PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

    डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

    काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान करिब ३ः०० बजेदेखि सडक अवरुद्व भएको थियो जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। लामो समय सवारीसाधन रोकिँदा यात्रुले…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

    पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं : पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका-२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन्। सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण भुम्लु गाउँपालिकाको महत बस्ती जोखिममा

    पहिरोका कारण भुम्लु गाउँपालिकाको महत बस्ती जोखिममा

    काठमाडौं : काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका-१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ। आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ। भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिउ। ‘बस्ती नजिकै पहिरो गएका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा बढ्दै कोरोनाको ग्राफ, प्रदेशका स्वास्थ्य मन्त्री भन्छन् : संक्रामक रोग फैलिनबाट रोक्न पूर्वतयारी आवश्यक

    वाग्मतीमा बढ्दै कोरोनाको ग्राफ, प्रदेशका स्वास्थ्य मन्त्री भन्छन् : संक्रामक रोग फैलिनबाट रोक्न पूर्वतयारी आवश्यक

    हेटौंडा : वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समयमा प्रदेशमा कोरोना संक्रमणको ग्राफ उकालो लागेकोले सबैजना सजग हुनुपर्ने बताएका छन्। वाग्मती प्रदेश सभामा सार्वजनिक महत्वको बारेमा वक्तव्य राख्दै उनले संक्रमण फैलिन नदिन सरकार प्रतिकार्यका लागि तयार अवस्थामा रहेको भन्दै खोपमा विशेष ध्यान दिन जोडसमेत दिएका छन्। 'पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ उप-प्रजातिहरू विश्वव्यापी रुपमा फैलिदै गएसँगै नेपालमा पनि…

    विस्तृतमा पढ्नुस्

  • इलाममा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

    इलाममा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

    काठमाडौं : रुघाखोकी र ज्वरोका बिरामी बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा संचालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ। एक साताका लागि विद्यालय बन्द गरिएको हो। परीक्षा संचालन भइरहेका अवस्थामा पनि…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

    काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी…

    विस्तृतमा पढ्नुस्

  • गथांमुग: मनाउँदै नेवार समुदाय, बेलुकी घण्टाकर्ण दहन

    गथांमुग: मनाउँदै नेवार समुदाय, बेलुकी घण्टाकर्ण दहन

    काठमाडौं : आज नेवार समुदायले गथांमुग: पर्व मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको कथन छ। फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन…

    विस्तृतमा पढ्नुस्

  • देउवा ओलीपथमा लागेका छन् : शेखर कोइराला

    देउवा ओलीपथमा लागेका छन् : शेखर कोइराला

    वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव गर वा मरको अवस्था अवस्थामा हुने बताएका छन्। नेपाली कांग्रेस वीरगंज नगर कमिटीद्वारा नगर सभागृहमा आयोजित  पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले विपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्नुहुँदैन भनेको तर अहिले कांग्रेसले बाध्यात्मक अवस्थाको कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अलस्टारको लोगो सार्वजनिक

    लुम्बिनी अलस्टारको लोगो सार्वजनिक

    काठमाडौं: नेपाल टी २० लिगको फ्रेन्चाइज लुम्बिनी अलस्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ। आज अलस्टारले कार्यक्रम गर्दै लोगो सार्वजनिक गरेको हो। लुम्बिनी अलस्टारको सिईओ सञ्जय शर्माले नेपाल टी २० लिगले नेपालको क्रिकेटको व्यवसायिकताको अभिबृद्धि गर्ने विश्वास गरेको बताए। 'हाम्रो टिमको नेपाली क्रिकेटसँग आत्मीय सम्बन्ध हो। हामी नेपाली क्रिकेट र पूर्वाधारको विकासमा योगदान पुर्‍याउन चाहन्छौं, ' उनले भने, 'अलस्टारसँग अमेरिकामा ६…

    विस्तृतमा पढ्नुस्

  • अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिकसहित ३६ जना पक्राउ, समातिनेमा दुई भारतीय र ३३ नेपाली

    अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिकसहित ३६ जना पक्राउ, समातिनेमा दुई भारतीय र ३३ नेपाली

    काठमाडौं प्रहरीले अवैध रुपमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ। तीनकुनेमा रहेको स्काइ वर्ल्ड सर्भिस सेन्टरका नामबाट सञ्चालित उक्त कल सेन्टरमा प्रहरीले आइतबार दिउँसो छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली रहेका छन्। सोमबार दिउँसो प्रहरीले तीनकुनेस्थित उक्त कल सेन्टरमा छापा मारेको थियो। अवैध तवरले कामदार राखी प्रविधिमार्फत सर्वसाधरणलाई…

    विस्तृतमा पढ्नुस्

  • गाई चुनाव चिह्न तत्काल कुनै दलले नपाउने, कमल थापाको रिटमा सर्वोच्चको यस्तो छ आदेश

    गाई चुनाव चिह्न तत्काल कुनै दलले नपाउने, कमल थापाको रिटमा सर्वोच्चको यस्तो छ आदेश

    काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको चुनाव चिह्न गाई अर्को आदेश नभएसम्म कुनै पनि दललाई नदिन अन्तरिम आदेश जारी गरेको छ। राप्रपाले माग गरेको चिह्नबारे मुद्दाको अन्तिम सुनुवाइ नहुँदासम्म अन्य कुनै पनि दललाई नदिन सर्वोच्चले आदेश गरेको हो।  राप्रपाले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। आयोगले असार २७ गते उक्त चिह्न दिन नमिल्ने आदेश गरेको…

    विस्तृतमा पढ्नुस्

  • ग्यास बुलेटको ठक्करबाट नारायणगढको पुलचोकमा पैदलयात्री महिलाको मृत्यु

    ग्यास बुलेटको ठक्करबाट नारायणगढको पुलचोकमा पैदलयात्री महिलाको मृत्यु

    चितवन : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ। कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो। ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। दुर्घटना आज दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो नेपाल र माल्दिभ्सबिचको खेल

    यस्तो देखियो नेपाल र माल्दिभ्सबिचको खेल

    काठमाडौं : साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज सानदार खेल प्रदर्शन गर्‍यो। भारतको भुवनेश्वरमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्समाथि ४-० को फराकिलो जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो। खेलको ४१औँ मिनेटमा दीपेश गुरुङको गोलमा अग्रता बनाएको नेपाल पहिलो हाफमा एक गोलले अग्रता बनायो। खेल अवधिभर दवाब बनाएको नेपालका लागि दोस्रो गोल सुगम सुवालले ५८औँ मिनेटमा गरे।…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० मा नेपालको सानदार सुरुवात, माल्दिभ्समाथि फराकिलो जित

    साफ यू २० मा नेपालको सानदार सुरुवात, माल्दिभ्समाथि फराकिलो जित

    काठमाडौं: साफ यू २० च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ। भारतको भुवनेश्वरमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्समाथि ४-० को फराकिलो जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो। खेलको ४१ औं मिनेटमा दीपेश गुरुङको गोलमा अग्रता बनाएको नेपाल पहिलो हाफमा एक गोलले अग्रता बनायो। खेल अवधिभर दवाब बनाएको नेपालका लागि दोस्रो गोल सुगम सुवालले ५८ औं मिनेटमा गरे। त्यस्तै ६१…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा सनाखत गरेर प्रचण्डलाई बामदेव गौतमले भेटे सिंहदरबारमा

    निर्वाचन आयोगमा सनाखत गरेर प्रचण्डलाई बामदेव गौतमले भेटे सिंहदरबारमा

    काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा दुई नेताबिच भेट भएको नेकपा एकता राष्ट्रिय अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले जानकारी दिए। वाम एकताका लागि भन्दै गौतमले पछिल्लो समय ठूला कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छन्। यसअघि पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले सिंहदरबारमा एकता/सहकार्यबारे…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी

    ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी

    बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध उजुरी दिएका छन्। सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएसँगै दम्पतिले मुम्बईस्थित सान्ताक्रूज पुलिस स्टेसनमा उजुरी दर्ता गराएका हुन्। विक्की र कट्रिनाले मुम्बईको एक पुलिस स्टेसनमा ती व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ। सामाजिक सञ्जालमा एक अज्ञात व्यक्तिले श्रीमती कट्रिनालाई पछ्याइरहेको विक्कीले बताएका…

    विस्तृतमा पढ्नुस्

  • बैंकबाट रकम झिकेर घर फर्किदै गरेकी एक महिलाको साथबाट लुटियो २ लाख रुपैयाँ

    बैंकबाट रकम झिकेर घर फर्किदै गरेकी एक महिलाको साथबाट लुटियो २ लाख रुपैयाँ

    जनकपुरधाम : जनकपुरधाममा सोमवार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको साथबाट २ लाख रुपैयाँ लुटिएको छ। जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका हुन्। साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा बैंकदेखि करिब ५०० मिटर उत्तरतर्फ रहेको मोनास्टिक स्कुल…

    विस्तृतमा पढ्नुस्

  • थप ५६८ जनामा कोभिड-१९ को संक्रमण, १ जना संक्रमितको मृत्यु

    थप ५६८ जनामा कोभिड-१९ को संक्रमण, १ जना संक्रमितको मृत्यु

    काठमाडौं : नेपालमा थप ५६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८०० जनाको नमुना परीक्षण गर्दा ५६८ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ। हाल नेपालमा ३ हजार…

    विस्तृतमा पढ्नुस्

  • दुई लाख बढी मूल्यको अवैध सालका गोलिया बरामद

    दुई लाख बढी मूल्यको अवैध सालका गोलिया बरामद

    बुटवल : रुपन्देही प्रहरीले अवैध सालका गोलिया बरामद गरेको छ। रुपन्देहीको कञ्चन गाउँपालिका-५ स्थित डाँडालाइनमा लुकाई राखेको अवस्थामा प्रहरीले करिब ४२ क्युफिट सालका गोलिया बरामद गरेको हो। अवैध रुपमा सालको काठ लुकाई राखेको छ भन्ने सूचनाको आधारमा आइतवार दिउँसो ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले उक्त काठ बरामद गरेको हो। बरामद काठको मूल्य दुई लाख १० हजार हुने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell