PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • भारत लैजान लागेको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद

    भारत लैजान लागेको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद

    काठमाडौं : बाँकेको जानकी गाउँपालिका-१ पंचपोखराबाट प्रहरीले यार्सागुम्बा बरामद गरेको छ। सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरले बरामद गरेको हो। यार्सागुम्बा ल्याउने व्यक्ति भने फरार भएको प्रहरीले जानकारी दिएको छ। बरामद यार्सागुम्बा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा जुटे गठबन्धनका नेता,के-के विषयमा हुदै छ छलफल?

    बालुवाटारमा जुटे गठबन्धनका नेता,के-के विषयमा हुदै छ छलफल?

    काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको छ। चुनावमा टिकट बाँडफाँटका बिषयमा गृहकार्य गर्न गठबन्धनको बैठक बसेको हो। गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठक सोमवार बसेको थियो। उक्त बैठकमा मापदण्डबारे छलफल भएको थियो भने बुधबार बस्ने बैठक मार्फत अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम र वामदेवको सहकार्य माओवादीसँग, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्नमा उम्मेद्वार बन्ने

    बाबुराम र वामदेवको सहकार्य माओवादीसँग, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्नमा उम्मेद्वार बन्ने

    काठमाडौं : डाक्टर बाबुराम भट्टराई र वामदेव गौतमले नेकपा मा‌ओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्ने भएका छन्। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले चुनाव चिन्ह दिने स्वीकृति गरेको हो। नेपाल समाजवादी पार्टी(नेसपा)गठन गरेका भट्टराई केही समय यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा थिए।  यस्तै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि चुनावका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको होटलमा दुईजना मृत फेला, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान

    बुटवलको होटलमा दुईजना मृत फेला, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान

    बुटवल : रुपन्देहीको बुटवलस्थित एक होटलमा दुईजना मृत फेला परेका छन्। बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको होटल कारीकोटको कोठामा एकजना पुरुष र एकजना महिला मृत अवस्थामा फेला परेका हुन्। धादिङको कुमपुरका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीय पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब लाग्ने  

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब लाग्ने  

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हाल निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र बनाएको आयोगले निर्वाचनको खर्च १० अर्ब लाग्ने जनाएको हो। यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फिफाले लगायो भारतमाथि प्रतिबन्ध, खोसियो अन्डर-१७ महिला विश्वकप आयोजना गर्ने अधिकार

    फिफाले लगायो भारतमाथि प्रतिबन्ध, खोसियो अन्डर-१७ महिला विश्वकप आयोजना गर्ने अधिकार

    फुटबलको सर्वोच्च निकाय इन्टरनेश्नल फेडेरेसन अफ एसोशिसन फुटबल ‘फिफा’ले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)मा तेस्रो शक्ति हाबी भएको भन्दै फिफाले तत्कालै सुरु हुने गरि अनिश्चितकालका लागि भारतमाथि प्रतिबन्ध लगाएको हो। फिफाले प्रतिबन्ध लगाएसँगै अब भारतमा अक्टोबरमा हुने भनिएको फिफा अन्डर १७ महिला विश्वकप २०२२ पनि संचालन नहुने भएको छ। फिफाले प्रतियोगिताबारे चाँडै निर्णय गर्ने जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यी जिल्लामा भदौ ५ देखि दिइनेछ ५ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

    यी जिल्लामा भदौ ५ देखि दिइनेछ ५ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ। भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबाबालिकालाई कोरोना विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिन लागिएको हो। भदौ ५ गतेदेखि ११…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : आज देशभर बदली रहने

    मौसम पूर्वानुमान : आज देशभर बदली रहने

    काठमाडौं : मंगलवार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो लिभरपुल

    बराबरीमा रोकियो लिभरपुल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट घरेलु टोली लिभरपुलले पुनरागमन गर्दै हारबाट जोगिएको हो। खेलको ३२ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुलका डार्विन नुनेजले ५७ औं मिनेटमा रेडकार्ड ब्यहोर्दा…

    विस्तृतमा पढ्नुस्

  • ट्रहोटे पर्वको अवसरमा आज पोखराका विद्यालयमा बिदा

    ट्रहोटे पर्वको अवसरमा आज पोखराका विद्यालयमा बिदा

    पोखरा : ट्रहोटे पर्वको अवसरमा आज पोखरा महानगरपालिकाका भित्र संचालित विद्यालयहरूलाई बिदा दिइएको छ। गुरुङ समुदायको सांस्कृतिक पर्वको अवसरमा आज महानगर भित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीमा बिदा दिइएको हो। शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यका अनुसार वर्षभरिबाट विद्यालय आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी पर्वको अवसरमा बिदा दिन भनिएको हो। गुरुङ समुदायले साउन महिनाको…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

    आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

    काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरामा, यस्तो छ तालिका

    दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरामा, यस्तो छ तालिका

    पोखरा : पोखरा बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आइपुगेकी छिन्। भोलि मंगलवार हुने कार्यक्रममा सहभागी हुन उनी आज दिउँसो नै बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन्। विद्यालयको कार्यक्रमबाहेक उनी भोलि तमुधीमा आयोजना हुन गइरहेको ट्रहोटे पर्वको कार्यक्रममा सहभागी हुँदै छिन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जयनारायण आचार्यका अनुसार भोलि मंगलवार सुरुमा उनी विन्ध्यवासिनी मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • थपिए ८ सय ८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    थपिए ८ सय ८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण देखिएको हो। ३ हजार १५५ पीसीआर परीक्षण गरिएकोमध्ये ४२७ जनामा र २ हजार ५८२ एन्टीजेन परीक्षण गरिएकोमा ४६१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम प्रतिवेदन तयार पार्ने गृहकार्यमा गठबन्धनको कार्यदल, भागबण्डाको मापदण्ड माधव नेपालको पार्टीको हकमा लागू नहुने

    अन्तिम प्रतिवेदन तयार पार्ने गृहकार्यमा गठबन्धनको कार्यदल, भागबण्डाको मापदण्ड माधव नेपालको पार्टीको हकमा लागू नहुने

    काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठकले बुधवारसम्म प्रतिवेदन दिने तयारी गरेको छ। कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले बाँडफाँटको काम सक्न व्यवस्थित तरिकाले काम सुरु भएको जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले बाँडफाँटको काम बुधवार सक्ने गरी गृहकार्य गर्ने टुंगोमा पुगेको हो। ‘चाँडो भन्दा चाँडो गृहकार्य पूरा गर्न व्यवस्थित रुपले काम सुरु गरेका छौँ।…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

    नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

    जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। सोमवार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी थिइन्। जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश प्रमुखद्वारा तीन वटा विधेयक प्रमाणीकरण

    वाग्मती प्रदेश प्रमुखद्वारा तीन वटा विधेयक प्रमाणीकरण

    हेटौँडा : वाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले सोमवार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम वाग्मती प्रदेशसभा बैठकबाट पारित भई आएको विभिन्न ३ वटा विधेयकलाई प्रमाणीकरण गरेका हुन्। प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार शर्माले प्रदेशसभा सचिवालयबाट प्रमाणीकरणको लागि प्राप्त भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९, प्रदेश संचार…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले माग्यो भुवन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णयको सक्कल फाइल

    सर्वोच्चले माग्यो भुवन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णयको सक्कल फाइल

    काठमाडौं : सर्वोच्च अदालतले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने साउन ९ गतेको मन्त्रिपरिषद्को निर्णय सहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘विपक्षी भुवन केसी (काठमाडौं)लाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मिति २०७९।४।९ गतेको मन्त्रिपरिषद्को निर्णय सहितको सक्कल फाइल सञ्चार तथा सूचना प्रविधि…

    विस्तृतमा पढ्नुस्

  • आङ सान सूचीलाई थप ६ वर्ष जेल सजाय

    आङ सान सूचीलाई थप ६ वर्ष जेल सजाय

    काठमाडौं : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई त्यहाँको सैन्य अदालतले थप ६ वर्ष जेल सजाय सुनाएको छ। थप एक भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई ६ वर्षको जेल सजाय तोकिएको एपीले जनाएको छ।  अभियोग माथिको सुनुवाई बन्द कोठामा भएको थियो। ७७ वर्षीया नेतृका कानुन व्यवसायीलाई पनि बाहिर सूचना सार्वजनिक गर्न रोक लगाइएको छ। उनीमाथि चार वटा भ्रष्टाचार सम्बन्धी मुद्दा लगाइएको छ। सोमवारको फैसलामा…

    विस्तृतमा पढ्नुस्

  • ताइवान पुगेर फर्कियो अमेरिकी सांसदको अर्को टोली, ताइवान आसपास पीएलएको सैन्य अभ्यास

    ताइवान पुगेर फर्कियो अमेरिकी सांसदको अर्को टोली, ताइवान आसपास पीएलएको सैन्य अभ्यास

    ताइवानमा फेरि अमेरिकी सांसदहरु पुगेर फर्किएका छन्। सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेको १२ दिनपछि अमेरिकी सांसदहरुको टोली आइतवार राति ताइवान पुगेका हुन्। उनीहरु २० घण्टा ताइवानमा बिताएर फर्किएका छन्।  ताइवानमा पुगेको सिनेटको परराष्ट्र मामिला समितिको एसिया-प्यासिफिक समूहका प्रमुख इडी मार्केको नेतृत्वको टोलीले त्यहाँकी नेतृ त्साइ इङ-वेनसँग भेट गरेको ताइवानको लिबर्टी टाइम्सले जनाएको छ।  यो टोली ताइपेइबाट छाडेपछि मात्र त्यहाँको 'राष्ट्रपति'को कार्यालयले उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले सोधिन् : बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय गर्न सक्छ? अरु के-के छ सन्देशमा?

    राष्ट्रपति भण्डारीले सोधिन् : बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय गर्न सक्छ? अरु के-के छ सन्देशमा?

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकता विधेयक संसद्मा फिर्ता गरेकी थिइन्। ७ बुँदे सन्देश र ८ बुँदे ध्पानाकर्षण ठाउँदै भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न अस्वीकार गरिन्। उक्त ८ बुँदे सन्देशमा २०७५ सालमा प्रस्तुत भएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको सहमतिलाई पनि विधेयकमा राख्नुपर्ने उल्लेख छ। आमाको नामबाट नागरिकता पाउने विषय संविधानमा उल्लेख भएपनि बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell