काठमाडौं : यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो। यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड…
काठमाडौं : वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गरी उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका लागि विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायबिच छलफल भएको छ। एकआपसमा समन्वय आवश्यक भएकाले विपद्सँग जोडिने नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागितामा नेपाली सेनाले समन्वयात्मक कार्यक्रम आयोजना गरेको हो।…
काठमाडौं : चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो। नगरपालिकाले झोला अनुसार फोहोर वर्गीकरण गर्न सूचना जरी गरेको छ। कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर,…
चिनियाँ सरकारले व्यक्तिगत जानकारी संकलन गर्न टिकटकको प्रयोग गर्न सक्ने भन्दै साइबर सुरक्षा विशेषज्ञहरूले अस्ट्रेलियाका टिकटक प्रयोगकर्ताहरूलाई चेतावनी दिएका छन्। चिनियाँ सरकारले टिकटकमा साथीहरूसँग हुने इन-एप सन्देश आदानप्रदानदेखि डिभाइसको लोकेसनसम्म ट्र्याक गर्न सक्ने भन्दै विशेषज्ञहरूले चेतावनी दिएको द गार्डियनले उल्लेख गरेको छ। अस्ट्रेलिया-अमेरिकी साइबर सेक्युरिटी फर्म इन्टरनेट २.० को एक रिपोर्ट सार्वजनिक भएपछि विशेषज्ञहरुको यस्तो चेतावनी आएको हो। सो रिपोर्टमा…
हेटौंडाः वाग्मती प्रदेश सभाले हालसम्म ७० वटा कानुन निर्माण गरेको छ। मंगलबार प्रदेश सभा सचिवालयले पत्रकार सम्मेलन गरी ५५ वटा मूल र १५ संशोधन गरी ७० वटा विधेयक पारित गरेको जनाएको हो। सभामुख सानुकुमार श्रेष्ठको अनुसार संविधानले अधिकार सूचीमा तोकेकामध्ये १३ वटा कानुन निर्माण हुन बाँकी छन्। सचिवालयका अनुसार ६६ विधेयक प्रमाणीकरण भइसकेका छन्। ती विधेयक पारितका क्रममा सभाले २८८…
काठमाडौः सिभिल सहकारीका ठगी प्रकरणमा पूर्वसांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान व्यूरो( सिआइबी) को टोलीले मंगलबार सिर्जना शाक्य (तामाङ)लाई पक्राउ गरेको थियो। गत पुष २७ गते जिल्ला अदालत काठमाडौंले उनी विरुद् पक्राउ पुर्जी जारी भएपनि शाक्य फरार रहेकी थिइन्। उनी सिभिल सहकारीमा लेखा समिति सदस्य रहेको खुलेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले इच्छाराज तामाङलाई गत…
काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत…
काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे। कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको तथा अहिले…
काठमाडौं : फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच आज ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू प्रदिप खड्काका साथै दिया मास्के र रेनु योगीले स्थान पाएका छन्। निम्न वर्ग परिवारका प्रदीपले सरकारी शिक्षक बन्न घर छोडेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा दियाले जनयुद्धमा बेपत्ता भएका श्रीमानको पर्खाइमा बसेकी पात्रको भूमिकामा देखिएकी छिन्। प्रदीप सरकारी शिक्षक बन्छन् वा बन्दैनन्?…
काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सचिवालय सदस्यहरु अहिले सिंहदरबारमा छलफल गरिरहेका छन्। समाजवादी केन्द्र बनाउनेबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन्। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ती नेताहरुबिच छलफल…
काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन्। उनले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरे। किरात राई यायोक्खाद्वारा आज आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा परानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा…
काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन्। संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेस गर्नुपर्ने व्यवस्था छ। संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेस गर्नुपर्ने व्यवस्था छ। कूल ७५३ स्थानीय तहमध्ये…
काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ३ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ३५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ। आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका ९६ जना, ललितपुरका ६८ जना र भक्तपुरका १४ जना रहेका छन्। यससँगै काठमाडौंका संक्रिय…
लण्डन चिडियाखानामा रहेको एक लोपोन्मुख एसियाटिक सिंहको कम्प्युटेड एक्सियल टोमोग्राफी (सीएटी) स्क्यान गरिएको फोटो अहिले सामाजिक सञ्जालमा चर्चित छ। चिडियाखानाको भेटेरिनरी टोलीले सिंहको कानको संक्रमणको उपचार गर्न गत जुलाई ११ मा सीएटी स्क्यान गरेको थियो। चिडियाखानाका ६ जनाले ‘भानु’ नामक सो सिंहलाई उठाएर स्क्यानरमा राखेका थिए। स्क्यानरमा राख्नुअघि १२ वर्षको १८० किलोग्रामको सो सिंहलाई एनेस्थेसिया दिएर बेहोस पारिएको थियो।
काठमाडौं : नेपाल प्रेस युनियनको अध्यक्ष पदका लागि अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छिन्। आज अनामनगरमा आयोजित एक कार्यक्रम आयोजना गरि विन्दुले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकी हुन्। यससँगै संस्थापन पक्षका सरोज अधिकारी र इश्वरी ओझा अध्यक्ष पदको दाबेदारीबाट बाहिरिएका छन्। विन्दुसँगै महासचिवमा जगन्नाथ दुलालले पनि उम्मेदवारी घोषणा गरेका छन्। विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन्। उम्मेदवारी घोषणा क्रममा विन्दुले व्यवसायिक…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई गठबन्धनकै हिस्सा भएको बताएका छन्। जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)को कारवाहीमा परेका भट्टराई गठबन्धनकै पक्षमा रहेको दाहालले बताए। सिंहदरबारमा आज भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको दाहालले बताएका हुन्। ‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि। यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको,’ उनले…
काठमाडौं : हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई नयाँ श्रीपेच प्रदान गरिएको छ। पञ्चबुद्ध भएको श्रीपेच दिँदा विवाद भएपछि आयोजकले विजेता साइमनलाई नयाँ श्रीपेच प्रदान गरेको हो। ‘हामीबाट गल्ती भएको थियो, हामीले गल्ती स्वीकार गर्यौं। उहाँहरुले क्षमा दिनुभयो,’ आज आयोजित उपाधि वितरण कार्यक्रममा जनाइयो। यसअघि विजेता साइमनलाई उपाधिको रुपमा ‘पञ्च बुद्ध मुख:’ श्रीपेच प्रदान गरिएको थियो। बज्राचार्य समन्वय परिषदले ‘पञ्च बुद्ध…
काठमाडौं : अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा नि:शुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने बताएका छन्। उनले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडसहितकको बाकस राख्ने जानकारी दिएका छन्। सबिनले राष्ट्रिय सभागृह अगाडि, भूगोल पार्क, गोंगबु बसपार्क, गौशाला र नयाँ बानेश्वरका सार्वजनिक शौचालयमा नि:शुल्क प्याडको सुविधा दिने बताएका छन्। ‘सार्वजनिक शौचालयमा नि:शुल्क प्रयोग गर्न सकिने महिनावारी प्याड सहितको बाक्स राख्ने…
बोरिस जोन्सनले राजीनामा दिएपछि बेलायतका नयाँ प्रधानमन्त्री को हुनेछ भन्ने चासो अहिले सर्वत्र छ। अत्याधिक गर्मीसँग जुधिरहेको बेलायत अहिले नयाँ प्रधानमन्त्री चयनका लागि लागिरहेको छ। कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्न निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचनबाट चार जना प्रतिस्पर्धी ‘टोरी लिडर’ बन्ने दौडमा छन्। र, सबैभन्दा अघि छन् ऋषि सुनक। भारतीय मूलका ऋषि पहिलो र दोस्रो चरणको निर्वाचनमा पनि पहिलो बनेका…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेशको नामाकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको बताएका छन्। सात प्रदेशमध्ये प्रदेश १ को मात्र नामाकरण हुन बांकी छ। प्रदेशसभाको कार्यकाल सकिनु अघि नै नामाकरण गर्न अहिले दलहरु जुटेका छन्। यसबिच आज विराटनगर पुगेका पोखरेलले प्रदेशको नामाकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने मत राखेका हुन्। सोही क्रममा उनले आगामी संघ…