PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • सिसिटिभी फुटेज र बयानमै किन केन्द्रित छ अर्थमन्त्री प्रकरण?

    सिसिटिभी फुटेज र बयानमै किन केन्द्रित छ अर्थमन्त्री प्रकरण?

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको अनुसन्धान लगभग टुंगिएको छ। सिसिटिभी डिलेट भयो भन्दै अर्थले विज्ञप्ति जारी गरेपछि झनै चर्किएको यो प्रकरणकै कारण शर्माले पदबाटै राजीनामा दिएर अनुसन्धानको लागि बाटो खोलिदिए। सिसिटिभी फुटेज रिकभर गरेर अनुसन्धान लगभग सकिँदा पूर्वअर्थमन्त्री शर्मा चोखिने बाटोमा छन्। शर्मामाथि छानबिन गर्न गठित संसदीय…

    विस्तृतमा पढ्नुस्

  • दिनदहाडै महिलाको साथमा रहेको रकम लुट्ने दुई युवक पक्राउ

    दिनदहाडै महिलाको साथमा रहेको रकम लुट्ने दुई युवक पक्राउ

    जनकपुरधाम : जनकपुरधामबाट पैसा लुट्ने दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। गत सोमवार विदेशबाट आएको दुई लाख रुपैयाँ मिल्स एरियास्थित रहेको एभरेस्ट बैंकबाट झिकेर गइरहेकी सबैला नगरपालिका-४ घर भई जनकपुरधाम-१ मा बस्दै आएकी शर्मिला देवी प्लास्टिकको झोलामा…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा एक पुरुष मृत भेटिए

    ललितपुरमा एक पुरुष मृत भेटिए

    काठमाडौं : ललितपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर महानगरपालिका-२१ स्थित सुनिल महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ मृत भेटिएका हुन्। गोठको भर्यावङमुनि बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ नागरिकको आपराधिक गतिबिधि बढ्दोः ठमेलबाट अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिक समातिए

    चिनियाँ नागरिकको आपराधिक गतिबिधि बढ्दोः ठमेलबाट अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिक समातिए

    काठमाडौं : काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका समाग्री सहित पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

    सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

    काठमाडौंः तीन दिन लगातार घटेको सुनको मूल्य विहीबार तोलामै ८ सय रुपैयाँ बढेको छ। लगातार घटेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको सुन विहीबार ९४ हजार ८ सय कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसले स्थानीय बजार प्रभावित बनाएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विहीबार प्रति औंसमै १८ डलर बढेको छ। विहीबार प्रति औंस १७३६.५६ डलर कायम भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

    सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

    दमौलीः तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक…

    विस्तृतमा पढ्नुस्

  • झापामा टिपरले ठक्कर दिँदा १६ वर्षीय साइकल चालकको घटनास्थलमा नै मृत्यु

    झापामा टिपरले ठक्कर दिँदा १६ वर्षीय साइकल चालकको घटनास्थलमा नै मृत्यु

    काठमाडौंः झापामा टिपरको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ। बुधबार राती झापा कमल गाउँपालिका वडा नम्बर ५ गीता पेट्रोल पम्प अगाडि राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। पाँचथर तुम्बेवा गाउँपालिका घर भएका १६ वर्षीय संजिप ईम्सङ लिम्बुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मकवानपुर चुरेमाई घर…

    विस्तृतमा पढ्नुस्

  • चारजनामा कोरोना संक्रमण देखिएपछि वुहानमा लकडाउन

    चारजनामा कोरोना संक्रमण देखिएपछि वुहानमा लकडाउन

    पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको चीनको वुहानमा लकडाउन गरिएको छ। चारजनामा कोभिड-१९ संक्रमणदेखिएपछि फेरि लकडाउन लागू गरिएको हो। तीनदिनसम्म जिनसिया जिल्लाका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ। ‘जिरो कोभिड’ रणनीति अपनाएको चीनको वुहानमा नियमित कोराना परीक्षण हुँदै आएको छ। त्यसैक्रममा दुई दिन अघि दुईजना संक्रमण देखिएको थियो। पछि कन्ट्रयाक्ट ट्रेसिङ गरि परीक्षण गर्दा थप दुईजनामा संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

    टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

    काठमाडौं : पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो। टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका-५ का…

    विस्तृतमा पढ्नुस्

  • सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन

    सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन

    काठमाडौं : त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा-काठमाडौंतर्फको यातायात पुनः संचालनमा आएको छ। भीमफेदी गाउँपालिका-१ भैसे-हेटौंडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो। आज बिहानदेखि यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। सडक संचालनमा आएसँगै हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौं सवारी साधन आ-आफ्नो गतव्यतर्फ लागेको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

    पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

    काठमाडौं : अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : मध्यमदेखि भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : मध्यमदेखि भारी वर्षाको सम्भावना

    आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल वाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको छ। आज दिउँसोदेशभर आंशिक देखि सामान्य बदली भइ देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • इराकमा सुरक्षित मानिएको 'ग्नीन जोन' तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी, तस्विर खिचाउँदै गरे नाचगान

    इराकमा सुरक्षित मानिएको 'ग्नीन जोन' तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी, तस्विर खिचाउँदै गरे नाचगान

    इराकको राजधानी बगदादमा रहेको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्। इराकी सिया प्रमुख मुकताडा अल सदरका समर्थकहरुले प्रधानमन्त्रीका लागि मनोनित गरिएका मोहम्मद सिया अल सुदानीको विरोध गर्दै संसदभित्रै पसेर विरोध जनाएका हुन्। उच्च सुरक्षा व्यवस्था हुने ‘ग्रीन जोन’ लाई तोड्दै उनीहरु संसद भवन भित्र पसेका थिए। सो क्षेत्रमा सरकारी कार्यालय र राजदूतावासहरु छन्। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरे…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

    पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

    कास्की : पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो। तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख रुपैयाँ, द्वितीय…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

    पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

    कास्की : पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो। तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख रुपैयाँ, द्वितीय…

    विस्तृतमा पढ्नुस्

  • देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला लगायतका क्षेत्र भएर बग्ने ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको…

    विस्तृतमा पढ्नुस्

  • देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमा महाशाखाले हाल मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला लगायतका क्षेत्र भएर बग्ने ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

    जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

    काठमाडौं : जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ। उपचारका लागि अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको छन्।  तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० मा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोलअन्तरले पराजित

    साफ यू २० मा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोलअन्तरले पराजित

    काठमाडौं: साफ यू २० च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरमा सम्पन्न खेलमा श्रीलंकामाथि ३-० को जित निकालेसँगै नेपाल लगातार दुई खेलमा विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको तीनवटै गोल दोस्रो हाफमा भएको थियो। नेपालका लागि पहिलो गोल खेलको ५८ औं मिनेटमा कप्तान आयुस घलानले गरे। दोस्रो गोल आयुसकै पासमा कृतिश रत्न छोन्जुले गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिलाई टेर्दैन सरकार, एसपीपीको पत्राचार चौथो पटक माग

    संसदीय समितिलाई टेर्दैन सरकार, एसपीपीको पत्राचार चौथो पटक माग

    काठमाडौंः प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ। बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनबारे परराष्ट्र मन्त्रालयसँग जवाफ मागेको हो। समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरे पनि नपाएकोले सो कागजात प्राप्न गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell