PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • अछामको भुलुमा पहिराले घर पुरिँदा तीनजनाको मृत्यु

    अछामको भुलुमा पहिराले घर पुरिँदा तीनजनाको मृत्यु

    काठमाडौं : अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो। मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन्। उनीहरुको परिचय खुल्न बाँकी छ। पहिरो गएको स्थानबाट घाइतेको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र भुलु पुर्‍याइएको छ। त्यहाँ उनीहरुको उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • 'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'

    'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'

    अमेरिकाका जलवायु विशेष दूत जोन केरीले राष्ट्रपति जो बाइडेनले जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेको बताएका छन्। यो कदमले बाइडेनलाई नवीकरणीय ऊर्जाको एजेन्डालाई अगाडि बढाउन सहयोग पुग्ने बताइएको छ। अमेरिकी कंग्रेसबाट समर्थन नपाउँदा बाइडेनको उक्त योजना अघि बढ्न सकेको छैन। केरीले बाइडेनबाहेक अरु कोही पनि कार्बन उत्सजर्न घटाउन प्रतिबद्ध नदेखिएको समेत बताएका छन्। हाल विश्वभर तापक्रम वृद्ध भइरहेको छ। युरोपका देशहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

    सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

    काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सोमवार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।  भूकम्प ४.७ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा भेटियो मंकिपक्स भाइरसको पहिलो संक्रमित

    दिल्लीमा भेटियो मंकिपक्स भाइरसको पहिलो संक्रमित

    भारतको राजधानी दिल्लीमा ‘मंकिपक्स’ भाइरसको पहिलो संक्रमित भेटिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिल्लीमा यो भाइरसको पहिलो संक्रित पहिचान भएको पुष्टि भएको छ। भारतमा मंकिपक्सको यो चौथौ केस हो। ज्वरो र घाउहरु आएपछि ३१ वर्षीय व्यक्तिलाई अस्पताल लगिएको थियो। उनैमा मंकिपक्स देखिएको हो। विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरिसकेको छ। संगठनले हालसम्म ७० भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • सल्लाघारीमा रुख ढल्दा भएको घटनामा मृत्यु हुने तीनैजनाको पहिचान खुल्यो

    सल्लाघारीमा रुख ढल्दा भएको घटनामा मृत्यु हुने तीनैजनाको पहिचान खुल्यो

    काठमाडौं : भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ। आइतवार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एकजनाको मृत्यु भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी, पदाधिकारीमा को को निर्वाचित?

    प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी, पदाधिकारीमा को को निर्वाचित?

    हेटौंडाः नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। प्रतिस्पर्धफ अनिता विन्दुलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्। लम्सालले ७४५ मत पाउँदा अनिताले ६१२ मत पाइन। अनितालाई कांग्रेस संस्थापन पक्षले उम्मेदवार बनाएको थियो। लम्साल संस्थापनइतरको समर्थनमा चुनावी मैदानमा थिए। पदाधिकारीमा अधिकांश संस्थापनइतरका उम्मेद्वार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवका उम्मेदवार दिलीप…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा ११ एसपीको काज सरुवाः कास्कीमा अजय केसी, रानीपोखरीमा पन्त 

    प्रहरीमा ११ एसपीको काज सरुवाः कास्कीमा अजय केसी, रानीपोखरीमा पन्त 

    काठमाडौंः प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। काज खटाउनुपर्ने आवश्यकता भएको भन्दै कार्यालयले आइतबार सरुवा गरेको हो। काज सरुवामा विभिन्न सात जिल्लाका एसपीको हेरफेर भएको छ। भने, केही कार्यालयमा पनि फेरबदल भएको हो।  निर्णय अनुसार प्रेबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ। यस्तै, वीरबहादुर बुढामगरलाई रौतहटका काज सरुवा गरिएको छ। वामदेव गौतमलाई जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षीय बालिकाको बलात्कारपछि हत्याः घटनामा संलग्न दुई जना पक्राउ, दुई अझै फरार

    चार वर्षीय बालिकाको बलात्कारपछि हत्याः घटनामा संलग्न दुई जना पक्राउ, दुई अझै फरार

    वीरगंजः चार वर्षीय बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा वीरगंजमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन ५ गते घटना भएको थियो। प्रहरीले आइतबार वीरगंज २ घुसुकपुरका १९ वर्षीय जफ्रुद्दिन भन्ने सलमान खान र वीरगंज १६ नगवाका अर्का सलमान खानलाई पक्राउ गरेको हो। बालिकाको जफ्रुद्दिनसहित ४ युवकले जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको शनिबार बिहान वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • भौतिक संरचना निर्माण र प्रहरी समायोजनको माग लिएर मधेश प्रदेश सरकारको टोली काठमाडौंमा

    भौतिक संरचना निर्माण र प्रहरी समायोजनको माग लिएर मधेश प्रदेश सरकारको टोली काठमाडौंमा

    वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत मन्त्रीसहितको टोली लिएर काठमाडौं पुगेका छन्। प्रदेशका मुख्य सचिव र मन्त्रीको टोलीसहित मुख्यमन्त्री राउत काठमाडौं पुगेका हुन्। मुख्यमन्त्रीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य शीर्ष दलका अध्यक्षहरुसँग भेट गरेकोछ। मधेश प्रदेश सरकारले प्रदेशको नामाकरण तथा स्थायी राजधानी तय भइसकेको अवस्थामा आवश्यक भौतिक संरचना निर्माण गर्न र प्रहरी समायोजन ऐन सरकारले पारित गरिसकेको अवस्थामा चाडै…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

    वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

    वीरगंज : वीरगंजमा ४ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। वीरगंज महानगरपालिका-२ घुसुकपुरकी चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ। बालिकाको शव शनिवार बिहान घुसुकपुर टोल नजिकैबाट बरामद भएको थियो। गत साउन ५ गते रातिदेखि हराएकी ती नाबालिकाको शव दुई दिनपश्चात फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नाबालिकाको बलात्कारपछि हत्या गरी…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप

    सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप

    सिरहा : सिरहामा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन्। सिरहाको गोल बजारमा मिटर ब्याजीहरुविरुद्ध पीडितहरुले आइतवार प्रदर्शन गरेका हुन्। गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ। मिटर ब्याज पीडितहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले, पीडिकसँगको मिलेमतोमा सीडीओले मुद्दा दर्ता नगरेको आरोप लगाएका छन्। यसैगरी, आन्दोलनको नेतृत्व गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १७ जनाको उद्धार

    पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १७ जनाको उद्धार

    बुटवल : पाल्पामा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ। दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। घाइते १७ जनालाई तानसेनस्थित मिसन अस्पतालमा पठाएको उनले बताए। बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल

    पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम मोर्चा बनाएर चुनावमा जान छलफल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई सक्षिप्त प्रतिक्रिया दिँदै खनालले वामपन्थी एकता गरेर चुनावमा जानुपर्ने तर्क गरे। तर, सबै कम्युनिस्ट पार्टीहरु चुनावी मोर्चाका लागि तयार नभएको उनको भनाइ छ। ‘हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

    पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

    बुटवल : पाल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। बागलुङको बुर्तिबाङबाट बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, १२ जनालाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पामा पठाएको उनले बताए। बसमा…

    विस्तृतमा पढ्नुस्

  • ५० हजार नक्कली नोटसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ

    ५० हजार नक्कली नोटसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ

    वीरगंज : जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सितामढी सोनबर्षा पर्छुहिया-९ का ४० वर्षीय लालमोहन पासवान रहेका छन्। हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी गराए। नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई…

    विस्तृतमा पढ्नुस्

  • १ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

    १ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

    हेटौँडा : मकवानपुर प्रहरीले ठूलो मात्रामा घरमा लुकाई राखेको लागुऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ। शनिवार विशेष सूचनाको आधारमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी-९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाको घरबाट गाँजा बरामद गरेको हो। रुम्वाले घरमा तयारी अवस्थामा लुकाई राखेको १३१ किलो लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी

    पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी

    बुटवल : पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ। गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मानवीय क्षति धेरै हुन सक्ने प्रहरीले आँकलन गरेको छ। अहिले उद्धार कार्य जारी…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजीको आपत्ति, ‘अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत’

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजीको आपत्ति, ‘अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत’

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकार र सत्तारुढ गठबन्धनले पारित गराएकोमा श्रेष्ठले रोष प्रकट गरेका हुन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र लिङ्देनको चिन्ता : देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थाल्यो

    राजेन्द्र लिङ्देनको चिन्ता : देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थाल्यो

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्। आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्ण रुपले अभिभावकविहीन भएको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न जसपा सांसद यादवको माग

    मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न जसपा सांसद यादवको माग

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु कुमार यादवले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्। आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेश प्रदेशका किसानहरु समस्या भएको बताए। उनले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्युबवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell