काठमाडौं : आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा पुग्ने गर्छन्। काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ।
काठमाडौं : आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको र प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ। आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका धेरै…
काठमाडौं : आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘पानीफोटो’, विदेशीतर्फ बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ र दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ रिलिज भएका हुन्। लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा 'डेब्यू' गरेको फिल्म ‘पानीफोटो’ले सिनेमा घरमा प्रदर्शनमा आएको छ। सो फिल्मले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा समेटेको छ। आफूले नै लेखेको नाटकलाई खगेन्द्रले…
काठमाडौँः बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार समिति सचिवालय र सदस्यहरुले परामर्श गरेर प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्कर्षमा फरक मत राखेको…
काठमाडौंः अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनियर नवीन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्। वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ। भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ। भेटका क्रममा वरिष्ठ नेता…
काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो। विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता…
बुटवल : रूपन्देहीको कञ्चन गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई वीभत्स हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार कञ्चन-१ की सावित्रा थापा क्षेत्रीलाई श्रीमान यमबहादुर थापाले बुधवार राति घरमै हत्या गरेको प्रहरीले जनाएको छ। सावित्राले एक हजार रुपैयाँ नसोधी झिकेको भन्दै मदिरा सेवन गरेको झोकमा सुतिरहेकी सावित्राको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बुधवार साँझ यमबहादुरले घर…
काठमाडौं : नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। गृह मन्त्रालयले बिहीवार २४ जना एसपीको सरुवा गरेको हो। कास्की, बारा, डोटी, सिन्धुपाल्चोक लगायतका जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन्। कास्कीमा एसपी अजय केसी, बारामा एसपी होविन्द्र बोगटी, भक्तपुरमा प्रजित केसीको सरुवा भएको छ। सरुवा भएकामध्ये केही यसअघि नै काज सरुवा भएको हो।
काठमाडौं : बिहीवार साँझ काठमाडौंमा उत्रिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। लु विमानस्थलबाट बाहिरिएको केही बेरमा विप्लवका कार्यकर्ताले तिलगंगा नजिकै कालो झण्डा प्रदर्शन गरेका हुन्। 'अन्तर्राष्ट्रिय हस्तक्षेप रोक' लेखिएको प्लेकार्ड बोक्दै उनीहरुले प्रदर्शन गरेका थिए। पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि…
ताइवान तनावका बिच अमेरिकी एयरक्राफ्ट क्यारियर र ‘स्ट्राइक ग्रुप’ साउथ चाइना सीमा प्रवेश गरेको छ। अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन-अमेरिकाबिच तनाब बढ्दै जाँदा अमेरिकी एयरक्राफ्ट क्यारियर युएसएस रोनाल्ड रेगन साउथ चाइना सीमा प्रवेश गरेको हो। यो एयर क्राफ्ट क्यारियर निमित्ज-क्लास आणविक सम्पन्न सुपरक्यारियर हो। यसको प्रवेशलाई अमेरिकाले नियमित सातौँ फ्लिटको संज्ञा दिएको छ। यसअघि जुलाई…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २५ जनामा परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय १५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ रहेको छ। २४ घण्टाको अवधिमा देशभर…
काठमाडौं : त्रिभुवन विमानस्थल प्रहरीले अवैध रुपमा विदेशबाट ल्याएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधवार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारतीय नागरिकलाई शङ्का लागेर चेक गर्दा १ किलो ६ सय १० ग्राम सुन बरामद भएको हो। भारतीय नागरिकले आफूले लगाएको अन्डरवेयरभित्र सेतो रङ्गको प्लास्टिक भित्र अर्धठोस सुनको दुईवटा पोकामा सुन ल्याएको भेटिएको हो। प्रहरीले थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल…
अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको विषयलाई लिएर चीनको विदेश मन्त्रालयपछि रक्षा मन्त्रालयले समेत अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले अमेरिकी अधिकारीहरुलाई त्यससँग सम्बन्धित रहेर चेतावनी दिएको स्वीकार गरेको अर्को दिन नै रक्षा मन्त्रालयका प्रवक्ताले अर्को चेतावनी दिएका हुन्। चिनियाँ रक्षा मन्त्रालयले भनेको छ - पेलोसीको भ्रमण भए चिनियाँ सेना कुनै पनि हालतमा चुपचाप बस्नेछैन…
काठमाडौं : पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शनमा आउने भएको छ। भोलि शुक्रवार २९ जुलाईदेखि बेलायतका विभिन्न शहरहरुमा यो फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन…
काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन्। बिहीवार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए। उनले भने, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्। बिहीवार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन्। उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू-भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताए। कारागारको क्षेत्रफल ठूलो…
काठमाडौं : नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको छ। धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमिक नपाउने कारणले…
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिउँसो नेपाल आउँदै छन्। पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आउन लागेका हुन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला ब्युरोका सहायक मन्त्री लु नेपाल आउन लागेका हुन्। उनी कतार एयरवेजको विमानबाट दिउसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
काठमाडौं : नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ। झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबिच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो। अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो। दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रणसम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव…