बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेकी एक महिलालाई हिरासतबाट निकालेर आफ्नो कोठामा लगी बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार चौलागाईंले ती महिलालाई मुद्दाबारे सोधपुछ गर्नु छ भन्दै शुक्रवार राति २ बजेतिर हिरासतबाट निकालेर आफ्नो कोठामा लगेको खुलेको…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकी विदेश विभागका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक सचिव डोनाल्ड लुबिच भेट भएको छ। परराष्ट्र मन्त्रालयमा खड्का र लुबिच शिष्टाचार भेट भएको मन्त्रालयले जानकारी दिएको छ। भेटका क्रममा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल भएको बताइएको छ। Hon FM Dr Narayan Khadka received today…
काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमण अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस)मा केन्द्रीत नभएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन्। सम्बन्धित समाचार: परराष्ट्र मन्त्रीलाई सांसदको प्रश्न : अमेरिकी सहायकमन्त्री किन आए? नेपाली सेना प्रमुख अष्ट्रेलिया किन गए? नेपाल कुनै…
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यतिबेला नेपालमा छन्। आजै उनले परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै छन्। सरकारले साउन ९ गते अमेरिकालाई कुटनीतिक माध्यममार्फत पत्र पठाएर एसपीपीमा सहभागी नहुने जानकारी गराएपछि साता नपुग्दै अमेरिकी उच्च अधिकारीले नेपाल भ्रमण गरे। प्रतिनिधि सभामा परराष्ट्र मन्त्री डाक्टर खड्काले एसपीपीलाई अगाडि नबढाउने निर्णय अमेरिकालाई पत्राचार गरिएको जानकारी गराए। तर, सांसदहरुले 'एसपीपीको गाँठो' फुकाउन…
काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय छानविन विशेष समितिले बुझाउने प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ। दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापोटालाई प्रतिवेदन बुझाउने र लगतै संसदमा पेश हुने तय भएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। 'करिब ३ बजेतिर सभामुखलाई बुझाउने कुरा छ। त्यसलगतै आजको बैठकमा पेश हुन्छ,' उनले भने। जेठ २२…
काठमाडौं : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाएको छ। परराष्ट्र मन्त्रालयले यस सम्बन्धी जानकारी कुटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई लिखित रुपमा जानकारी गराइएको परराष्ट्र मन्त्री नारायण खड्काले जानकारी दिए। संसदमा उठेको प्रश्नको जवाफ र सभामुखको रुलिङअनुसार मन्त्री खड्काले शुक्रवार संसदलाई जानकारी दिएका हुन्। 'यसलाई कार्यान्वयन गरेको व्यहोरा म सम्मानित संसदलाई जानकारी गराउन चाहन्छु। साउन ९ गते…
काठमाडौं : नक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सपना मल्ल, सञ्जिव अर्याल, सरदार अहमखा, तोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन्। उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २…
काठमाडौं : फिल्म ‘चपली हाइट ३’ पुन: प्रदर्शन हुने भएको छ। यो फिल्म साउन २० गतेदेखि फेरि रिलिज हुन लागेको हो। कोरोनाको ओम्रोक्रन भेरियन्टका त्रासबिच यो फिल्म गत पुस ३० गते रिलिज भएको थियो। तर, रिलिज भएको तेस्रो दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेसँगै प्रदर्शन रोकिएको थियो। फागुन १ गतेदेखि पुनः नेपाली सिनेमाहलका ढोका खुलेसँगै ‘चपली हाइट ३’ले फेरि मौका…
काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक पदाधिकारी छान्नेबारेमा फेरि पनि अनिर्णित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल बाहेकका पदाधिकारी चयन माओवादीले गर्न सकेको छैन। असारमा बसेको माओवादी केन्द्रको बैठकमा पदाधिकारी चयन गर्ने गृहकार्य भए पनि प्रचण्डले केहि समय दिन केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए। त्यतिबेला पोलिटब्युरो १२५ जनाको गठन भएको थियो। प्रचण्डले प्रस्तुत गरेको सूचीमा असार २३ गते…
काठमाडौं: पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एउटा शुक्रबार विहान उडेको ६ मिनेटमै फर्काइएको छ। कलसाइन नाइन एन एएनजीको एटीआर-७२ जहाजको बाँया इन्जिनको इन्डिकेटरमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काएर जाँच भइरहेको एयरलाइन्सले जनाएको छ। ८:५४ मा उडेको उडेको जहाज ९ बजे फर्काइएको हो। ४५ जना यात्रुलाई अर्को जहाजमा पठाउने व्यवस्था गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'यो सबैजसो एयरलाइन्सका जहाजमा भइरहने सामान्य…
काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका थिए। उनको अनुहारमा चोट लागेको थियो। मोटरसाइकल पछाडि सवार हमालको…
काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका थिए। उनको अनुहारमा चोट लागेको थियो। मोटरसाइकल पछाडि सवार हमालको…
काठमाडौं : अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका-३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका-४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका-५ का २४ वर्षीय…
काठमाडौं : देशका ६ वटै महानगरका प्रमुखको भेला आजदेखि पोखरामा सुरु हुँदैछ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। साउन १४ गतेसम्म संचालन हुने सो सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगंज महानगर प्रमुख राजेशमान सिंह बिहीबार साँझनै पोखरा आइपुगेका…
काठमाडौं : बैतडीमा बञ्चरो प्रहार गरि आज बिहान छोराले बुवाको हत्या गरेका छन । डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो। जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी…
काठमाडौं : बैतडीमा बञ्चरो प्रहार गरि आज बिहान छोराले बुवाको हत्या गरेका छन । डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो। जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी…
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच टेलिफोन वार्ता भएको छ। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको चर्चा चल्दै गर्दै दुई नेताबिच कुराकानी भएको हो। बाइडेन र सीबिच निकै लामो र ‘क्यान्डिड’ कुराकानी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। टेलिफोनमार्फत उनीहरुबिच दुई घण्टा १७ मिनेट कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ। त्यसक्रममा राष्ट्रपति सीले बाइडेनलाई आगोसँग…
झापा : मेचीनगर नगरपालिका-६ मेची पुलबाट प्रहरीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिहीवार दुवैजनालाई पक्राउ गरेको हो। प्रहरीले बुद्धवीरको साथबाट…
तनहुँ : दमौलीमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ। दमौली अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्। पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनियालगायतका…
- बेदवहादुर खड्का गाउँघरतिर मानिसहरु मसिना चरालाई फिस्टे/फिस्टो नामले पुकार्ने गर्दछन्। त्यसै भएर केही समय अघिसम्म गाउँघरको परिवेशमा हुर्केको अलि चलाख खालको फुच्चे केटोलाई ठूला भनाउँदाहरुले ‘ए फिस्टे’ भनेर जिस्क्याउँथे। जे होस्! हेला गरेर सम्बोधन गरिने फिस्टे केटो पनि पछि गएर समाजमा ठुलै योगदान र राज्यको सम्मानजनक ठाउँमा पुग्दा फिस्टे भनेर अपहेलना गर्नेहरुलाई पछुतो लागे जस्तै : फिस्टे/फिस्टो चरोले पुर्याउने…