काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरुवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधवार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताएका हुन्। हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले बुधवार दुराडाँडामा गरेको कार्यक्रममा पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन्। उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले परराष्ट्र नीति र…
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ। बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो। समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधवार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो।…
काठमाडौं : फ्रान्सको पेरिसमा सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी बुधवार छनोट भएका छन्। सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले खेलाडीहरु छनोट गरेको हो। यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत समेत गरेको हो। छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट हुने रहनेछ। छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायस योञ्जन (सेबर), पौडीका नासिर याहा हुसेन (दुई…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले भक्तपुरको सानोठिमीस्थित पत्रकार सम्मेलन गर्दै एसईईको नतिजा सार्वजनिक गरेको हो। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११…
काठमाडौं : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा परिचालित राष्ट्रिय संघीय मिसनविरुद्ध प्रदर्शन चर्किँदै गएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा रहेको संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को) विरुद्ध भएका प्रदर्शनका क्रममा कम्तिमा १५ जना मारिएका छन्। सोमवारदेखि मिसनले दशक लामो सैन्य समूहबीचको लडाइ रोक्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको थियो। सोमवारदेखि सुरु भएको प्रदर्शन मंगलवार उत्तरतिर बढिरहेको छ। मंगलवार बेनी र मुटेम्बोमासमेत प्रदर्शन…
बुटवल : गुल्मीको इस्मा गाउँपालिकामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इस्मा गाउँपालिका-४ का ४० वर्षीय भुपाल अधिकारी रहेका छन्। अधिकारीले ती बालिकालाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी इस्माबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : बुधवार चलचित्र विकास बोर्डको परिसरको माहोल फरक थियो। कोट पाइन्टमा चिटिक्क देखिएका थिएँ अभिनेता भुवन केसी। वरिपरि पत्रकारहरूको खचाखच भिड। बोर्डको मुलद्वारमा कर्मचारीहरू केसीलाई स्वागत गर्न तमतयार थिएँ। र, केसी पनि उत्साहित देखिन्थे अध्यक्षको रूपमा पदभार ग्रहण गर्न। एक कर्मचारीले भुवनलाई माला लगाइदिएँ। साइत हेरेर ज्योतिषले मन्त्र पढ्न थाले। अनि भुवनले पूजा गर्न थाले। केही समय पूजा गरेपछि…
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि जुगेडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए। वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्र आएको साउदले बताए। कृष्णकुमार राना…
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच टकराव बढ्दै गएको छ। पेलोसी ताइवान भ्रमणमा निस्किए उनी सवार विमानमाथि चीनले आक्रमण गर्न सक्ने आशंका अमेरिकी अधिकारीहरुले गरेको एपीले जनाएको छ। पेलोसी त्यहाँ प्रवेश गर्ने कदम चाले उनको सुरक्षामा नै खतरा हुने अधिकारीहरुले विश्लेषण गरिरहेका छन्। त्यसैले पेन्टागनले कुनै पनि भइपरी आउने आकश्मिकताका लागि योजना तयार गरिरहेको…
गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ। प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्। उनीहरूले छोरीको नाम आरिया राखेका छन्। छोरीको फोटो पोस्ट गर्दैँ प्रशान्तले आफू बुवा बनेको खुसी फेसबुकमार्फत साटेका छन्। ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ। माया र शुभेच्छा दिने सम्पूर्णलाई धन्यवाद,’ उनले फेसबुकमा लेखेका छन्। केही समयअघि प्रशान्तले श्रीमतीसँगको…
काठमाडौं: साफ यू २० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा माल्दिभ्समाथि ४-० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ भने पहिलो खेलमा बंगलादेशसँग १-० गोलको साँघुरो हार ब्यहोरेको श्रीलंका प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। नेपालले तेस्रो खेलमा भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन्। प्रेस युनियन पर्साले बुधवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन्। उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको समेत बताए। गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै…
काठमाडौं : पंकजविक्रम नेम्बाङ नेतृत्वमा आएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र आन्तरिक विवाद चर्किएको छ। एन्फाको विभिन्न पदमा नियुक्तिको विषयमा चुनावमा नेम्बाङलाई नै साथ दिएको समूह नै आरोपप्रत्यारोपमा उत्रेपछि कार्यसमितिको बैठक सञ्चालन हुन सकेको छैन। नेतृत्वमा नेम्बाङ आएसँगै उनलाई निर्वाचनमा सहयोग गरेको एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको चर्चा महासचिवका लागि थियो। पछि शपथग्रहण गरेकै दिन नेम्बाङले तीन नियुक्ति दिए। जसमा महसचिवमा किरण…
काठमाडौं : ललितपुरको ग्वार्कोमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। ग्वार्कोस्थित बिएन्डबी अस्पताल अगाडि बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिँदा तीन जना घाइते भएका हुन्। घाइते भएका यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनायो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंः सुनको मूल्य लगातार घट्न थालेको छ। बुधबार पुन: २ सय रुपैयाँ घट्दा बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साउन लागेयता सुन यो कारोबार मूल्यमा आइपुगेको चौथोपटक हो। मंगलबार तोलामा २ सय रुपैयाँ घट्दा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेको छ। प्रतितोला ११ सय ५५…
काठमाडौं : अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षका रुपमा पदभार ग्रहण गरेका छन्। बोर्डका नवनियुक्त अध्यक्ष केसीले आज चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। बोर्डका कर्मचारीहरुले फूलमाला लगाइदिएर भुवनको स्वागत गरेका थिए। केसी भवन परिसर बाहिर पूजा गरेर कार्यकक्ष प्रवेश गरेका थिए। भुवन केसी केहीसमय अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। अध्यक्षका लागि १० जनाको नाम छानिएकोमा…
काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका-१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्। अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी…
बुटवल : नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा…