काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ। प्रदेश नम्बर १ प्रदेशसभालाई आफ्नो यही अन्तिम कार्यकालभित्रै प्रदेशको नामाकरण टुंगो लगाउनुपर्ने दबाब छ। ७ प्रदेश मध्ये प्रदेश १…
प्रिसिजन मैत्रीपूर्ण खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। अमेरिकास्थित लामबेउ फिल्ड स्टेडियममा आज बिहान सम्पन्न खेलमा सिटीले बार्यनमाथि १-० गोल अन्तरको जित निकालेको हो। सिटीको जितमा यसै सिजन बोरुसिटा डर्टमण्डबाट सिटी पुगेका अर्लिङ हल्याण्डले निर्णायक गोल गरे। उनले खेलको १२ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा निर्णायक गोल गरेका थिए। त्यस्तै आज बिहानै सम्पन्न अर्को…
विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरेको छ। संगठनले हालसम्म ७० भन्दा बढी देशमा मंकिपक्सको संक्रमण फैलिएको जनाएको छ। संगठनले विश्वभरका देशहरुलाई शंकास्पद ‘केस’ हरुकाविरुद्ध सुरक्षित उपाय अपनाउन र संक्रमणबाट कसरी बच्ने भनेर जनतालाई सिकाउन आग्रह गरेको छ। संगठनका महानिर्देशक टेड्रोस अधानम ग्राबियसले युएन हेल्थ इमरजेन्सी कमिटीमा सहमति नजुटे पनि ‘ग्लोबल हेल्थ इमरजेन्सी’ घोषणा गरेका हुन्। डब्लुएचओ…
काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै,…
एक वर्षमा सबैभन्दा फिल्म निर्माण गर्ने फिल्म उद्योग हो बलिउड। तर, कोरोना भाइरस महामारीसँगै विगत दुई वर्षदेखि बलिउड कठिन अवस्थाबाट गुज्रिरहेको छ। महामारीले बलिउड फिल्म उद्योग कमजोर भएको छ। पहिले जस्तो सिनेमा हलमा खचाखच भिड विरलै देख्न पाइन्छ। जसकारण फिल्म उद्योगले करोडौं रुपैयाँ राजस्व गुमाउनु परेको छ। यसकासाथै फिल्म हेर्ने दर्शकहरु आफ्नो पैसा कहाँ खर्च गर्दैछन् भन्ने बारे सचेत…
काठमाडौं : डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ। विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ। पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन्। नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दसैँ, तिहारलगायतका विविध संस्कृति…
वीरगंजः प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि वीरगंजमा खुसियाली मनाइएको छ। यद्यपि विधेयक राष्ट्रिय सभाबाट पारित हुन बाँकी नै छ। दबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ। नेपाली कांग्रेस पर्साले दीप प्रज्ज्वलन गरेर सरकारलाई धन्यवाद दिएको हो। पूर्वसभापति सुरेन्द्रप्रसाद चौधरीले तराइ मधेसमा नागरिकताविहीन लाखौं परिवारको माग सम्बोधन भएको बताए। कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले जन्मसिद्ध र अङ्गीकृतका छोराछोरी…
हेटौँडाः नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको हो। मतदानमा एक हजार ३९७ मत खसेको मतदान अधिकृत प्रवीण हुमागाईंले जानकारी दिए। कूल एक हजार ६८७ मतदातामा एक हजार ३९७ जनाले मतदानमा भाग लिएका हुन्। युनियनको अध्यक्षमा नेपाली कांग्रेसको संस्थापन पक्षबाट…
तनहुँः जिल्लाको व्यास नगरपालिका -३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन्। अन्दाजी ६०-६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
नारायण ढुंगाना- काठमाडौँः नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ। तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण अब…
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ भएका छन्। मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए। वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए। उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ।…
मलङ्गवाः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन्। उनले भने, 'लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ।' सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…
काठमाडौंः काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता भएका हुन्। आज दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। 'खोलामा खसेर एक किशोर बेपत्ता भएको भन्ने छ। अहिले खोजी कार्य भइरहेको…
काठमाडौं : पछिल्लो २४ घण्टामा तीन सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको निष्कर्ष समेत निकालेको छ। उसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदीय व्यवस्थालाई अंगिकार गर्नुपर्ने समेत जनाएको छ। 'विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास…
यश राज फिल्मसको ब्यानरमा बनेको फिल्म शम्शेरा कस्तो छ? नेपालको मल्टिप्लेक्समा बलियो ब्यापार गरिरहेको फिल्मबारे दर्शकको चासो हुने नै भयो। रणवीर कपुर, सञ्जाय दत्त र वाणी कपुरजस्ता कलाकारको लिड रोल रहेकाले पनि फिल्मप्रति चासो हुनु स्वभाविक हो। बलियो स्टार कास्ट फिल्मको बलियो पक्ष हुँदाहुँदै बलिउडका समीक्षकहरु भने फिल्मप्रति पोजेटिभ सुनिएका छैनन्। आखिर किन उनीहरुले यस फिल्मलाई अमिर खानको सुपर फ्लप…
बुटवल : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन्। शुक्रवार संसद्बाट रहस्यमय ढंगले पारित भएको वैवाहिक अंगिकृत नागरिकतासम्बन्धी विधयेक नागरिकको हितमा नरहेको ज्ञवालीले टिप्पणी गरेका हुन्। प्रेस चौतारी नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने…
किमाथाङ्काः सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट सख्त…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा रहेका वाम पार्टीहरुका बिचमा एकताका लागि छलफल भइरहेको बताएका छन्। जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले चुनावी मोर्चा र पार्टी एकताबारेमा अहिले पनि छलफल चलिरहेको बताए। उनले जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईका बिचमा विभाजन भइसकेको र अब त्यसको औपचारिकता मात्रै बाँकी भएको टिप्पणी गरे।…
युक्रेन र रसियाबिच भएको सम्झौता अनुसार अब युक्रेनले खाद्यान्न अन्य मुलुकमा निर्यात गर्न पाउने भएको छ। ब्ल्याक सी हुँदै निर्यातको बाटो खुलेसँगै खाद्यान्नको चरम अभावबाट गुज्रिएका मुलुकले राहत पाउने सम्भावना बढेको छ। युद्धरत मुलुकबिच खाद्यान्न निर्यातको विषयलाई लिएर भएको सम्झौताले महँगी वृद्धिको चरम अवस्था भोगिरहेका मुलुकले राहतको सास फेर्न पाउनेछन्। रसियाले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेसँगै खाद्यान्न निर्यात ठप्प बनेको…