PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त

    नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपका लागि कुमार थापालाई प्रशिक्षकमा नियुक्त गरेको छ। साफ च्याम्पियनसिप सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ। महिला फुटबल संघको पूर्व अध्यक्ष बृन्दा देवानले टिम म्यानेजरको जिम्मेवारी पाएकी छिन्। त्यस्तै प्रतियोगिताको आयोजनाका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय समितिसमेत गठन गरेका छन्। जसमा एन्फा कार्यसमितिका सबै उपाध्यक्ष र कार्यकारी समितिका…

    विस्तृतमा पढ्नुस्

  • नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता : प्रधानमन्त्री देउवा

    नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता : प्रधानमन्त्री देउवा

    हेटौँडा : प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए। हेटौँडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले नयाँ टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए। ‘आगामी आर्थिक वर्षको लागि नीति…

    विस्तृतमा पढ्नुस्

  • गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : सांसद दाहाल

    गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : सांसद दाहाल

    काठमाडौं : नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताए। उनले नेपाली महिलासँग विवाह गरी नेपालमै…

    विस्तृतमा पढ्नुस्

  • रामकृष्ण ढकालको ‘काली’ बोलको गीतमा रामकृष्णसँगै नम्रताको अभिनय

    रामकृष्ण ढकालको ‘काली’ बोलको गीतमा रामकृष्णसँगै नम्रताको अभिनय

    काठमाडौं : गायक रामकृष्ण ढकालको स्वर रहेको ‘काली’ बोलको गीत सार्वजनिक भएको छ। चिन्तामणी सिवाकोटीको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतका एरेन्जर भने पुरुषोत्तम सुवेदी हुन्। सुव्रतराज आचार्य निर्देशित गीतको भिडियोमा गायक ढकालका साथै नम्रता सापकोटा, दीपेश ढकाल र दीपेन गौतम माइकलको पनि अभिनय छ। अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतीय राजदूतसँग पर्यटनमन्त्री श्रेष्ठको प्रस्ताव

    नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतीय राजदूतसँग पर्यटनमन्त्री श्रेष्ठको प्रस्ताव

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच दुई देशबिचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ। मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे। नेपाल र भारतबिच सदियौँदेखि सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • एउटा वंशबाट अर्को वंशमा सरेको श्रीलंकाको राजनीति, वामपन्थी प्रधानमन्त्री दिनेश गुणावर्द्धनाको यस्तो छ पारिवारिक पृष्ठभूमि

    एउटा वंशबाट अर्को वंशमा सरेको श्रीलंकाको राजनीति, वामपन्थी प्रधानमन्त्री दिनेश गुणावर्द्धनाको यस्तो छ पारिवारिक पृष्ठभूमि

    श्रीलंकाको प्रधानमन्त्रीमा वामपन्थी नेता दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। वामपन्थी दल महाजना पेरामुना (पिपल्स युनाइटेड फ्रन्ट)का नेता गुणवर्द्धनालाई राष्ट्रपति रनिल विक्रमासिंघेले नियुक्त गरेका हुन्। गुणवर्द्धना पार्टीका संस्थापक तथा वामपन्थी राजनीतिज्ञ डन फिलिप रुपासिंघे गुणवर्द्धनाका छोरा हुन्। डन फिलिपले सिनोनको पहिलो राजनीतिक दल लंका समा समाज पार्टी स्थापना गरेका थिए। उनी मार्क्सवादको एउटा हाँगो ट्रोटस्कीवादलाई अंगीकार गरेका थिए। डन फिलिपलाई श्रीलंकामा…

    विस्तृतमा पढ्नुस्

  • भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूले भनिन् : नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुग्नेमा विश्वस्त छु

    भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूले भनिन् : नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुग्नेमा विश्वस्त छु

    काठमाडौं : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्वीटरबाट दिएको शुभकामना सन्देशलाई रिट्वीट गर्दै मुर्मूले धन्यवाद व्यक्त गरेकी हुन्। ‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्ने कुरामा पनि म विश्वस्त छु,’ उनले भनेकी छिन्। द्रौपदी मुर्मू बिहीवार भारतकी नयाँ राष्ट्रपतिमा…

    विस्तृतमा पढ्नुस्

  • सांस्कृतिक आन्दोलनका रुपमा आजबाट मण्डलामा मञ्चन हुँदैछ ‘खुवालुङ’

    सांस्कृतिक आन्दोलनका रुपमा आजबाट मण्डलामा मञ्चन हुँदैछ ‘खुवालुङ’

    काठमाडौं : आजदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ- ढुङ्गाको बाटो’ मञ्चन हुने भएको छ।  किरात समुदायको सभ्यताको प्रतिक मानिने 'खुवालुङ'मा आधारित यो नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ। राजन मुकारूङको लेखन रहेको नाटकमा किरण चाम्लिङ राईको निर्देशन रहेको छ। निर्देशक राईले यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ निर्देशन गरिसकेका छन्। यो नाटक किराती संस्कृति र सभ्यतामाथि आधारित रहेको राईको भनाई छ। ‘यो…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष नवनियुक्त प्रधानमन्त्री गुणवर्द्धनाले केही समयअघि शपथ लिएको डेली मिररले उल्लेख गरेको छ। राष्ट्रपतीय निर्वाचनमा विक्रमासिङ्घेका प्रस्तावक गुणवर्द्धना थिए। उनैलाई विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गुणवर्द्धना युनाइटेड नेशनल पार्टीका नेता हुन्। विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा गएराति सपथ लिएका थिए। आलोचना र सडकमा जारी विरोध प्रदर्शनबिच राष्ट्रपतिको कार्यभार सम्हालेका रनिलले देशमा शान्ति सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए

    बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए

    काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुष मृत भेटिएका छन्। बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। ३७ वर्षीय सम्राट नगरकोटी मृत अवस्थामा फेला परेका हुन्। शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा एक पुरुष समातिए

    हत्या अभियोगमा एक पुरुष समातिए

    काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सोही गाउँपालिका ४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पिपरा गाउँपालिका-५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुर दासको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

    खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

    कञ्चनपुर : पुर्नवास नगरपालिका-११ अमरबस्तीस्थित नेपाल-भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीवार साँझ ७८ दशमलव ३७ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा १ हजार रुपैयाँले बढ्यो

    सुन तोलामा १ हजार रुपैयाँले बढ्यो

    काठमाडौं : साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार कायम मूल्यमा सुनको कारोबार निर्धारण भएको यो साता तेस्रोपटक हो। यसअघि सोमवार र बुधवार पनि सुन तोलाको ९४ हजार थियो। बिहीवार तोलाको ९३ हजार र साताको पहिलो दिन ९३ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्

  • आज मौद्रिक नीति आउँदै, कर्जा विस्तारमा अंकुश लगाइँदै

    आज मौद्रिक नीति आउँदै, कर्जा विस्तारमा अंकुश लगाइँदै

    काठमाडौं : बैंकिङ क्षेत्रबाट जाने कर्जा नियन्त्रण गर्दै नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा कर्जा विस्तार नियन्त्रण गरेर जानु पर्ने बारेमा छलफल भएको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार दिउँसो मौद्रिक नीति जारी गर्ने छन्। उनले मौद्रिक नीतिबाट बजेटमा भएका उच्च आर्थिक वृद्धिको लक्ष्य आफ्नो प्राथमिकता नभएको, बाह्य क्षेत्र, मूल्य र वित्तीय स्थायित्वमा केन्द्रीत…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : आजबाट 'शमशेरा' प्रदर्शनमा

    फ्राइडे रिलिज : आजबाट 'शमशेरा' प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा बलिउड फिल्म ‘शमशेरा’ प्रदर्शन भएको छ। रणवीर कपुरको मुख्य भूमिका रहेको यस फिल्मले ‘शोलो’ रिलिजको मौका पाएको हो। शोलो रिलिज भएसँगै यस फिल्मले नेपाली मल्टिप्लेक्स हलहरूमा धेरै शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘शमशेरा’ लाई उपत्यका भित्र र बाहिर गरेर जम्मा ३६ शो दिएको छ। त्यसैगरि, शमशेराले आज शुक्रवार कमलपोखरीस्थित बिग मुभिजमा…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार पनि सोही मौसम कायम रहने भएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्रयाकमा नागरिकता विधेयक, समितिमा नपठाइ प्रतिनिधि सभाबाटै पारित गर्ने तयारी

    फास्ट ट्रयाकमा नागरिकता विधेयक, समितिमा नपठाइ प्रतिनिधि सभाबाटै पारित गर्ने तयारी

    काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ छलफलका लागि सदनमा पेस हुनेछ। त्यसपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यतालिका रहेको छ। त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। नगरिकता विधेयक सम्बन्धित समिति नपठाइ सिधै पारितको गर्ने तयारी सरकारले गरेको हो। समिति पठाउँदा दफाबार छलफल लामो हुने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • कोदालोले प्रहार गरेर भतिजाले गरे काकाको हत्या

    कोदालोले प्रहार गरेर भतिजाले गरे काकाको हत्या

    महोत्तरी : पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्। बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति बने लगत्तै 'एक्सन'मा रनिल, श्रीलंकाली सरकारको 'विरोधी क्याम्प'मा प्रहरी र सेनाको हस्तक्षेप

    राष्ट्रपति बने लगत्तै 'एक्सन'मा रनिल, श्रीलंकाली सरकारको 'विरोधी क्याम्प'मा प्रहरी र सेनाको हस्तक्षेप

    रनिल विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा सपथ लिएका छन्। आलोचना र सडकमा जारी विरोध प्रदर्शनबिच राष्ट्रपतिको कार्यभार सम्हालेका रनिलले देशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। रनिलको निर्देशनसँगै सरकारविरोधी प्रदर्शन भइरहेको स्थलहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। राष्ट्रपति भवन कब्जामा लिएका प्रदर्शनकारी हटाउन ठूलो संख्यामा प्रहरी र सेना तैनाथ गरिएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिनुअघि राष्ट्रपति गोताबाय राजपाक्षे…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको सामुदायिक वनमा भेटियो मानव कङ्काल

    सुर्खेतको सामुदायिक वनमा भेटियो मानव कङ्काल

    काठमाडौं : भेरीगङ्गा नगरपालिका-१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ। बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell