PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

  • एनपीएलमा जनकपुरधामबाट जनकपुर रोयल्स टिम सहभागी हुने

    एनपीएलमा जनकपुरधामबाट जनकपुर रोयल्स टिम सहभागी हुने

    जनकपुरधाम : सेप्टेम्बरको अन्तिम सातादेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरको टिमले पनि सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपीएलमा जनकपुरको टिम पनि सहभागी जनाउन लागेको हो। सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने छन्। जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका छन्। जनकपुरको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनी टिम र विराटनगरको टिमले…

    विस्तृतमा पढ्नुस्

  • द्वारिका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय

    द्वारिका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौं : सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। केही समयअघि राजन श्रेष्ठको कार्यकारी पदको अवधि सकिएपछि सरकारले आज मात्रै उप्रेतीलाई नियक्त गर्ने निर्णय गरेको हो। निर्मल कुमार उप्रेती र युवराज बस्नेत समेत कार्यकारी निर्देशकका लागि आकांक्षी भएपनि द्वारिका कार्यकारी निर्देशक नियुक्त भएका…

    विस्तृतमा पढ्नुस्

  • जेलबाट छुटेपछि लागूऔषध कारोबारमा, भारतबाट जमुनाले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा यसरी ल्याउँथे ‘ड्रग्स’

    जेलबाट छुटेपछि लागूऔषध कारोबारमा, भारतबाट जमुनाले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा यसरी ल्याउँथे ‘ड्रग्स’

    काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोली लागुऔषध कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको धरान घर भएका ४३ वर्षीय धुब्र लिम्बु, पर्सा घर भएका ४० वर्षीय जमुना साह तेली र ललितपुरका ३८ वर्षीय नवीन श्रेष्ठ रहेका छन्। फरक-फरक मितिमा समातिएका उनीहरूसँगै प्रहरीले लागुऔषध २ हजार ८ सय १० एम्पुल समेत बरामद गरेको छ। नवीन श्रेष्ठलाई प्रहरीले ललितपुरबाट भदौ २ गते नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित निर्वाचन आचार संहितामा एमालेको ३७ बुँदे संशोधन सुझाब : मौन अवधि घटाउनेदेखि सञ्चार माध्यमको अनुगमन गर्न छुट्टै एकाइ माग

    प्रस्तावित निर्वाचन आचार संहितामा एमालेको ३७ बुँदे संशोधन सुझाब : मौन अवधि घटाउनेदेखि सञ्चार माध्यमको अनुगमन गर्न छुट्टै एकाइ माग

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि तयार पारिएको आचारसंहितामा नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ। आयोगले प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा दलका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलका क्रममा एमालेले ३७ बुँदे सुझावसहित संशोधनका लागि अनुरोध गरेको छ। एमालेले निर्वाचनअघि लागू हुने मौन अवधि घटाउनेदेखि आचारसंहिता लागू हुने अवधि बढाउन सुझाव दिएको छ। एमाले केन्द्रीय प्रचार विभागका…

    विस्तृतमा पढ्नुस्

  • पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको छ : प्रचण्ड

    पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताए। उनले राम्रो काम गर्नेलाई प्रोत्साहित…

    विस्तृतमा पढ्नुस्

  • थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

    थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६४३ जनामा परीक्षण गर्दा ६ सय ५८ जनामा संक्रमण देखिएको हो। ३ हजार ३८१ पीसीआर परीक्षण गरिएकोमध्ये ४०५ जनामा र ३ हजार २६२ एन्टीजेन परीक्षण गरिएकोमा २५३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'प्रेमगीत ३' को हिन्दी भर्सनका चार गीत सार्वजनिक 

    फिल्म 'प्रेमगीत ३' को हिन्दी भर्सनका चार गीत सार्वजनिक 

    ‘प्रेम गीत ३’को हिन्दी संस्करणको गीति एल्वम सार्वजनिक भएको छ। जी म्युजिकबाट सार्वजनिक भएको एल्वममा चार गीतहरू समावेश छन्।  सुभाष घलेको शब्द रहेको ‘कोइ ना कोइ नाता हे’ बोलको गीतमा पवनदीप राजको संगीत र जुबिन नौटियालको स्वर सुन्न सकिन्छ। त्यसैगरी, ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ बोलको गीतमा राहत फतेह अली खानले स्वर दिएका छन्। कुमारले लेखेको ‘तुम प्यार हो’…

    विस्तृतमा पढ्नुस्

  • केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

    केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

    काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले केही नयाँ अनुहार र केही पुनरागमन गरेका अनुभवी…

    विस्तृतमा पढ्नुस्

  • छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

    छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

    काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो। प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका थिए। प्रिमियर गर्न पुगेका उनीहरूलाई स्थानीयले भव्य स्वागत गरे। साथै, स्थानीयले…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा पसल सञ्चालन गर्ने बझाङका व्यवसायी १ किलो चरेससहित पक्राउ

    धनगढीमा पसल सञ्चालन गर्ने बझाङका व्यवसायी १ किलो चरेससहित पक्राउ

    कैलाली : कैलाली प्रहरीले धनगढीमा किराना व्यवसाय गर्दै आएका बझाङका एक व्यक्तिलाई १ किलो चरेससहित पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१२ जुगेडामा किराना व्यवसाय गर्दै आएका बझाङका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बझाङको जय पृथ्वी नगरपालिका-६ घर स्थायी घर भएका सिंहले सञ्चालन गरेको पसलमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शङ्का लागेर…

    विस्तृतमा पढ्नुस्

  • अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ छायाङ्कन सुरु

    अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ छायाङ्कन सुरु

    दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो। ‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फिल्म आगामी वर्षमा रिलिज हुने भारतीय सञ्चारमाध्यममा उल्लेख  छ। छायाङ्कनको शुभमुहूर्तको तस्विरमा फिल्मका क्रिउ सदस्यसँगै रश्मिका पनि देखिइन।…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध लगाइयो आतंकवाद मुद्दा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध लगाइयो आतंकवाद मुद्दा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध आतंकवाद मुद्दा लगाइको छ। अघिल्लो हप्ता समर्थकहरूबिच आक्रोशित भाषणका क्रममा प्रहरी र एक महिला न्यायाधीशलाई धम्की दिएको आरोपपछि खानविरुद्ध आतंकवाद मुद्दा लगाइएको हो। खानले गत अप्रिलमा संसद्मा विश्वासको मतमा नपाउँदा पदच्युत भएका थिए। उनी पदमा फर्कन पछिल्लो समय सरकार विरोधी प्रदर्शनको नेतृत्व गर्दै आएका छन्। जसकारण देशमा राजनीतिक तनाव बढ्दै गएको बताइएको छ। यद्यपि, खान…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा माओवादी र एकीकृत समाजवादी, प्रचण्ड-नेपालबिच गठबन्धन बैठक अघि छलफल

    पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा माओवादी र एकीकृत समाजवादी, प्रचण्ड-नेपालबिच गठबन्धन बैठक अघि छलफल

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। ललितपुरको हात्तिवनमा भएको भेटमा पार्टी एकता र चुनावी घोषणापत्रबारे छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिए। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय गरिसकेका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गरिएका भवनहरुमाथि महानगरको कारबाही सुरु

    ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गरिएका भवनहरुमाथि महानगरको कारबाही सुरु

    काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुमाथि कारबाही प्रकृया सुरु गरेको छ। आज नयाँ बानेश्वर क्षेत्रमा रहेका त्यस्ता भवनहरुमा ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउनका लागि त्यहाँ बनाइएका पसलहरु महानगरले हटाउँदैछ। नयाँ बानेश्वरमा ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएका करिब २० वटा घरहरु रहेको महानगरले बताएको छ। महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा पारित भयो प्रदीप गिरिको निधनमा शोक प्रस्ताव, अर्को बैठक भोलि बोलाइयो

    प्रतिनिधिसभामा पारित भयो प्रदीप गिरिको निधनमा शोक प्रस्ताव, अर्को बैठक भोलि बोलाइयो

    काठमाडौं : आज बसेको प्रतिनिधिसभा बैठकले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै बहुमतले शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारित गरि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। अर्को बैठक यही भाद्र ७ गते मंगलवार बिहान १० बजे बोलाइएको छ। गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।  समाजवादी चिन्तक गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको हो। गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरि नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५…

    विस्तृतमा पढ्नुस्

  • आइपीओ भर्दा अब ५ रुपैयाँभन्दा बढी लिन नपाइने

    आइपीओ भर्दा अब ५ रुपैयाँभन्दा बढी लिन नपाइने

    अन्जना सुवेदी- काठमाडौं : साधारण सेयरको दर्खास्तमा बैंक तथा वित्तीय संस्थाले मनोमानी गरेको लगानीकर्ताको गुनासोलाई धितोपत्र बोर्डले सम्बोधन गरेको छ। बोर्डले अब आइपीओ भर्दा लाग्ने शुल्क ५ रुपैयाँ बनाइदिएको छ। यो व्यवस्था एक साताभित्रै लागू हुने बोर्डले जनाएको छ। सी-आस्वाको यो सुविधाका लागि कसैले छुट दिएका थिए भने कतिपयले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म असुल गरिरहेका थिए। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका…

    विस्तृतमा पढ्नुस्

  • १७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’

    १७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’

    काठमाडौं : नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ। सिनामंगलस्थित पुरानो घर थिएटरमा आगामी भदौ १७ गतेदेखि सुरु हुने नाटक असोजको ९ गतेसम्म देखाइनेछ। डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकलाई नैतिकता वादी ‘मोरालिटी प्ले’ भनेर पनि ब्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको यो नाटकलाई नेपालीमा अनुवाद गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य घट्यो, ९५ हजार ३ सय रुपैयाँ कायम

    सुनको मूल्य घट्यो, ९५ हजार ३ सय रुपैयाँ कायम

    काठमाडौं : साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य पुन: घटेको छ। सोमवार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतवार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमवार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ कायम भएको…

    विस्तृतमा पढ्नुस्

  • खाजामा लठ्याउने ‍औषधि खुवाएर ८० वर्षीय वृद्धको औँठी चोरी गर्ने महिला पक्राउ, वृद्धको अस्पतालमा उपचार हुँदै

    खाजामा लठ्याउने ‍औषधि खुवाएर ८० वर्षीय वृद्धको औँठी चोरी गर्ने महिला पक्राउ, वृद्धको अस्पतालमा उपचार हुँदै

    काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। भोजपुर घर भई गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औँठी चोरी गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको हो। जोरपाटीस्थित अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधि खुवाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell