काठमाडौं : कार्यव्यवस्था परामर्श समितिले महाभियोग समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। सम्भवत: केही बेरमा समितिका सदस्यहरुको नाम सार्वजनिक हुनेछ। सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव संसद बैठकमा पेश गर्ने कार्यसूची छ। समितिमा ११ सदस्यीय रहेका छन्। जसमा नेपाली कांग्रेस र एमालेबाट ४/४ जना, माओवादी केन्द्रबाट २ र राप्रपा नेपालबाट १…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको चुनाव सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। आज व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधनको पहिलो ड्राफ्ट अन्तिम चरणमा रहेको पनि खुलासा गरे। 'अहिले सरकार मुख्यत: संविधान संशोधन गरेर संविधान कार्यन्वयनमा नै जुटेको छ,' उनले भने, 'तिहारपछि नै संविधान संशोधनको प्रक्रिया अघि बढ्छ। ढुक्क भए हुन्छ।' …
काठमाडौं : चर्चित बलिउड फिल्म 'भूतनाथ' निर्देशक विवेक शर्मले नेपाली फिल्म निर्देशन गर्ने भएका छन्। निर्माता, निर्देशक एवं अभिनेता रोज राणाले निर्माण गर्न लागेको 'मेरो पैसा खै' घोषणासँगै निर्देशकमा विवेक घोषित भएका हुन्। रेदाअंश सिने आर्ट्सको ब्यानरमा फिल्म बन्न लागेको हो। मिडियामाझ प्रस्तुत हुँदै निर्देशक शर्माले फिल्मको विषय खुलाए। पैसाकै कारण कसैको जीवनमा आउने उचारचढाव र त्यसको प्रभाव…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन्। बेलायतमा उनले राजनीतिक भेटघाटसँगै प्रवासी नेपालीहरुसँग पनि छलफल गर्नेछन्। प्रवासी नेपाली एकता समाजको कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष थापा आगामी कात्तिक २० गते स्वदेश फर्कने पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
बलिउडका मेगास्टार अमिताव बच्चनले रामगोपाल वर्माको सुपर हिट फिल्म सरकारको तेस्रो सिक्वेल सरकार ३ मा काम थालेका छन्। सरकार, सरकार राजपछि बन्न लागेको यो फिममा पनि उनी सुवास नागरेकै भूमिकामा देखिनेछन्। अमिताव बच्चनले फिल्ममा काम थालेको माइक्रोब्लगिङ साइट ट्विटरमार्फत् सार्वजनिक गरे। सरकार ३ को पहिलो दिन भन्दै उनले काम थालेको जनाएका हुन्। T 2414 - SARKAR 3 ka pehla…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयसीमाभित्र स्थानीय निकायको चुनाव सम्पन्न नभए देश दुर्घटना फस्ने बताएका छन्। बुधबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै दाहालले माघ ७ गते सम्म स्थानीय निकायको चुनाव भइसक्नुपर्ने बताए। दाहालले भने, ‘अझै देशमा संकटको चुनौती हटिसकेको छैन। चुनाव नभएसम्म संविधान संकटमा नै रहेको छ।‘ दाहालले राष्ट्रिय हितको लागि सबै राजनीतिक दलहरु एक भएर लाग्न समेत आह्वान गरे।…
काठमाडौं : ४ सय वर्ष पुरानो बुद्धको मृर्ति चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपु्र नौदोबहालमा रहेको बुद्धको मुर्ति चोर्नेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक भीमखोरी-३ घर भई बनेपा बस्ने ३६ वर्षीय गणेशलाल श्रेष्ठ, रामेछाप गाउसरा-४ घर भई ललितपुर इमाडोल बस्ने ५३ वर्षीय मानबहादुर मगर, दोलखा लाँकुरीडाँडा घर भई बनेपा…
गौरी सिन्धेको डियर जिन्दगीको पहिलो टिजर सार्वजनिक भएको छ जसमा जोडी बाँधिएका छन् शाहरुख र आलिया भट्ट। एक मिनेट लामो भिडियोमा ५० वर्ष नाघेका हिरोले भर्खर २३ वर्ष लागेकी हिरोइन आलियालाई जीवन दर्शन बुझाइरहेको देखिन्छ। शाहरुखले ट्विट गर्दै जीवनको सुखद यात्रा थालनी भएको भन्दै टिजर सार्वजनिक गरेका छन्। And so it begins. The sweet journey of life... Here you go, @aliaa08…
काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकले महाभियोग सिफारिस समिति गठन गरेको छ। ११ सदस्यीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका ४/४, नेकपा माओवादी केन्द्रका २ र राप्रपा नेपालबाट १ जना रहेका छन्। कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य छन् भने एमालेबाट सुशीला नेपाल, केशव बडाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन्। माओवादी केन्द्रबाट अमनलाल मोदी…
काठमाडौं : ठगीको आरोपमा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललाई प्रहरीले पक्राउ गरेको छ। १२ करोडभन्दा बढी रुपैयाँको ठगी भएको किटानी जाहेरी परेपछि दाहाललाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई बताए। अध्यक्ष दाहाललाई उनकै निवास बालुवाटारबाट पक्राउ गरिएको हो। दसैंअघि नै उजुरी परेकाले आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए। अध्यक्ष दाहालले…
बलिउड स्टार सलमान खानलाई निर्दोष ठहर गर्ने उच्च अदालतको निर्णयविरुद्ध राजस्थान सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सन् १९९८ मा हरिणको सिकार गरेको मुद्दामा हाइ कोर्टबाट सफाइ पाए पनि सलमान खानको संकट सकिएको छैन। ‘राजस्थान सरकारले चालेको कदमले केही राहत दिएको छ,’ जनावरको अधिकारका लागि संघर्षरत एस विसोनीले भने। राजस्थानका एडिसनल एड्भोकेट जनरल शिभमंगल शर्माले उनीमाथिको विशेष सुनुवाई छिटै…
भक्तपुर : दसैंको रमझम सकिएलगत्तै यतिखेर भक्तपुरका किसानलाई धान थन्क्याउने चटारो छ। भक्तपुर लगायत उपत्यकाका किसानका लागि मौसमले पनि साथ दिएको छ। कतिपय किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय खेतमै उठाउनमा व्यस्त छन्। कात्तिक र मंसिरको सुरुवातमा देशभर धान भण्डारणको काम हुने गरेको छ। वर्षा राम्रो भएकाले यसपालि धान उत्पादन पनि सन्तोषजनक भएको किसानहरु बताउँछन्।
यसै वर्षको सुरुवातदेखि सुरु भएको फेसबुकको लाइभ भिडियो फिचर निक्कै लोकप्रिय भयो। विश्वभर यसको प्रयोग भएकाले अब सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको कम्पनीले भेरिफाइड पेजबाट सेड्युल लाइभसमेत प्रसारण गर्न सक्ने बनाउँदैछ। सुरुमा यो भेरिफाइड अकाउन्ट हुनेहरुका लागि मात्र उपलब्ध हुनेछ। फेसबुक प्रयोगकर्ताले लाइभ गर्ने एक साताअघि नै सेड्युलमा लाइभ राख्न सक्नेछन्। केही सातापछि नै नन भेरिफाइड फेसबुक प्रयोगकर्ताले पनि यो…
समर्थ रञ्जित- विष्णुमती नदीमाथि टेकुमा पुल बन्नेक्रम जारी छ। त्रिपुरेश्वर - कलंकी सडक खण्ड विस्तार हुनेक्रम बढिसकेको छ। तर पुलको भाग सानो हुँदा सधै ट्राफिक जामको सास्ती खेप्नुपर्ने अवस्था छ। विस्तार हुन लागेको लेनलाई पूर्णरुपमा सञ्चालन गर्न पुल पनि विस्तार गर्नुपर्ने भएको हो। हेर्नुस फोटा:
सरिता पौडेल चितवन : नारायणगढको क्याम्पाचौरमा जारी १२ अाैँ टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा विजयी हुँदै मनाङ मर्स्याङ्दी र झापा ११ क्वाटरफाईनलमा प्रवेश गरेको छन्। क्याम्पाचौरमा भएको पहिलो खेलमा ए डिभिजन क्लब मनाङले भारतको युनाईटेड क्लव सिवानलाई ४–१ ले पराजित गर्यो मनाङको जितमा ओलावालेले २४ औं र ५५ औं मिनेटमा २ गोल…
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा आफूमाथि उठेका सबैजसो विषय र पछिल्लो भारत भ्रमणको विषयमा मन्तव्य दिए। उनको मन्तव्य सुन्नु भएको छैन भने यहाँ छ भाषणको पूर्ण पाठ : पुष्पकमल दाहाल प्रचण्ड - १. नेपालको संविधान कार्यान्वयन गर्नको लागि आवश्यक कानूनहरुको विधेयक तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ । यस क्रममा संविधान वमोजिम सम्पन्न गर्नु पर्ने…
काठमाडौं : हङकङमा सम्पन्न आईसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर क्रिकेट-२०१६ मा दोश्रो स्थान हात पार्दै महिला एसिया कपको लागि छनोट हुन सफल नेपाली महिला क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही नगद २५ हजार प्रदान गर्ने भएको छ। बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा उपविजेता बन्दै महिला एसिया…
काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर भएको छ। आज बसेको विशेष राजनीतिक समितिले नयाँ कार्यविभाजन गरेको हो। बैठकले प्रशान्त सिंहलाई संयोजक डा. बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ। त्यसैगरी बैठकले केन्द्रीय कार्यालयको संयोजकमा डा. केशवमान शाक्य र सह–संयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको छ। त्यस्तै विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएको छ। प्रमुख…
काठमाडौं : रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन्। किकअफ फुटसलको होम ग्राउन्ड सीतापाइलामा भएको खेलमा किकअफले बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० गोल अन्तरले पराजित गर्यो। एकपक्षीय खेलमा किकअफका कप्तान समेत रहेका राजेश कुँवरले ह्याट्रिक गरे। किकअफका प्रवेश जोशी र कृष्ण लामाले १/१ गोल गरे। किकअफ फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका…
काठमाडौं : मलेसियाको सेपाङमा सर्किटमा यही अक्टोवर २५ र २६ मा आयोजना हुने सेल एसिया ट्यालेन्ट कप मोटरसाइकल रेसका लागि नेपालका दुई खेलाडी मलेसिया जाने भएका छन्। एसिया ट्यालेन्ट कपका लागि हुन लागेको छनोट प्रतिस्पर्धामा नेपालबाट दिक्षा श्रेष्ठ र अमन चौधरीले प्रतिस्पर्धा गर्नेछन्। मलेसिया जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अस्मिता गुरुङले बुधबार बिदाई गरिन्। सेल एसिया ट्यालेन्ट कपमा सहभागी…