कास्की : पोखरा महानगरपालिका–१ बगरका ‘फेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिवार दिउँसो चिनेका व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जरमा कल आयो। ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे। यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए। कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन? ई-सेवा चलाउनुहुन्छ…
काठमाडौं : काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जिम्मेवारी पाएका छन्। भदौ २ गतेको निर्णयले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो। आइतवार नै पाण्डेले जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाले लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई बिफ्रिङ गरेका थिए। पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०७७ मा उनी नगर प्रहरी नायव…
काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ। समाजमा झै-झगडा र अपराधको एउटा मुख्य कारण…
काठमाडौं : पेस्तोलसहित सशस्त्र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। मोरङको सुनवर्षी नगरपालिका-८ खरेवारी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र…
काठमाडौं : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। केही ठाउँमा रुख…
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ। लहान नगरपालिका-१४ निवासी गिरिको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो। भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो…
काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पेस गर्नेछन्। गिरिको शनिवार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। गिरिको आइतवार पशुपतिमा अन्त्येष्टि गरिएको थियो। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आइतवार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो।…
काठमाडौं : निहारिका राजपूतले अनसन तोडेकी छिन्। शिवराज श्रेष्ठको डिएनए परीक्षण गराउन कानुनी प्रक्रिया अघि बढाउ सरकारसँग सहमति गरेसँगै उनले आइतवार राति अनसन तोडेकी हुन्। धनुषाकी निहारिकाले शिवराज श्रेष्ठले आफूहरुलाई बलात्कार गरेको भन्दै बच्चाको डिएनए परीक्षणको माग गर्दै आएकी छिन्। आइतवार कानुन मन्त्री गोविन्द प्रसाद कोइरालाको उपस्थितिमा भएको सहमतिमा निहारिकाको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दामा डिएनए परीक्षण गर्न…
भारतबाट चोरी गरेर लगिएको ऐतिहासिक महत्वको कलाकृति र मूर्तिहरु बेलायतले फिर्ता गर्ने भएको छ। ग्लास्गो संग्रहालयमा राखिएका मूर्तिहरु फिर्ता गर्ने विषयमा बेलायतस्थित भारतीय दूतावास र केलविनग्रोव आर्ट ग्यालेरी एन्ड म्यूजियमबिच सहमति भएको हो। फिर्ता गरिने मूर्तिहरु भारतको कानपुर, कोलकता, ग्वालियर, बिहार र हैदरावादबाट ल्याइएका थिए। केही मूर्तिहरु एक हजार वर्ष पुरानो रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। मूर्ति फिर्ता गर्ने…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि जित निकालेको छ। स्टेडियो एनोएटामा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको पहिलो मिनेटमै यसैसिजन जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना पुगेका रोबर्ट लेवान्डीस्कीले गरे। तर, खेलको छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो। तर, दोस्रो हाफमा भने…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलमाथि फराकिलो जित निकालेको छ। स्टेड पिअरे मौरेमा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लिलमाथि ७-१ गोलको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेल ह्याट्रिक गर्दा नेइमारले २ गोल तथा लियोनल मेस्सी र अचर्फ हकिमीले समान १ गोल गरे। मेस्सीको पासमा खेलको ८ सेकेन्डमै एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता…
खलङ्गा : जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ। यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै चलचित्र हेर्ने भएका छन्। झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो।…
काठमाडौं : सोमबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको बेला अन्य प्रदेशमा भने आंशिक बदली रहेको छ। आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड बराबरीमा रोकिए। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न ६ गोलको थ्रिलरमा सिटीले एकपटक अग्रता बनाएको थियो भने घरेलु टोलीले दुई गोलले समेत अघि रहेको थियो। यद्यपि खेल भने ३-३ गोलको बराबरीमा रोकियो। खेलको पहिलो मिनेटमै बर्नान्डो सिल्भाको पासमा 'अनमार्क' रहेका इल्के गुण्डोगनले गोल गर्दा सिटीले अग्रता बनाएको…
वीरगंजः चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था नाजुक भएको भन्दै वीरगंजमा प्रदर्शन गरिएको छ। पर्सा, छिपहरमाई गाउँपालिका -२ चेरगाहका ३२ वर्षीय फिरोज अन्सारीको उपचारको क्रममा वीरगंज हेल्थकेयर हस्पिटलका सर्जन डा. आसिफ अन्सारीले लापरबाही गरेको भन्दै आफन्तजनले प्रदर्शन गरेका हुन। फिरोजका बुवा झुमन अन्सारीको नेतृत्वमा आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म घण्टाघर र जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शन गरिएको हो। डा.…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग पराजित भएको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिड्सले चेल्सीमाथि ३-० को सानदार जित निकालेको हो। खेलको ३३ औं मिनेटमा ब्रेन्डेन आरोनसनको गोलमा अग्रता बनाएको लिड्सका लागि दोस्रो गोल ३७ औं मिनेटमा रोड्रिगो मोरेनोले गरेका थिए। पहिलो हाफमा दुई गोलले अघि रहेको घरेलु टोलीका लागि दोस्रो हाफमा ज्याक…
वीरगंजः जनता समाजवादी पार्टी, (जसपा) नेपालको प्रवक्तामा मनीष सुमन चयन भएका छन्। जसपा नेपालको अन्तरिम विधान २०७७ अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो।
वीरगंजः नेपालबाट भारत जाँदै गरेको भारतीय ट्याङ्करबाट १७२ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको छ। नितनपुरबाट परवानीपुर हुँदै आइसिपी नाका भएर भारत फर्किरहेको डब्लुबी ११ इ ९०३३ नम्बरको इन्धन ढुवानी गर्ने भारतीय ट्याङ्करबाट ४६ पोकामा रहेको उक्त गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ। आइतबार बिहान २ बजे पूर्व सूचनाको अधारमा उक्त ट्याङ्करलाई चेकजाँच गर्दा लुकाइएको गाँजा बरामद भएको पर्सा प्रहरीका…
काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झन्डै ११ अर्ब रुपैयाँ माग गरेको छ। आयोगले आइतबार अर्थ मन्त्रालयसँग बजेट माग गरेको हो। निर्वाचनका लागि कूल १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बजेट माग गरेको हो। आयोगले निर्वाचन सामाग्री व्यवस्थापनमा दुई अर्ब तीन करोड २३ लाख रुपैयाँ माग गरेको छ। यस्तै, कानुन तथा राजनीतिक दल…
काठमाडौं : गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त भएका छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेल विश्व सद्भावना दूत नियुक्त भएको जानकारी दिएका हुन्। उनले भने, ‘आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएका पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण नेपालका प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा थप योगदान दिनुहुनेछ भन्ने विश्वास…