काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ। यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेश भएको थियो। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीवार छलफल भएको थियो। छलफलपछि विधेयक मत विभाजनका आधारमा बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधेयक पारित गर्न मत विभाजनको माग गरेको थियो। यसअघि यो विधेयक संसद्का…
काठमाडौं : नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजन मागेको छ। प्रतिनिधिसभामा विधेयक पारितको कार्यसूची पेश हुनसाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेका हुन्। गठबन्धनको निर्णयका आधारमा संसद् चल्न नसक्ने भन्दै उनले मत विभाजन मागेका हुन्। प्रतिपक्ष दलसँग पनि विधेयकबारे परामर्श नभएको उनले बताए। विधेयकमा मत विभाजन हुँदा हुन्छ/हुन्न भन्ने ध्वनी मतका आधारमा निर्णय हुने…
काठमाडौंः नागरिकता विधेयकमा एमालेले मत विभाजन मागेको छ। प्रतिनिधि सभामा विधेयक पारितको कार्यसूची पेश हुनसाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेका हुन्। गठबन्धनको निर्णयका आधारमा संसद् चल्न नसक्ने भन्दै उनले मत विभाजन मागेका हुन्। प्रतिपक्ष दलसँग पनि विधेयकबारे परामर्श नभएको उनले बताए। विधेयकमा मत विभाजन हुँदा हुन्छ हुन्न भन्ने ध्वनमितका आधारमा निर्णय हुने छैन। लबी विभाजन…
काठमाडौं : सत्तारुढ नेपाली काङ्ग्रेसका नेता डा मिनेन्द्र प्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताविहीन, मुलुकविहीन बनाउने अधिकार नभएको बताएका हुन्। नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए। नेता रिजालले…
बुटवल : उद्योगलाई आवश्यक जनशक्तिको पहिचान गरी माग र आपूर्तिको तालमेल गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना भएको छ। रूपन्देही उद्योग संघको सहकार्यमा स्थापना गरिएको सूचना केन्द्रको बिहीवार लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे। देशका दक्ष युवा जनशक्ति पलायन रोक्नको लागि सीप र क्षमता युवामा विस्तार गर्न जरुरी रहेको मन्त्री शाहीले बताए। त्यसको लागि प्रदेश सरकारले…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले नागरिकता राष्ट्रपतिले पुन:विचार गर्न फिर्ता पठाएको प्रति व्यंङ्ग्य गरेका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दिउँसो नभई राति पठाउन आग्रह गरेका छन्। 'अब यो नागरिकता विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपति कहाँ पठाउनुपर्ने होला। उहाँ (राष्ट्रपति) कहाँ सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणको लागि दिउँसो नभई राति पठाउनुपर्छ', उनले व्यंङ्ग्य गरे, 'किन…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९३० जनामा परीक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण देखिएको हो। २ हजार ८२ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र २ हजार ८४८ एन्टीजेन परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…
हेटौँडा : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रादेशिक संरचनाको विषयमा अहिले नै मुल्यांकन गर्ने समय नभएको बताएका छन्। संघीय ऐनसँग बाझिने गरी अध्यादेश ल्याएपछि बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले प्रादेशिक संरचना खारेजीको विषयमा चौतर्फी आलोचना भइरहेको बेला तत्काल टिप्पणी गर्नु गलत हुने दाबी गरेका छन्। ‘प्रदेश संरचनाले सरकार भएको अनुभुति दिएको छ। प्रदेश…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुनका लागि विभिन्न मापदण्ड तोकेको छ। बुधवार बसेको बैठकले उम्मेदवार छनोटका ८ मापदण्ड बनाएको हो। मंसिर ४ गते हुने चुनावका लागि सत्तारुढ दल एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि मापदण्ड बनाएको छ। सत्ता गठबन्धनले टिकट बाँडफाँटका लागि कार्यदल बनाएर सहमतिका लागि गृहकार्य गरिरहेका बेला एकीकृत समाजवादीले आफ्ना पार्टीका तर्फबाट…
काठमाडौं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राजनीतिक गरिरहेको आरोप लगाएका छन्। नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसद्बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे। बिहीवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर…
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट पुन:विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक माथि छलफल चलिरहेको छ। छलफलका क्रममा एमाले नेता तथा सांसद भीम रावलले कविताबाट सम्बोधन सुरु गर्दै प्रश्नै प्रश्नले झटारो पस्किए। 'देशको हाल के भनुँ यहाँ गोलमाल र बेहाल छ नागरिकता जस्तो सस्तो छ सारै स्वाधिनता दाउमा छ' उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताको रक्षा गर्ने राष्ट्रपतिको…
अहिले भारतमा बलिउड फिल्मलाई बहिष्कार गर्ने 'ट्रेन्ड' नै चलिरहेको छ। हालै आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’,अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’, आलिया भट्टको 'डार्लिङ' यही अभियानको सिकार भए। शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ लाई पनि बहिष्कार गर्नेुपर्ने माग अहिले भारतमा चलिरहेको छ। यसैबिच, अभिनेता अर्जुन कपूरले बलिउड फिल्म बहिष्कार गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखे। उनले बलिउड हंगामासँगको अन्तर्वातामा कलाकारहरू यस विषयमा चुप लागेर बस्नु गलत भएको…
काठमाडौं : प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सरकारले काठमाडौंसहित देशभरका शहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिइन्। साथै, फोहोरका कारण नेपालका मुख्य शहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्।…
काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँएको थियो। दुर्घटनामा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा…
काठमाडौं : लगातार १० वटा प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने सांसदहरूको बिदा स्वीकृत गरिएको छ। यस पटक भने बिदाको कारण देखाएपछि मात्र बिदा स्वीकृत गरिएको हो। यसरी विभिन्न कारण देखाएर १५ जना सांसदहरू लगातार १० वटा बैठकमा अनुपस्थित भएको देखिएको छ। १० वटा बैठकमा बिदा लिने अधिकांश सांसदहरू अमेरिका रहेको खुलेको छ। उपचारदेखि भ्रमण भन्दै बिदा लिएका धेरै जसो सांसदहरू अमेरिका पुगेका…
काठमाडौं : काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउने निर्देशन दिएको छ। महानगरपालिकाले १५ दिन भित्र आफैं वैकल्पिक व्यवस्था गरेर खसी बजार हटाउन निर्देशन दिएको हो। वडा नं १४ भाटभटेनीसँगै रहेको खसी बजार हटाउन महानगरले बिहीबार सूचना जारी गरेको छ। सात रोपनी आठ आना जग्गामा खसी बजार संचालन गर्दा बल्खु खोलामा प्रदूषण बढेको, स्थानीयलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा…
आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ बक्सअफिसमा फ्लप साबित भएको छ। गत बिहिवार प्रदर्शन भएको यस फिल्मले एकसातामा ५० करोड भारतीय रूपैयाँको व्यापार गरेको छ। ‘लालसिंह चड्डा’ फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो। चारवर्षपछि आमिरले यसै फिल्ममार्फत कमब्याक गरेका हुन्। जसकारण यस फिल्मबाट निकै आशा गरिएको थियो। तर, यस फिल्मले अपेक्षाअनुसार व्यापार भने गर्न सकिरहेको छैन। फिल्मले रिलिजको पहिलो बक्सअफिसमा…
जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको छ। कोरोना भाइरस महामारीपछि मदिर सेवन गर्ने युवाको संख्या घटेपछि अर्थतन्त्र बचाउन जापानले युवालाई मदिरा सेवनका लागि प्रोत्साहित गर्न प्रतियोगिता समेत घोषणा गरेको छ। युवाहरुमा मदिरा सेवन गर्ने दर घट्दै गएपछि जापानको राजश्व संकलन घटेको बताइन्छ। त्यसैले सरकारले यस्तो योजना ल्याएको हो। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘सेक भिभा’ अभियानमा २० देखि…
काठमाडौं : पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। आज बिहान सभामुख अग्निप्रसाद सापकोटाले विधेयकका विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए। तर बैठकमा विधेयकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सहमति जुट्न सकेन। अहिले प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले आफ्नो आफ्नो धारणा राखिरहेका छन्। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै…
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई छुट्टै भेट्दै छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताका बिचमा छुट्टै भेटवार्ता हुन लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। सत्ता गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट बाँडफाँट गर्न साउन २० गते कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको बुधवारको बैठकले शनिवारसम्म बाँडफाँटको खाका तयार पार्ने…