काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयलाई गम्भीरताका साथ उठाएका छन्। सांसद गंगा चौधरीले कार्कीले कानुनी राज्यको उपहास गरेको भन्दै म्याद तामेली गर्न नसक्नु कानुनकै लाचारी भएको बताइन्। लोकमानको शक्ति प्रदर्शनमाथि संकेत गर्दै उनले प्रश्न गरिन्, 'लोकमान कुन लोकका यमराज हुन्?' मुख्य राजनीतिक दलहरुको आड पाएकैले लोकमानको आँट बढेको…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद तामेलीमा आलटाल गरेका तामेलदार शम्भूबहादुर खत्रीमाथि कारवाही गर्न अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। खत्री दशैं अघि कार्कीलाई म्याद तामेली नगरी बेपत्ता भएका थिए। सर्वोच्चले दिएको जिम्मेवारी पूरा गरेका थिएनन्। सर्वोच्च प्रशासनले प्रतिवेदन बनाएर खत्रीको मु्द्दा पेशी चढाएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेञ्चमा विविध विषय माथि सुनुवाइ भइरहेको छ।…
चितवन : चितवनको क्याम्पाचौरमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज एपिएफ क्लब र साहारा क्लब भिड्दैछन्। दिउँसो साढे २ बजेबाट हुने खेलमा सशस्त्र प्रहरीको एपिएफ र पोखराको साहारा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रतियोगिताको उद्घाटन खेलमा हिजो चितवन ११ ले हिमालयन युथ क्लब कैलालीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो। १२ औं…
काठमाडौं : नायिकाको रुपमा दर्शकको प्रिय बनेकी रेखा थापाले निर्माताको रुपमा पनि सफलता नै चाखिन्। त्यसैले उनले होम प्रोडक्सन रेखा फिल्मसबाट एकपछि अर्को हिम्मतवाली, रामप्यारी, काली जस्ता फिल्म बनाइन्। २०७४ का लागि पनि उनले आफ्नो अभिनय एवं निर्माण रहने नयाँ फिल्म घोषणा गरेकी छिन्। रेखाले नयाँ प्रोजेक्ट ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने जानकारी दिएकी हुन्। फिल्मलाई यसअघि रेखा…
पृथ्वीमा अद्भुत विषयको कुनै कमी छैन। विश्वका विभिन्न प्रसिद्ध व्यक्तिहरुका स्ट्याचु अर्थात् मूर्ति बनाउने परम्परा पनि रहेको छ। अझ केही व्यक्तिहरुको त चट्टानमै मूर्ति बनाइने समेत गरिएको छ। एउटै चट्टानमा बनाइएका विश्वका १० अद्भुत मूर्तिहरु यस्ता छन्। श्रवणबेलगोला मैसुर भारतको कर्नाटक राज्यस्थित मैसुर भन्ने स्थानमा श्रवणबेलगोलको मूर्ति रहेको छ। द ग्रेट मैत्रेय बुद्ध अफ बिङलङ, चीन चीनको येल्लो रिभरको…
सम्मानानीय सभामुख ज्यु, आज विशेष समय लिएर विशेष कुरा यस सदनमा उठाउनुपर्दा मलाई सन्तोष होइन ग्लानिको अनुभव भइरहेको छ। विस्तार विस्तार राज्य असफल हुने सम्भावनातिर गइरहेको महसुस भइरहेको छ। लोकतन्त्रमा यस्तै हुन्छ भनेर काखी बजाउनेहरुको हर्षको सीमा छैन। जति कानुन मिच्यो त्यति मिच्नेको समाजमा उति प्रतिष्ठा बढ्दो छ। कानुनको राज्यको सामान्य सिद्धान्त समेत नबुझ्नेकोहरु यस मुलुकको संवैधानिक पदमा विराजमान छन्।…
बलिउड अभिनेत्री आलिया भट्ट २३ वर्षको भइन्। आफैँ कमाउने भएपछि आमाबुबामा निर्भर हुन छोड्ने वा घरबाट टाढा बस्ने ट्रेन्ड पछ्याउँदै उनले पनि परिवारबाट अलग हुने निर्णय गरेकी छिन्। टाइम्स अफ इन्डियामा जनाएअनुसार आलिया र उनकी दिदी शाहिन भट्टले बुबा महेश भट्ट र आमा सोनी राजदानको घर छोड्ने भएका हुन्। केही हप्तामा नै दुई दिदी बहिनी आफ्नो नयाँ अपार्ट्मेन्टमा सर्ने…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध परेको मुद्दाको पुनरावलोकन मुद्दा तामेल भएको छ। कार्की र उनको परिवारले मुद्दा तामेल नगरेपछि अदालतले मुद्दा तामेल गराउने प्रक्रिया अगाडि बढाएको थियो। साथै तामेलदार समेत परिवर्तन गरेको थियो। म्याद तामेल गर्न तामेल शाखाका प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकाल लागयतका व्यक्ति खटिएका थिए। उनीहरुले वडा सचिव सरिता…
चितवन : स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ। कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै चितवनमा स्क्रब टाइफसका…
काठमाडौं : आठौं संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन्। अस्थायी शिक्षक सङ्घर्ष समितिले सरकारसँग यसअघि पनि आफ्ना माग राखिएको तर आश्वासन दिने काम मात्र भएको भन्दै आज दुई घन्टा बालुवाटारमा धर्ना दियो। समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने, ६०…
वीरगन्ज : भन्सार छलेर नेपाल भित्र्याउँदा पक्राउ परेको कपडा सहितको गाडी रौतहट प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएको छ। रौतहट प्रहरीले शुक्रबार राति ८ बजे बा १ क ३६८४ नम्बरको पिकअप र अर्को एउटा जीप अवैध रुपले ल्याइएको कपडा सहित सखुअवा चोकबाट बरामद गरेको थियो। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको गोप्य सूचनाको अधारमा पक्राउ गरेको…
काठमाडौं : नेपाल टेलिकमले फोरजीका लागि पाँच मेगाहर्ज फ्रिक्वेन्सी छुट्याएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले फोरजी चलाउन रोलआउट प्लान माग गरेपछि टेलिकमले फोरजी चलाउने योजना पेश गरेको हो। टेलिकमले पुसदेखि काठमाडौं र पोखरामा फोरजी चलाउने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। १८ सय मेगाहर्जमा चलिरहेको टुजीबाट उक्त फ्रिक्वेन्सी फोरजीलाई छुट्याइएको हो। नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी सहित टेलिकमका उच्च…
काठमाडौं : रसिया हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। बानेश्वरमा रहेको रेकोन एजुकेशन कन्सल्टेन्सीकी २३ वर्षीया सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेशनल कन्सलटेन्सीका ३१ वर्षीय आनन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। बाग्लुङ विनामारे गाविस–३ का भरत विक लगायतलाई उनीहरुले भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगलसम्म सजिलै पुर्याइदिने भन्दै प्रतिव्यक्ति १० लाख ५० हजारसम्म लिएका…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गोवा सम्मेलनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक हल्ला फिँजाएको बताएका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय वार्ता भएको भनेर गरिएको हल्ला कूटनीतिक मर्यादाबाहिर समेत बताए। 'उहाँले प्रचारका लागि हल्ला गर्नुभयो,' नेता रावलले भने, 'प्रतीक्षालयमा बस्दा कुनै देशको प्रमुख वा सरकार…
बुटवल : जग्गा कारोबारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। रुपन्देहीको तिलोत्तमा वडा नं– ३ बस्ने स्याङ्जा जिल्लाको निमुवाखर्कका ३८ वर्षीय खुमबहादुर थापा र बुटवल उपमहानगरपालिका– ११ तीनकुने बस्ने पर्वतका ३१ वर्षीया जमुना आचार्य कुँवरलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो। रुपन्देही जिल्ला अदालतले…
न्युयोर्क : अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणको पछिल्लो नतिजामा हिलारी क्लिनटन नै अगाडि देखिएकी छिन्। आगामी नोभेम्बर ८ मा हुने निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि छन्। किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन…
डोटी : उद्योग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उद्योग वाणिज्य क्षेत्रमा सक्रिय उद्योगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सराहनीय रहेको बताए। प्रतियोगितामा विभिन्न १६ टिमको सहभागिता रहेको छ। क्लबस्तरीय प्रतियोगितामा विभिन्न…
चितवन : चितवनको क्याम्पाचौरमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा सहारा क्लब पोखरा विजयी भएको छ। विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौंलाई ४–० गोल अन्तरले पराजित गर्दै सहारा विजयी भएको हो। खेलमा सहाराका लागि शिव सुवेदीले २, सुशील लामा र अफ्रिकन खेलाडी सगुन इजिटायोले १/१ गोल गरे। खेलको म्यान अफ दि म्याच…
काठमाडौं : आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलका लागि हङकङ गएको नेपाली टोली आज स्वदेश फर्किएको छ। सन् २०१६/२०१७ मा इङल्याण्डमा हुने आइसिसी महिला विश्वकप क्रिकेट खेल्ने लक्ष्यसहित छनोटमा सहभागी टोलीको सपना भने पूरा हुन सकेन। तर एसियाली कप खेल्ने पक्का गरेको छ। नेपालले यो एसियाली छनोटमा भने उपविजेताको ट्रफी हात पार्यो। मंसिरको १२ देखि थाइल्याण्डमा हुने…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो…