PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • सुनको मूल्य घट्दो, प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम

    सुनको मूल्य घट्दो, प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम

    काठमाडौं : चार दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन पनि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ घटेको हो। शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवारका तुलनामा बिहीवार ३ सय रुपैयाँ घट्दा कारोबार मूल्य ९५ हजार ९ सय रुपैयाँ थियो। एक सातामा सुनको मूल्य प्रतितोला…

    विस्तृतमा पढ्नुस्

  • चीनमा थप ५५९ जनामा कोभिड-१९ को स्थानीय संक्रमण पुष्टि, तिब्बतमा यस्तो छ तयारी

    चीनमा थप ५५९ जनामा कोभिड-१९ को स्थानीय संक्रमण पुष्टि, तिब्बतमा यस्तो छ तयारी

    मुख्यभूमि चीनमा बिहीवार ५५९ कोभिड-१९ का स्थानीय संक्रमण पुष्टि भएका छन्। शुक्रवार बिहान त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार ४४१ जना संक्रमित हैनान प्रान्तमा मात्र पुष्टि भएका छन्। बिहीवार चीनमा दुई हजार ११९ जना स्थानीय लक्षणरहित संक्रमित फेला परेका छन्। जसमध्ये एक हजार ५८ हैनान प्रान्तका रहेका छन्। त्यस्तै, ६६५ तिब्बत क्षेत्रमा रहेका छन्। यस्तै, २२१ जना सिनचियाङ युगर क्षेत्रमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने

    सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने

    काठमाडौं : सुहाना थापाको मुख्य भूमिकामा फिल्म ‘भगवत् गीता’ बन्ने घोषणा भएको छ। शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा युट्युबमार्फत फिल्मको टाइटल घोषणासँगै प्रदर्शन मिति तय गरिएको हो। झरना थापाले निर्देशन गर्न लागेको यो फिल्म आगामी नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुनेछ। सुहानाले ‘ए मेरो हजुर ४’ पछि होमप्रोडक्सन प्रोजेक्टमा काम गर्न लागेकी हुन्। सुहाना इन्टरटेनमेन्टबाट सार्वजनिक भएको फिल्मको टाइटल घोषणा टिजरमा…

    विस्तृतमा पढ्नुस्

  • १० ‘मोस्ट वान्टेड’ अपराधी, जो रेड कर्नर र एलो नोटिसमा थपिए

    १० ‘मोस्ट वान्टेड’ अपराधी, जो रेड कर्नर र एलो नोटिसमा थपिए

    काठमाडौं : विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेड कर्नर नोटिस हो। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा पनि गर्ने गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्ने अपराधीहरुको सङ्ख्या बढ्दै गएको छ। नेपाल प्रहरीले पछिल्लो तीन महिनामा ८ जनालाई रेड कर्नर नोटिसमा समावेश गरेको छ। त्यस्तै, २ जनाको एलो…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि, प्रहरी अनुसन्धानमा असहज

    सीसीटीभी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि, प्रहरी अनुसन्धानमा असहज

    उदयपुर : उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रिएपछि समस्या भएको छ। चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सीसीटीभी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सीसीटीभी क्यामेराले काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • लगालग छलफल गर्छ माओवादी, तर छान्न सक्दैन पदाधिकारी : अध्यक्ष बाहेकका पद ७ महिनादेखि खाली

    लगालग छलफल गर्छ माओवादी, तर छान्न सक्दैन पदाधिकारी : अध्यक्ष बाहेकका पद ७ महिनादेखि खाली

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको शुक्रवारको बैठक पदाधिकारी चयन नगरी सकिएको छ। छलफल सकारात्मक भएपनि पदाधिकारीबारे निर्णय नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टीका पदाधिकारी चयनका लागि माओवादी केन्द्रको स्थायी कमिटीमा केही दिन यता लगातार छलफल भइरहेको छ। बुधवार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता महराले बिहीवार पदाधिकारी टुंगो लाग्ने दाबी गरेका थिए। तर, बिहीवार बैठक नै बस्न सकेन। माओवादी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

    फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

    काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘माइकल अधिकारी’लाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। सेरोगेसीको…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्कको 'ठट्टा' पछि म्यानचेस्टर युनाइटेड किन्नेमा र्‍याटक्लिफको चर्चा

    इलोन मस्कको 'ठट्टा' पछि म्यानचेस्टर युनाइटेड किन्नेमा र्‍याटक्लिफको चर्चा

    ब्रिटिस अर्बपति जिम र्‍याटिक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड बिक्रीमा भएको खण्डमा आफू किन्न इच्छुक भएको जनाएका छन्। सीएनएनको इमेलको उत्तरदिँदै र्‍याटक्लिफका प्रवक्ताले यसको पुस्टि गरेका छन्। 'यो क्लब बिक्रीमा भएको खण्डमा यसमा हाम्रो रुची छ,' उनले जवाफमा भनेका छन्। फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेडको मुल्य ४.६ बिलियन डलर छ। हाल युनाइटेडको स्वामित्व अमेरिकी ग्लेजर परिवारिसँग छ। संसारका ठूला क्लब मध्येको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको हो। आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने सम्भावना रहेको छ। आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्न सक्ने बताइएको छ। सो नाममा सहमति जुटेको खण्डमा आज नै पदाधिकरी चयन प्रक्रिया टुंगिनेछ। माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। अपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा फेरि खेल गतिविधि बढाउने प्रयास : यसरी अघि बढ्दैछ तानसेनमा टुँडिखेलको स्तरोन्नति काम

    पाल्पामा फेरि खेल गतिविधि बढाउने प्रयास : यसरी अघि बढ्दैछ तानसेनमा टुँडिखेलको स्तरोन्नति काम

    काठमाडौं : तानसेन नगरपालिकास्थित टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७६-७७ मा टुँडिखेल मैदान सुधारका लागि दुई वर्षभित्र काम सक्ने गरी तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान गरेको थियो। जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले ठेक्का सम्झौता गरि निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

    युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

    युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका छन्। हप्तौंको अत्याधिक गर्मी र सुख्खा पछि परेको वर्षाले जनजीवन…

    विस्तृतमा पढ्नुस्

  • युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

    युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

    युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका छन्। हप्तौंको अत्याधिक गर्मी र सुख्खा पछि परेको वर्षाले जनजीवन…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

    तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

    काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। बिहीबार भएको सो घटनामा बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्। विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-५ घर भई शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको रगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?

    कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?

    आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। कृष्ण मन्दिरमा शिवलिंग पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५० मा भएको थियो। सो मन्दिर एउटै पहाडको ढुंगाले बनाइएको कथन छ। त्यसबेला पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। मल्लले खासमा सो स्थानमा कृष्ण मन्दिर बनाउन…

    विस्तृतमा पढ्नुस्

  • आज कृष्ण जन्माष्टमी, पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड

    आज कृष्ण जन्माष्टमी, पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड

    काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।…

    विस्तृतमा पढ्नुस्

  • लगातार छलफल गर्दा पनि पदाधिकारी छान्न नसकेको माओवादी शनिवार पनि जुट्यो पेरिसडाँडामा

    लगातार छलफल गर्दा पनि पदाधिकारी छान्न नसकेको माओवादी शनिवार पनि जुट्यो पेरिसडाँडामा

    काठमाडौं : पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शनिवार पनि सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। शुक्रवारको बैठक पदाधिकारी चयन नगरी टुंगिएको थियो।  पार्टीका पदाधिकारी चयनका लागि माओवादी केन्द्रले स्थायी कमिटीमा केही दिन यता लगातार छलफल गरिरहेको छ। बुधवार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बिहीवार पदाधिकारी टुंगो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाले रोक्न सक्छ नागरिकता विधेयक?

    राष्ट्रिय सभाले रोक्न सक्छ नागरिकता विधेयक?

    काठमाडौंः राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरेको छ। पुनर्विाचारका लागि पठाइएका विषय यथावत राख्दै प्रतिनिधि सभाले यसअघिकै व्यवस्था अनुसारको विधेयक पारित गरेको हो। बिहीबार प्रतिनिधि सभामा मत विभाजनका क्रममा विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको थियो। मतदानमा १९५ जना सहभागी थिए। प्रतिनिधि सभामा अहिले २७१ सांसद कायम छन्। जसमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन आइडलमा नेपालीहरूले दिएको माया र सहयोगका कारण कन्सर्ट गर्न आएँ : अर्थर गन

    अमेरिकन आइडलमा नेपालीहरूले दिएको माया र सहयोगका कारण कन्सर्ट गर्न आएँ : अर्थर गन

    काठमाडौं: नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल)  यतिखेर नेपालमा छन्। अमेरिकन आइडलमा सबै नेपालीहरूले दिएको माया र सहयोगका कारण आफू नेपालमा कन्सर्ट गर्न आएको उनी बताउँछन। बिहीबार काठमाडौंमा पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। सोही पत्रकार सम्मेलनमा उनले सम्पूर्ण नेपालीहरूले गरेको साथ र सहयोगप्रति धन्यावाद व्यक्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • सुनको तिलहरी बेच्न पसल पुगेकी युवतीले दिनेशलाई यसरी पारिन हनिट्रापमा

    सुनको तिलहरी बेच्न पसल पुगेकी युवतीले दिनेशलाई यसरी पारिन हनिट्रापमा

    काठमाडौं पछिल्लो समय काठमाडौंलगायत देशका विभिन्न स्थानमा हनिट्रापमा पारे ठगी गर्ने घटना दोहोरिइरहेका छन्। त्यस्तै पछिल्लो समय दाङमा यस्तै घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले हनिट्राप गर्ने चार जनालाई पक्राउ गरि सार्वजनिक समेत गरेको छ। पक्राउ पर्नेहरुमा रोल्पाका ४० वर्षीय दिलीपकुमार वली, ३२ वर्षीय बिमला डाँगी, २९ वर्षीय शान्ता नेपाली, २२ वर्षीय शर्मिला भन्ने प्रर्मिला नेपाली र दाङ घोराहीकी ३२ वर्षीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell