काठमाडौं : पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एटीएमको २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने ‘भेडे’ भन्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका-२७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ४२३ जनामा परीक्षण गर्दा २ सय ८६ जनामा संक्रमण देखिएको हो। १ हजार ८१६ पीसीआर परीक्षण गरिएकोमध्ये २०२ जनामा र १ हजार ६०७ एन्टीजेन परीक्षण गरिएकोमा ८४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…
हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो। खोलाले बगाएर बेपत्ता भएकामध्ये ३० वर्षीया सञ्चमायाको शव फेला परेको छ। उनको…
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्। उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौँ रकम लिएको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनको लागि पशुपति शम्शेर जबरालाई उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर २ कार्य समितिले जबरालगायत ५ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको छ। क्षेत्रीय कार्य समितिले जबरासँगै नर सिं श्रेष्ठ (गोपाल), गुनु पाख्रिन, गोपी कृष्ण चौलागाईँ र लीलादेवी चौलागाईँको नाम सिफारिस गरेको हो। त्यस्तै, प्रदेशसभा निर्वाचनको लागि क्षेत्र…
लहान : ‘आब ककरा बाबु कहबै, के कर साहारामे रहबै’ (अब कसलाई बुवा भन्नु? कसको साहारमा बाँच्नु?) लहान नगरपालिका-१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुको पनि आँसु थामेन। समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन। ‘आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु’, जितनीदेवीले…
काठमाडौं : नेपाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ। बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा संलग्न तीनजनालाई गए राति पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका-९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन्। शनिवार गिरिको उपचारका क्रममा ललितपुरस्थित नेपाल मिडिसिटी अस्पतालमा निधन भएको थियो। पुनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन्। गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि उनले पुर्याउनु भएको योगदानल सधैँ बाँचिरहने बताएका छन्। गिरिको…
बुटवल : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफू अन्तिम पटक चुनाव लड्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्। उनले इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने र जित्ने विश्वास व्यक्त गरे। पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा जाने तयारी भएको खनालले बताए। ‘गठबन्धन दृढतापूर्वक अगाडि…
काठमाडौं : नेपाली काङ्ग्रेसले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केद्रीय समितिको आकस्मिक बैठकले शोकाकुल परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ। दिवंगत नेता गिरिप्रति उच्च सम्मान प्रकट गर्दै काङ्ग्रेसले शोक कार्यक्रम पनि निर्धारण गरेको छ। जसअन्तर्गत भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका…
काठमाडौं : अचेल तपाईंहरुमध्ये धेरैले नेपाल टेलिकम वा एनसेलको नेटवर्कबाट फोन गर्दा सुरुमै अनौठो कलर रिङ ब्याक टोन (सीआरबीटी) सुन्नु भइरहेको होला। यसअघि भित्रै फोन गर्दा सिधै ‘टुऽऽऽऽऽट टुऽऽऽऽऽट’ सीआरबीटी मात्रै सुन्ने गरिन्थ्यो। अहिले त्यो बज्नुअघि फरक टोन बज्ने गरेको छ। अहिले फरक टोन बज्दा फोनकल लाग्ने समयलाई (कल सेटअप टाइम) इंगित गर्न बजेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी…
पछिल्लो समय बलिउड फिल्म फ्लप हुने क्रम बढ्दो छ। ठूला बजेटका फिल्महरूले पनि लगानी उठाउन नसकिरहेको अवस्था छ। ११ अगस्टमा रिलिज भएको अक्षयकुमारको फिल्म 'रक्षाबन्धन' बक्सअफिसमा कमजोर साबित भएको छ। यस फिल्मले हालसम्म ४० करोड भारतीय रूपैयाँ मात्रै व्यापार गरेको छ। 'रक्षाबन्धन' मात्रै होइन यसैवर्ष प्रदर्शनमा आएका अक्षयकुमारका फिल्महरू 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' समेत फ्लप भए। रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ रिलिजपछि अक्षयको जादु चल्न छोडेको…
हेटौँडा : नेकपा (एकीकृत समाजवादी)ले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी क्षेत्र नम्बर २ को शनिवार बसेको बैठकले खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। भदौ १० गते बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी…
भारतीय फुटबल संघको आसन्न निर्वाचनका लागि भारतीय टोलीका पूर्व खेलाडी भाइचुङ भुटियासहित ७ जनाले अध्यक्ष पदमा दाबेदारी दिएका छन्। भारतीय फुटबल सञ्चालन गरिरहेको अदालतले गठन गरेको प्रशासनिक समिति (सिओए)ले सात जना उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो। जसमा ४५ वर्षे पूर्व कप्तान भुटियाले शुक्रवार उम्मेद्वारी दर्ता गराएका थिए। उनको नाम भारतीय टोलीका पूर्व सदस्य दीपक मोन्डल र पूर्व खेलाडी मधुकुमारीले प्रस्ताव…
काठमाडौं : झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ। बारा घर भई कन्काई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। सामहम्दले ती बालिकालाई शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी…
काठमाडौं : अवैध रूपमा ल्याएको सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। करिब १ किलो सुनसहित भारतीय नागरिक ३१ वर्षीय राहुल रेमानानलाई शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो। फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो। उनलाई पुन: प्रहरी…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आगामी मंसिर ४ गते आइतjfरका दिन एकै चरणमा हुने भएको छ। मिति घोषणा भई निर्वाचनको तयारी सुरु भएको छ। मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र…
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि स्थानीय बजारमा स्थिर छ। आइतवार कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँबाट लगातार घटेर उक्त मूल्यमा आइपुगेको थियो। चाँदीको मूल्य आइतवार तोलामा १५ रुपैयाँले घटेको छ। कारोबार मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। गत…
काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेताहरु ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्। पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु मेडिसिटी पुगेका हुन्। गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन्। गृहमन्त्री…
काठमाडौं : चाबहिल- जोरपाटी हुँदै साँखु जाने सडक विस्तार आयोजनाको ठेक्का लागेको वर्षौँ हुँदा पनि सडक निर्माण नहुँदा स्थानीयहरू आजित बनेका छन्। यो सडक विस्तार थालिएसँगै अधिकांश सडक हिउँदमा धुलो उडेर हिँड्न सकिँदैन भने वर्षा याममा असारे खेतजस्तै हिलाम्मे हुने गरेका छन्। सयमा नै काम नभएको भन्दै आइतबार बिहानै स्थानीयले साँखुमा सडक बन्द गरेका छन्। थलीको मुख्य चोकमा बास तेर्साएर…