मकवानपुरः गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने…
काठमाडौं : नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएकोछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको थियो। गिरिको पार्थिव शरीरलाई आज बिहान ९ देखि…
भारतमा पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ११ हजार ५३९ जनामा कोभिड १९ संक्रमण देखिएको हो। नयाँ थपिएको संक्रमितसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९९ हजार ८७९ पुगेको छ। संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले आफू स्तब्ध भएको बताएका छन्। गिरिको शनिवार उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतवार बिहान ट्वीट गर्दै प्रचण्डले गिरि एक वरिष्ठ समाजवादी चिन्तक रहेको उल्लेख गरेका छन्। उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। नेपाली…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले आफू मर्माहित भएको बताएका छन्। गिरिको शनिवार उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतवार बिहान ट्वीट गर्दै ओलीले चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत भएको बताएका हुन्। उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। चिन्तनशील राजनीतिकर्मी, मित्र…
काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार पनि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुनेछ। नेपाली कांग्रेस…
काठमाडौं : आइतवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ। दिउँसो…
काठमाडौं : नेपालगंजबाट काठमाडौँ ल्याउन लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज विमानस्थलबाट लागुऔषध ‘ब्राउनसुगर’सहित कोहलपुरका रोहन शाहलाई शनिवार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। नेपालगंजबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफूलाई दुखी बनाएको बताएकी छिन्। गिरिको शनिवार राति ललितपरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। शनिवार नै भण्डारीले अस्पताल पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए। राष्ट्रपति भण्डारीले गिरिको निधनले नेपालले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तिव गुमाएको बताएकी छिन्। समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल मेडिसिटी अस्पतालमा राखिने भएको छ। आज बिहान ९ बजे देखि ११ बजेसम्म अस्पतालको शिवालयमा पार्थिव शरीर राखिने नेपाली कांग्रेसले जनाएको छ। मेडिसिटीपछि उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय सानेपा लगिनेछ। बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जली अर्पण गर्न सकिनेछ। त्यसपछि गिरिको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ। ७५…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १४ औं मिनेटमै करिम बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। तर, २३ औं मिनेटमा इआगो एसपासले गोल फर्काए, पेनाल्टीमै पाएको अवसर सदुपयोग गर्दै। त्यस्तै ४१ औं मिनेटमा लुक…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले बर्नेमाउथमाथि जित निकालेको छ। डिन कोर्ट स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बर्नेमाउथमाथि आर्सनलले ३-० गोलको सहज जित निकालेको हो। आर्सनलको जितमा मार्टिन ओडेगार्डले दोहोरो गोल गर्दा विलियम सालिबाले एक गोल थपे। खेलको पाँचौं मिनेटमै आर्सनललाई अग्रता दिलाएका ओडेगार्डले दोस्रो गोल ११ औं मिनेटमा गाब्रियल जिससको पासमा गरे। पहिलो हाफमा दुई गोलले अग्रता…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो। गिरि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। गान्धीवादी नेताका रुपमा परिचित गिरिलाई…
काठमाडौं : सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-८ तोपा र राजविराज नगरपालिका-१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शव परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम संचालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो।…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको शनिवार पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताएका हुन्। देशका पूर्वपदाधिकारीका नाममा…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको शनिवार पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताएका हुन्। देशका पूर्वपदाधिकारीका नाममा…
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। ‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा…
काठमाडौं : सार्वजनिक सवारी साधनमासँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सिटमा सवार…
काठमाडौं: नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्यो। आर्मीका आयुश सिंहले १९ अंक जोडे। पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै…