई ५-० ले हरायो। भियारियालको सहज जितमा रोवर्टो सोरियानोले २ गोल गरे भने सेडरिक बाकम्बु र मानुएल ट्रिगुएरोसले १/१ गोल गरे। सेल्टाका डानिएल वासले १ आत्मघाती गोल उपहार दिए। अपराजित रहेको भियारियालको यस सिजन यो चौथो जित हो। भियारियालले ४ खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell