बुटवल : दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ। बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार गाडीधनीको सहमतिमा टिपर…
जापानी फिचर फिल्म ‘ड्राइभ माई कार’ यस वर्षकै उत्कृष्ट फिल्म घोषित भएको छ। र्युस्के हामागुची निर्देशित यस फिल्मले इन्टरनेशनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट ‘२०२२ को उत्कृष्ट फिल्म’का लागि फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड पाएको छ। अन्य चार फिल्मलाई पछि पार्दै यस फिल्मले फिप्रेक्सी अवार्ड जितेको हो। फाइनलमा ‘ड्राइभ माई कार’सँगै थोमस एन्डर्सनको ‘लिकोराइस पिज्जा’, नी क्याम्पियनको ‘द पावर अफ द डग’, रुबेन आस्टलन्डको ‘ट्रयांगल अफ…
काठमाडौं : नेकपा (एमाले)ले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तयारी थालेको छ। सोमवार पार्टी कार्यालय च्यासलमा स्थायी कमिटीको बैठकमा चुनाव केन्द्रित भएर छलफल भइरहेको एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए। उनले भदौ ९ गते बस्ने पोलिटब्युरो बैठक तथा १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेण्डा तय गर्न बैठक बसिरहेको जानकारी दिएका छन्। केही…
काठमाडौं : प्रतिनिधिसभाको बैठक एक सातापछिको लागि बोलाइएको छ। भदौ १३ गतेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई कानुनमन्त्री गोबिन्द बन्दीले पेश गरेका थिए। विधेयक पेश भएपछि बैठक स्थगित भएको हो। एक हप्ता लामो समय राखेर प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आग्रहमा एक…
काठमाडौं : कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताइन्। ती हात्ती राति १० बजे कमलामाई-…
काठमाडौं : कैलालीमा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। जोशीका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा…
काठमाडौं : यँया (इन्द्रजात्रा) आउन अब १९ दिन बाँकी छ। अहिले काठमाडौंको भित्रि शहरमा जात्राको चहलपहल सुरु भइसकेको छ। जात्रा व्यवस्थापन र संचालनका लागि सम्बन्धित गुठिहरुले काम सुरु गरिसकेका छन्। आज बिहान लाखेननीमा रहेको लाखे छेँ (लाखे घर) मा मजिपा लाखे आजुको ख्वापा (मुकुन्डो) बाहिर निकालिएको छ। लाखे छेंमा रहेको प्राचीन ‘पिला’ (गोप्य माटोको सन्दूक)मा राखिएको लाखेको ख्वापा बाहिर निकालिएको…
काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको बताएका छन्। स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भएको भन्दै उपेन्द्रले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको खबर सार्वजनिक भएको थियो। तर, आज बिहान जनकपुर पुगेका यादवले ती खबरहरुमा सत्यता नभएको बताएका छन्। ‘मुख्यमन्त्री राउतलाई पदबाट…
बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा दाङमा एउटा टिप्परमा आगजनी भएको छ। जिल्लाको घोराही-लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आज बिहानै आगजनी भएको हो। जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहान साढे ४ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको…
कास्की : माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएका हुन्। सो दिन बिहान ११ बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिँउसो ३ बजे आमा मेलाबाट फर्किँदा उनी घरमा नभएपछि खोजतलास सुरु भएको…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ। १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ। १७ जना व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए। उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ। सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध…
काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ। प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ। यसैगरि बैठकमा 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न…
काठमाडौं : काठमाडौंको कोटेश्वरमा एक बसमाथि तोडफोडको प्रयास भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बसमा ढुङ्गा हानेको प्रहरीले जनाएको छ। आज विप्लव नेतृत्वको दलले नेपाल बन्द घोषणा गरेको छ। राजधानीमा बन्दको प्रभाव परेको छैन। बिहान भने केहीस्थानमा बन्दकर्ताहरुले सवारी आवगमनमा अवरोध गर्ने प्रयास गरेका थिए। प्रहरीले १६ जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको छ। 'काठमाडौं उपत्यकाबाट अहिलेसम्म १६ जना बन्दकर्ता…
काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहेन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जनाएको छ। यस्तै, आज राती मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली…
काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहेन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जनाएको छ। यस्तै, आज राती मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली…
काठमाडौं : नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता हुने बताएका छन्। पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने बताएका हुन्। नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा लिभरपुलमाथि २-१ गोल जित निकाल्दै सिजनको तेस्रो खेलमा आएर घरेलु टोली युनाइटेडले सिजनको पहिलो जित निकालेको हो। खेलको १६ औं मिनेटमा एन्थोनी एलाङ्गाको पासमा जोर्डन साञ्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडलाई दोस्रो हाफमा मार्कस रासफोर्डले गोल…
बुटवलः सिँचाइ कुलोको विषयमा विवाद हुँदा कपिलवस्तुमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुलोको विषयलाई लिएर सुरु भएको विवाद बढ्दै जाँदा जिल्लाको महाराजगञ्ज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहका अनुसार सोमबार दिउँसो कुलोको विषयलाई लिएर स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षीय सम्साद मुसलमानले…
बुटवलः पाल्पामा एक महिनाको अवधिमा १३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदनमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार एक महिनामा दर्ता भएका ३० वटा घटनामध्ये १३ वटा घटना आत्महत्या सम्बन्धी छन्। जसमा ११ जनाले झुण्डिएर, एक जना विषादी सेवन…
आइतवार भारतका गृहमन्त्री अमित शाह र तेलुगु सुपरस्टार जुनियर एनटीआरबिच भेटघाट भयो। त्यसपछि सामाजिक सञ्जालमा उनीहरूको भेटबारे निकै चर्चा भइरहेको छ। ट्विटरमा ह्यसट्याग अमित शाह विथ एनटीआरआर ट्रेन्ड नै चलिरहेको छ। अमित शाहले जुनियर एनटीआरसँग भेटेका केही तस्बिरहरू ट्विटरमा सेयर गरेका थिए। उनले फोटो सेयर गर्दै लेखेका छन्, ‘तेलुगु सिनेमाका रत्न र अत्यन्त प्रतिभाशाली अभिनेता जुनियरसँग हैदराबादमा रमाइलो भेट भयो।’ जुनियर एनटीआरले…