काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’को लागि आवेदन खुला भएको छ। ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको पहिलो संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ। प्रतियोगितामा १८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने छन्। युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ। अडिसनमा सहभागी हुन…
काठमाडौं : मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड बधु’को प्रदर्शन मिति तय भएको छ। लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आगामी फागुन १९ गतेबाट रिलिज हुनेछ। रोमानियामा फिल्मको पहिलो चरणको छायाङ्कन सकेर नेपाल आएलगतै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले जानकारी दिए। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा…
काठमाडौं : सुनको मूल्य क्रमिक घट्न थालेको छ। बुधवार तोलामा ५ सय रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। मंगलवार तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। तोलामा १० रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको…
अर्बपति इलोन मस्कले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड किन्ने भनेर गरेको ट्वीट 'ठट्टा' मात्र भएको जनाएका छन्। बुधवार बिहान ट्वीट गर्दै उनले आफू 'म्यान यू' किन्न लागेको मस्कले जनाएका थिए। आफू आधा रिपब्लिकन र आधार डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए। त्यसपछि विश्वभरका मिडियामा हेडलाइन बन्यो : म्यानचेस्टर युनाइटेड किन्दै इलोन मस्क। असान्दर्भिक ट्वीट गर्नमा लामै इतिहास बनाएका मस्क कहिले कोककोला ट्वीटले…
कैलाली : सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ। यस अवसरमा आज प्रदेशमा सार्वजनिक विदा दिइएको छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको…
काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग बारे अनुसन्धान गर्ने आज महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ। पहिलो पटक सिंहदरबारमा समितिको बैठक बस्ने लागेको हो। रामबहादुर विष्टको अध्यक्षमा बैठक बस्दैछ। बैठकले समितिको संयोजक चयन, बैठक सञ्चालन कार्यविधि लगायतको विषयमा छलफल गर्ने छ। त्यस्तै बैठक बसेको साता दिनभित्र महाअभियोग लागेका जवराको बयान समेत लिनेछ। ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा…
काठमाडौंः आजदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ। वातावरण विभागले यसअघि लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आजबाट भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको छ। अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र…
काठमाडौं : कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ। स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गरि औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। ‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका…
काठमाडौं : पसल फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बर्दिबास-१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपको सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच…
काठमाडौं : नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउने भन्दै घरायसी राउटर र अप्टिकल नेटवर्क टर्मिनल (ओएनटी)/ अप्टिकल नेटर्वक युनिट (ओएनयू) को मापदण्ड तय गरेको छ। दूरसंचारका घरायसी राउटर र ओएनटी/ओएनयूको आयात तथा प्रयोग गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्तर स्वीकृति गर्नुपर्नेछ। अब एउटा इन्टरनेट सेवा प्रदायकको डिभाइस अर्को सेवा प्रदायकको सेवा लिँदा पनि प्रयोग गर्न मिल्ने अर्थात् इन्टरअपरेटेबल हुनुपर्नेछ। अर्थात् उदाहरणका लागि…
काठमाडौं : बुधवार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ। आज बिहान प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जनाएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। हाल प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र…
काठमाडौंः कर्तव्य ज्यानको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई कतारबाट नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा दोलखा बैत्येश्वर गाउँपालिका २ का रामकुमार मगरलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ। २०६३ साउन २ गते कोटेश्वरमा मनोज खड्काको कुटपिट र हत्यामा संलग्न रहेको अभियोगमा मगरलाई नेपाल ल्याइएको हो। घटनाको अभियुक्त मगर भएको अनुसन्धानबाट खुलेपछि वैदेशिक रोजगारका क्रममा कतार रहेको जानकारपछि इन्टरपोलमार्फत नेपाल ल्याउने…
काठमाडौंः स्थानीय तह निर्वाचनको खर्च विवरण पेश नगर्ने एक लाख २३ हजार उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले निर्वाचन खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलागरी बुझाउने गरी कूल एक लाख २३ हजार ७८३ जनालाई कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ। उम्मेदवारमध्ये आठ हजार ६५२ जनाले मात्र खर्च विवरण बुझाएका छन्। आयोगले एकैपटक सबै उम्मेदवारहरुलाई स्पष्टीकरण सोधेको छ। खर्च…
काठमाडौंः मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समय पनि मंगलबारदेखि सकिएको छ। आयोगका अनुसार अन्तिम समयसीमामा ८४ दल दर्ता भएका हुन्। निार्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो। सीके राउतको जनमत पार्टी पहिलो नम्बरमा…
काठमाडौंः न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार साँझ बसेको बैठकले नियुक्ति सिफारिस गरेको हो। ज्येष्ठता कार्यक्षमताका आधारमा रिक्तमध्ये २१ जनाको पदपूर्ति परिषदले गरेको हो। अन्य २७ न्यायाधीश नियुक्तिको प्रक्रिया जारी छ। मंगलबार सिफारिस हुनेमा टेकबहादुर कार्की, प्रकाश कोइराला, ध्रुवकुमार ढकाल, विकास श्रेष्ठ, नवराज दुलाल, जगन्नाथ पौडेल, विष्णुप्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल, महेन्द्रबहादुर थापा…
काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्। नगर प्रमुख शाहले उपत्यकाको फोहोर विसर्जनका लागि लैजाने ककनीको बाटो आठ वर्षदेखि लथालिंग छाड्ने ठेकेदार शारदाप्रसाद अधिकारीको अगंरक्षकजस्तो भएको आरोप लगाएका हुन्। पछिल्ला दिनमा फोहोर व्यवस्थापन गर्न नसकेर आलोचित भइरहेका शाहले राजनीतिक दलका नेता कार्यकर्ताले असहयोग गरेको टिप्पणी गरेका…
काठमाडौं: निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजपुतले श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्। जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए। केही दिनअघिमात्र राष्ट्रपति भवन अगाडि निहारिकाले आत्मदाहको प्रयास…
जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्। मंगलवार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिएका हुन्। केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतले जनाए। ‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौँ’, प्रशिक्षणमा डा राउतले भने, ‘केही…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ६१९ जनामा परीक्षण गर्दा ८ सय ४८ जनामा संक्रमण देखिएको हो। २ हजार ७२२ पीसीआर परीक्षण गरिएकोमध्ये ३९९ जनामा र २ हजार ८९७ एन्टीजेन परीक्षण गरिएकोमा ४४१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ५ सय…
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज वाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए। मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका-१…