इलाम : दानाबारी र महमाईबीचको माईखोलास्थित चण्डालघाटमा भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका परिवारलाई जिल्ला विकास समिति इलामले राहत उपलब्ध गराउने भएको छ। जिविसमा बसेको सर्वदलीय बैठकले प्रतिमृतक १० हजार रूपैयाँका दरले परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विजयादशमीका दिन महमाई–३ मा रूखले किचेर मृत्यु हुने दुई जनाका परिवारलाई पनि रु १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको…
काठमाडौं : २०७३ कात्तिक ३ गते साँझ। ८ बजेको चिसो मौसममा अख्तियार प्रमुख लोकमानसिंह कार्की क्यानडाबाट स्वदेश फर्कँदा उनकै कारण मुलुकको माहोल भने गरम भइसकेको थियो। मुद्दा पुनरावलोकन र अदालतको म्याद तामेलीको ‘ताण्डव’बाट चर्चामा रहेका उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेलिभिजन, अनलाइन र सोसल मिडियामा ठूलो चर्चाको विषय बनिसकेको थियो। कार्कीविरुद्ध शीर्ष नेताहरुकै ‘ग्रिन सिग्नल’मा साँझ ५ बजे नै…
काठमाडौं : व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आज संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि हिजो दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। कांग्रेस लगायत प्रमुख दलहरुसँग छलफल गर्नुपरेकाले बैठक स्थगित गरिएको सभामुख निकट स्रोतले जनाएको छ। प्रधानमन्त्रीमार्फत शीर्ष नेताहरुको आग्रहमा सभामुखले बैठक तीन दिनका लागि सारेकी हुन्। प्रस्तावका विषयमा दलहरुसँग थप छलफल गर्नुपर्ने समय माग गर्दै…
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतमा नेपाल १८६ औं स्थानमै कायम छ। गत महिना कुनै पनि खेल नखेलेको नेपाल अक्टोबर महिनाको वरीयतामा फेरबदल नभई पुरानै स्थानमा कायम रहेको हो। नेपालको कुल ७४ अंक छ। दक्षिण एसियाली वरीयतमा भारत सबैभन्दा अगाडि छ भने यसअघि नेपालभन्दा अगाडि रहेको बंगलादेश नेपालभन्दा तल झर्दा भुटानले नेपाललाई उछिनेको छ। भारत ११ स्थान…
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन संसदमा महाभियोग दर्ता गरेपछि नेपाली कांग्रेसतिर सबैका आँखा सोझिएका छन्। कांग्रेसका केही नेताले महाभियोगको पक्षमा मत जाहेर नगर्न नेतृत्वलाई दबाबा दिएको चर्चा समेत चुलिएको छ। लोकमानलाई बचाउने भूमिकामा सक्रिय रहेको आरोप लागेका कांग्रेस नेता रामशरण महतसँग सुदर्शन सापकोटाले संक्षिप्त कुराकानी गरेका छन्। तपाईं लोकमानलाई महाभियोग लगाउने…
'ट्रेबल ट्रेबल' ओलम्पिक गोल्ड मेडलिस्ट जमैकन स्प्रिन्ट स्टार उसेन बोल्टको बारे बनेको डकुमेन्ट्री फिल्म 'आइएम बोल्ट' प्रदर्शनको लागि तयार भएको छ। बोल्टको व्यक्तिगत जिवन र खेल करियरको बारेमा तयार पारिएको उक्त फिल्म आगामी नोभेम्वर २८ मा प्रदर्शन हुनेछ। लगातार तीन ओलम्पिकमा एक सय, दुई सय र ४ गुणा सय मिटर रिलेमा स्वर्ण जित्दै इतिहास रचेका बोल्टको नाममा तिनै स्पर्धाको विश्व कीर्तिमान…
काठमाडौं : नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। व्यवस्थापिका–संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र) सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो। यसमा एमालेका १०७ र माओवादी केन्द्रका…
प्रभात भट्टराई- काठमाडौँ : निकै विवादित बनेको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजले छ महिनादेखि बैंक ब्याज तिरेको छैन। कलेजले उल्टो नौ महिनाको ब्याज पुँजीकरण माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ। कलेजको प्रस्ताव अनुसार राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेतृत्व गर्ने नियमन समितिले ब्याजलाई साँवामा पुँजीकरण गर्न दिने बारे निर्णय गरिसकेको छ। समितिले अन्तिम निर्णयका…
प्रभात भट्टराई- काठमाडौँ : निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा पुग्ने निश्चित भएको छ। बिहीबार सम्पन्न महासंघको विषेश साधारणसभाले महासंघको विधान २०४९ संशोधन पारित गरेपछि भवानी स्वतः अध्यक्ष बन्ने बाटो खुलेको हो। विधानमा गरिएको संशोधन तत्काल कार्यान्वयनमा जाने भएको छ। संशोधित विधान प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागू…
काठमाडौं : पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ नङशल र रत्नजित तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन्। राजधानी इस्लामाबादमा बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे। फाइनलमा रत्न र नङशलको भेट पाकिस्तानकै मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसँग…
काठमाडौं : राप्रपा नेपालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता भएको महाभियोगबारै आफूहरुबारे कुनै परामर्श नभएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउने जस्तो गम्भीर र संवेदनशील विषयको प्रस्ताव राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल नभई पेस भएको जनाएको हो। 'प्रस्ताव पेश हुनुपूर्व राप्रपा नेपालसँग कुनै परामर्श भएको छैन,' प्रवक्ता राजाराम…
काठमाडौं : प्रतिबन्धित दुर्लभ वन्यजन्तुको खरिद बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत घडियाल गोहीको छाला बिक्री गरेकोमा बर्दिया बासगढी वडा नम्वर ११ बस्ने ४९ वर्षीय मुन्नालाल दमाईलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज र इलाका प्रहरी कार्यलय बर्दियाबाट खटिएको संयुक्त टोलीले…
नेपालको झापा एघार सिक्किमको गान्तोकमा जारी ३६ औं गभरनर्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पाल्जोर स्टेडियममा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मुम्बईको ओएनजिसी लाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै झापा अन्तिम ४ मा पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। सुटआउटमा झापाका प्रवेश कटुवाल, रवी थापा मगर,…
काठमाडौं : रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएको खेलमा शंखमुल फुटसलले जित हात पारेको छ भने चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन्। होम ग्राउन्डमा भएको खेलमा शंखमुलले अवे टिम सामाजिक फुटसललाई ७–४ गोल अन्तरले पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र सुरज महर्जनले २-२ गोल गरे भने सञ्जोग राईले एक गोल गरे। शंखमुलले…
पृथ्वीमा अद्भुत विषयको कुनै कमी छैन। विश्वका विभिन्न प्रसिद्ध व्यक्तिहरुका स्ट्याचु अर्थात् मूर्ति बनाउने परम्परा पनि रहेको छ। अझ केही व्यक्तिहरुको त चट्टानमै मूर्ति बनाइने समेत गरिएको छ। एउटै चट्टानमा बनाइएका विश्वका १० अद्भुत मूर्तिहरु यस्ता छन्। श्रवणबेलगोला मैसुर भारतको कर्नाटक राज्यस्थित मैसुर भन्ने स्थानमा श्रवणबेलगोलको मूर्ति रहेको छ। द ग्रेट मैत्रेय बुद्ध अफ बिङलङ, चीन चीनको येल्लो रिभरको…
बलिउड अभिनेत्री आलिया भट्ट २३ वर्षको भइन्। आफैँ कमाउने भएपछि आमाबुबामा निर्भर हुन छोड्ने वा घरबाट टाढा बस्ने ट्रेन्ड पछ्याउँदै उनले पनि परिवारबाट अलग हुने निर्णय गरेकी छिन्। टाइम्स अफ इन्डियामा जनाएअनुसार आलिया र उनकी दिदी शाहिन भट्टले बुबा महेश भट्ट र आमा सोनी राजदानको घर छोड्ने भएका हुन्। केही हप्तामा नै दुई दिदी बहिनी आफ्नो नयाँ अपार्ट्मेन्टमा सर्ने…
काठमाडौं : नायिकाको रुपमा दर्शकको प्रिय बनेकी रेखा थापाले निर्माताको रुपमा पनि सफलता नै चाखिन्। त्यसैले उनले होम प्रोडक्सन रेखा फिल्मसबाट एकपछि अर्को हिम्मतवाली, रामप्यारी, काली जस्ता फिल्म बनाइन्। २०७४ का लागि पनि उनले आफ्नो अभिनय एवं निर्माण रहने नयाँ फिल्म घोषणा गरेकी छिन्। रेखाले नयाँ प्रोजेक्ट ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने जानकारी दिएकी हुन्। फिल्मलाई यसअघि रेखा थापाको…
प्रिमियर लिगको शनिबार भएको खेलमा म्यानचेष्टर सिटीका दुई खेलाडीको पेनाल्टी सेभ गर्दै एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग खेलको नायक बने। एकै खेलमा दुई खेलाडीको पेनाल्टी रोकेपछि सिटी जितबाट बन्चित रह्यो। स्केलेटनवर्गकै उत्कृष्ट प्रदर्शनको मद्धतमा एभरटनले सिटीलाई १-१ को बराबरीमा रोक्यो। प्रिमियर लिगको एकै खेलमा गोलरक्षकले २ पेनाल्टी रोकेको यो पहिलो अवसर भने होइन। एकै खेलमा २ पेनाल्टी सेभ गर्ने स्केलेटनबर्ग सातौं…
काठमाडौँ : यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ। गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले…
चितवन : काठमाडौंबाट भैरहवाका लागि छुटेको रात्रिबस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ स्थित रिद्धिखोला नजिक त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। लु १ ख ७३९१ नम्बरको बस मङ्गलबार साँझ त्रिशूलीमा खस्दा ९ जना गम्भीर घाइते भएका छन्। एक बेपत्ता छन्। मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एक जनाको भरतपुर लैजाने क्रममा मृत्यु भएको हो। उनको पहिचान…