PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • सीसीटीभी फुटेजको बारेमा थप जानकारी लिन विज्ञसहित समितिको बैठक सुरु

    सीसीटीभी फुटेजको बारेमा थप जानकारी लिन विज्ञसहित समितिको बैठक सुरु

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ। सिंहदरबारमा विज्ञ सहितको बैठक सुरु भएको हो। सीसीटीभी फुटेजबारे थप अध्ययन गर्न समितिले प्रहरीको विज्ञ टोली बोलाएको हो। अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सीसीटीभीमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले सोमवार समितिलाई रिपोर्ट बुझाएको थियो। आज बिहान बसेको बैठकमा प्रहरीले पठाएको…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन

    सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन

    काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र सबै निकायहरुलाई निर्देशन दिएको छ। गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलवार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ। मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा धमाधम निलम्बनमा पर्दै सांसद : हिजो लोकसभाका ४ जना, आज राज्यसभाका १९ जना

    भारतमा धमाधम निलम्बनमा पर्दै सांसद : हिजो लोकसभाका ४ जना, आज राज्यसभाका १९ जना

    भारतको राज्यसभाका १९ विपक्षी सदस्यहरुलाई सभाबाट निलम्बित गरिएको छ। सभाको बेलमा जीएसटी वृद्धि, मृल्यवृद्धि तथा इन्धनको मूल्यवृद्धिको विरोधमा नारावाजी गर्ने सदस्यहरुलाई सभाध्यक्षले निलम्बन गरेका छन्।  निलम्बितमध्ये ७ जना तृणमुल कंग्रेस, ६ जना डीएमके,३ जना टीआरएस, २ जना सीपीआई (एम) र १ जना सीपीआईका सदस्यहरु छन्। यसैबीच निलम्बित सांसद डेरेक ओ ब्रेइनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले प्रजातन्त्रलाई नै निलम्बित गरेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकप्रति मोहन वैद्यको आपत्ति

    नागरिकता विधेयकप्रति मोहन वैद्यको आपत्ति

    काठमाडौं : प्रतिनिधिसभाबाट पारित नागरिकतासम्बन्धी विधेयकप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। पार्टीका महासचिव मोहन वैद्य 'किरण'ले वक्तव्य जारी गर्दै नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरुले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णतः वेवास्ता गरी फास्ट ट्र्याकमार्फत् पारित गरिएको भन्दै आपत्ति जनाएका हुन्।  नागरिकताको समस्याका सन्दर्भमा विविध पक्षहरु रहेकामा विधेयकले सबैलाई सम्बोधन गर्नुपर्नेसमेत…

    विस्तृतमा पढ्नुस्

  • थप ६३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, २ जनाको मृत्यु

    थप ६३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ६३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ। हाल नेपालमा ३ हजार ७१४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • रणवीरको 'फोटोसुट' विवादमा, पक्राउको माग गर्दै उजुरी

    रणवीरको 'फोटोसुट' विवादमा, पक्राउको माग गर्दै उजुरी

    बलिउड अभिनेता रणवीर सिंह न्युड फोटोसुटका कारण विवादमा तानिएका छन्। उनको फोटो विवादमा तानिएसँगै एक गैरसरकारी संस्था (एनजीओ) ले रणवीरविरुद्ध मुम्बईस्थित चेंबूर प्रहरी चौकीमा उजुरी दर्ता गरेको छ। महिलाको भावनामा ठेस पुर्‍याएको आरोप लगाउँदै उजुरीकर्ताले रणवीरलाई तत्काल पक्राउ गर्न माग गरेको छ।  यतिमात्र हैन, रणवीरले सामाजिक सञ्जालबाट फोटोहरू हटाउनुपर्ने समेत उजुरीकर्ताको माग छ। रणवीरले तीनदिनअघि सोसल मिडियामा आफ्ना न्युड फोटोहरू सेयर गरेका थिए। उनले पेपर…

    विस्तृतमा पढ्नुस्

  • सरकार उल्टो बाटो हिँडिरहेको गगनको आरोप : विश्वविद्यालय पिच्छे ऐन बनाउन थाले ध्वस्त हुन्छ

    सरकार उल्टो बाटो हिँडिरहेको गगनको आरोप : विश्वविद्यालय पिच्छे ऐन बनाउन थाले ध्वस्त हुन्छ

    काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालय पिच्छे ऐन बनाउन थालिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा थापाले सबै विश्वविद्यालयको एउटै ऐन नबनाएको भन्दै विरोध गरेका हुन्। योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८ को छलफलमा भाग लिँदै थापाले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए। 'हामी सुल्टो बाटो होइन उल्टो बाटो हिडिरहेका छौँ। संविधानमा शिक्षा तिनै तहको अधिकार हो भन्यो।…

    विस्तृतमा पढ्नुस्

  • कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका दुई जना मुख्य नाइके समातिए

    कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका दुई जना मुख्य नाइके समातिए

    बुटवल : रूपन्देहीको तिलोत्तमामा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका मुख्य नाइके दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले मुख्य भुमिकामा रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारतको बिहार प्रदेशका २५ वर्षीय जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई विद्युतीय ठगी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • सांसद विश्वकर्माको आशंका : देश अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन?

    सांसद विश्वकर्माको आशंका : देश अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन?

    काठमाडौं : नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरे। मंगलवार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन्। उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए। सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती…

    विस्तृतमा पढ्नुस्

  • नेपालको तथ्यांक मिथ्यांक भइरहेको छ, विधेयकले व्यवस्थित गराओस् : सांसद विशंखे

    नेपालको तथ्यांक मिथ्यांक भइरहेको छ, विधेयकले व्यवस्थित गराओस् : सांसद विशंखे

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जीडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिइन्। नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो…

    विस्तृतमा पढ्नुस्

  • भारतमा मंकिपक्स देखिइसक्यो, हामी पनि यसबाट धेरै टाढा छैनौँ : योगेश भट्टराई

    भारतमा मंकिपक्स देखिइसक्यो, हामी पनि यसबाट धेरै टाढा छैनौँ : योगेश भट्टराई

    काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले यस्तो बताएका हुन्। उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकिपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए। सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकिपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको आरोप लगाए। जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • बोर्डको अध्यक्षमा नियुक्तीको खबरले खुसी लागिरहेको छ: भुवन केसी

    बोर्डको अध्यक्षमा नियुक्तीको खबरले खुसी लागिरहेको छ: भुवन केसी

    कलाकार भुवन केसी नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आफूलाई अध्यक्ष पदमा नियुक्त गरेको केसीले बताए। ‘अध्यक्ष पदमा नियुक्त हुँदा निकै रमाइलो र खुसी लागिरहेको छ। नियुक्त भएको खबर आए पनि औपचारिक घोषणा हुन भने बाँकी नै छ,’ उनले भने। केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै उम्मेदवारी दिएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ। त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय…

    विस्तृतमा पढ्नुस्

  • नम्रता र भोला अभिनित फिल्म ‘डेसान’ मंसिर २३ मा प्रदर्शन हुने

    नम्रता र भोला अभिनित फिल्म ‘डेसान’ मंसिर २३ मा प्रदर्शन हुने

    काठमाडौं : फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टरका साथै प्रदर्शन मिति तय भएको छ। कोभिड-१९ महामारीको विषयमा निर्माण गरिएको यो फिल्म आगामी मंसिर २३ गते प्रदर्शन हुने पक्का भएको हो। सार्वजनिक गरिएको दुई पोस्टरमा नम्रता सापकोटा, भोला सापकोटा, पुनम थापा र निशान चौहानले स्थान पाएका छन्। पुनम र निशानको यो डेब्यू फिल्म हो। पर्फमिङ आर्ट कृएसनको ब्यानरमा बनेको फिल्ममा कमल एक्चै मगरको निर्देशन रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारमा पूर्व सांसदसहित चार जनालाई फाँसी

    म्यान्मारमा पूर्व सांसदसहित चार जनालाई फाँसी

    म्यानमारको सरकारले चार जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिएको छ। सोमवार त्यहाँको सरकारले चार राजनीतिक बन्दीलाई झुण्ड्याएर फाँसी दिइएको हो।  यसरी फाँसीमा चढ्नेमा एक पूर्व सांसदसमेत रहेका छन्। म्यानमारमा यो फाँसी झण्डै ५० वर्ष यताकै पहिलो भएको त्‍यहाँको सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  फासी पाउनेमा आङ सान सुचीको पार्टीका पूर्व सांसद छन्। यसरी मृत्युदण्ड दिइएकाहरुमा सुचीको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य घटेर तोलाको ९४ हजार २ सय रुपैयाँ कायम

    सुनको मूल्य घटेर तोलाको ९४ हजार २ सय रुपैयाँ कायम

    काठमाडौंः सुनको मूल्य लगातार घटिरहेको छ। सुनको मूल्य मंगलबार ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार र मंगलबारनै सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ थियो। आइतबार भने सुनको भाउ पाँच सय रुपैयाँ बढेको थियो।चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार एक…

    विस्तृतमा पढ्नुस्

  • अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि अध्ययन गर्दै छानबिन समिति,आजै फेरि बैठक बस्ने

    अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि अध्ययन गर्दै छानबिन समिति,आजै फेरि बैठक बस्ने

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठकले सिसिटिभी फुटेजबारे अध्ययन थालेको छ। अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सिसिटिभीकोमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले सोमबार समितिलाई रिपोर्ट बुझाएको थियो। आजको समितिको बैठकमा प्रहरीले पठाएको ल्याबको रिपोर्ट खोलेर हेरेको समिति सदस्य लक्ष्मणलाल कर्णले जानकरी दिए। समितिको बैठक आज दिउँसो ४ वजे बस्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • भदौ १ देखि प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध, १० लाखसम्म जरिवाना र जेल हुने

    भदौ १ देखि प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध, १० लाखसम्म जरिवाना र जेल हुने

    काठमाडौंः भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ। वातावरण विभागले मंगलबार सूचना जारी गर्दै यसभन्दा अघि नै लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आगामी भदौ १ गतेदेखि भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको हो। अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिए, श्रीमानको शरीरमा केही चोटपटक देखियो

    बाँकेमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिए, श्रीमानको शरीरमा केही चोटपटक देखियो

    नेपालगञ्जः बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन्। मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ। सो दम्पतीको विवाह भएको…

    विस्तृतमा पढ्नुस्

  • छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?

    छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन गरिरहेको छ। सिंहदरबारमा बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो। समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा सिसिटिभीको फुटेज पनि समावेश भएको समितिका सदस्यहरुले बताएका छन्।  शर्माले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell