PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • तिहार नजिकिएपछि अनुगमन तीव्र : मिठाई पसलमा फोहोर, सुपरमार्केटमा म्याद नाघेका सामान

    काठमाडौं : तिहार नजिकिएसँगै सरकारी निकायले बजार अनुगमन तीव्र बनाएका छन्। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा मिठाइ पसलका किचेनमा फोहोर एवं सुपरमार्केटहरुमा म्याद नाघेका खाद्य पदार्थ भेटिएका हुन्।   उपत्यकाका विभिन्न मिठाई पसलमा गरिएको विशेष अनुगमनमा लेबल नभएका सामान र भान्छा फोहोर राखेको पाइएको छ।   बाग्मती स्विट्स प्रालीमा हिलो र फोहोर किचेन फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • माइखोलामा सञ्चालित डुंगामा अब १५ जनाभन्दा बढी चढाउन नपाइने

    माइखोलामा सञ्चालित डुंगामा अब १५ जनाभन्दा बढी चढाउन नपाइने

    इलाम : माइखोलामा अब डुङ्गा सञ्चालन गर्दा एक पटकमा १५ जना भन्दा बढी यात्रु चढाउन नपाइने भएको छ।   माइखोलामा भएको डुङ्गा दुर्घटनापछि बसेको महमाईका राजनीतिक दल संयन्त्रको भेलाले यस्तो निर्णय गरेको हो। डुङ्गामा चढ्ने सबै यात्रुले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ। सम्भावित दुर्घटना न्युनीकरण, सुरक्षित र व्यवस्थित सञ्चालन गर्नका लागि डुङ्गामा चढ्ने यात्रुको नाम, थर, वतनसहितको रेकर्ड राखिने भएको…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीबीचको विवादले दुई दिनदेखि बन्द यातायात सञ्चालनमा

    कञ्चनपुर : कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ।   मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो।   बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै…

    विस्तृतमा पढ्नुस्

  • ढिस्कोले पुरिएर बालिकाको मृत्यु, बागमती नदीमा डुबेर महिला बेपत्ता

    गौर (रौतहट) : रौतहटको शीतलपुर बैरगनिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।   घर लिपपोत गर्न पहेँलो माटो लिन लालबकैया नदीको किनारमा पुगेकी स्थानीयवासी १५ वर्षीया रुबीकुमारी यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।   ढिस्कोमा पुरिएकी किशोरीलाई स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   यसैगरी बागमती…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिग : लेस्टरको लगातार तेस्रो जित, रियल र डर्टमण्ड विजयी

    ​च्याम्पियन्स लिग : लेस्टरको लगातार तेस्रो जित, रियल र डर्टमण्ड विजयी

    इंगलिस च्याम्पियन लेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको डेब्यु सिजनमा लगातार तेस्रो जित हात पारेको छ। समूह जीमा अपराजित यात्रा कायम राख्ने क्रममा लेस्टरले डेनमार्कको एफसी कोभनहेगनलाई १-० ले पराजित गर्‍यो।  घरेलु मैदानमा भएको खेलमा लेस्टरका लागि रियाद महारेजले निर्णायक गोल गरे। लेस्टर समूह चरणमा यसअघि क्लब ब्रग र एफसी पोर्टोलाई हराइसकेको छ। लगातार ३ जितसँगै ९ अंक जोडेको लेस्टर समूहको…

    विस्तृतमा पढ्नुस्

  • ​फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावीमाथि ५ वर्षको प्रतिबन्ध

    ​फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावीमाथि ५ वर्षको प्रतिबन्ध

    थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुडीलाई फिफाले ५ वर्षको प्रतिबन्ध लगाएको छ।  अनुसन्धानमा सहयोग गर्न इन्कार गर्नुका साथै धोका दिएको भन्दै फिफाको एन्टी करप्सन कोर्टले माकुडीलाई ५ वर्षको लागि सबैखाले फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको हो। उनको प्रतिबन्ध तत्कालै सुरु हुनेछ।  थाइल्याण्ड फुटबल एसोसिएशनको प्रमुख रहँदा विभिन्न काण्डमा मुछिएका उनलाई १० हजार स्वीस फ्रान्क अर्थात् ३ लाख ५० हजार थाई भाट…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसबाट देशभरमा ३८५ संक्रमित, ९ जनाको मृत्यु

    स्क्रब टाइफसबाट देशभरमा ३८५ संक्रमित, ९ जनाको मृत्यु

    नारायण ढुंगाना रत्ननगर (चितवन) : देशभरमा गरी ६ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ।   विभिन्न जिल्लाबाट बैसाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट २ सय ४६ र स्क्रब टाइफसबाट हालसम्म ३ सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ।   महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि…

    विस्तृतमा पढ्नुस्

  • संविधानमा महिला अधिकार सुनिश्चित : देउवा

    संविधानमा महिला अधिकार सुनिश्चित : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेको बताएका छन्।   आजदेखि सुरु भएको साउथ एसिया वुमन डेभलपमेन्ट फोरमको सम्मेलन उद्घाटन गर्दै देउवाले महिला-अधिकारपूर्ण संविधान बनेको दाबी गरे। आर्थिक विकासका लागि महिला सहभागिता अपरिहार्य भएको समेत उनले बताए। दक्षिण एसियामा अझै पनि महिलाको अवस्था सन्तोषजनक नरहको उनको भनाइ थियो।   यस्तै, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले…

    विस्तृतमा पढ्नुस्

  • चालकको लापरबाही : मोबाइल चलाउँदै कुहिनाले हाँक्दा बस दुर्घटना, १७ जना घाइते

    भीमदत्तनगर : दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डस्थित मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।   ना ३ ख ९४३६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुनुमा चालकको लापरबाही रहेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताएका छन्।   घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भन्छन्- 'तिहारपछि नै संविधान संशोधन प्रक्रिया सुरु हुन्छ'

    प्रधानमन्त्री भन्छन्- 'तिहारपछि नै संविधान संशोधन प्रक्रिया सुरु हुन्छ'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि नै संविधान संशोधन प्रक्रिया सुरु हुने बताएका छन्। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे जानकारी गराउने क्रममा यस्तो बताएका हुन्। संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले गोवा भ्रमणका साथै वर्तमान राजनीतिक विषय र सरकारको कामकारबाहीबारे जानकारी गराए। संविधान संशोधन भएपछि तीनै तहका…

    विस्तृतमा पढ्नुस्

  • यसरी लहराउँछ, भारतीय महिलाको कपाल बेलायतीको टाउकोमा

    यसरी लहराउँछ, भारतीय महिलाको कपाल बेलायतीको टाउकोमा

    छिमेकी राष्ट्र भारतका महिलाहरुको कपाल बेलायतसम्म पुग्ने र त्यहाँ करिब १२ सय पाउण्ड रकममा अर्को व्यक्तिमा रोप्ने गरिएको रहस्य पत्ता लागेको छ।   दक्षिण भारतका गरिब महिलाहरु सुरुमा आफ्नो कपाल पूरै खौरन्छन्। बार्बरले ५ मिनेटमै उनीहरुको भर्जिन हेयरलाई टाउकोबाट हटाइदिन्छन्। यादागिरीदत्त मन्दिर नजिकै आफ्नो कपाल खौरन महिलाहरुको लाइन नै लाग्ने गर्छ।   त्यहाँ महिला हिन्दु मन्दिरमा आफ्नो कपाल दान गर्नु…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली क्रिकेटरले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने

    ​नेपाली क्रिकेटरले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका ७ खेलाडीले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने भएका छन्। नेपाली क्रिकेट टीमको इन्जुरी रिलिफ फण्डको लागि नेपाली राइनोज टीमबाट अमेरिकामा च्यारिटी म्याच खेल्न लागेका हुन्।  नेपाली टीमका कप्तान पारस खड्कासहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल र सिद्धान्त लोहनीले नेपाली राइनोज टीमबाट खेल्नेछन्।  आगामी नोभेम्वर ६ मा ह्याट्सभिलेमा हुने…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा बस खस्दा मृत्यु हुने ३६ वर्षीय सहचालकको पहिचान खुल्यो

    चितवन : त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका पुरुषको सनाखत भएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोला नजिक त्रीशूलीमा मंगलबार यात्रुबाहक बस खस्दा मृत्यु हुनेमा सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका २० का ३६ वर्षीय जनक महतो रहेका छन्। उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।   काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ७३९१ नम्बरको रात्रिबस दाहाखानी–६ को रिद्धिखोला…

    विस्तृतमा पढ्नुस्

  • यमनमा बिहीबारदेखि युद्धविराम गर्ने राष्ट्रसंघको घोषणा, विद्रोहीबाट आएन प्रतिक्रिया

    यमनमा बिहीबारदेखि युद्धविराम गर्ने राष्ट्रसंघको घोषणा, विद्रोहीबाट आएन प्रतिक्रिया

    एडेन (यमन) : अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धविराम हुने घोषणा गरेको छ।   संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धविरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा…

    विस्तृतमा पढ्नुस्

  • क्लिन्टन-ट्रम्पबीचको अन्तिम बहस बुधबार राति

    क्लिन्टन-ट्रम्पबीचको अन्तिम बहस बुधबार राति

    वासिङटन : अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी हिलारी रोधाम क्लिन्टन र रिपब्लिकक डोनाल्ड ट्रम्पबीच बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ। मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो। त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ। स्थानीय समयअनुसार साँझ ६:०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ। बहस…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमसको बिदा कटौतीप्रति ख्रिस्टियन महासंघको असहमति

    ललितपुर : राष्ट्रिय ख्रिस्टियन महासङ्घले क्रिसमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ।   राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ।   महासङ्घका अध्यक्ष सिबी गहतराजले क्रिसमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि…

    विस्तृतमा पढ्नुस्

  • दिसा गर्दा खुट्टा चिप्लिएर नहरमा खसेका बालकको मृत्यु

    वीरगन्ज : नहरमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ।   पर्सा जानकी टोल निवासी मुकेश डुमका तीन वर्षीय छोरा दीपकको नहरमा डुबेर मृत्यु भएको हो। नहरको डिलमा शौच गर्न गएका बेला खुट्टा चिप्लिँदा उनी नहरमा डुबेका थिए।

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पुस २७ देखि धरानमा हुने

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पुस २७ देखि धरानमा हुने

    काठमाडौं : अखिल नेपाल चलचित्रकर्मी संघले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आउँदो पुस २७ देखि माघ २ गतेसम्म धरानमा चल्ने महोत्सवमा भाग लिनका लागि संघले विश्वभरका चलचित्रकर्मीलाई आवेदनका लागि आह्वान समेत गरेको छ।   मंसिर १० गतेसम्म सहभागी हुन चाहने चलचित्र युनिटले आवेदन पेश गर्न सक्नेछन्। हालसम्म भारत, बंगलादेश, इजिप्ट, श्रीलंका, चीन, क्युवा लगायतका देशबाट ३० भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा हुन सक्ने आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको तयारी

    तिहारमा हुन सक्ने आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको तयारी

    काठमाडौं : दीपावलीमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्ने जुद्ध वारुण यन्त्र कार्यालयले विशेष सचेतनामूलक कार्यक्रम ल्याउने भएको छ।   कात्तिक ६ गतेबाट १२ गतेसम्म कार्यालयले राजधानीका विभिन्न स्थानमा सचेतना कार्यक्रम गर्न लागेको हो। सहरका मुख्य सडकमा विद्यार्थी, स्काउट लगायत विभिन्न वर्गका व्यक्तिहरुलाई आगलागी नियन्त्रणका लागि केके गर्न सकिन्छ भन्ने विषयमा सचेत गराउन लागिएको वारुण यन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराईले बताए।…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक खिचातानीले शिलान्यास भएको ५ वर्षमा पनि बनेन पुल, छिटो सक्न स्थानीयको माग

    राजनीतिक खिचातानीले शिलान्यास भएको ५ वर्षमा पनि बनेन पुल, छिटो सक्न स्थानीयको माग

    भोजपुर : अरुण नदीको निर्माणाधीन पक्की पुल पाँच वर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरिकरुहले तुम्लिङ्टार सडक डिभिजन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन्।   भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमाथिको तुम्लिङ्टार-लम्छुवा-दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरिकले एक वर्षभित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।   तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell